यति ठूलो सर्पलाई माकुराले चपाएको देखि बैज्ञानिक पनि भए आश्चर्यचकित

सर्पलाई धेरै नै भयानक जनावर मानिन्छ । जस्लाई देखेर मानिसहरु त्रसिने गर्दछन् । तर माकुरा देखि भने मानिसहरु त्यति डराउँदैनन् । ब्राजिलको जंगलमा यस्तो एउटा दृश्य देखिएको छ । जस्लाई बैज्ञानिक संसारमा पहिलोचोटि भएको अचम्मको घटना मानिएको छ । ब्राजिलको जंगलमा पाईने टेरेंटयूला नाम गरेको माकुराले करीब १५ इन्चको सर्पलाई सजिलैसंग चपाएको छ ।

एउटा अङ्ग्रेजी पत्रिकाको अनुसार यो घटना सायद गत बर्ष दिसंबर महिनामा भएको थियो । तर यसको फोटो भने भर्खरै मात्र अगाडि आएको हो । जानकारी अनुसार पूर्वी ब्राजिलको जंगलमा एक हत्केला आकारको टेरेंटयूला माकुराले लगभग १५ ईन्चको सर्पको शवलाई ढुंगा भएको ठाउँमा लगेर खाईरहेको दृश्य देखिएको थियो ।

टेरेंटयूला माकुराको प्रजातिको बारेमा गत बर्ष पत्ता लगाईएको थियो । र यो अहिलेसम्म उरुग्वेमा मात्र पाईएको छ । संता मरिना ब्राजिलको सङ्घीय विश्वविद्यालयमा जीवविज्ञान अध्ययनरत मालटा नाम गरेको एक विद्यार्थीले भने ” हाम्रो लागि यो धेरै नै आश्चर्यजनक घटना थियो । जंगलमा टेरेंटयूलाले एउटा सर्पलाई खाएको पहिलोचोटि देखिएको दृश्य हो ।”

प्रकाशित : बिहिबार, फागुन ०५, २०७३१५:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छोरीको गुप्ताङ्गमा नक्कली लिङ्ग टाँसेर बाबुआमाले नै गरे यस्तो हल्ला