फेसनेबल कपडाको लागि निर्दयी तरिकाले गरिन्छ जनावरको हत्या

एजेन्सी – संसारभरिमा फैशनको लागि जनावरहरुको निर्दयी तरिकाले हत्या गर्ने गरिन्छ  | कुनै ठाउँमा सर्पको छाला त कतै जनावरको छाला निकाल्ने गरिन्छ | यसै कारणले गर्दा दिनप्रतिदिन जनावरको संख्या कम हुँदै गईरहेको छ | तर तपाईलाई यो कुरा सुनेर अचम्म लग्न सक्छ | रुसको फार्ममा फेसनेबल कपडाको लागि हजारौं जनावरहरुको अबैध तरिकाले हत्या हुने गर्दछ |

एउटा बेलायती वेबसाइट मार्फत यो कुरा अगाडी आएको हो | रुसको फार्ममा जनावरलाई मार्नको लागि पेनफुल ड्रगको प्रयोग गरिन्छ | र कहिलेकाहि त जीवित जनावरकै छाला निकाल्ने गरिन्छ | जनावरलाई मारेर तयार गरिएको भुत्लालाई लन्डन , पेरिस तथा न्युयोर्क जस्तो शहरको फैशन इंडस्ट्रीहरुमा आपूर्ति गर्ने गरिन्छ |

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७३१३:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी महिलाले पेटमा बच्चालाई नभई पालिरहेकी थिइन ज्यानै लिने यस्तो खतरनाक चिज