खुट्टा तथा मोजा गन्हाउने समस्याबाट हैरान ? अब यसो गर्नुस्, केही दिनमै चट् !

एजेन्सी , अदुवाको प्रयोग खाना बनाउन गरिन्छ । किनकी यसबाट खानाको स्वाद बढ्नुको साथै रोगहरुबाट पनि छुट्कारा पाउन सकिन्छ । तर अदुवा खाँदा मात्र होइन यसको पेस्ट बनाई लगाउदा पनि धेरै नै फाईदा हुने गर्दछ ।
जाडो महिनामा होस् या गर्मि महिनामा अधिकांश मानिसहरु घरबाट बाहिर जस्तै : अफिस , मिटिंग , भेटघाट , सामान्य कार्यक्रममा जाँदा जुत्ता-मोजा लगाएर जाने गर्छन । यसरी घर फर्किसके पछि कतिपय मोजा गन्हाउने समस्याले हैरान हुने गरेका छन् । भने कतिपयले त मोजा गन्हाउने समस्याबाट अफिसमा पनि बेइजतिको सामना गर्नु परिरहेको हुन्छ । खुट्टा र मोजा गन्हाउने समस्याको प्रभावकारी औषधि बजारमा उपलब्ध छैन । तर यसका लागि यसरी सजिलो घरेलु उपाय अपनाउदा प्रभावकारी हुन्छ । अब तपाईंले अदुवाको प्रयोग गरेर मोजा गन्हाउने समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ ।

प्रयोग विधि :
आवश्यक अनुसार अदुवा लिने । अदुवालाई राम्रोसंग पखाल्ने । पखालेको अदुवालाई राम्ररी पिसेर गाढा पेस्ट बनाउने । एक कप तातोपानीमा अदुवाको गाढा पेस्ट मिसाई यसलाई १० मिनेट जति दिने घुल्न दिने । यसरी तयार भएको पेस्टले सुत्नुअघि पैतालाको मोजाले छोप्ने भागमा लगाई मालिस गर्ने । यसरी मालिस गरिसकेपछि मस्चराइजर क्रिम लगाएर सुत्ने । यसरी नै केही दिनसम्म पेस्टले नियमित मालिस गर्दा तपाईंको मोजा गन्हाउने समस्या हटेर जानुको साथै पैतालालाई स्वस्थ र कोमल बनाउन पनि  महत्वपूर्ण भूमिका खेल्छ ।

प्रकाशित : सोमबार, फागुन ०९, २०७३१२:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ७ फलफुललाई कहिल्यै पनि नमिसाउनुहोस ,गलत मिश्रणको प्रयोगले लाग्न सक्छ गम्भीर रोगहरु