घरको शोभा बढाउने गुलाबमा हुन्छ यस्तो आश्चर्यजनक औषधिय गुण ! जस्को प्रयोग के के हुन्छ जान्नुस् ।

एजेन्सी – गुुलाबको फूल धेरै आकर्षक तथा सुगन्धित भएको कारणले गर्दा सबैलाई मनपर्छ । गुलाब घरको शोभा बढाउनको लागि मात्र नभई स्वास्थ्यको लागि पनि धेरै नै उपयोगी फूल हो । साथै गुलाबको फूलमा औषधिय गुण हुने कारणले गर्दा यसको प्रयोग स्वास्थ्यको लागि लाभदायक छ ।

गुलाबको फूलमा भिटामिन ‘सी’ प्रयाप्त मात्रामा पाईन्छ । त्यसैगरी गुलाबको फूलको रसले रगतलाई सफा गर्ने काम गर्दछ । यसको प्रयोगले दिमागको शक्ति बढ्नुको साथै मस्तिष्कमा शीतलता प्राप्त हुने गर्दछ ।  गुलाबको फूलको प्रयोग विभिन्न रोगहरुलाई हटाउनको लागि  गर्न सकिन्छ । जुन निम्नानुसार छ ।

  • १२ ग्राम गुलाबजलमा १ ग्राम अमोनियालाई राम्ररी मिसाउनुहोस् । त्यसपछि ४–५ थोपालाई नाकको भित्र तान्नुहोस् । यसले माइग्रेनको दुखाईबाट छुट्कारा दिलाउँछ ।
  • गुलाबको पातको रसको थोरै थोपा कानमा राख्नाले कानको दुखाई निको हुने गर्दछ ।
  • गुलाबको फूलमा कागतीको रस मिसाएर रिंगवर्म ( एकथरी छालाको रोग ) मा लगाउनाले यो निको हुने गर्दछ ।
  • वाकवाकी लाग्ने , घाँटि दुख्ने , छाती दुख्ने जस्ता रोगहरुबाट पनि छुट्कारा पाउन सकिन्छ । यसको लागि १ कप गुलाबजलमा ¼ कप सुन्तलाको रस र ¼ कप कागतीको पानी मिसाएर दिनमा २ पटक पिउनुहोस् ।                                           
  • हातखुट्टा तथा शरीरमा दुखाईको महशुश भएमा गुलाबजललाई श्रीखण्डमा मिसाएर लेप लगाउनुहोस् ।
  • श्रीखण्डको धुलोमा कपुर र गुलाबजललाई मिसाएर लगाउनाले टाउको दुखाईबाट छुट्कारा पाउन सकिन्छ ।
  • मुखको दुर्गन्धलाई हटाउनको लागि गुलाबको फूल , ल्वाङ्ग , र चीनीलाई गुलाबजलमा पिसेर सानो गोलो बनाएर चुस्नुहोस् ।
  • अत्यधिक गर्मीले पोलेको अवस्थामा ५ अलैंची , १० ग्राम गुलाबको पात , ५ कालो मरिच र १० ग्राम चीनीलाई पिसेर खानुहोस् । यसबाट तपाइँलाई आराम मिल्दछ ।

 

प्रकाशित : शुक्रबार, माघ २८, २०७३१३:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन आउछ मुखबाट अमिलो पानी ?, खतरा हुने सम्भावना र उपचार बिधिसहित