कथा : धोकेवाज प्रेमी

कथा : धोकेवाज प्रेमी

गोजीबाट एक खिल्ली चुरोट झिके,पाईन्टको गोजी छामे लाईटर भेटाईन, दुबै पकेट छामछुम गरे सर्टको खल्ती खोतले अह! लाईटर भेटिएन रिस उठ्यो कोटको देब्रे गोजीमा हात हाले बल्ल भेटाए…चुरोट सल्काए,एक सर्को तानेर अाकाश तिर उडाए धुवा बटारिदै अाकाशतिर उड्यो फेरि दुईचार सर्को तानेर चुरोटको अाधा ठुटालाई भुईमा फालेर जुताले किल्चिए र अागो निभाए …

घाम विस्तारै डुब्दै गयो, दिन गधुली साझमा ढलेपछि जाडोयामको चिसो सिरेटोले सेकीरह्यो
चियाको तलतल मेट्न जंकसन क्याफेमा गए। सिधै गएर दिदि चिया एक कप, टेवलमा गएर बसे, एकै छिनमा चिया अायो भोकले पेट मडारीरहेको थियो,दुनोट एउटा भने दिदिले सादा की, क्रिम वाला भाई ?मैले सोचे ..क्रिमवाला दिनुस न ..

कथाकार:- हरि थापा, मिलन दोलखा

मैले हत्तारमा चिया र दुनोट बजाए एकोहोरो अनि एक्लै खाईरहदा कसैले मलाई हेरेझै लाग्यो म रोकिए चिया टेवलमा राखे अनि दायाँ बायाँ हेर थुप्रै जोडीहरु खित्का छाडेर जिस्किरहेका थिए म एक्लो भएर मलाई गिज्याएको महशुस भयो मैले मेरो कलेजका साथीहरु सम्झिए …

अब उप्रान्त म एक्लै क्याफेमा अाउने छैन बाचा गरे दिदि कति पैसा भयो मैले सोधे, दिदि भित्र बाट अाईन पन्ध्रको चिया दुनोटको तिस जम्मा पैतालिस भयो भाई, मैले सयको नोट दिए दिदिले पचाँसको एउटा पाचँको एउटा फिर्ता दिईन म पैसा पकेटमा हालेर कोठा फर्के ….

कोठा अाए खाना खाए अनि अोछ्यान तताउन तिर लागे के तात्थ्यो अाफ्नो खुट्टाले छुदा अाफै तर्सिन्थे अाईस जस्तै चिसो हुन्थ्यो मेरो खुट्टा अाज अतिनै जाडो महशुस भयो तर अोछ्यान तातेन सुनेको थिई अोछ्यान तताउन विवहा गर्नुपर्छ अनि मात्र गर्लम अङ्गालो हालेर सुतेपछि तातो हुन्छ भनेर साथीहरुले भन्थे। लाग्छ साच्चै हो की के हो?यत्रो बाक्लो सिरक अोडेर सुत्दा पनि चिसो हुनु ले म छटपट्टी गरिरहन्छु,अोैला भाचेर गन्ने हो भने हात खुट्टाको अोैला गनेर सकियो म तेती धेरै पटक दायाँ बाया कोल्टे फेरे अहँ!तातो महशुस भएन…

अाखाँ चिम्लेर मनमनै सोच्छु पक्कै पनि यो जाडोमा केहि साथीहरुको को अोछ्यान तातेको होला हुन त अाजकल विवहा गर्ने श्रीमती छाडेर विदेश जाने फेसन भएको छ के तात्थ्यो होला र? अाफैमा प्रश्न गर्छु विवहा गरेर पनि विचराहरु डिग्रीको सर्टीफिकेट बाकसमा खादेर विदेश दोैडिएका छन तिनिहरुको दुखलाग्दो जिन्दगी हेरेर मन बुझाउछु …

हे छाड्दे वेकारमा जाडो नै भएनी बरु सिरोक डबल अोडोैला अोछ्यान नै तताउनको लागि के विवहा गर्नु पर्यो! मनमा कुरा खेलाईरहन्छु…

भोलि विवहा गरेपछि कुन्ताको तालु भएको छ कपाल खुईलिएर झन के हुने हो ।मनमनै गन्थन गर्छु तर मनले मान्दैन ! समाल्न कोसिस गर्छु फुत्तकिएर फेरि सोच्न पुगि हाल्छु!

यो मन,ईच्छा,चाहना भन्ने कुरा न बाधेर राख्न मिल्ने न कोठा भित्र बन्द गरेर राख्न मिल्ने हुने कुरा भन्दा नहुने कुरामा बढि ध्यान जाने हुन त जवानी उम्लेर हो की?

नसोचोै भन्यो कठोर बन्न खोज्यो अह! कत्ता कत्ता बाट यो मन उम्केर ति प्रेम जोडी सुतेको ठाउमा पुगि हाल्छ जबरजस्ती तानेर ल्याउछु फेरि फुत्कि हाल्छ।

यसो कल्पना गर्छु यति जाडो छ कठै मेरो भाग्य!
जोडी हुने हरुको पक्कै तातेको छ मस्त निन्द्रामा परेका होलान तर अाफुलाई भने पट्टकै निन्द्राले छुदैन बा! के हुन लाग्या हो ।

मेरो श्रीमती भएको भए म पनि अङ्गालोमा नै निदाउथे छैन क्यारे! अब क्यारम त उ पल्ला घरको विरेले भर्खरै विवहा गर्यो उसले मोज गरेको छ जाडो राम्रै संग कटाउने भयो।अाजकल सबै विरेको तारिफ गर्छन विरे हेर्दा लाटो देखिन्छ तर बुद्दि भएको रहेछ वेलामा बुद्दि पुर्यायो सबैले तारिफ गर्छन त्यहि त हो बोल्ने ले गाल पार्छन घुसघुसे ले ताल पार्छन उ स्वभावले त्यति धेरै बोल्दैन तर काम पक्का गर्छ..सोचेर गर्छ..

बा ले त भनेका थिए त्यो वेला विवहाको कुरा सुनेर लाज ले मुर्छा परेको थिई विवहा गर्छस त केटा भन्दा ईशारा ले नाई भन्दै मुन्टो हल्लाए, अहिल्य अाएर बा को कुरा सम्झिदै,पछुताउदैँ टोलाई रहे, ।

अाखिर विवहा त गर्नु नै पर्थ्यो बुद्दिमा विर्को लागेर यस्तो जाडोमा एक्लै पल्टिनु परेको कठै मेरो विवस घटना सम्झिदा पनि दिक्क लागेर अाउछ।

कहिले कहिले नेपाली फिल्मका नायक राजेश हमालले बोलेका थिए दुध खान गाई पाल्नु पर्दैन खै त नपाली कसरी खान पाईन्छ?
हुनेलाई जता पनि जुर्छ नहुनेलाई कहि न कहि …

कोल्टे फेर्छु! अाखाँ पोल्न लाग्यो तर निन्द्रा देवि अाईनन् ।

होस,मन बुझाउने कोसिस गर्छु यति बेला न कुबेला सोचेर वेर्थ तक्यालाई अङ्गालो हालेर भुसुक्क निदाउन प्रयास गर्छु ……

पिसाव अाएर खपिसक्नु भएनछ जुरुक्क उठ्ने कोसिस गरे सकिन फेरि अाएको पिसावलाई विर्सने कोसिस गरे फेरि निदाए छु।

मंसिरको चिसो गमक्क सिरोक अोढेर सुतिरहु जस्तो,जाडोमा कसलाई पो बेड छाड्ने मन हुन्छ र? मोबाईलको अलारामले असाध्यै दुख दिन्छ दुई मिनेट जति मज्जाले सुत्ने रहर हुन्छ।

फेरी टिरिङ टिरिङ गर्छ मन नलागी नलागी हात टेवलमा पुर्याउछु र अाखा नखोली त्यो अलाराम बन्द गर्छु फेरि पनि घण्टी जोडले बज्छ र अतालिएर उठ्छु हतास हुदै कलेज युनिफम भिर्छु र टाई बनाउदै बाटो लाग्छु ।

अलि अलि दोैडिदा पनि चिसोले ज्यान लगलग कापेको हुन्छ तैपनि दोैडीरहन्छु यदि ढिलाभयो भने डिसपिलिन ईन्चार्ज(डिअाई) सर गेटमा बस्छन छाड्ने हैनन् यदि डिअाई सर नहुने हो भने त जाडोमा एक सर्को चुरोट तान्न दिए पछि सेक्युरिटी गार्ड ले त भित्र छिराउथे ।

फेरि चुरोट नै नबोकेको दिन त बाहिरै हो सेक्युरिटी पनि चुरोटमा नै विक्छन विचरा अस्ती बिवेक ढिला भएछ सेक्युरिटीले छिर्न नदिएर कलेज बाहिर क्याफेमा नै बसिरहेछ किन यहाँ बसेको? किन क्लासमा नअाएको भन्दा सेक्युरीटीले गेट भित्र छिर्न दिएन भन्यो ।

मलाई झनक्क रिस उठ्यो कहाँ छ सेक्युरीटी?
मैले सेम्युरीटी कहाँ छ भनेर भनेपछि संगै अाएका अम्बु र दिपा खित्का छाडेर हासे उनिहरुलाई मज्जा लागेछ तर मलाई मेरो बिवेक बाहिर बसेको मा दुख लागेको थियो ।

उनिहरु हासे पनि म र बिवेक भने चुप हुदै रातो अनुहार बनाउदै भुई तिर हेर्दै बस्योै ।

दिपाले फेरी कुरा कोट्याई मलाई जिस्क्याउने हेतुले सेक्युरीटी कहाँ छ ?अर्की फेरि जोडसंग हास्दै सेम्युरीटी गेटमा छ भनि म लाजले भुतुक्म भए ।

खासमा मैले रिसले किन भित्र जान नदिएको हो एक पिरियड छाडेपनि अरु क्लास त भ्याउथ्यो नी! रिसले ठोक्दिउ गएर भन्न सेम्युरीटी कहाँ छ भनेको थिए यी दुई केटीलाई खुब वैसले चुमचुम भएछ क्यारे कति जिस्क्याउन सकेका हुन…

बिवेक नियाँउरो अनुहार लाउदै छेउमा उभिएको अम्बुलाई बस न अम्बु भन्छ ।

दिपाले विचैमा कुरा काटी हाल्छे! अम्बु मात्र हामी नी बसोै मिलन भनेर हातैमा तान्छे मलाई भने अम्बुको अगाडी कत्ता कत्ता असहज महशुस हुन्छ। म बस्छु दिपा जाडोले होला अझै टासिन खोज्छे ।

म अलि वर सर्छु तर उ कस्ती केटी म जति सर्छु उ तेति सर्दै टासिन अाउछे।

शालिन स्वभावकी अम्बुले मलिन हुदै भन्छे साथीहरु खाजा के खाने अडर गरोै न!

दिपा प्वाक्क बोल्छे ।मलाई र मिलनलाई चाउमिन अडर गर्देउ तिमीहरु के खान्छोैँ खाअोँ भन्दै मस्किन्छे तर यो विचमा दिपा भएकोले मलाई वाक्क लाग्छ ।

म किन हो किन अम्बुले बोलेको,हासेको,उनको हरेक क्रियाकलाप बाट मोहित थिए।

उ हेर्दा जति सुन्दरी देखिन्छे मन,तन,हृदय त्यस्तै सफा छ अनि निश्चल पनि,अाखाँ त झन मृगनयन मिनाक्षी भन्दा कम छैन र अति नै मेहनती पढाईमा उतिकै अब्बल छिन म उनको बानीब्यहोरा,उनको शैलि देखि अति प्रभावित थिए उनले लाएको,खाएको ,हिडेको बोलेको असाध्यै मन पर्थ्यो ।

उनि किताब भन्दा बाहिरि कुराहरु विशेष त साहित्य पढ्न मन पराउँथिन र म पनि । मन, विचार र रुचिहरु एउटै थिए, त्यसैले त हाम्रो सामीप्यता बढेको महशुस गर्दै थिए..

जब म एकोहोरो टोलाई रहेको वेला दिपाले हेलो कत्ता हरायोैँ भन्दा नराम्रो संग तर्सिय ।

उसले जिस्क्याउदै प्याच्चै बोलि! मिलने निको चाल छैन त मलाई धोका दिने भयोैँ गाजलु अाखाँ झिम्मिक पार्दै मस्किरहि!

दिपा त झन फ्रयाङ्कली कुरा गर्ने केटी हो धेरै जनाले दिपाको तारिफ गर्थे तर खै दिपाले मलाई प्रभावित पार्न सकेकी थिईन। म त थाहा नहुने गरि अम्बुको गहिरो प्रेममा चुर्लुम डुबेको थिए ।

हरक्षण हरपल मलाई अम्बुको याद अाउथ्यो मैले न दिपालाई भन्न सकेको थिए न त बिवेकलाई नै म अम्बुलाई मन पराउछु भनेर न त अम्बुलाई नै भन्न सके म त एकोहोरो मन पराईरहन्थे ….

खाजाको पैसा अाधी विवेकले अाधी दिपाले तिरे म संग त पैसा नै थिएन दिपाले जबरजस्ती गरेर मात्र एक प्लेट हान्दिएको हु ।

हामी त्यहाबाट अगाडी बढ्योैँ अलि पर पुगेपछि दिपा र बिवेक जेब्रा क्रसिङबाट अर्कै बाटो जानु पर्थ्यो म र अम्बु पाचँ मिनेट जति हिडेपछि छुटिने ठाउँ अाउथ्यो ।त्यो दिन हामी सबै जना छुटेर अा-अाफ्नो घरमा गयोैँ हामी चारैँ जनाले मोबाईल नम्बर साटसाट गरेका थियोैँ ।

मलाई कोठा पुग्ने साथै अम्बुलाई कल गर्न मन लाग्यो तर भर्खर छुटेको के भन्न कल गर्नु होस गर्दिन कल अम्बुको नम्बर हेर्दै थिए, दिपाको कलले म झसंग भए अगि भर्खर छुटेको कल गर्छे अच्चम्म लाग्यो फोन उठाईन….

भोलिपल्ट म अम्बुलाई बाटोमा कुरिरहे,कति खेर देखोैँ झै लागेको थियो,परै बाट पर्फिमको सुगन्ध बास्ना अायो यसो हेरे अम्बु पो अाईरहेकी रहिछिन।

अाज उनलाई कलेज ड्रेसमा एकदमै अाकर्षित देखिएको थियो उनले सधै लगाउने कोट खोलेर हातमा बोकेकी थिईन गुडमर्निङ मिलन मुस्कुराउदै भनिन् ..मैले पनि मर्निङ भनेर फर्काए र हामी अगाडी बढ्योै

उनले हिड भनिन मैले उनलाई अगि हिड्न अाग्रह गरे ..सायद उनि दोैडिदै अाएकी भएर होला पसिनाले कपडा लुथ्रुक भिजेको थियो साईड ब्याग अनि कलेजको कोट एउटा हातले च्यापेकी थिईन ।

मैले मोैकाको पाईदा उठाएँ,मेरो यी नयनहरु उनको पिठ्यूमा ठोकिरह्यो पछाडी बाट लुथ्रुक भिजेको टपक टासिएको अनि अर्को भित्री बस्त्र प्रष्ट देखिएको थियो त्यो दृष्यले मनमा काउकुत्ती लागेको थियो। अाफुलाई समाल्दै गफिदै हामी अगाडी बढ्योै तर उनि पछाडी एक पटक पनि नफर्की गफकै तालमा हिडिरहिन म पछि लागिरहे ।

मैले पछाडी बाट नै भएपनि स्खलित हुने सम्म हेर्न भ्याए मन भकभक उम्लिरहेको थियो अलिकति पनि डर लागेन मेरो मस्तिष्क उनको अङ्ग अङ्गमा छिर्के हान्दै थियो मैले खुला छाडी दिए उनले सोधेका प्रश्नको जवाफ दिई रहे।बाटोमा हेरेर हिड्नुको साटो उनको शरिरमा टिपिक्क टासिएको कपडा नियाल्दै लम्किरहे ।

मैले बाटो यति छिटो सरेको भेउ नै पाईन मलाई कलेज अझै टाढाहोस भन्ने लागेको थियो तर हामी त कलेज पुगि सकेछोैँ गेट भित्र गएपछि उनले कोट लगाईन अनि क्लास पुग्योै ।

अैँ दिपा र बिवेक कति चाडो अाईपुगे छोैँ? हामीलाई त ढिला भयो यार भन्दै हामी चार जना एउटै टेवलमा बस्योै,छन त अरु पनि थिए साथी तर तिनिहरु पुरानो कसैले वास्ता गर्दैन्थे त्यसैले हामी चार जना एक जुट थियोैँ ।

पहिलो पिरियडमा एकाउन्टको सरले हाजिर गर्नु भयो अनि क्लास सुरु भयो दुई पिरियड पढेपछि पन्ध्र मिनेट छुटि हुन्थ्यो । हामी घाम ताप्न बाहिर निस्कियोैँ ।

बिवेकले चियाँ खान जाऊ, रिक्वईष्ट गर्यो ।
तर मन अाफैमा उकुसमुकुस हुदै भत्तभती पोलिरहेको थियो म त अगि बाटोमा अाउदा देखेको अम्बुको शरिर सम्मझदै जिउमा काडा उम्राएर बसेको थिए ।

होस नखाउँ चिया मैले भने, उसले अझै कर गरिरह्यो ।घाम ताप्दै पन्ध्र मिनेट वितेको पत्तो भएन।

हामी सबै गयोैँ कक्षामा फेरि सर अाउनु भयो नोट लेखाउनु भयो मनमा कुरा खेलाउदै नोट लेखे अम्बुले विचमा छुटाई छिन मेरो नोट मागिन मैले संका गरे अो! मेरै नोट म मख्ख परे ….

सबै पिरियड सकियो दश बजे हामी कोठा जान तयार भयोैँ दिपाले अाज कृष्ण मन्दिर जाउ भनि ! कसरी हुन्न भन्नु भन्दै बिवेक तम्सियो र हामी पनि सहमती भयोैँ ।दिपा म संग जिस्किदै चिमोटदै हिड्दै थिई सायद उसले केहि भन्न खोज्दै थीई …

म हिडिरहे ..फेरि खुट्टामा किल्चि दिपाले म पछाडी फर्के अम्बु र बिवेक पनि गफिदै थिए के भयो? उ हासीँ झिमिक्क अाखाँ बनाई र अझै अाफुतिर तानी तर केहि बोलिन उ केहि भन्न खोज्थी तर भन्न सकिन..

हात समाउदै हिडी मैले अप्ठ्योरो मान्दै हात खुस्काए ।उ अझै पक्रिदै थीई ..

चिसोले होला दिपाको गुलावी अोठ मा कम्पन अाएको थियो उसले अोठ टोकी मुस्कुराउदै
अनुहार निलो बनाई र टासिन खोज्दै थी तर म अलि सजग भए ।

अलि छिटो जाउ। मैले भने दिपा झन जिस्किदै विस्तारै हिड्दै थिई म अगाडी जान खोज्थे तर उसले अम्बु र बिवेकले नदेख्ने गरि च्यापा समात्थी ..

केहि वेरमा हामी कृष्ण मन्दिर पुग्योै वरिपरिका दृष्य रमाईलो थियो यहाँ कृष्ण मन्दिरका पेटि हरुमा प्रेम जोडीहरु अकंमाल गर्दै चुम्बन गरेका दृष्य देख्न पाईन्थ्यो ।

हामी त्यस तर्फ ध्यान नदिई मन्दिर तिर हेर्दै अवलोकन गर्दै फोटोहरु खिच्दै थियोैँ ।

दिपा अात्तिदै भनि अै मिलन हेरन! त्यहाँ.. मेैले हेरि, उ खित्का छाडेर हासी सिधा पर भितामा एक जोडी मस्त थिए ।जिव्रो पड्काउदै दिपाले भनि हामी नी .. ह मैले के हामी उ झस्की सायद उ पनि चुम्बन गर्न चाहन्थी ।

मनमा सोचे कस्ती उत्ताउली केटी होली हुन त अरु संग बोल्दिन फेरी मसंग यस्तो क्रेजि हुन्छे खै के भाको हो? म सोचिरहन्छु ..उसले मेरो कानको लोती टोकि दिन्छे मलाई दुख्छ म हल्का रिसाउछु उ भने मज्जाले हास्छे अर्को नी टोक्छु भन्छे ..म अलि पर गएर फ्रेस हुन खोज्छु त्यहि पुग्छे ..

उ पनि मोैन हुन्छे सायद म बाट ईरिटेड भई कि लाग्छ अनि नरिसाउ न हो भन्दै छेउमा जान्छु मख्ख पर्छे ।तर म अम्बुलाई भित्र भित्रै सजाईरहेको हुन्छु,कल्पना गर्छु भगवान कृष्ण संग वरदान स्वरुप अम्बु माग्छु ..

जति बेला पनि अम्बु मेरो अगाडी उभिएको देख्छु ..बाह्र बज्न लागेको थियो अब जाअोै भनेर हामी बिदा भयोैँ हग गर्दै सबै जना छुटियोैँ
बिवेक र दिपा गए हामी हाम्रो घर तिर फर्कियोैँ

भोक लाग्यो होला है!तिमिलाई अम्बुले मायालु स्वरमा सोधी,भोक त लागेको थियो मुसा दोैडिसकेको थियो तर मैले छैन भनि टारे …

दिउसोको तातो घामले पसिना छुटायो, मैले कोट खोलेर हातमा बोके उनले पनि खोलिन अम्बुलाई कति पसिना अाको हो मैले सोधे..उनि केहि बोलिनन् मुस्कुराउदै हिडीरहिन।

कति अाकर्षक ज्यान सोध्न मन लाग्यो फेरी खल्लो लाग्यो के भन्ने हो उनले पनि साह्रै गर्मि भयो भनिन् मलाई पनि गर्मी भएको थियो ।

चिसो खाँउ न त म पसलमा चिसो किन्न गए पिपलको बोटमा बसेर खानलाई फ्यान्टा एक,कोक एक हातमा लिएर अाए मेरो कोट पनि उनले नै बोकिन वाँ मेरो कोट पनि बोकिन मैले सोच्न भ्याए, उनले पनि मायाँ गर्दि रैछिन जस्तो लाग्यो म भित्र देखि खुसि भए सायद कृष्ण भगवानले मेरो भावना बुझेछन क्यारे!

पिपलबोट अायो ल बसोैँ भने उनले कोट फ्यात्त राखिन र थ्याच्च बसिन सर्टको एउटा बटन खोलिन रुमालले हम्किरहिन! मलाई दाउ पर्यो विहान त पछाडी बाट हेर्न पाएको थिई अहिले त अामुन्य सामुन्य म जलि रहे …

मेरो अाखा उनको पसिनाले लपक्क टासिएको कपडा मा गईरह्यो पसिनाले भिजेर शरिर सेतो छर्लाङ देखिन्थ्यो मेैले हेरिरहदा उनले असहज माने जस्तो गरिन तर बोलिनन् उनले पनि खुल्ला छाडिदिन मैले धित मरुन्जेल मनबाट स्पर्स गर्दै टोलाईरहे…

किन टोलायोैँ? उनको यो प्रश्नले म झसंग भए, हैनहेैन टोलाको छैन ।उनि हासिन, म त उनको शरिरस्पर्स गर्दै टोलाएछु। चिसो खाउन! झन रातो भयोैँ त किन ? उनले सोधिन अँ अाज अलिक गर्मि छ त्यसैले होला, उनले विश्वास गरिन मैले गफ लाई दिए ।

भन्न मन लागेको धेरै कुरा थियो तर ति कुराहरु कुनलाई अगाडी कुनलाई पछाडी बाहिर निकाल्ने,म अन्योलमा परेको थिए प्याच्च के फुत्किने हो झन डर लागेको थियो,तर अाफुलाई सक्दो समाल्ने कोसिस गरे केहि छिन भए पनि दिपा र बिवेक लाई छलेर उनको सामुन्य हुन पाउदा म अाफुलाई भाग्यमानी रहेछु भन्दै भित्र भित्र गदगद हुदै थिए।

त्यसपछि हामी साधारण दुखसुखको गफ गर्दै कोठा गयोै अाज म उनको कोठा छेउ सम्म पुगे उनले घर देखाईन कोठा दोश्रो तला दाई,बाबा ममी र भाई बस्छोै भनिन् जाउ भनिन तर अाट् गरिन पछि जाउँला भन्दै म मेरो कोठा तिर लागे ..

कोठा पुगेर म्यासेज गर्छु भने हस भनेर बाई गर्दै म अगाडी बढे..

कोठा पुगे खाना खानलाई पाकेको थिएन एक छिन बेडमा पल्टिन मन लाग्यो,भोकले साह्रै शिथिल भएको थिए।

यसो झकाउन लागेछु फोनको घण्टीले निन्द्रा खलबल्यायो, फोन हेरे बिवेकको रहेछ अोई कोठा पुगिस मिलन? मैले अ पुगे भने यति भन्न नपाउदै उसले अाईजा मुला घुम्न जाऊ,
ह्याँ म यहाँ सुतिराछु टाउको दुखि रहेको छ उठन सक्दिन होस नजाने अाज पछि जाउला उसले ल ल त्यसो भए सुत अाराम गर गाह्रो भए कल गर हस्पिटल जाउला भनेर फोन राख्यो ।

भोको पेटमा निन्द्रा त के लाग्थ्यो,त्यहि अम्बुलाई सम्झिदै मन्द निन्द्रमा पर्न लागेको रहेछु फेरि कल अायो यहि बिवेको कल होला होस अर्का पट्टी फर्केर सुते फेरी कल अायो वास्ता गरिन लामो कल पछि झलास्स सम्झे अगि अम्बुलाई म्यासेज गर्छु भनेको थे न उसैको पो कल हो मनमा कुरा खेल्यो उठे र मोबाईल हातमा लिए त्यो कल बिवेको नभई दिपाको रहेछ ।

मोवाईलमा ब्यालेन्स थिएन मिस्कल दिए तुरुन्तै कल अायो कल रिसिभ गरे अै मिलन के गर्दै छोैँ अाऊ म पिजा खुवाउछु जाऊ उसले यति भन्न साथ मुख रसायो कहाँ अाउ मैले सोधे,बिवेकलाई अगि सुतेको छु टाउको दुख्यो भनेको छु देख्यो भने के गर्ने? ह्या छाडदेउ बिवेकको कुरा तिमी खुरुक्क अाउ कसैले देख्दैन छिटो अाईहाल, कि म लिन अाऊ?

अाऊ न त भोकले हिड्न पनि सकेको थिएन दिपाले दिदिको स्कुटी लिएर अाइछे,बस भनि म स्कुटीमा बसे हामी पिजा खान एयरपोर्ट के.एफ.सि तिर हान्नियोैँ,हामी स्कुटीको गतिसंगै मस्त थियोै गफ गर्द‌ै हास्दै जिस्किदै हामी के. एफ.सि पुग्योैँ दिपाले स्कुटी साईड लगाउदै थी
बिवेकले कल गर्यो मैले कल रिसिभ गरे तलाई टाउको दुख्न अलि ठिक भयो कि कस्तो छ?बिवेकले सोध्यो!

मैले अ अलि ठिक भयो सुतिराछु भने, उसले हास्दै को संग भन्यो म झस्किए,कोहि होईन एक्लै नी यार,तेरो टाउको पनि अच्चम्मको रहेछ मैले बोलाउदा दुख्ने केटी बोलाउदा नदुख्ने ल ल मोज गर केटा…

के भन्दै छस के मोज भनेको बुझिन ? मैले बुझपचाएर प्रश्न गरे तलाई अगि मैले घुम्न जाऊ भनेर भनेको अाज मेरो मामा जापन बाट अाउदै हुनुहुन्छ त्यसैले एक्लै पर्खिन झ्याउ लागेर तलाई जाउ भनेको तेरो एक्कासी टाउको दुख्यो,…..

अनि त अहिले कहाँ छस? उसले म एयरपोर्टमा छु अगि त दिपाको स्कुटीमा खुब मस्किदै गएको देख्या थी त्यहि भएर कल गरेको ल म एयरपोर्ट भित्र छु मोज गरेस ल बाई उसले फोन राख्यो …

दिपाले सोधी के भयो कसको कल ? मलाई बोल्न मन लागेन मुर्छा परिरहे,बिवेकलाई झुट बोलेकोमा अात्माग्लानी भईरह्यो जाऊ खाना खाउ पहिला अनि अरु कुरा गरोैला उसले भन्छे मलाई पिरले,डरले अमन भईसकेको हुन्छ खान मन लाग्दैन अाज सम्म झुट बोलेको थिईन पहिलो झुटमा ठुलो झट्का लाग्यो भोक सबै हरायो शरिरमा चिरचिर पसिना अाईरह्यो,दिपाको करले अलिकति खाईदिए उ पनि भावुक भई हामी दुबै उदासिन हुदै फर्कियोैँ..

भोलिपल्ट कलेज जान तयार भए बाटोमा अम्बुलाई पर्खिए अम्बु अाई तर हिजो जस्तो मुस्कान छाडिन मलाई संका लाग्यो पक्कै बिवेकले भन्दियो होला मनमनै सोचिरहे क्लास भित्र छिर्योै बिवेकले मुस्कान साथ बोलायो के छ ठिक छस नि सुटुक्क कानेखुसी गर्दै थाकेको होलास भन्दै उसले छेद हान्यो म चुप बसे तर रिस उठेको थियो ।

कस्तो साथी हुन्छन साथी संग घुम्न जादा पनि संका गर्छन हुन त साथी भनेर जिसक्याएको होला तर यो ख्यालख्याल गर्ने कुरा थिएन मनमा कुरा खेलिरह्यो उसले दिपा र म प्रति यस्तो संका गरेछ दुख लाग्यो हुन त संगै हिडेको हो बसेको हो कुरा सामान्य थियो तर उसको संकाले मन अमिलो भएको थियो ।

हामी अोैपचारिकरुपमा राम्रो ब्यबहार गरथ्योै राम्रो हुदा हुदै केही उत्साह, केही उत्सुकता, केही डर र काउकुतीमै बित्यो–कलेजको दुईचार महिना यसरी गुज्रिदै थियो हाम्रो कलेज जिवन,विचमा अम्बु कलेज अाउन छाडी खै किन हो अम्बु नअाउदा मलाई क्लास बस्न मन लाग्दैन्थ्यो अम्बु नअाउदा मैले धेरै कलेज छुटाएको छु कलेज गईहाले पनि पिरियड हापेको छु।जब म अम्बु नअाउदा उदासिन हुन्थे अम्बुलाई मैले मन पराउछ भनेर अलिअलि संका काट्थे र कानेखुसी गर्थे।

यतिकैमा दशै विदा भयो कहिले अाउने कहिले नअाउने मलाई मेरो पढाई भन्दा पनि अम्बुको पढाईको पिर थियो ।जेहेन्दार छात्रा मध्यको पहिलो नम्बरका अम्बुको नाम अाउथ्यो उसकै संगतले हामी चारैँ जना पढाइमा लगतार उकालो चढि राख्योैँ हामीले धेरैलाई छाडेर अगाडी बढि रह्योै ।जे होस धेरैले सोच्ने र संका गर्ने गर्थे त्यो स्वभाविक थियो हामी चार जना कहिल्यै छुटेनोैँ ।

जहाँ जादा पनि सल्लाह गरेर सोधेर जाने चलन थियो हामी बेस्सरी रिसायको दिन खासै छैन सानो तिनो कुरा त हामी अाफै मिलाउथेउ कहिले कतै केहि भलाकुसारी गर्दा ठुलो नै स्वर भए पनि विस्तारै मथ्थर भएर जान्थ्योै हामी चार जनाले नै साथित्वको महत्व बुझेका थियोैँ।

जब दशैको छुटि सकियो हामी काठमाण्डोै फर्कियोैँ दिपा र बिवेकलाई म धरानबाट अाएपछि पहिलो दिनमा नै भेट्न गए तर अम्बु छुटि सकिदा पनि काठमाण्डोै फर्किनन्।त्यस पछि उनि किन अाईनन त धेरै समय सम्म सोचिरहेको हुन्थे, मनमा अाधी चलिरहेको हुन्थ्यो अपसोच हामी विश्वासले छुटिएका थियोैँ र कसैको मन दुखाउने प्रयत्न गरेका पनि थिएनोै उनि कसरी हामी सबैलाई भुलेर एक्ल‌ै बस्न सकिन?फेरि पहिले नै हामी सल्लाह गरेर डेट फिक्स गरेर नै छुटिमा गएका थियोैँ ।

मैले धेरै कोसिस गरे सम्पर्क गर्न अह! अम्बु ले कहिल्यै कल रिसिभ गरिनन् बरु उल्टै उठाएर राखिदिन्थिन,म उनको पिरले सिठ्ठा हुने गरि दुब्लाई सकेको थिए मलाई दिपा र बिवेकले धेरै सम्झाए तर मेरो मनले कहिल्यै सम्झेन ।

फेरि उसलाई पनि पक्कै थाहाँ थियो होला मैले माया गर्छु भन्ने कुरा फेरि मैले उनलाई कहिल्यै माया गर्छु भन्न सकिन तर उनलाई थाहाँ थियो हामी कलेज बाट फर्किदा जुठो खाने जिस्कदै अाउने गर्दा उनले पक्कै महशुस गरेको हुनु पर्छ उनि पनि म प्रति अाकर्षित भए जस्तो लाग्थ्यो तर पनि यसरी वेपता हुन्छिन भनेर कहिल्यै सोचिन।

फेरि दिपा र बिवेकले मेरा उदासिनता देखेर हैन हामी छैनोै तिम्रो अम्बु मात्र साथी हो भनेर सनक्क सन्कने गर्थे तर उनिहरु साथमा भएपनि मलाई अम्बुको जति प्यार अरुलाई थिएन। अब के गर्छोै? दिपाले सोधी मैले सिधा उत्तर दिए अम्बु लाई मेरो मायाले अवश्य बोलाउने छ उ अाउछिन मलाई ढुक्क थियो ।

बिवेकले बिच्चैमा सोध्यो अाईन भने? मलाई झनक्क रिस उठ्यो बिवेक बढि नबोल मेरो अम्बु अाउछे खुलेर भने म उसलाई माया गर्छु सक्छोै भने गएर मेरो कुरा सुनाई देऊ।अम्बु विना मेरो कोहि हुन सक्दैन म मर्छु एक साथ अाखाँ रसाएर टिलपिल भयो केहि देखिन म त कमजोरी भएछु त्यहि ढलेछु उनको याद अाउदा अाउदै सुन्य स्थितीमा पुगेछु ।

उनिहरुले मलाई टिचिङ् अस्पताल लगेछन अालो पालो गरेर उनिहरुले मेरो हेरविचार गरिरहे मलाई दिपाले सम्झाई पिलिज् मिलन म तिमिलाई माया गर्छु म संग विवहा गर तिम्रो मामु बाबालाई कुरा गर हेर म पनि सक्दिन तिमी बिना उसले विनम्र साथ अनुरोध गरि तर म अह! परिवर्तन हुन सक्ने स्थितीमा थिईन उसले पटक पटक भनि अम्बु अाउदिन अब तर मैले प्रति उत्तरमा मेरो अम्बु अाउछे तिमिहरु जे पायो तेहि नबोल भनेर झगडा पनि गरे ।

दिपाले भनि अाज सम्म म तिमी भनेर तिम्रो पछि लागे धेरै कष्ट सहन बाध्य भए दुनियाले तिमी संग जोडेर अारोप लगाए मलाई धोका नदेउ उसले धेरै गनगन गरि रहि तर म अम्बु भनिरहे अम्बु अम्बु उ रिसाई तर मलाई फरक परेन ।

दिपाले मेरो लागि धेरै सहयोग गरि हरेक पटक दिपाले मलाई मन परेका कपडा देखि लिएर कलेजको फि तिरिदिएकी छ तर म उसको यो गुन सजिलै विर्सन सक्दिन उसले मेरो कारण धेरै पिडा भोगि म संग हिडेको हिमचिम भएकै कारण कसैले सिधा नजर लगाउने कोसिस गरेनन् कयोै रात मैले दिपा संग विताएको छु ।

विवहा गर्ने सर्तमा मैले कहिल्यै दिपालाई प्रस्ताव गरिन बरु दिपाको प्रस्ताबलाई स्वीकार गरेर नै म पटक पटक होटलमा रात विताउन गएको हु ।तर अाज उसले यो कुरा जोडी विवहा नर्गर्ने थियोैँ भने किन मेरो कुमारित्व माथी दाग लगायोैँ? मलाई धोका दिने धोके बाज मैले तिम्रो हर ईच्छा पुरा गर्दिए अहिले अाएर अझै अम्बु भन्छस उसले सिमा नाघ्दै गई

मैले सम्झाउदै भने पछि कुरा गरोैला उ अलि ढुक्क भई केहि अाशा पलाएझै अनुहारमा चमक देखियो उ खुसि भई सरी अगि के के भने उसले माफि मागि मैले हात समाउदै सम्झाए ठिक छ गल्ती मेरो पनि छ सान्त्वना दिए ।

भोलिपल्ट बिवेक मलाई भेट्न अायो कस्तो छ उसले सोध्यो ठिक भयो अम्बुको केहि खबर पाईस त? उसले काठमाण्डोै अाएकी छ रे भन्यो म यति धेरै खुसि भए कहाँ बस्छे अरे बर्षोै हुदा पनि एक कल गरिन यार ल बिवेक यति कुरा पत्ता लगाई दे नत्र म बाच्दिन मैले भन्न नपाई मुख थुन्यो ।तेसो नभन मिलन तेरो दिपा छे दिपालाई साथ दे हेर दिपा त विना पागल हुन्छे एक्लै फतफताउछे के भएको हो उसलाई त्यस्तो दुख नदे उ दुब्लाउदै गाकि छ ।

होस म सक्दिन अम्बु बाहेक मलाई कोहि चाहिदैन अब दिपा बिवेक थाकि सके तर मलाई सम्झाउन सक्दैनन् तर म अम्बु बाहेक अरुको कुरा सम्झिन चाहन्न मलाई अाशा थियो काठमाण्डोै अाएको हो भनि उ मलाई भेट्न अाउछे ।

बिवेक र दिपा अाजकल मलाई वास्ता गर्न छाडे जस्तो लाग्दै थियो उनिहरु संगसंगै हिडन थालेका छन फेरि दिपाले सधै मेरो नाम लिएर फतफताउने कुराले मन अमिलो हुन्छ तर म अम्बु बाहेक अरु सोच्नै सक्दिन्….

सुतिरहेको बेला कहाँ कल अायो मन नलागि नलागि फोन हेरे कल बिवेको थियो अै मिलन तेरो अम्बुले त छोरा बोकेर हिडेकी छ मैले फोटो खिच्चेको छु हेर्न अाईज नर्भस हुदै दुख विसायो म गए उसले मलाई फोटो देखायो म स्तब्ध भए उसको छोरा च्यापेको तस्विर कैद गरे झल्लझल्ती विगत सम्झिरहे बोल्न सकिन सास रोकियो त्यस पछि सुन्य भयो म वेहोस भएछु उनिहरुले पानी छ्यापीरहेका रहेछन।

जब म अब झिनो अासाबाट पनि टाढा पुगिसकेको थिए मेरो मनोईच्छा अाकाङक्षा सबै सिसा झै फुटेका थिए एक्लो अधारो कुनामा बसेको महशुस हुदै थियो ।दिपाले सम्झाउदै भनि मिलन माफ गर यार म तिमि विना बाच्न सक्दिन तिमी मेरो हो भन्ने लागेर हामी विच भएको कुरा सबेै मैले अम्बुलाई भनेकी थिए हो उसले पनि तिमिले माया गर्छोै भन्ने कुरा भनेकी थिई उसले पनि तिमिलाई माया गर्छु भन्थी तर मैले हाम्रो सम्बन्ध भएको कुरा तिमी संग रात विताएको कुरा गरे पछि उ भावुक भएकी थिई त्यसैले उ म संग सधै फोनमा कुरा गर्थी ।

काठमाण्डोै अाएको छोरा भएको श्रीमान शाखाँ अधिकृतमा जागिरे सबै भनेकी थिई त्यो सब तिमी पाउन मैले गरेको हो सक्छोै भने माफ गर्देउ मिलन उ भावुक हुदै बाहिर निस्की म रिसले चुर भएको थिए एकछिन पछि म शान्त भए अनि बाहिर गए दिपा ..दिपा..भनेर बोलाए अह! उ बोलिन अनि उ कहाँ गई कता गई केहि खबर पाईन उसले पनि अम्बु झै कहिल्यै सम्झने कोसिस गरिन।

बिवेकले सम्झायो हेर जे हुनु भयो माफ गर साथी दिपाले तलाई असाध्यै मन पराउथी त्यसैले दिपा प्रति तेरो माया हिमचिम होस भनेर मैले अम्बुलाई तेरो कुरा तिमिहरु संगै हिडेको कुरा संगै बसेको कुरा भनेको थिई मलाई पनि अम्बु मन पर्थ्यो त्यसैले मैले त्यो सबै गरे साथी सक्छस भने माफ गर…..

थुईक्क धोके बाजहरु यहाँ बाट गई हाल म अाक्रोसमा अाए ठलो स्वरमा कराए,रोए उसले मेरो दुख देख्न नसकेर बाहिर निस्क्यो मैले सम्झे बाहिर होला तर उ पनि हिडीसकेछ उसले गरेको गल्ती स्वीकार गरिसकेको थियो बिवेक बिवेक भन्दै बेडबाट उठे उ बोलेन म बाहिर निस्के उसलाई देखिन मेरो अाखा रसायो …

म भावविह्वाल भए स्तब्ध भए माया को लागि कति चलखेल अाफुलाई हेरे गल्ति मेरो पनि थियो सायद मैले दिपासंग सम्बन्ध नराखेको भए अम्बु अाज मेरी हुने थी सबै भन्दा स्वार्थी म अाफुमा पाए उनिहरुले त माया पाउन गरेका भुमिका हुन तर मलाइ कसले माफ गर्दिन्छ मैले त दिपाको जवानी लुटेको छु ।

दिपा जहाँ भए पनि मलाई माफ गर्देउ अनि बिवेक मेरो यो पत्र पढेर पक्कै पनि मलाई कल गर्नेछोै हाम्रो सम्बन्धलाई विर्सने छैनोै भन्ने अाश गरेको छु मैले तिमिहरुलाई माफि के अाधारमा गरे मलाई थाहाँ छैन तर मेरो यो गल्तिलाई अम्बु दिपा र बिवेकले माफ गर्दिन्छोै भन्ने अाश गरेको छु ।

यो ब्यस्त शहरमा अाज तिमिहरुबाट टाढा भएको छु उदासिन जिवन जिउदै छु एक्लोपनमा हराउदै छु कयोैँ पटक म वेहोस हुदा तिमीहरुले हस्पिटल लगेर बचाएका थियोै त्यो गुन मैले विर्सेको छैन तर म पहिले जति कमजोर थिए अाज पनि त्यस्तै छु म तिमीहरु सबैलाई अाखाँ अगाडी झलझली देख्छु रमाईलो गरिरहेको देख्छु जब अाखाँ खोल्छु मेरो कपडा लुथ्रुक भिजेको हुन्छ पसिनामा चुर्लुम डुबेको हुन्छु पटक पटक वेहोस हुदा पनि अब मेरो हेरविचार गर्ने कोहि छैन म वेसाहारा भएको छु …

जब म एक्लो भए दैवबाट ठगिए,मैले जिवनमा गतिलो झापड खाए म पहाडबाट खसे मेरो साथीको नजरबाट खसे त अाज सबै बाट टाढा भएर यो विरानो संसारमा कष्टको साथ जिउदै छु ।जिवन मा गल्ति धेरै हुन्छ त्यो गल्ती विर्सिएर भेट्ने कोसिस गर्ने छु एक मुठ्ठी सास हुन्जेल तिमिहरु मेरो नसानसामा हुनेछोै तिमिहरुले माया मारेर टाढा भए पनि म तिमिहरुको प्रतिक्षा मा पर्खि बसिरहेको छु …

जिवन देखि हार खाएको छु उजाड लागि रहेको छ अाज यो शहरमा चुरोटको साहारमा बाचिरहेको छु विस्तारै खल्तिबाट चुरुट झिक्छु सल्काउछु एक सर्को तान्छु हावामा उडाउँछु धुवाँ उडेर कुन संसारमा पुग्यो खरानी यहिँ झर्यो
ठुटा हातमा रह्यो सोची रहे सुन्य भयो……

प्रकाशित : शनिबार, फागुन ०७, २०७३११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘अष्ट्रेलियाको ग्रिन कार्डवाला केटा’