स्ववियु निर्वाचनको सरगर्मिले ईतिहासलाई ब्युँझाएको मात्र छैन..

लेखक : गणेश बाबु खड्का

विगत ८ वर्ष देखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेपछि विद्यार्थी संगठनहरु निर्वाचन केन्द्रित भएर चुनावी मैदानमा उत्रिएका छन । त्रिविका आंगिक क्याम्पस र केहि सम्बन्धन प्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन त्रिविले आचारसमिंता सहित परिपत्र गरिसकेको छ । स्वतन्त्र विद्यार्थी युनियन नेपाली विद्यार्थी आन्दोलनको मेरुदण्ड हो । नेपाली विद्यार्थी आन्दोलनलाई निर्यायक र उपलब्धिमुलक बनाउन स्ववियु बिना विद्यार्थी आन्दोलनको औचित्य पुष्टि हुदैन ।
स्ववियुलाई विद्यार्थी आन्दोलनको गहनाको रुपमा हेरिन्छ । तर, विद्यार्थी संगठनहरु स्ववियु चुनावको महत्व र आवश्यकता बारे जिम्मेवार बन्न नसक्दा विगत ८ वर्ष यता स्ववियु निर्वाचन हुन सकिरहेको थिएन । परिवर्तनको महत्वपुर्ण हिस्सा बोकेको स्ववियु निर्वाचनको सरगर्मिले ईतिहासलाई ब्युँझाएको मात्र छैन, विगत ८ वर्ष देखि प्रतिनिधित्व बिहीन बनेका विश्वविद्यालयका शैक्षिक संस्थाहरुमा शैक्षिक गुणस्तरमा सुधार,अनियमितता,बेथिति र भ्रष्टाचारको अन्त्यका लागी थप मलजल हुनेछ । स्ववियु निर्वाचनले समग्र विद्यार्थीको हित र सार्वजनिक सवालका विषयहरुलाई तदारुकताका साथ उठान गर्ने छ । नेपालको पछिल्लो राजनीतिक संस्कार र अस्थिर सरकारका कारण आम जनमानसमा देखिएको वितृष्ण, राजनीति प्रतिको घृणालाई स्ववियु निर्वाचनले प्रष्टता दिनेछ । मिनि संसदको रुपमा हेरिएको स्ववियुु र यसको निर्वाचनलाई नियमित र सरल बनाईयो भने भोलिको नीति निर्माण र नेतृत्वको जग इतिहास जस्तै झल्किरहने छ । यसको निरन्तरताले पछिल्लो पुस्तालाई जिम्मेवार बन्न र संगठित गर्ने काममा उत्प्रेरण जगाउने छ । त्यति मात्रै हैन विश्वविद्यालयका क्याम्पसहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले निर्वाचनमा सहभागी हुने अवसर पाउने छन ।

मिनि संसदको रुपमा हेरिएको स्ववियुु र यसको निर्वाचनलाई नियमित र सरल बनाईयो भने भोलिको नीति निर्माण र नेतृत्वको जग इतिहास जस्तै झल्किरहने छ ।

तर, त्रिविले २८ वर्षे उमेर हद र नियमित विद्यार्थी हुनुपर्ने निर्याय गरे संगै नेविसंघको असन्तुष्ट पक्षले देशभरका क्याम्पसमा तालाबन्धि गरेको छ । मुलुकका क्रियाशील विद्यार्थी संगठनबिचमा समझदारी बनाई एकतामुलक दवाबमा उत्रने हो भने आगामी फागुन १४ मा स्ववियु निर्वाचन निश्चित छ । विगतमा जस्तै आफ्नो संगठनको पराजय हुने स्थिति देखिएमा अनेकन जालझेलपुर्ण क्रियाकलापबाट निर्वाचन टार्ने वा हुन नदिने खेल खेलाईएका सम्बन्धित विद्यार्थी संगठनका केही व्यक्तिलाई त फाइदा होला तर, विद्यार्थी आन्दोलन र स्ववियुको स्वर्णिम इतिहासमा तुषारापात हुनेछ । केही जातिय संगठन बाहेक प्रमुख विद्यार्थी संगठनबिचमा मिश्रित निर्वाचन प्रणलीबाट स्ववियु निवार्चन गर्ने सहमति विगतमानै भैसकेको छ । अनेरास्ववियुले निर्वाचन गराउने सवालमा सहमति जुटाउने प्रयन्त जारी राखेको छ । अनेरास्ववियु सदैव राष्ट्रिय स्वभिमानको रक्षा,परिवर्तन,एकता र निर्वाचित संस्थाको पक्षमा अग्रणी भुमिकामा छ । यस्तो वातावरणमा प्रमुख विद्यार्थी संगठन बिचमा एकता कायम गरि स्ववियु निर्वाचनका लागी मैदानमा उत्रन अनेरास्ववियु दृढ छ । मध्यपश्चिममाञ्चल विश्वविद्यालयमा सम्पन्न भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुको विपक्षमा मतपरिणम आएता पनि त्यसलाई सहज रुपमा स्वीकार गर्दै स्ववियुको गर्विलो इतिहासलाई थप उचाईमा पु¥याउँन खेलेको भुमिका इतिहास साक्षि छ । तसर्थ त्रिविमा पनि जस्तो सुकै परिस्थितिमा पनि समयमानै स्ववियु निर्वाचन गराउँनका लागी अनेरास्ववियु तयार छ । सबै विद्यार्थी संगठनहरु विद्यार्थीको हितका निम्ति अनेरास्ववियु जस्तै दृढ हुने हो भने आगामी फागुन १४ मा स्ववियु निर्वाचन निश्चित छ । लोकतन्त्रमा जित र हारलाई सामान्य रुपमा लिनुपर्छ । तर, विगतमा जस्तै आफ्नो स्वार्थ अनुकुलको नतिजा नहुने देखिएपछि अराजनीतिक संस्कार देखाउँने व्यवहारको अन्त्य गर्नु पर्दछ । कतै विभिन्न बहानामा फेरी स्ववियु निर्वाचनलाई टार्ने काम हुदैछ भने यो नेपाली विद्यार्थी आन्दोलनको स्वर्णिम ईतिहास माथि प्रहार गरिदै छ । यसो भयो भने विद्यार्थी संगठन असफल भएको प्रमाण्ति हुनेछ । स्ववियुको आवश्यकता र औचित्य नरहे विद्यार्थी संगठनको नैतिकता र नेपाली विद्यार्थी आन्दोलनको औचित्य माथी गम्भिर प्रश्न खडा हुनेछ ।

संस्था भित्र मौलाउँदै गएको अराजनीतिक प्रतिशोधको भावनालाई निरुत्साहित गरि संगठनका नेतृत्वले आगामी स्ववियु संस्थालाई राजनीतिक संस्कार युक्त आकर्षणको केन्द्र, पुस्ता अभिमुखिकरणको थलो…..

स्ववियुलाई विद्यार्थी आन्दोलनको गर्विलो विरासतको पृष्ठभुमिमा लाखौं युवा विद्यार्थीको आस्था र निष्ठाको प्रतिक बनाउन सक्नु पर्दछ । आजको सन्दर्भमा संस्थाको आचरण र संस्कारमा कसरी फरकपन वा नयाँपन ल्याउने भन्ने नैतिक जिम्मेवारी स्वंम विद्यार्थी संगठनको जिम्मामा छ । संस्था भित्र मौलाउँदै गएको अराजनीतिक प्रतिशोधको भावनालाई निरुत्साहित गरि संगठनका नेतृत्वले आगामी स्ववियु संस्थालाई राजनीतिक संस्कार युक्त आकर्षणको केन्द्र, पुस्ता अभिमुखिकरणको थलो र राजनीति विस्तृतिकरणको आधार केन्द्रको रुपमा विकास गर्दै शैक्षिक अधिकारका निम्ति विद्यार्थीको पक्षमा निर्णयक संकल्प र प्रतिबद्धता व्यक्त गर्नु जरुरी छ । यसका निम्ति नियमित, अध्ययनरत र प्रशासनिक प्रखरतायुक्त नेतृत्व भोलिको इतिहास निर्माणको खम्बा सावित हुनेछ ।

प्रकाशित : बुधबार, माघ २६, २०७३०९:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाली पत्रकारितामा सम्पादक के खोपीको देउता मात्रै हो ?