अब आइफोनमा पनि टेलिकमको फोर जी चल्ने, यस्तो छ तरिका

नेपाल टेलिकमले आजदेखि आइफोनमा फोरजी चलाउन मिल्ने बनाएको छ ।  यसअघि एप्पलले आइफोन ६ र ७ मा टेलिकमको लोकेशन कोड इनेबल नगर्दा फोरजी एक्टिभेट हुन सकेको थिएन ।

१.  कम्पुटरमा मोबाईल जोडी iTunes मा फोनको ब्याकअप लिनुहोस् अनि 4G/LTE सेवा सञ्चालन गर्नको लागि एप्पलको वेवसाइट एप्पल (CLICK HERE मा जानुहोस् अनि “SIGN UP” गर्नुहोस त्यसपछि आफ्नो Apple ID हाली दर्ता गर्नुहोस ।

 २. आफ्नो मोबाईलको सफारीमा https://beta.apple.com/profile खोल्नुहोस अनि प्रोफाईल इन्स्टल गर्नुहोस अनि फोन “RESTART” हुनेछ !

३.  त्यसपछि General > Setting > Software Update  मा गएर BETA VERSION डाउनलाेड गर्नुहोस।

४. अब तपाईको अाइफाेनमा नेपाल टेलिकमकाे फाेरजी चलाउन सकिने छ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यका अनुसार अब नेपालमा आइफोनहरुका सबै सिरिजमा फोर जी चल्ने छ ।

प्रकाशित : मङ्गलबार, माघ २५, २०७३१८:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नचिनेका नम्बरबाट आएको फोन कसले गर्यो भन्ने पत्ता लाग्ने नेपाली एप्स