“बिदेश अनि छुट्टीको दुई दिन”

कोठामा एक्लै अनि दुई दिन छुट्टी । साथिहरु बार्षिक बिदा मनाउन नेपाल तिर ।बिदेश बसाइको झन्डै सात बर्षमा यस्तो सम्योग पहिलो पल्ट हुदैछ। बिगत सम्झदै अाऐँ । ७ वटा दशै तिहार छोडिएछ। त्यस्तै माघे सक्रान्तीको पनि याद खुब आउँछ। माघे सक्रान्तिको दिन कन्काइ नदिमा धेरै ठूलो मेला लाग्ने गर्छ। नेपाल हुँदा बिहानै झिसमिसमा उठेर माइ खोलामा नुहाउन गएका दिनहरु साच्चै रोमान्चक हुने गर्थे।तर के गर्नु, सम्झदै बस्दै। चाडपर्वको बेला बिदेशमा हुनुनै दुर्भाग्य । त्यसमा पनि नितान्त एक्लै।के गरौं ,के गरौं भैरहेको थियो। फेसबुक खोलेँ। दुई जना साथिहरुको फ्रेन्ड रिक्वेस्ट । यसो प्रोफाइल हेरेँ। एकजनालाई चिनेँ अर्कोलाई चिनिन, नचिनेको साथिको फ्रेन्ड लिस्ट पनि चेक गरेँ , त्यहाँ पनि कसैलाई चिनिन। अनि पोस्टहरु हेर्न थालेँ। चित्त बुझ्दो थियो, देशभक्ती भवना पोस्टमा देखिन्थ्यो । भ्रस्टाचार विरुद्ध केहि लेखिएको स्ट्याटस पनि भेटेँ अनि लेख्ने तरिका पनि सभ्य र भद्र।अनि रिक्वेस्ट एसेप्ट गरेँ । लाइक र कमेन्टका २७ वटा नोटिफिकेसन सबै हेरेँ। त्यसपछि विभिन्न समाचार ,लेख र बिचार प्रती ध्यान गयो। यसो हेरेँ, लेखको शिर्षकले तान्न सकेन, त्यसपछी फेसबुक अफ।
छटपटाहट बाकी नै थियो तर त्यस्तो पिडाको छटपटाहट हैन। मात्र टाइम पासको छटपटाहट,  घुम्न निस्किने निर्णय गरेँ। पर्स हेरेँ दुई तीन सय थियो, यो अर्को नौलो अनुभव हुनेवाला थियो किनकी यो भन्दा अघि एक्लै बिदेशमा यसरी घुम्न निस्किएको थिइन वा मलाइ सम्झना छैन। बाहिर निस्किए, सित्तिन रोड मास्तिरबाट एउटा रातो लोकल बस आउदै थियो। हात उठाएँ ,रोकियो, त्यसैमा चढेँ । बस ठूलो आवाज सहित हुइकियो । कहाँसम्म जाने भन्ने योजना बनिसकेको थिएन, बस आधा जतिमात्र भरिएको थियो। त्यतिकैमा अलिक परको सिटमा नेपाली आवाज जस्तो लाग्यो।अलिक नजिक गएर कान थापेँ।राम्ररी सुन्न सकिन।

त्यहाँ ठूलो होहल्ला त केइ थिएन तर बसको आवाज ठूलो भएकोले सुनिदैनथ्यो नजिकै को बाहेक। अरु सिट पनि खालिनै भएकोले उनिहरुको नजिकै पर्ने सिटमा गएर बसेँ। उनिहरु नेपाली नै रहेछन,  खुब जमेर गफ गरिरहेका थिए। कैलेकाहि गरिने त्यो बसको यात्रामा आफू बाहेक पहिलो पटक अन्य नेपाली साथिहरुलाइ सगै यत्रा गर्दै देखेको थिए नत्र अरुबेला धेरै जसो अफ्रिकन मुलका प्यासेन्जर अनि थोरै केरला र केहि पाकिस्तानी बङ्गालिहरु देखिन्थ्यो।
नेपाली साथिहरु राजनीतिक गफमा मस्त थिए, नेपालीहरुले यहाँ राजनितिक गफ गर्दै गरेको बिरलै सुन्न पाइन्छ। मेरो लागि यो गफगाफ पनि चाखलाग्दो नै बिषय थियो।उनिहरु ३ जना थिए।दुई जना धमाधम बोलिरहेका थिए । कहिले पालैपालो त कहिले एक अर्काको कुरा कट्दै, मलाइ पनि उनिहरुसगै गफ्फिन मन नलागेको त कहाँ हो र ! तर म त्यति नजिक पनि थिइ न ताकी उनिहरुसग गफ मा गफ मिलाउन सकु। अलिक परै बाट पनि बोल्न त सकिन्थ्यो तर त्यसोगर्दा  बसमा ठुलै होहल्ला हुन सक्थ्यो र छेउछाउका मानिसले कम्प्लेन गर्न सक्थे। त्यसैले नबोली बस्न नै उचित लाग्यो र सुनिमात्र रहेँ। समग्रमा उनिहरुको भनाइबाट नेपालको राजनिती प्रती पुरै निराशा झल्किन्थ्यो।तर पनि उनिहरु त्यो दल भन्दा यो दल अलिक चै ठिक भन्दै आ आफ्नो आस्था भएको  दलको समर्थनमा शब्द खर्चिरहेका थिए। ती दुई साथिहरु बसेको पछाडीको सिटमा अर्का एक नेपाली अफृकन साथिसग बसिरहेका थिए।उनी बेलाबेला मात्र बोल्दैथे र बेलाबेला फिस्स मुस्कुराउदैथे।।तर अहिले भने ती साथिहरुलाइ एक्छिन रोकेरै उनी बोल्न थाले।
साथी हो तिमेरको कुरा अघिदेखी सुनिरहेको छु। तिमेरलाइ थाहा छ तिमेरले समर्थन गर्ने गरेका नेता पनि काम नलाग्ने र असक्षम छन भन्ने कुरा । तरपनि तिमेरु आफ्ना आफ्ना दल र तिनका नेताका कुकृत्य र गैरजिम्मेवार हर्कतलाई बचाउन कोसिस गरिरहेका छौ। तर ती नेताहरुले ती गल्तिहरु एकपटक , दुईपटक वा तिनपटक मात्रैपनि गरेका हुन र? उनी अझै ठूलो स्वरमा बोल्दै थिए । साथिहरु ! अब यी पुरानाहरुबाट केइ हुने संभावना पुर्णरुपले सकियो।अझैपनी यिनिहरुको बिस्वास गरिरहने हो भने पछि समय बितिसकेपछी टाउको ठोक्दै पछुताउनु बाहेक हामिसंग केइ बाकी बिकल्प बच्ने छैन। यिनिहरुको दिमागमा,सोचमा,सम्स्कारमा, काम गर्ने तरिकामा,नियतमा नै खोटमात्र भेटिन्छ। यिनिहरुको नशा नशामा कुसंस्कारले दुषित रगत बगिरहेको छ।अब चाहेर पनि यिनिहरु त्यो दुषित दुर्ब्यसन बाट मुक्त हुन सक्ने सम्भावना देखिदैन।त्यसैले यस्ता दल र नेताको कुरा गर्न छोडेर नयाँ ,पृथक र उच्छ राजनितिक सस्कार सहित आएका दल र त्यसैमा अभ्यस्त युवालाई समर्थन गर्नुपर्छ।देशलाइ नयाँ शिराबाट उठाउनको लागि नयाँ बाटोबाट मात्र सम्भब छ।

यो नयाँ बाटो निर्माण गर्न युवाहरु बिबेकशिल नेपाली दलको नाममा एकताबध्द भैरहेका छन। एकताबद्ध हुने क्रम अस्ति भन्दा हिजो अझ बढी र हिजो भन्दा आझ झन तिब्र गतिमा बढिरहेको छ। त्यसैले त्यही दललाइ हामि जस्ता उर्जाशिल र सक्षम युवाहरुले पनि समर्थन गर्नुपर्छ अनि मात्र देश सहि बाटोमा अघि बढ्न सक्छ। मैले यी दल र यसका गतिविधिलाई लामु समयदेखी नियालिरहेको छु। मलाइ यिनिहरुको काम गर्ने तरिका र शैली साच्चै राम्रो लागिरहेको छ। साथी हो तिमिहरु पनि यो दलको बारेमा बुझ्न चाहन्छौ भने फेसबुकमा एउटा पेज छ “बिबेकशील नेपाली ” त्यसलाइ लाइक गरेर बुझ्न सक्छौ।  जुन पेजलाइ ४ लाख युवाहरुले पछ्याइसकेका छन। अबको देश बनाउन सक्ने दल मेरो बिचारमा यहि बिबेकशील दल मात्र हो तर तिमिहरु पनि राम्ररी अध्ययन गरेर बुझेर मात्र राम्रो लागेमा समर्थन गर्नु………. ।
उनी बोल्न छोडेकै थिएनन । मेरो आखा झ्याल बाहिर पर्यो, सरफिया आइसकेछ। त्यहाँबाट अघि जान मन लागेन। अनि बस ड्राइभरलाई रोक्न सङ्केत गरेर बसबाट ओर्लिएेँ। बस फेरि हुइकियो आफ्नै गन्तव्य तिर ।

चेतनाथ निरौला बिबेकशील दलमा आबद्द हुनुहुन्छ।
झापा ,बिर्तामोड
हाल:साउदी अरब

प्रकाशित : आइतबार, माघ ०२, २०७३१९:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक संजालमा राष्ट्रवाद र लम्पसारवादको ध्रुवीकरण