आजै देखि पेट घटाउन धेरै मेहेनत छोड्दिनुन्,  यी ८ सामान्य घरेलु व्यायामबाट १० दिनमै पाउनुस् यस्तो परिणाम

एजेन्सी – फुलेको पेट कसैलाई पनि मनपर्दैन । मानिसहरु भुँडी घटाउनको लागि धेरै मेहेनत गर्ने गर्दछन् । र आजभोली मानिसहरु विभिन्न व्यायाम तथा फिटनेस सेन्टरमा गई पेटको बोसो  घटाउने कोशिश गर्दछन् ।                                                          तर सबैजनाले पैसा र समय खर्च गर्न सक्दैनन् । यदि तपाइँलाई पनि भुँडीको  समस्या छ भने , चिन्ता नलिनुहोस् । आज हामी तपाइँलाई ८ व्यायाम विधिबारे जानकारी दिन्छौं । यस ब्यायामलाई तपाइँले आफ्नो घरमै अपनाई पेटको बोसोलाई छिटै घटाउन सक्नुहुन्छ ।
सबैभन्दा पहिला तपाइँले आफ्नो कम्मरको नाप लिई पेटको मोटोपन कति घटाउन आवश्यक छ भन्ने कुरा थाहा पाउन जरुरी छ । त्यसपछि तपाइँले निम्न ब्यायामलाई अपनाउन सक्नुहुन्छ ।

१) बरपिस \ स्क्वाट थ्रस्ट 4                                                                                                               
यस ब्यायामले क्यालोरीलाई नष्ट गर्न मद्धत गर्दछ । सबैभन्दा पहिला चित्रमा दिइए जस्तै घुुंडालाई अलि खुम्चाएर बस्नुहोस् र हातलाई आफ्नो अगाडि भुइँमा राख्नुहोस् । त्यसपछि उफ्रेर खुट्टालाई सीधा बनाई पुसअप पोजिसनमा बसी फेरी उफ्रेर पहिलेकै स्थितिमा आउनुहोस् । यस ब्यायामलाई १० पटक सम्म गर्नुहोस् ।                                                                     

२) क्रन्च 
यो सबैभन्दा राम्रो ब्यायाम हो । यसले तपाइँको पेटलाई बलियो बनाउनुको साथै पेटको बोसोलाई पनि घटाउँदछ ।
यसको लागि सबैभन्दा पहिला भुइँमा सीधा पारेर सुत्नुहोस् । त्यसपछि आफ्नो घुंडालाई खुम्चाई खुट्टालाई भुँइमा सीधा पारेर राख्नुहोस् । र आफ्नो दुबै हातलाई टाउकोको पछाडि लग्नुहोस् । त्यसपछि पेटको मद्धतले टाउकोलाई अलिकति माथि उचालि घुँडालाई चिउँडोले छुने कोशिश गर्नुहोस् । यसपश्चात विस्तारै पहिलेकै स्थितिमा आउनुहोस् । यस ब्यायामलाई ५ पटक गर्नुहोस् ।

३) जम्प स्क्वाट 

यो ब्यायाम धेरै नै सजिलो छ । र यसलाई गर्नको लागि कुनै सामाग्रीको पनि आवश्यकता पर्दैन । सबैभन्दा पहिला सीधा उभिएर घुँडालाई अलिकति खुम्चाएर बस्नुहोस् । र उफ्रेर आफ्नो शरीरलाई सीधा राखी फेरी पहिलेकै स्थितिमा बस्नुहोस् । यसलाई १५ पटक गर्नुहोस् ।

४) लाईन्ग लेग लिफ्ट 
यस ब्यायामले तपाइँको पेटलाई घटाई कस्न मद्धत गर्दछ । र यसलाई गर्न धेरै सजिलो छ । सबैभन्दा पहिला भुँईमा सीधा परेर सुत्नुहोस् । त्यसपछि हत्केलालाई तल भुइँमा फर्काइ राख्नुहोस् । यसपछि खुट्टालाई सीधा माथि लगी १–२ सेकेन्डसम्म त्यसै राख्नुहोस् । र पुनः पहिलेकै पोजिशनमा आउनुहोस् । यस ब्यायामलाई १५ पटक गर्नुहोस् ।

५) सुपरम्यान \ एक्सटेन्डेड आर्मस एण्ड लेग लिफ्ट 
यस ब्यायामले कम्मरलाई बलियो बनाउन र कम्मरको बोसोलाई घटाउनमा मद्धत गर्दछ । सबैभन्दा पहिला पछाडि फर्केर सुत्नुहोस् । र आफ्नो हात र खुट्टालाई तन्काउनुहोस् । त्यसपछि हात र खुट्टालाई सँगै माथि लग्नुहोस् । र ‘ यु ’ आकारमा बस्ने कोशिश गर्नुहोस् । केही सेकेन्ड यसै पोजिशनमा बसी फेरी विस्तारै पहिलेकै अवस्थामा आउनुहोस् । यस ब्यायामलाई १५ पटक गर्नुहोस् ।

६) लेग पुल इन नी अप 
यस ब्यायामलाई गर्न पनि धेरै नै सजिलो छ । र यसको लागि पनि कुनै सामाग्रीको आवश्यकता पर्दैन ।
सबैभन्दा पहिला भुँइमा सुतेर हातलाई नितम्बको मूनि राख्नुहोस् । त्यसपछि घुँडालाई आफुतिर तानी छातीलाई त्यसतिर लानुहोस् । यसो गर्दा तपाइँको टाउको घाँटी र काँध माथितिर गएको हुनुपर्छ । केही सेकेन्डसम्म यसै पोजिशनमा बसी फेरी पहिलेकै स्थितिमा आउनुहोस् । यसलाई १५ पटकसम्म गर्नुहोस् ।                                             

७) साइड प्लान्क 
यस ब्यायामले तपाइँले चाहे अनुरुप पेटलाई घटाउन मद्धत गर्दछ । आफ्नो कुइनोलाई भुँइमा छुवाएर यसको सहायताले आफ्नो शरीरलाई सीधा पारेर राख्नुहोस् । नितम्बलाई तल खस्न नदिइ सकेसम्म रोकेर राख्नुहोस् । दाँया र बायाँ दुबै भागबाट यसलाई गर्नुहोस् । यस विधिलाई ३० पटक गर्नुहोस् ।
८) प्लान्क 
यो ब्यायाम बलियो र समतल पेटको लागि धेरै नै प्रभावकारी छ । सबैभन्दा पहिला पुसअप पोजिशनमा बस्नुहोस् । कुइनालाई अलि खुम्चाएर पाखुराको सहायताले आरामसँग बस्नुहोस् । यसबेला तपाइँको शरीर गोली गाँठो देखि पाखुरासम्म सीधा हुनुपर्छ । यस पोजिसनलाई ३० सेकेन्डसम्म रोकेर राख्नुहोस् । यस ब्यायामलाई ३० पटक गर्नुहोस् ।

प्रकाशित : मङ्गलबार, माघ २५, २०७३११:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दैनिक मात्र १२ मिनेट यो व्यायाम गर्नुस्, अनि बन्नेछ तपाईको आकर्षक तिघ्रा (भिडियो)