यसरी १ हप्तामै खुम्चिने कपाललाई गर्नुस् स्ट्रेट, त्यो पनि सधैका लागी – अतिनै सजिलो घरेलु तरिका

“के कपाल नराम्रो भएर देखाऊन पनि लाज लाग्छ, त्यसोभए,यसरी १ हप्तामै खुम्चिने कपाललाई सधैका गर्नुस् लागि स्ट्रेट “

 एजेन्सी – सीधा , चमकदार र चिल्लो कपाल प्रायजसो सबै प्रकारको अनुहारलाई सुहाउँछ । सीधा कपालबाट हुने फाईदा भनेकै तपाइँले आफूले चाहेअनुरुप कपाललाई सजाउन सक्नुहुन्छ ।                                                                                                                    सीधा कपाललाई बाँध्न र श्रृङ्गार गर्न धेरै सजिलो छ । प्रायजसो महिलाहरु सीधा कपाल बनाउनको लागि रासायनिक उपचारलाई अपनाउने गर्दछन् । धेरैजसो ब्युटि पार्लरहरुले रासायनिक उपायको प्रयोग गरी छिटै कपाल सीधा हुने विधिलाई अपनाउँदछन् । र यसको समयावधि १ वर्षको मानिन्छ । तर १ वर्षपछि तपाइँको कपालमा प्रयोग भएको तातो उपकरण तथा रासायनिक पदार्थको नकारात्मक असर शुरु हुन थाल्दछ । जस्को परिणाम स्वरुप तपाइँको कपाल सुख्खा हुने , एलर्जी हुने, कपाल टुक्रिने ,झर्ने आदि समस्याहरु देखापर्न थाल्दछन् ।

त्यसैले यदि तपाई आफ्नो कपाललाई कुनै हानी नहुने गरी सीधा बनाउन चाहनुहुन्छ भने ,प्राकृतिक घरेलु उपचार नै सबैभन्दा राम्रो उपाय हो । तपाइँको भान्छा कोठामा भएको सामाग्रीकै प्रयोग गरी तपाइँले आफ्नो कपाललाई प्राकृतिक विधिबाट सीधा बनाउन सक्नुहुन्छ । तपाइँले कहिल्यै पनि प्राकृतिक सामानको प्रयोगबाट गरिने उपचारको परिणाम तत्कालै एकै रातमा भने चाहिं पाउन सक्नुहुन्न । तर यसको पहिलो प्रयोगबाटै आफ्नो कपालमा आएको परिवर्तनलाई भने पक्कै पनि तपाइँले महशुश गर्न सक्नुहुनेछ ।
नरिवलको दुध :
नरिवलको दुधमा नरम पार्नसक्ने गुण हुन्छ । त्यसैले आजभोली सौन्दर्य उत्पादनहरुमा धेरैजसो नरिवलको दुधको प्रयोग गरिन्छ । नरिवलको दुधले कपाललाई सीधा गर्न मद्धत गर्दछ । साथै यसले कपाललाई चम्किलो पनि बनाउँदछ ।  नरिवलको दुधमा एन्टिब्याक्टेरियल , एन्टिफन्गल र एन्टिभाईरल ( जिवाणुलाई नष्ट गर्ने )गुण हुने भएकोले स्वास्थ्यको दृष्टिकोणले पनि फाईदाजनक मानिन्छ ।                                                

कागतीको रस :
कागतीको रसलाई कपाल , छाला र नङ्गको उपचारको लागि व्यापक रुपमा प्रयोग गर्ने गरिन्छ । सुख्खा कपाल चायाँयुक्त कपाल र टाउको चिल्लाउने जस्ता समस्याको उपचारको लागि चमत्कारिक औषधिको रुपमा कागतीको प्रयोग गरिन्छ । यसले कपाललाई चम्किलो बनाउनुको साथै टाउकोमा भएको तेल ग्रन्थिलाई बलियो तथा स्वस्थ कपालको उत्पादनको लागि सक्रिय बनाउँछ ।

बनाउने विधि :
यस उपायलाई बनाउने विधिको लागि तलको भिडियो हेर्नुहोस् ।
यस विधिलाई हप्तामा २–३ पटक प्रयोग गर्नुहोस् । र आफ्नो कपाललाई सजिलैसँग सीधा र चम्किलो बनाउनुहोस् । भिडियो हेर्नुहोस्:


Homemade Hair Straightener Treatment by desivideoss

प्रकाशित : शुक्रबार, माघ २१, २०७३११:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

७ कागती प्रयोग गर्ने आश्चर्यजनक तरिका, देखाउनै लाज लाग्ने हात होस् या अनुहार एक छिनमै क्यिलियर