१ मिनेटमै १२४ नरिवल हातले फोड्नसक्ने प्रतिभा भएका एक व्यक्ति (भिडियो)

एजेन्सी – संसारमा आश्चर्यजनक प्रतिभा बोकेका मानिसहरुको कमी छैन । कुनै प्रतिभा मानिसको जन्मजात हुन्छ , भने कुनै मानिसले वर्षौसम्मको निरन्तर प्रयास तथा कडा मेहेनतबाट प्राप्त गर्ने गर्छन् । ‘केरलाका पी डोमिनिक’ नाम गरेका एक भारतीय युवाले नांगो हातले एक मिनेटमा १ सय २४ वटा नरिवल फोडेर गिनीज बुकमा नाम लेखाएका छन् ।

एक मिनेटमा ११८ नरिवल फोडेर किर्तिमान पाएका जर्मनीका मुहमद काहरिमनोविकको रेकर्डलाई डोमिनकले सजिलैसँग तोड्न सफल भएका छन् । नांगो हातले हानेर एकै लाइनमा राखिएका १२४ वटा नरिवललाई फोडिरहेको दृश्य धेरै नै रोचक छ । अहिले यो भिडियो सामाजिक सञ्जालमा पनि निकै भाइरल बनेको छ । भिडियो हेर्नुहोस्<<<

https://youtu.be/8E95cXh3c1A

प्रकाशित : सोमबार, फागुन १६, २०७३१५:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गुलाफको नभई १०,००० का नोटले बनेको पुष्पगुच्छा दिएर प्रेमिकालाई प्रपोज