केहि मिनेटमै यसरी हटाउनुस् काखीका रौं, यी ७ घरेलु सामग्रीको प्रयोगले

के तपाइँ काखीको रौं छिटो बढ्ने कारणले गर्दा चिन्तित अवस्थामा हुनुहुन्छ ? यदि हुनुहुन्छ, भने तपाइँलाई आज हामी यसबाट छुट्कारा पाउने घरेलु उपायको बारेमा जानकारी दिन्छौं ।                             जस्ले गर्दा तपाइँलाई कपाल काट्ने ठाउँमा गई मैन को प्रयोग विधिबाट दुख्नेगरी काखीको रौं हटाउनुपर्ने उपायको कुनै आवश्यकता रहदैंन । त्यसैले चाडैं नै अनावश्यक काखीको रौंलाई  हटाउनको लागि निम्न प्राकृतिक विधिहरुलाई अपनाउनुहोस् ।

१) कागती र चीनी :
काखीको रौं हटाउनको लागि यो विधि धेरै नै सजिलो र प्रभावशाली छ । सबैभन्दा पहिला २ चम्चा कागतीको रसलाई १ चम्चा चीनीसँग मिसाई पेस्ट बनाउनुहोस् । र यसलाई काखीमा राखी केही मिनेटको लागि त्यसै छोड्नुहोस् । त्यसपछि यसलाई सफा कपडाले पुछ्नुहोस् । यस विधिलाई हप्तामा २ पटक गर्नुहोस् ।

२) अण्डा र मकैको पिठो :
१ वटा अण्डालाई आधा चम्चा मकैको पिठोमा मिसाई पेस्ट बनाउनुहोस् । र यसलाई काखीमा लगाउनुहोस् । र सुख्खा भएपछि मन्तातो पानीले पखाल्नुहोस् ।

३) दुध र बेसार :
१ चम्चा बेसारलाई २ चम्चा दुधमा मिसाई पेस्ट बनाउनुहोस् । र यस मिश्रणलाई काखीमा लगाउनुहोेस् । र केही मिनेटपछि मन्तातो पानीले पखाल्नुहोस् ।

 

प्रकाशित : बुधबार, माघ १९, २०७३१५:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी १ हप्तामै खुम्चिने कपाललाई गर्नुस् स्ट्रेट, त्यो पनि सधैका लागी – अतिनै सजिलो घरेलु तरिका