‘अष्ट्रेलियाको ग्रिन कार्डवाला केटा’

लेखक:- हरि थापा, दोलखा

छोरी ठुली भई भनेर अामा बाबु खुब पिर गर्थे बाबुअामाको ईच्छा एउटा राम्रो केटालाई छोरी टिका लगाएर दिन पाए सजिलै स्वर्ग पुगिने थियो,नर्क जानु बाट जोगिने थियो बाबुअामा हुनुको कर्तब्य पुरा हुन्थ्यो भन्ने लाग्थ्यो।

दुनियाका छोरीहरु फेसबुके लभमा परेर विल्लिवाठ भएको छ कतिको जिवन यता न उता भएको छ बुढाबुढी खुब पिर गर्थे नाक राख्ने हो की काट्ने हो दोमनमा हुन्थे । सधै बढेकी छोरीको पिरमा उनिहरुको दिन रात वित्थ्यो ।

खाडिमा दशोै वर्ष विताएका खाईलाग्दा केटाहरु माग्न अाउथे बाबु अामाले हुन्छ भन्थे तर छोरी ले उल्टै बाबु अामालाई गालि गर्थी बिहे म गर्दिन मलाई नसोधी किन यस्तो निर्णय गर्नु भयो जिवन तपाईहरुले विताउने हो की मैले? छोरीका यस्ता गहकिला प्रश्नले अामा बाबु बोल्न सक्दैनथे …उल्टै छोरीको चित्त दुखाएकोमा अात्माग्लानी मान्दै बस्थे,तर बढेकी छोरीलाई एउटा राम्रो केटाको जिम्मा लगाईदिन पाए ढुक्क हुन्थ्यो भनि बा अामा सधै गन्थन गर्दै बस्नु हुन्थ्यो।

छोरीले बाबुअामालाई पटक पटक विवहाको कुरा गर्दा बरु म मर्न तयार छु मलाई जिउदै मार्नुस तर म विवहा गर्दिन भनेर झगडा गर्थिन यो कुराले बा अामा दुखि हुदै अाउनु भएको थियो ।

अामाले सोध्ने गर्थिन छोरी तिम्रो केटा छ भनि त्यहि केटा संग विवहा गर्दिन्छु होईन भने सधै यसरी हाम्रो कुरा नकाट त्यो खाडीको लाहुरे को शहरमा घर छ रे’ खान्दानी परिवारको दुई भाई छोरा हुन रे छिमेकीहरुले पनि प्रशंसा गर्दै थिए त्यो केटा राम्रो छ छोरी ..म तिम्रो अामा हु भनेको मान पछि दुख पाउलीस फेरी भन्दै अाखाँ रसिलो बनाउनु हुन्थ्यो ।

छोरी अामालाई बोल्न नदिई बिचैमा कुरा काट्थी अब राम्रो भए म त्यसको रुप चाटेर बसु किन बुझ्नु हुन्न तपाईहरु यस्तै हो भने म कुन दिन यो घर छोडेर जान्छु म पढ्दै छु मेरो पढाई पुरा गर्ने दिनुस पहिला अनि म बिवाह गर्छु भन्दै घुर्कि लगाउदै छोरी जुरुक्क उठेर हिड्छे ..

अामा रुदै फकाउन जान्छिन होस छोरी अब हामी तिमीलाई बिवाह गर भन्दैनोै अामा बाबु अनि छोरी बिवाहको कुराले थाकी सकेका थिए तर छोरी बढेको, पढेको देखेपछि खाडीका लाहुरेहरु धाउन छाडेका थिएनन्..

छोरीले घरै छाडी जाने धम्की दिए पछि बाबुअामाले कहिल्यै बिवाहको कुरा गर्न सकेनन् उनिहरु बढेकी छोरीको पिरले दुब्लाउदै गएका थिए समाजमा कहिल्य बलत्कार , हत्या र महिला हिंसा जस्ता घटनाले ति बुढेसकालमा टेकिसकेका बाबुअामा अतिनै चिन्तित थिए ..

सदा झै फेरी अाज पनि पाहुनाहरु अाएका थिए अाज भने अामा बाबु चुप हुनु भयो।

उनिहरुले छोरीको हात माग्न अाएको कुराले अामाबाबुको अनुहार पुरै रातो भयो सकस महशुस भयो ति अामाले सोचिन बिवाहको कुराले छोरीले घर छाड्ने धम्की दिएकोले मनमनै सोचिन सिधै मेरो छोरी विवहा गर्दिन तपाईहरु अन्तै जानुस अामा सोच्दै थिईन..

पाहुनाहरुले छोरा अष्ट्रेलियामा बस्ने सातअाठ बर्ष देखि परिवार पनि संगसंगै लगेको छ उतै बस्छोै एउटा छोरा हो त्यहि भएर नेपाल छुटिमा बिवाह गर्न अाएको विदा केहि दिन मात्र बाकी छ । यदि उहाँले बिवाह गर्नु हुन्न भने ठिक छ हामी अन्तै जान्छोै भनेर पाहुनाहरु हिड्न लाग्नु भएको थियो। अामालाई छोरीको दबावले पेट पोलिरहेको थियो केटा राम्रो लागे पनि छोरी नमान्ने डरले केहि भन्न सकेकी थिईनन।

छोरीले पनहुनासंग गरेका सबै कुरा सुनिसकेकी थिईन र उनले अष्ट्रेलिया जान पहिले देखि सपना देखेकी थिईन तर जान सकेकी थिईनन् यो पटक छोरीको लागि सुनोैलो अवसर अाएको थियो, उनले मनमा पटक पटक दोह्रोर्याईन वाँ अष्ट्रेलिया,अष्ट्रेलिया …

अामाले विदा गर्न लाग्दा छोरीले अामालाई बोलाईन मामु भित्र अाईस्यो ..किन छोरी अामा पाहुनालाई बस्दै गर्नु भन्दै छोरीको कोठा गईन ..

अामा कोठामा पुग्दा छोरी मेकअप गरेर वेहुली जस्तै भएर बसेकी थिईन ..

अामालाई यो देखेर अचम्म लाग्यो छोरी तिमी, उनले मामु हजरको बचन म कति काटु हजुरहरुको ईच्छा म पुरा गर्दिन्छु मेरो कारण हजुरहरुले धेरै दुख पाउनु भयो धेरै पिर गर्नु भयो अब म बुझ्ने भै सके म हजुरले जे भन्यो त्यहि मान्छु ..

छोरीको यो कुराले अामा खुसि भईन र सोधिन साच्ची मान्छोै छोरी त्यसो भए अष्ट्रेलियाबाट बिवाह गर्न नेपाल अाएका ति पाहुनालाई बिहे गर्छिन छोरी भन्दिउ …कुरा अगाडी बढाऊ त? के छ तिम्रो विचार छोरी?

छोरीले मख्ख पर्दै भनिन् तपाई भन्नु हुन्छ भने तपाईको खुसि बाबाको खुसिको लागि अाजै बिवाह गरेर जान तयार छु मामु…

प्रकाशित : बिहिबार, फागुन १२, २०७३१५:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिबार साहित्य : खै के लेखुम ?