रातारात तौल घटाउन चाहनुहुन्छ ? यस्तो छ आश्चर्यजनक प्राकृतिक उपाय; जस्ले सजिलै काट्छ बोसो

एजेन्सी–आज हामी तपाइँलाई तौल घटाउने  प्राकृतिक उपायबारे जानकारी दिन्छौं । जस्ले तपाइँको पेटको बोसोलाई सजिलै हटाउन सक्छ । मात्र २ हप्तामै यसको प्रयोगबाट राम्रो परिणाम मिल्दछ । यसको लागि तपाइँले नियमित रुपमा प्रयोग गर्नु जरुरी छ । यो उपाय धेरै नै सजिलो छ । तौल घटाउनको लागि निम्न सामाग्रीको प्रयोग गर्न सकिन्छ । जुन तौल घटाउनको लागि मात्र नभई हाम्रो स्वास्थ्यको लागि पनि धेरै फाईदाजनक छ ।

१) दालचिनी :

  •  दालचिनीमा आईरन , क्याल्सियम , म्याग्नेसियम र फाईबर पाईन्छ ।
  • यसले अपचको समस्यालाई हटाउँदछ ।
  •  सुन्निने समस्याबाट छुट्कारा दिलाउँछ ।
  •  कब्जीयतबाट बचाउँछ ।
  •  जीवाणुको संक्रमणबाट छुट्कारा दिलाउँछ ।
  •  रगतमा चिनीको मात्रालाई घटाउँदछ ।
  • कोलेस्ट्रोल ( बोसो ) लाई नियन्त्रण गर्दछ ।
  •  गुलियो खाने ईच्छालाई हटाउँदछ ।
  • मधुमेहको लागि फाईदाजनक छ ।

२ ) कागती :

  •  शरीरबाट विषालु पदार्थ हटाउनमा मद्धत गर्दछ ।
  • पाचनशक्तिलाई बढाउँछ ।
  •  छालालाई स्वस्थ बनाउनुको साथै चमक प्रदान गर्दछ ।
  •  तौललाई घटाउन मद्धत गर्दछ ।
  • कागतीमा भिटामिन सी प्रयाप्त मात्रामा पाईनुको साथै यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ ।
  • यसले शरीरमा शक्ति प्रदान गर्दछ ।
  •  पाचनमा सहयोग पुर्याउँदछ ।

पेटको बोसो घटाउने घरेलु उपाय :
सामाग्रीहरु :
१) १ चम्चा दालचिनीको धुलो
२) आधा कागती वा एप्पल सिडार भिनेगार
३) २ चम्चा मह
४) २५० मि.ली पानी

बनाउने विधि :
दालचीनीको धुलोलाई कागतीको रससँग मिसाउनुहोस् । त्यसपछि यस्मा मह मिसाई तातो पानी हाल्नुहोस् । कागतीको सट्टामा तपाइँले एप्पल सिडार भिनेगारको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

प्रयोग विधि :
  •  यसलाई दिनको २ पटक २ हप्तासम्म प्रयोग गर्नुहोस् । एक गिलास बिहान खाली पेटमा वा केहि खानुभन्दा अघि आधि घण्टा अगाडि पिउनुहोस् । र अर्को गिलास राति सुत्नुभन्दा अगाडि पिउनुहोस् ।
  • यसको प्रयोग आवश्यक भन्दा बढि नगर्नुहोस् । किनकी यसले उल्टो परिणाम पनि दिन सक्छ ।
  •  तपाइँले यस उपायको प्रयोग १ महिनासम्म पनि गर्न सक्नुहुन्छ । त्यसपछि तपाइँले १ महिनासम्म विश्राम लिएर अर्को महिनादेखि मात्र यसको प्रयोग फेरि शुरु गर्न सक्नुहुन्छ ।
  •  यदि तपाइँलाई यस उपायसम्बन्धि केहि समस्या छ भने डाक्टरको सल्लाह लिएर मात्र गर्नुहोस् ।
  • यस उपायको प्रयोग शुरु भईसकेपछि तपाइँले यसलाई नियमित रुपमा गर्नुपर्ने हुन्छ । तपाइँले यदि १ वा २ दिन यसको प्रयोग गर्नुभएन भने यसले  सोचेजस्तो परिणाम नदिन पनि सक्छ।
  •  यस उपचारलाई अपनाउनु भएपछि तपाइँले स्वस्थ खानामा पनि ध्यान दिनुपर्ने हुन्छ । स्वस्थ खानाले राम्रो परिणाम छिटो दिलाउँछ ।
  •  विहान हल्का शारिरीक ब्यायामहरु पनि गर्नुहोस् । जस्तै प्रत्येक दिन ३० मिनेटसम्म हिंड्नुहोस् ।
प्रकाशित : शनिबार, माघ २९, २०७३१५:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घरमा माकुरा र किरा-फटेङ्ग्रा कहिल्यै आउनै नदिने, यस्तो चमत्कारिक बिरुवा