नेपाल चिन सैन्य अभ्यासमा सरकार किन मोैन र भारत किन त्रसित ?

हरि थापा/दोलखा

अोैपचारिक रुपमा चिन सरकारले सन २०१७ मा नेपालमा र चिनका सैनिक सयुक्त सैन्य अभ्यास गर्ने घोषणा चिन सरकारले गरेको खबरले सामाजिक सञ्जालमा पहिलो स्थान पाएको छ राष्ट्रिय अन्तराष्ट्रिय मिडियामा चर्चामा अाएका छन यो नेपाल चिनको पहिलो सैन्य अभ्यासको तयारी हो ।यसलाई नेपाल सरकारले सुवर्ण अबसरको रुपमा लिएर सहकार्य गर्नु पर्नेमा सरकार यो विषययमा केन्द्रित नहुनुले केहि संकाउपसंका हुनु स्वभाविक हो ।

यस विषयमा केहि सरोकारवाला निकायका केहि ब्यक्तिहरुको ब्याख्या विश्लेषणले सजिलै बुझ्न सकिन्छ दक्षिण छिमेकीले चित्ता दुखाउने हुदा सरकारले चासो नदिएको अारोप पनि लगाउदै अाएका छन । प्रश्न यहाँ उठ्छ सरकार किन भारतसंग नै लिप्त हुन खोज्छ अाएको अवसरलाई किन सहजै स्विकार गर्न अानाकानी गर्छ? कि दक्षिण छिमेकीलाई नै सोध्नुपर्ने हो?

हरेक देशको राष्ट्रको अा अाफ्नै नितिहरु हुन्छन त्यस्तै सुरक्षासंग संमबन्धित विषयमा राष्ट्रिय अन्तराष्ट्रिय नितिहरु हुन्छन यो नितिनियम साथै तालिम लिने प्रचलन पहिले देखिनै चल्दै अाएको छ ।हालसम्म नेपालको संयुक्त सैन्य अभ्यास भारत र अमेरिकासँग मात्रै थियो । पहिलोपटक उत्तरी छिमेकीसँग नेपालको संयुक्त सैन्य अभ्यास हुने अोैपचारिक घोषणा हुदैमा दक्षिण छिमेकीले अापती जनाउनु पर्ने सन्दर्भ छैन तर नेपाल चिन को सयुक्त अभ्यासले अाफु माथी कु हुन सक्छ भन्नु भारतले सोच्नु पर्ने विषय पनि हो र सोच्दै पनि छ। किनकी नेपाललाई भारतले पटक पटक बलत्कार गरेको छ सारा जनतालाई रुवाएको छ यसको प्रतिवाद होला भन्ने डरले मोदिको झुकाव नेपालतिरै नहोला भन्न सकिन्न । मोदिले हाम्रा नेताहरुलाई ललिपप चक्लेट दिएर फकाई फुलाई गरेको छ र नेताहरुपनि ललिपपको चुस्ने धुनमा राष्ट्रियता नै विर्सिएर सर्वश्व सुम्पिन पछि पर्दैनन् यदि अघि पछि ढकढकक्याउने मान्छे नहुने भए ललिपपमा राष्ट्र छाड्दिन बेर छैन यसमा हामी सबैले खबरदारी गर्नुनै पर्छ । राष्ट्र र राष्ट्रियता निमित खरो रुपमा प्रस्तुत हुन जरुरी छ  भन्दा भन्दै त खबरदारी गर्दा गर्दै त राष्ट्रघाती निर्णय गर्छन भने खबरदारी नगर्ने हो भने त निसाना मेटाउन बेर छैन ।

यस विषयले सहजै मुल्याङकन गर्न सकिन्छ भारतले अाफुले नेपालमाथी गरेको दमन, अत्याचार,विभिन्न दुख दिने क्रियाकलाप को महशुस गरेछ भन्ने कुरा बुझिन्छ । हैन भने प्रचलित सयुक्त सैन्य अभ्यासमा अापति जनाउनुपर्ने विषय केहि थिएन यो अभ्यास सम्मान, समानता, लाभका लागि बहुआयामिक सैनिक कार्यमार्फत सेनाको क्षमता अभिवृद्धि गर्न तथा आदानप्रदान,सहकार्य गर्न, आतंकवाद, प्रतिविद्रोह र प्रकोप व्यवस्थापनजस्ता विषयमा हुने सयुक्त साझा तालिममा हस्तक्षेप गर्न खोज्नु कतिको जायज हो ।

विगतमा पनि यस्ता असह्य विभिन्न हस्तक्षेप हुनुको साथै अनिश्चित नाकाबन्दि गर्ने घटिया सोच हो अरुको राष्ट्रियतामाथी दाग देखाउन खोज्ने निकोचाल पट्कै छैन तर पनि हाम्रा लम्पसारवादी नेताहरु अझै पनि दक्षिणको अक्सिजन विना सास फेर्न नसक्ने भुतुक्कै घिटिक्कै हुन खोज्छन यो कतिको न्यायचित छ?मोदिका अासेपासेहरु ले यो बुझ्नु जरुरी छ राष्ट्रियतनको मुद्दा लोभ लालच केहि फाईदाको लागि पदको लागि लम्पसार पर्न जानु उचित हुदैन त्यस्तो चाकडी प्रथाले भन्दा राष्ट्रिय भावनाले अठोटका साथ अगाडी बढ्यो भनि टिक्न सक्छ हैन भने स्खलित भएर ईज्जत मान सम्मान राष्ट्रवादी भावना सबै माटोमा मिलेर जानेछ ।

हामी कहिले सम्म लम्पसार भएर मोदिलाई ढोगी रहने मोदि लाई कहिले सम्म देवताको दुत मानिरहने? मोदि भगवान हो र? किन त हाम्रा नेताज्यूहरु भगवान जस्तै ठान्छन हामी कहिले हुने हो स्वतन्त्रता यसको जवाफ सेर बहादुरले दिने कि प्रचण्डले? हैन भने हाम्रो स्वतन्त्रता माथी भारत किन हस्तक्षेप गर्न खोज्छ?सयुक्त सैन्य अभ्यास हाम्रो देश चिन मात्र नभई धेरै देशहरुले अापतकालिन समयमा अाइपर्ने समस्याहरुको प्रतिवाद , ब्यबस्थापन कसरी गर्ने भन्ने साझा सिपको सिकाई गरिन्छ भने यसमा भारतले अापत जनाउनु पर्ने कारण किन त?

विगतमा पनि भारत, नेपाल,अमेरिकाले सैन्य अभ्यास गर्दै अाएको थिए तर पनि चिनले कहिल्यै अाक्रोस र त्रास कहिल्यै देखाएन तर जब चिन र नेपालको सयुक्त सैन्य अभ्यासको कुरा सञ्जालमा अाए संगै भारतका मिडियाहरुले यो समचारलाई चिन र नेपाल सैन्य अभ्यास भारत चिन्तित भन्दै टाईम्स अफ ईण्डीया मा प्रकाशित गरेका गर्दै चिच्याई रहे बचाउ अभियानमा लागेको छ भने भारतले सधै नेपाललाई दबाउन छिपाएर राख्न चाहन्छ भन्ने कुरा यहि बाट स्पष्ट हुन्छ ।

भारतले गर्दै अाएका गल्तीहरुले नेपालीलाई असर त पर्यो तर पनि नेपालीको साहस धैर्यता देखेर भारत अाफैमा चकित भएको अबस्था छ यहि गल्ती जसको कारण नेपाली तातो पानी पिएर भएपनि साहसका साथ बस्न सके धैर्य गरे बाध्यतामा परे त्यो वेला सोच्नु पर्ने कुरा हो तर अाफुलाई भगवान सम्झिएर अनिश्चितकालिन नाकाबन्दि गर्दिए यो अति नै दुखको कुरा हो घटिया विचार भएका मोदिले अहिले अाएर यो विषयलाई अनाअावश्यक रुपमा किन चासो लिन पर्यो यसको मतलब भारतले नेपाललाई जहिल्यै दबाएर राख्न चाहन्छ भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ । चिनसंगको ब्यापार अन्य संमबन्धको विषयमा भारतलाई टाउको दुख्न पर्ने कारण के हो त?

नेपालको स्वतन्त्रताको चावी ईण्डियालाई लिएको हो र नेताज्यूहरु हैन भने नेपालीले यति ठुलो अापतकालिन समयमा भारत बाट सहयोग पाउनुको साटो नाकाबन्दी वेहोर्नु पर्यो छिमेकी रमाउदै दिपावली मनाईरह्यो यति हुदा पनि अझै मोदिको खुट्टामा समाएर ढोग गर्न खोज्ने हाम्रा महान नेताहरुलाई कसरी बुझाउने अब बुद्दिमा विर्को कहिले कसरी खुलाउने होला दुखमा रमाउने र सुखमा चासो लिने छिमेकीको कहिले सम्म सेवा गरिरहने हो ?

यति कुरा थाहा हुदा पनि हाम्रो सरकार दक्षिण छिमेकी भन्दा अरु कुनै विकल्प देख्न सक्दैन त्यसैले त सधै दबाउन खोजिरहन्छ ।चिनले अोैपचारिक रुपमा सयुक्त सैन्य अभ्यासको विषयमा खुलेर बोल्दा पनि नेपाल सरकार यो विषयमा किन चासो राख्दैन किन बोल्न चाहदैन् यो जटिल विषय बनेको छ । अाशा गरोै सरकारले यस विषयमा गंभिरता भएर काम गर्नेछ र गर्नुपर्दछ यहि नै हाम्रो जनचासो र खबरदारीको विषय हो ।

प्रकाशित : शनिबार, माघ ०८, २०७३१२:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१९७१ मै लियो रोजले भारतले नेपाल विखण्डन गराउछ भन्दै लेखेको कुरा हामीले अहिलेसम्म बुझ्नै चाहेनौं