पहिलो पटक डेटिंगमा जाँदै हुनुहुन्छ भने भुलेर पनि नसोध्नुस् यी ७ प्रश्न, नत्र लाभ: नपर्दै डिभोर्स पक्का 

एजेन्सी – प्रेमीसँगको पहिलो भेटलाई तपाइँले कहिल्यै पनि बिर्सन सक्नुहुन्न । साथै तपाइँको लागि यो समय धेरै नै महत्वपूर्ण र विशेष हुन्छ । आफ्नो प्रेमीलाई पहिलोचोटि भेट्न जानुअघि तपाइँले आफूलाई मानसिक रुपमा तयार गर्नुपर्ने जरुरी हुन्छ ।

आफ्नो प्रेमीसँगको पहिलो भेटमा तपाइँले बोल्नुभन्दा अगाडि सोच्नुपर्ने हुन्छ । किनकी केही प्रश्नहरु यस्ता हुन्छन् । जस्लाई तपाइँले सोध्नाले तपाइँको सम्बन्ध बिग्रिन सक्दछ । आफ्नो प्रेमीलाई मन नपरेको प्रश्नहरु सकेसम्म नसोध्नुहोस् । तपाइँले सोध्नै नहुने ७ प्रश्नहरुबारे आज हामी तपाइँलाई जानकारी दिन्छौं । जुन निम्नानुसार छ ।

१) के तपाइँ अहिले पनि पहिलाको प्रेमीसँग कुरा गर्नुहुन्छ ?

बितिसकेको समयको बारेमा कहिल्यै पनि कुरा नगर्नुहोस् । पहिलाको प्रेमीको बारेमा कुरा गरेर आफ्नो पहिलो भेटलाई नरमाइलो नबनाउनुहोस् । र दुबैलाई चासो लागेको विषयमा मात्र कुरा गर्नुहोस् ।

२) तपाइँको विवाहको योजना के–कस्तो छ ?

भविष्यमा सँगै जीवन बिताउने सोच भएपनि विवाहको बारेमा सिधै प्रश्न नगर्नुहोस् । तपाइँ दुबैजनाले एकअर्कालाई धेरै मनपराउनुभए पनि आफ्नो प्रेमीसँगको पहिलो भेटमै यससम्बन्धि प्रश्न गर्नु राम्रो हुदैंन ।

३) तपाइँ कति कमाउनुहुन्छ ?

तपाइँ आफ्नो प्रेमीसँगको पहिलो भेटमा हुुनुहुन्छ । त्यसैले यस समयमा कमाईसम्बन्धि तपाइँको प्रश्न सहि नहुन सक्छ । यो धेरै नै संवेदनशील कुरा भएकोले यस विषयमा कुरा गर्नाले दुबैलाई नरमाइलो महशुश हुन सक्दछ ।

४) के तपाइँ मलाई माया गर्नुहुन्छ ?

एक अर्कालाई माया गरेको महशुश हुनको लागि समय लाग्दछ । त्यसैले यससम्बन्धि प्रश्न गर्नको लागि हत्तार नगर्नुहोस्

५) तपाइँले अन्तिम पटक शारीरिक सम्बन्ध कहिले राख्नुभएको थियो ?

यस्तो प्रश्न तपाइँको प्रेमीलाई मन नपर्न सक्छ । त्यसैले प्रेमीसँगको पहिलो भेटमा नै शारीरिक सम्बन्धको बारेमा नसोध्नुहोस् ।

६) म कस्तो देखिरहेको छु ?

आफ्नो वरिपरि मानिसहरु भएको बेलामा प्रायजसो महिलाहरुले आफू राम्रो देखेको छ वा छैन भन्ने प्रश्न गर्ने बानी हुन्छ । तर प्रेमीसँगको पहिलो भेटमा यस्तो प्रश्न सकेसम्म नगर्नुहोस् । यो प्रश्न तपाइँको प्रेमीलाई नौलो लाग्न सक्छ । यदि तपाइँको प्रेमीको दिमागमा केही नकारात्मक कुरा छ भने, आफ्नो दृष्टिकोण तपाइँलाई बाँड्नमा सङ्कोच मान्न सक्छ ।

७) के म तपाइँलाई चुम्न सक्छु ?

यदि तपाइँले यो प्रश्न पहिलो भेटमै गर्नुभयो भने , तपाइँको ठूलो गल्ति हुनसक्छ । यस्तो प्रश्न तपाइँको प्रेमीलाई पहिलो भेटमै गरेको चित्त नबुझ्न सक्छ । आफ्नो भावनालाई नियन्त्रण गर्नुहोस् ।

http://womansera.com/trending/relationship/7-questions-shouldnt-ask-first-date

 

प्रकाशित : शुक्रबार, माघ २८, २०७३१८:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यति ठूलो सर्पलाई माकुराले चपाएको देखि बैज्ञानिक पनि भए आश्चर्यचकित