सुपरहिटको रेकर्ड राखेको चलचित्र “छक्का पञ्जा” लाई दर्शकको यस्तो गालीको वर्षा

बिज्जु आचार्य                                                                                                                 काठमाडौँ – दिपाश्री निरौंला द्वारा निर्देशित फिल्म छक्का पन्जा नेपाली हलमा सर्वाधिक विजनेस गर्न सफल र बक्स अफिस रेकर्ड राख्न समेत सफल फिल्म हो । फिल्ममा दिपकराज गिरी, प्रियंका कार्र्की, केदार घिमिरे, शिवहरी पौड्याल, जितु नेपाल, बर्षा राउत, नम्रता सापकोटा लगायत लिड अभिनयमा छन ।

बिभिन्न स्वदेश तथा बिदेशमा धेरै दर्शकको बहु प्रतिच्छित फिल्मको रुपमा पनि रहयो । स्वदेश तथा बिदेशका बिभिन्न हलहरुमा लागि रहेको र लाग्ने मिति तय भैरहेको अवस्थामा एकाएक छक्का पन्जा फिल्म पाइरेसीका खबर बाहिरिएसँगै गत बिहिबार सामाजिक सञ्जालहरुमा यो फिल्म भाईरल बन्यो । फिल्म पाइरेसी भए संगै पाइरेसीमा संलग्न नवलपरासी कावासोती घर भएका कृष्ण सुवेदी नामका युवाले कानुनी कारबाहिको डरमा हतोत्साहित हुँदै आत्महत्या गरेको खबर पनि बाहिर आयो ।
फेसबुकमा अपलोड भएको उक्त फिल्मलाई हजारौंले हेरे अनि सेयर डाउनलोड गरेपछि डिजिटल अधिकार प्राप्त हाईलाईट्स ले विजनेसमा परेको असरलाई मध्यनजर तुरुन्त व्बल ज्ञद्द, द्दण्ज्ञठ गते युट्यवमा अपलोड गर्यो । आधिकारिक रुपमै युटुबमा फिल्म अपलोड भए संगै नम्बर १ ट्रेण्डमा पर्न सफल भएको छ ।

जुन रुपमा फिल्म सफल भयो बक्स अफिस रेकर्ड राख्यो त्यस अनुसारको सकारात्मक प्रतिक्रिया कमै रुपमा देखियो र धेरैको प्रश्न छ यस्तो फिल्म कसरि १०० दिन मनाउन सफल भयो । धेरैले त मिडियाको कारण फिल्म हिट भएको भन्ने प्रतिक्रिया दिन समेत भ्याए । फिल्मको कथाबस्तु र दिने सन्देशको बिषयमा धेरैले असन्तुस्ट व्यक्त गरे । फिल्म हल्लै हल्लाको भरमा चलेको र आवस्यक भन्दा बढि चर्चा मिडिया मार्फत फैलाएको हुनाले फिल्म व्यवसायिक रुपमा सफल भएको धेरैको राय छ ।

आज हामीले यस फिल्मका बारेमा बिभिन्न सामाजिक सन्जाल फेसबुक टूइटर र युटुबमा दर्शकले दिएका प्रतिक्रिया जस्ताको तस्तै प्रस्तुत गरेका छौ ।

केहि प्रतिनिधि दर्शकको कमेन्ट जस्ताको तस्तै:                                                             

प्रकाशित : बिहिबार, माघ ०६, २०७३१२:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाल चिन सैन्य अभ्यासमा सरकार किन मोैन र भारत किन त्रसित ?