आवेगमा जोसिएर शारीरिक सम्बन्ध राख्दा स्मरण शक्ति नै गुम्ने खतरा !

न्यूयोर्क/एजेन्सी – हालै अमेरिकाको एक युनिभर्सिटी गरिएको स्वास्थसँग सम्बन्धी एक सोधले प्रत्येक १ लाख व्यक्तिहरु मध्ये ७ जना मनिसले आफ्नो स्मरण शक्ति गुम्ने समस्याको सिकार हुने गरेको बताएको छ ।

अचानक केही समयका लागि सबै कुरा बिर्सने यो घटना चिसो पानीमा पस्दा, टाउकोमा चोट लाग्दा र एकदमै जोसिएर यौन सम्पर्क राख्दा हुन सक्ने बताइएको छ ।

कहिलेकाहीं त्यस्तो अवस्थामा घन्टौंसम्म पनि स्मरण शक्ति नफर्कन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । यस्तो अवस्थामा नयाँ सम्झना वा हालसालै घटेका घटनाहरू सम्झिन नसक्ने गरेको पाइएको छ । यसरी निकै रोमाञ्चित र जोसिएर यौन सम्पर्क गरेको भोलिपल्ट डिनरमा के खाएको भन्ने पनि बिर्सने गरेको बताइएको छ ।

यस अनुसन्धानको तथ्य हेरेकै कारण मानिसहरू यौनिक किर्याकलापबाट टाढिन सक्ने भएकाले तर यौनले पीडाबाट छुट्कारा दिई मनलाई शान्त पार्ने तथा मीठो निन्द्रा दिलाउने भने पक्के बिर्सन नहुने पनि सोधकर्ताहरूले जनाएका छन्  ।

प्रकाशित : शुक्रबार, माघ २१, २०७३१७:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिलाका ९ वटा निजी भागको गोप्य कुराहरु जुन पूरुषले कहिल्यै पनि थाहा पाउन सक्दैनन्