यसरी तस्बिरमा जस्तै बुढी औँलाले कान्छी औँला छुनुस्, यदि तपाईको टेण्डन देखियो भने सम्झनुस् यस्तो बिशेष हुन्छ!

प्राचिन कालदेखि आधुनिक युगसम्म आइपुग्दा यस्तो छ मानिसको शारीरिक सरंचना

एजेन्सी – विशेषज्ञका अनुसार मानव जीवनको विकासक्रम धेरै वर्ष अगाडिदेखि हुदैं आइरहेको छ । र यसको विकाससँगै भएका साना परिवर्तनहरुले वर्तमान समयमा नेतृत्व गरिरहेको छ । यसको अर्थ मानव जीवनको अस्तित्व अनुकुलन , क्रम विकास र प्राकृतिक चयनमा निर्भर गर्दछ । पुर्खाहरु हामी जस्तै देखिएतापनि अहिले हाम्रो भौतिक तथा शारिरिक रुपमा पहिलेभन्दा धेरै नै भिन्नता आएको पाईन्छ । यसको प्रमाणको रुपमा हाम्रो शरीरभरि भएका भेस्टाइजियल संरचनालाई लिन सकिन्छ ।

भेस्टाइजियल संरचना भनेको के हो ?
वंशाणुगत रुपमा निर्धारण गरिएको संरचना वा विशेषताहरु क्रमविकास सँगै अहिलेको प्रजातिमा हराईसकेको छ । तर पनि हाम्रो शरीरमा अहिले पनि यसको सानो अंश बाँकी रहेको पाईन्छ । यसैलाई भेस्टाइजियल संरचना भनिन्छ । यसको उदाहरणको रुपमा एपेन्डिक्स , गुजबम्पस्( हातको रौं ठाडो हुने ) , बुद्धि बंगरा , किलकिले ( टन्सिल ) , पूरुषको स्तनको मुन्टा र बाहिरी कानलाई लिन सकिन्छ ।

१) नाडिको टेन्डन ( मासु र हाड जोडिने भाग ) 
यसको लागि सबैभन्दा पहिला आफ्नो हत्केला मास्तिर देखाई हातलाई मेचमाथि राख्नुहोस् । त्यसपछि बुढिऔंलालाई कान्छि औंलासँग जोड्नुहोस् । त्यसपछि मुठिलाई अलि माथि उठाउनुहोस् । केहि मानिसमा टेन्डन धेरै राम्ररी देखिन्छ भने कसैको नाडिमा राम्रोसँग नदेखिन पनि सक्छ । यसो हुनुको कारण पाल्मेरिस लन्गस टेन्डन मांसपेशी हो । जुन माथिल्लो पाखुरा र नाडिको बीचमा अवस्थित छ । यसले नाडिको चालमा भुमिका निर्वाह गर्दछ । आधुनिक युगमा यसको आवश्यकता कम पर्ने भएकोले यसलाई १३ % मानिसमा मात्र सजिलै देख्न सकिन्छ । यसको कमीले मांसपेशीको शक्तिमा कुनै असर हुदैंन ।
२) आँखाको कुनामा भएको गुलाबी बिन्दु 
के तपाइँले कहिल्यै आफ्नो आँखामा भएको गुलाबी बिन्दुलाई हेर्नुभएको छ ? लगभग सबैको आँखामा यसप्रकारको बिन्दु हुन्छ । यसलाई आँखाको तेस्रो पटल वा थर्ड आइलिड भन्ने गरिन्छ । यो आइलिड प्रायगरि सरिसृप ( घस्रेर हिंड्ने ढाडमा हाड भएको जनावर ) हरुमा पाईन्छ । जस्ले आँखा बन्द रहेको अवस्थामा सुरक्षा प्रदान गर्ने काम गर्दछ ।
३) हल्लिने कान 
केही मानिसहरुले रमाइलोको लागि आफ्नो कानलाई हल्लाउने गर्दछन् । तर प्राचीन समयमा कानको हल्लिने मांसपेशीको धेरै महत्वपूर्ण भुमिका रहेको कुरा सुन्दा तपाइँलाई अचम्म लाग्न सक्छ । कानलाई हल्लाउनाले  सुन्ने शक्तिमा सुधार आउने गर्दछ। यसका  साथै यस्ले  वातावरणको विभिन्न आवाजहरु सुनेर खतरालाई चिन्न सक्ने कुरामा सक्षम बनाउँछ । नोट : यो बिरालोहरुमा  पाइने कुरा  सामान्य छ।
४) बुद्धि बंगरा
केही मानिसहरुमा बुद्धि बंगरा हुन्छ , भने कसैमा हुदैंन । धेरै वर्ष पहिले मानिसहरुले घाँसलाई सिधै खाने गर्दथे । तर आजभोली हाम्रो खाना धेरै नै नरम र हलुका हुन्छ । यसै कारणले गर्दा बंगरा धेरै नै सानो छ । साथै बुद्धि बंगराले पनि आफ्नो काम गर्ने क्षमतालाई गुमाउँदै गएको छ । धेरैजसो बाँदर तथा नरबाँदरहरुमा बुुद्धि बंगरा हुदैंन । जबकि शाकाहारी बनमान्छेमा भने अहिले पनि हुने गर्दछ ।

५) हातको रौं ठाडो हुने ( गुजबम्पस् )
जाडो हुँदा  वा शक्तिशाली भावनाहरुको अनुभव गर्दा  हाम्रो हातको रौं ठाडो हुने कुरा हामी सबैलाई थाहा छ । जब हातको रौं ठाडो हुन्छ , यसले धेरै तापलाई जम्मा गर्न सक्दछ । यसलाई बिरालो तथा अरु जनावरहरुमा देख्न सकिन्छ ।खतरनाक अवस्थामा बिरालो तथा अरु जनावर आक्रमणकारीको अगाडि यसैको कारणले गर्दा झन ठूलो र खतरनाक देखिने गर्दछन्।

प्रकाशित : मङ्गलबार, माघ २५, २०७३१८:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब आइफोनमा पनि टेलिकमको फोर जी चल्ने, यस्तो छ तरिका