कपाल छिटो ग्यारेन्टिका साथ बढाउनको लागि अपनाउनुहोस् , यस्तो सरल घरेलु उपाय

एजेन्सी – सबै केटिहरुको बाक्लो र लामो कपाल बनाउने ईच्छा हुन्छ । त्यसको लागि कपाल चाडैं बढ्न आवश्यक छ ।यसको लागि हामी विभिन्न किसीमका तेल तथा शैम्पुहरुको प्रयोग गर्ने गर्दछौं । तर यसबाट राम्रो परिणाम पाउन सक्दैनौं ।

आज हामी तपाइँलाई यस्तो सरल घरेलु उपायबारे जानकारी दिन्छौं । जस्ले तपाइँको कपाल छिटो बढ्नुको साथै आर्कषक बन्दछ । यसको लागि निम्न विधिलाई अपनाउनुहोस् ।

बनाउने विधि 
४–५ वटा प्याजलाई ८–१० टुक्रामा काट्नुहोस् । त्यसपछि एउटा भाँडोमा १ लिटर पानी हालेर प्याजलाई १० मिनेटसम्म पकाउनुहोस् । त्यसपछि यसलाई सेलाउन दिनुहोस् । चिसो भएपछि अर्को भाँडोमा हाल्नुहोस् । र कपाललाई शैम्पुले नुहाइसकेपछि यस प्याज पानीले पखाल्नुहोस् । यदि यस्को गन्ध सहन नसकिने किसीमको छ भने , आफ्नो कपाललाई एक घण्टापछि सफा पानीले पखाल्नुहोस् । यसको प्रयोग हप्ताको दुईपटक गर्नुहोस् । प्याजमा सल्फर प्रचुर मात्रामा पाईने हुनाले यसले टाउकोको छालाको रक्तसञ्चारमा सुधार ल्याई कपाललाई छिटो बढाउन मद्धत गर्दछ । यसैकारणले गर्दा यस विधिको प्रयोगले तपाइँको कपालमा आश्चर्यजनक परिणाम ल्याउँदछ ।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७३२१:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय