यस्तो बिचित्रको ठाउँ जहाँ पानीको नभई माछाको बर्सात हुन्छ

एजेन्सी – आकाशबाट बर्सातको रुपमा पानी झर्ने कुरा त हामी सबैलाई थाहा छ | प्रदुषणको कारणले गर्दा हुने एसिड रेनको बारेमा पनि हामीलाई थाहा छ | तर कहिल्यै तपाइंले माछाको बर्सातको बारेमा सुन्नु भएको छ ? आज हामी तपाइंलाई यसैको बारेमा जानकारी दिन्छौं |

हाम्रो लागि माछाको बर्सात हुनु धेरै नै अचम्मको कुरा हो | तर मध्येअमेरिकाको हौंड्यूरसमा बस्ने मानिसहरुको लागि यो कुनै नौलो कुरा होइन | यस देशको राजधानी योरोमा लगभग हरेक वर्ष माछाको बर्सात हुने गर्दछ | यहाँ १०० वर्ष पहिलेदेखि माछाको बर्सात हुने गरेको कुरा बताइएको छ | यसै कारणले गर्दा यहाँका मानिसहरुले बर्सातको समयमा ” दे लिउभिया दे पेसेस ” नाम गरेको महोत्सव मनाउन थालेका छन् | पहिलो चोटी यस्तो बर्सात हुँदा मानिसहरुले यसलाई चमत्कार भएको मानेका थिए | तर यसपछि हरेक वर्ष हुन थालेपछि यहाँको मानिसलाई यो सामान्य लाग्न थालेको हो  | बर्सात को समयमा यस ठाउँको सडक माछाले भरिएको हुन्छ भने बर्सात रोकिसकेपछी यसलाई सडकबाट हटाउने गरिन्छ |

प्रकाशित : सोमबार, फागुन ०९, २०७३१७:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फेसनेबल कपडाको लागि निर्दयी तरिकाले गरिन्छ जनावरको हत्या