काठमाडौँ, १९ माघ – बारा जिल्लाको रघुनाथ ३ इनरुवामा श्रीमानले श्रीमतीलाई जिउँदै जलाउने प्रयास गरेका छन् । २२ बर्षीय मनोहर पाण्डेले आफ्नै श्रीमती सुधादेवीलाई जिउँदै जलाउन खोजेको प्रहरीले जनाएको छ । उनीहरु दुईजनाको करिब ४÷५ महिना अघि मात्र विवाह भएको थियो । घाईते सुधदेवीको कलैया अस्पतालमा उपचार भइरहेको बताइएको छ । किन जिँउदै जलाउने प्रयास भयो भन्ने सम्बन्धमा कुनै खुलासा हुन सकेको छैन । यस सम्बन्धनमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।
फेरि अर्को घटना केहि दिन अघि मात्र नेपालगन्जमा जसलाई सानो-तिनो विवादमा श्रीमानले जिउदै जलाउने प्रयास गरेको थियो तर सकुसल हुन नसकेपनि बाच्ने अाशा लिएकी छिन । जुन पात्र हुन सुनिता खटिक विभिन्न सामाजिक संञ्जाल मिडियाका अनुसार अहिले उनि त्रीवि अस्पतालमा उपचार गराईरहेकी छिन। उनको डेढ बर्षिय छोरी छिन श्रीमानले जलाउदा पनि भाग्यले उनि जिवितै छिन उपचार गरिरहेकी छिन । तर, उनको श्रीमान राजेन्द्र के गर्दै छन त्यो विषय अनुसन्धान गर्ने अनुसन्धान कर्ताहरुले कहिले सम्म गर्छन र छाडी दिन्छन त्यसको जानकारी भने छैन ।
यि केहि उदाहरण प्रमुख घटना हुन जिब्रो टोक्नु पर्ने कुनै नोैलो घटना भने होईन तर हाम्रो समाजले यस्ता घटनामा खुब जिब्रो टोक्ने गरेको देख्दै अाएको छु ।यस्ता पटक पटक घटेका छन घटना तर संमबन्धित निकायले के छानविन गर्छ कस्तो कारबाही गर्छ यो कसैले बुझ्न सकेको छैन बुझेर साध्य पनि छैन भित्र भित्र कसरी मेलमिलाप गराउछन कस्तो कारबाही हुन्छ अनविज्ञ छोै तर सबैको जोडदार माग हो अपराधीलाई कारबाही होस । कारबाही गर्ने पाटो छुट्टै भएकोले समबन्धित ठाउँ सम्म सुचना पुर्याईदिने हामी सर्वसाधरणको जिम्मेवार हो त्यो हामीले गर्नु पर्छ वाकी कारबाहीका प्रकृया भने कानुन वमोजिम गर्ने गर्छन यस विषयमा हामी जस्ता सर्वसाधरणले पट्टकै बुझ्न सक्दैनन् ।
सबै भन्दा खुसिको कुरा अाज सम्म यो समाजमा बाच्न सकिएको यस्तो तुच्छ समाजमा जिउनुको पछि धेरै सङ्घर्षका फड्काहरु,पर्खालहरु, बाधहरु छन यस्ता ठुलाठुला चुनोैतिहरु जहाँ शुरक्षाको हकमा एकरत्ती विश्वास छैन यस्ता विविध कुरा को सामना गर्दै जिउन सक्नु यहि नै गर्वको कुरा हो।
सायद नारी भएर जन्मलिएको भए अाज कुन समाजको रितिरिवाज,कुसस्कार संग लड्दै चिच्याउदै,शाहसको साथ सङघर्ष गरिरहेको हुन्थे अथवा यतिन्जेल जिउदै जलिसकेको पनि हुन सक्थे पुरुष भएर स्वतन्त्र अान्नदले जिउन पाईरहेको छु । तर म जति अान्नदले स्वतन्त्रताले बाचेको छु मेरो अामा दिदि र बहिनी,स्वतन्त्रताको जिवन जिउन सकेका छैनन् दोष सिधा ब्यक्ति परिवार र समाज अनि राष्ट्र यस्तो एउटा खुकुरीको धारमा अाफ्नो ज्यान थाती राखेर अातङ्कमा बाचिरहनु पर्ने कस्तो पिडा हो यो । दशैको खसि बोका कुखुरा जस्तै जिवन जिउनु पर्ने लक्ष्यविहिन जिवन जिउन बाध्य छन हाम्रा ति नारी चेली छोरीहरु कुन दिन श्रीमान अर्थात परिवारबाट जल्नु पर्ने हो संका उपसंकामा त्रासको जिवन जिउनमा बाध्य पारिएको छ राष्ट्रिय मुद्दा हो तर अोझेलमा पारेको छ जुन ठाउमा बहस चर्चा विश्लेषण हुनु पर्ने हो त्यो ठाउमा कहिल्यै चासो हुदैन त्यसैले त यस्ता घटना दिन प्रतिदिन बढेको छ ।
हो म गर्वको साथ विरोध गर्छु केहि हदसम्म यसमा मेरो संलग्नता भयो होला माफ गर्नुस यसको मतलब मैले दुख दिएको छु अपराध गरेको छु भन्ने पनि होईन तर जुन वर्गको अाधारमा पुरुष भनेपछि मैले पनि यसबाट छुट पाउदिन जे सुकै होस अब भने यसबाट म टाढा भएको छु समाजलाई नजिकबाट नियाल्ने प्रयास गरेको छु हो यो पुरुषवाद, पितृसत्तात्मक समाज रहेछ अाज महिला दिदि बहिनीहरुको यो अावाज मेरो हृदय मन तन मा गुन्जिरहेको छ । छोरी, चेलि,दिदि बहिनी हरुमा विभिन्न हिंसा भएका छन यो महशुस गरेका छोै यसको जालो तोड्न एक जनाको वलवुतले धान्दैन राज्यका प्रमुख अङ्गहरु यिनिहरुको साहेता सहयोग मा मात्र यस्ता जाल तोड्न ध्वस्त पार्न सकिन्छ ।
हो दिन प्रतिदिन यस्ता घटना घटेका छन केहि छायामा पारिएका छन भने केहि पर्दामा अाएका छन जुन पर्दामा देखेका छोै बल्ल हामी चेलिवेटी प्रति खुब माया दर्साउछोै तर त्यो लामो समय टिक्न सक्दैन।कारण यहि कु सस्कारको जालोलाई जरा देखि उखेल्न नसक्नु नै ठुलो कमजोरी हो यसको मतलब मर्द पुरुष यो देशमा जन्मिएका छैनन् भन्ने छर्लङ्ग देखिन्छ ।गरे किन हुदैन जसरी चन्द्र शंम्सेरले सतिप्रथाको जालो जरा देखि उखेलेर फाले कति संन्चो भएको छ यि हुन महापुरुष जसले हजारोै मा एक मात्र राम्रो गरेर मर्न सकोस ।
त्यस्तै महापुरुष जसले महिला हिंसाको जरा फाल्न सकोस दाईजो प्रथाको अन्त्य गर्न सकोस,धर्मकर्मको नाममा कु प्रथाको अन्त्य गर्न सकोस,यहाँ भईरहेका कु प्रथा त्यस्तै हेर्दा सुन्दा सामान्य लाग्छ जब सामान्य जटिल हुन्छ तब दिमाखमा जोडसंग बाजा बज्न थाल्छ छुवाछुत विभेद छाउपडी अन्य विभिन्न कुरितीका जालो तोड्न सक्ने कुनै माईकलाल देखिएन मात्र सत्ता र भत्ताको भोगि हरु मात्र भेटिएको छ, देखिएको छ ।
हुनत पुरुषलाई दोषी देखिरहने महिला हक हित भन्दै अाज शिर्ष स्थानमा पुगेका छन पुरुषलाई मात्र किन कमजोरी देखाउने कमजोरी ति शिर्ष स्थानमा पुगेर पनि रमित हेर्न चाहने महिलाहरुको दोष छ सम्पुर्ण नारिहरुको अाखामा छारो हाल्दै कार्यकारी प्रमुख उच्चस्थपद मा पुगेर पछाडी फर्कन नचाहने महिला प्रति अोैला ठड्याउन सक्नुपर्छ सधै पुरुषदोषी बनाउने हरु तिनै महिलाहरु हुन जो अधिकार लिएर पनि प्रयोग गर्न जान्दैनन् अथवा त्यस्ता अपराधी पुरुषलाई नै समर्थन संरक्षण गर्छन भन्दा फरक नपर्ला हैन भने त पक्कै पनि हिंसात्मक घटना घटाउने जो कोहिलाई पनि कडा कारबाही हुनु पर्ने हो कनरबाही नै हुने हो भने पक्कै यस्ता अपराध घट्छ घट्छ तर यहाँ अपराधी उम्काउने विभिन्न खेल खेलिन्छ कसैले अपराध गर्यो भने त्यसलाई अर्को पटक त्यस्तो अपराध नदोह्रोर्याउन अाग्रह गर्दै छुटाईन्छ ।
एउटा उदाहरण पनि छ एउटा सार्वजनिक कार्यक्रमको बहसमा एउटा घोटला गर्ने काम पक्का नगर्ने निर्माण ब्यबसायीलाई के कारबाही गर्नु हुन्छ नेताज्यू भन्दा त्यसलाई अर्को पटक देखि टेन्डर नदिने कालोसुचिमा राख्ने रे जसले अरबोैँ घोटला गररे मनग्य कमाईसकेको छ भने अर्को पटक किन टेन्डरको अावश्यक किन चाहियो सेतो सुचि?
यो हाम्रो फितलो कानुनको उदाहरण मात्र हो यस प्रकारको कारबाहीले कसरी अपराध घट्छ हरेक अपराधको फरक शैलि फरक प्रकृती छन तर वास्तवमा अपराध अपराध नै हो चाहे सानो होस वा ठुलो सुरुवात सानो बाट नै हुने गर्दछ यो कार्यकारी र केन्द्रिय स्थरमा पहुच राख्ने हरुले बुझ्न जरुरी छ यो अपराध घटाउने भन्दा बढाउने धन्दा तिर लागे जस्तो देखिन्छ यसमा पहुचवाला हरु नै जमिरहेका छन यदि यस्तो नहुदो हो त यसरी ह्वातै बढ्ने थिएन ।
हो यदि कुनै पनि पुरुषले अाफ्नो श्रीमतीलाई विनाकारण तनाव दिने दुख दिने गर्छ भने पक्कै त्यसको पछाडी कुनै महिलाको हात हुन सक्छ यो प्रस्ट हुन जरुरी छ त्यस्तो हिम्मतवाला पुरुष मैले अहिले सम्म देखेको छुईन हरेक अपराधको पछाडी महिलाकै संलग्नता भएका विभिन्न अध्ययनहरुले पत्ता लगाईसकेका छन ।विशेष गरि श्रीमान श्रीमतीको विचमा अाउने अधिकतम खटपटमा महिलाको संलग्नता हुने धेरै घटना सुनेका छोै देखेका छोै तर सबै घटना मा संलग्न हुन्छन भन्न मिल्दैन कति घटना कथित कुसस्कार धर्म देवता संग जोडेर हुने पनि गरेका छन ।
केहि यस्ता घटना छन जुन विशेष गरि दाईजो प्रथाको विषयमा घटेका छन दाईजो कम अथवा भनेको जति दाईजो नपाउदा श्रीमानले विभिन्न वाहान बाजि गर्दै दुखदिने घरपरिवारले सत्ताउने यस्ता अपराधिक हिंसामा जिउदै जल्नुपरेका कति घाईते कति मृत्यु भएका छन तर पनि कार्यकारीपद मा पुगेका महिला नै यस विषयमा मोैन छन ।विभिन्न संस्था छन यि सबैले अझ महिलालाई कमजोर वनाउने र डलर कमाउने धन्दा मात्र बढाएका छन ।
केहि समय अघि सामाजिक सञ्जालमा एउटी दिदिले खुब चिढिदै पातकी पुरुष अाफ्नो श्रीमती गर्भवती हुदा वाहिर तरुनी जिस्क्याउदै हिड्छन भनेकी थिईन मलाई त्यो वेला कस्तो असह्य भएर रिस उठेर मैले पनि टुईट गर्न भ्याएक थिए झोकमा अाफ्ना घरमा भएका दाजुभाई काका पुरुष हैनन की के हो कति साह्रो भन्न सकेको हो । यति भनेपछि फेभ अायो तर फेरी त्यसको टुईट अाएन कुरा यतिकै सेलायो ।
वेला वेला ति दिदि पुरुष प्रतिको अाक्रोसमा खुब चिढिदै उश्रृङखल उत्पट्याङ शब्दहरुले खुब गाली गर्थिन मैले त्यसको जबाफ सोध्न खोजे दिदि तपाई किन पुरुष प्रति यति अाक्रोश हुनु हुन्छ अाखिर सबै महिला सबै पुरुष त्यस्ता पनि त छैनन होला हामीले प्रत्यक्ष देखेका छोै कति जोडीहरु यस्ता छन जसले अाफ्नो श्रीमान,श्रीमतीलाई सधै फुल देख्छन सफा सङ्गलो हृदय भेट्छन कुनै पनि खोट देखाउदैनन बरु ति अाफैमा खोट के छ भनेर पहिल्याउन खोज्छन ।मलाई ति दिदि संग यति कुरा भन्न मन लागेको थियो तर मैले त्यो हिम्मत गरिन त्यो विषय निष्कर्षविहिन टुङ्गियो ।
मेरो कोैतुहल मेटिएको थिएन दिदिलाई सोध्नु भन्दा मैले अाफै त्यसको उत्तर खोज्ने निर्णय गरे र पुरुषहरुलाई नै नजिक बाट नियाल्न खोजे मलाई त्यो दिदिको अाक्रोस पत्ता लगाउनु थियो ।मैले धेरै पुरुष मित्रहरुलाई घर ब्यबहारको कुरा सोधि रहे कति ले मेरो प्रश्नको उत्तर सरल, सभ्य र सकरात्मक तरिकाल दिेनु हुन्थ्यो कतिले घर ब्यबहारका कुरा गरेपछि झन्जट मान्दै नकरात्मक कुराको झटारो हान्ने गर्नु हुन्थ्यो ।
जसले सकरात्मक उत्तर दिनु भयो कुनै अापती भएन जसले नकरात्मक उत्तर दिनु भयो मलाई अझै बुझ्न मन लागेको थियो ।मैले संगत गरिरहे तर म मदिरा सेवन नगर्ने भएकोले संगत त्यति सजिलो थिएन । त्यो बेला मैले अर्को कुरा गहिरिएर बुझ्न सफल भए जसले मदिरा धुम्रपान गर्छन उनिहरुलाई साथी बन्न कुनै अापती नहुने रहेछ ।चुरोट हुदा लाईटर नहुनु लाईटर हुदा चुरोट नहुनु यसले सजिलै साथी बन्न मदत गर्ने रहेछ। धेरै देखे अो सोल्टी चुरुटो छैन? अथवा अो सोल्टी,सर कुनै संम्बोधन गर्यो अावश्यक सामान माग्यो यहि बाट पक्का साथी हुदा रहेछन ।अझ लोकल पिउने बानी हो भने त लोकल नछुटे सम्म साथ पक्का हो यो त मैले अनुभव गरेको कुरा थियो तर म साथी बन्न भने ति नै अम्बलीहरुको संगत बाट नै विस्तारै परिचित हुनु पर्थ्यो ।
कहिले भक्तपुर कहिले ललितपुर त कहिले भैसेपाटी कहिले पशुपति उनिहरुकै पछि लागि रहन्थे ।हो उनिहरु दिनमा दुईहजार पच्चिससय चियाँ,चुरोट, फोन र वेलुका सम्मको मध्यपानमा उडाएर घर फर्कन्थे जब तिनिहरु रमझम बाट विस्तारै रङ्ग लाग्दै फिलिलि बोलि लटपट हुने स्थितीमा अाउ्थे बल्ल चाखलाग्दो कुरा निष्किन्थ्यो र मैले खोजेको उत्तर सजिलै भेटाउन सफल हुन्थे ।
जब मेरो दाईहरु मित्रहरु लरबरिदै हिड्ने स्थितीमा पुग्छन यिनीहरु यति सफा कुरा गर्छन सायद यसरी मान्छेले होसमा कहिल्यै अपराध अोकल्न सक्दैन अहो! म यिनीहरुको कुराले तर्से जस्तो हुन्छु तर मैले खोजेको मान्छे किन तर्सिने मलाई यिनीहरुको संगत गरेको मा गर्व लाग्छ म यिनिहरुका कुरालाई एक एक केलाउदै हेर्न खोज्नु स्पष्ट निर्धक्क भन्छन मध्यपानको सहायतामा म त अर्को विवहा गर्ने हो मलाई कसले के गर्छ मेरो त्यो होटलकी कालीकेटी संग चक्कर छ तिमीहरु मलाई के सोच्छोै ह? एउटाले सोध्न नपाउदै अर्कोले उछिन्दै भन्छ हैन तिमिहरुचाही के सोच्छोै मलाई म संग त उ छेउ घरकी बुहारीसंग चक्कर छ । फेरी जोसमा थप्छ अर्कोले मैले त अस्ती भर्खर शेरेकी श्रीमतीलाई एभर्सन गराएर ल्याएको बिस हजार ऋण अझै छ यतिन्जेल सम्म यिनीहरुले पोल खोलिरहेका थिए ।
म यिनीहरुको कुरा सुनेर असिनपसिन भईसकेको थिए उनिहरु वेहोस भए पनि म होसमा थिए लामो सास फेरेर एक छिन भित्र मनबाट चिसिन खोजे तर सकिन मैले अपराधि खोज्न पत्ता लगाउन टाढा जानु परेन यी सबै छोरा छोरिको बाबा बनिसकेका थिए यी तिनै जनालाई घरको चिन्ता पट्टकै थिएन जिम्मेवार भन्ने कुराले नचिमोटे सम्म होस कहाँ खुल्छ र तर उनिहरलाई जिम्मेवार ब्यबहारको अलिकति पनि ज्ञान थिएन अाभारा भन्दा फरक पर्दैनथ्यो
मात्र चिन्ता थियो श्रीमतीलाई कसरी छक्काएर भोली उम्कने दिमाखमा यति नै थियो उनिहरुलाई न छोरा,छोरीको स्कुलको फि को मतलब थियो न त घर खर्चको नै चिन्ता कुरा गर्दै जादा अाफै भन्थे अाज त श्रीमतीले मार्छे चामल छैन भनेकी थी अर्कोले भन्छ हे छाड्दे मेरो पनि श्रीमती कचकच गर्दैथी रासन हो की पानी हो के सकिएको छ भन्दै थिई एक पैसा दिएको छैन उत्ता दिएको भए अाज तिमीहरु संगको योजना रद्द हुने थियो ।यसरी तिन दिन देखि म यिनिहरुको पछि लागिरहेको थिए मेरो काम यिनिहरुलाई घर घर सम्म पुर्याउने थियो के भयो र? कम्पनीको गाडी हो तेल विल वनाए पुगिहाल्ने के चाहियो र मत यिनीहरुको नोकर नै भएको थिए । तर विस्मात थिएन मलाई यिनिहरुको विषयमा जान्नु थियो यिनिहरुको ब्यबहार केलाउनु थियो।
यसरी खुलेर भन्छन मेरा साथीहरु मलाई उनिहरुमाथी दया लाग्छ तर म उनीहरुको परिवारलाई कुनै राहत दिन त सक्दिन तर मलाई उभनीहरुको परिवार भेट्ने चाहना थियो संजोगले एक दिन नानी बाबुका समान किन्न भनेर एउटाको श्रीमती बजार अाईछन उसले झर्किदै भन्यो किन अाएको कहाँ जान हिडेकी मैले विचैमा भाउजु लगाए ति नानी बाबुलाई चाउँचाउँ किन्दिए अनि नानीबाबुले बाबा विर्सिएर अंकल भन्दै टास्सीरहे ।
उुसले त्यो दिन हामीलाई पुरानो ठाउमा भेट्ने भन्दै विदा भयो सायद उसले सामान किनीदियो होला नानीबाबुलाई म ढुक्क भए उ छिट्टै फर्किएछ मैले सोधे भाउजु नानी बाबु घर जानु भयो? उ कालो अनुहार लगाउदै बस्यो जबाफ दिएन । म चकित भए पक्कै गडबढी भयो अब यसको जबाफ कुर्न म प्रतिक्षामा बस्नु पर्ने थियो जब मध्यपानमा टिल्ल हुन्थे मेरा हरेक प्रश्नको जवाफ पाउथे ।
नभन्दै सबै भेला भए मध्यमान सुरुभयो लामो चुस्किसंगै एउटाले अाज साह्रै टेन्सन भएको छ भन्यो अर्कोले फेरि दियो मलाई त बुढिले साह्रै सताई अब म छाडि दिन्छु उसले मर्द भाषामा भन्छ कति सजिलो छ यिनीहरुलाई भन्न म सोच्दै बस्छु अर्कोले भन्छ हो यार अब म पनि बस्न सक्दिन श्रीमती संग अर्की ल्याउने अान्नदले बस्ने ।
उनिहरुको यस्तो कुराले मलाई खित्काछाडेर हास्न मन थियो तर यो हासो भित्र दुखको मिश्रण थियो यस्तै ब्यबहारले दशअोटा विबहा गरे पनि सफल हुदैनस् मलाई रिस उठेको थियो तर नसामा जे भने पनि उनिहरुलाई फरक पर्ने थिएन मैले केहि भनिन् तर मनमा कुरा खेलि रह्यो ।
हो हाम्रो मानसिक रुपमा स्वस्थ छैनोै त्यसैले हामी महिलालाई दबाउन खोज्छोै जब घटना घट्छ तब बुद्दि पलाएर अाउछ यस्तै कुसंस्कार का कारण हाम्रै नेपाली दाजु भाइ बाट हाम्रै दिदि बहिनी भाउजु माईजु काकीहरु जिउदै जल्नु परेको छ कति दलदलमा फसेको छ मेरो देश मेरो समाज मनमा अलिकति पनि मानवता नभएका अपराधी चोर फटाहा, डाका,बलत्कारी जति मेरै देशमा जन्मिएछन झै लाग्न थालेको छ।
भर्खरै सामाजिक संञ्जालमा भाईरल भएको समचार पढे जिउमा काडा निष्कियो तर यो वेर्थ भयो काडा मलाई हैन श्रीमती जलाउन प्रयास गर्ने अपराधि श्रीमानको जिउमा उम्रन पर्ने हो तर उसलाई कुनै विस्मात छैन श्रीमती लाई अालु सम्झिएको छ कति सजिलै पोल्न सकेको छ कुनै अापती जनाएको छैन गंम्भिर रुपमा लिईदैन जो जल्यो सकियो कुनै खोजी छैन।
कति विडम्बना छ मेरो समाजको संरचना यहाँ श्रीमती पोल्ने लाई जिउदै जलाउने लाई बहादुर ठानिदै छ यिनिहरुको अस्वस्थ मानसिकतालाई पछाडी कोर्रा लगाउन पाए केहि स्वस्थ हुन्थ्यो कि? खै कहाँ रह्यो विश्वास गर्ने ठाउँ कसरी विश्वास गर्नु ति निर्दोश श्रीमतीहरुले अब उनिहरुको मनमा कहि कतै कुनै हिसाबले श्रीमान प्रति घृणा त लाग्छ नै संका त लाग्छ र साच्चिकै सोच्ने गर्छन होला संगै प्रतिप्रश्न मेरो पालो कहिले अाउछ? …