फेसबुकमा डोजर आतंक

बिहानै ३ बजे तिर बेड मा छाम्छाम छुम्छुम गरे बुडि छैन! ५  बजे तिर बुडि आइ, सोधे
“हैन टोइलेट गर्न नि २  घन्टा लाग्छ?”
.
झर्किदै भनी
“को गाको थियो र टोइलेट….
म त डोजर हेर्न गाको थिए! कस्तो मज्जाले खनेको बै…
पल्लो टोल मा बाटो खन्न आएको रहेछ”
.
उठेर हातमुख धोए…कान्छी बहिनी ले चिया ल्याइदी!
चिया देख्ने बितिक्कै म कराए
“हैन किन हो रातो चिया?”
आमा बोल्नुभो
“खै त तेरि बहिनि दूध लिन भनेर गाकी आएकै छैन”
.
पल्लो घर को फुच्छे बोल्यो
“दिदी त एउटा हात मा दूध को झोला झुन्डाएर डोजर हेर्दै हुनु हुन्छ!”
.
रातै चिया पिउदै भने
“अनि बुवा पनि डोजरै हेर्न जानू भो कि क्या हो?”
आमा बोल्नु भो
“भर्खर आएर सुत्नु भाको छ!”
.
“लौ राती कतै धामी बसेका थिए कि क्या हो?”
मैले उत्सुकता पोखे!
मेरि बुढी नाङ्लो मा चामल केलाउदै बोली
“हामी हेर्न जादा बुवा डोजर हेरिसकेर आउदै हुनुहुन्थ्यो!”
.
“अनि आमा चै नजानु भाको त डोजर हेर्न?” मैले ठट्टा गर्दै भने!
आमा गनगनाउदै
“म गए भने यहाँ घर को काम चै कस्ले गरिदियोस?”
.
तेतिक्कैमा पल्ला घरे मगरनी आन्टी आइपुगिन
“ए गोकर्ने कि आमा…जाने हैन त?”
“एक्छिन पख्नु है” भन्दै हतार हतार आमा रुम तिर छिर्नु भो!
.
मैले मगरनी आन्टी लाई सोधे
“आज महिला किस्ता को मिटिङ हो कि क्या हो आन्टी?”
आन्टी बोलिन
“किस्ता त हिजै थियो नि….अहिले त डोजर हेर्न लाई जाउ कि भनेर निस्केकी!”
हैन कति आतंक मच्चायो फेरी यो डोजर ले

प्रकाशित : आइतबार, फागुन ०८, २०७३२०:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मृत शरीरलाई काँच्चै खाने कस्तो बिचित्रको परम्परा