श्रीमान – श्रीमती र सपना

[sharethis-inline-buttons]
हरि थापा/दोलखा

जिवनको लक्ष्य पुरा गर्ने क्रममा नयाँ ठाउ, नयाँ परिवेश, रहनसहन घुलमिल हुन साह्रै कठिन जागिरको शिलसिलामा कहिले पुर्व कहिले पश्चिम खुब दोैडधुप गरियो असफलमा हरेश पट्टकै खाईन,मेहनत को कुरा छाडोैँ शब्दमा बयान गर्ने सकिदैन सम्झिदा पनि मुटु जलेर चिरचिर पसिना अाउँछ ।

असाध्यै कष्ट गरियो एक सय जनाको मागमा दशलाख जति अावेदक भएछन सबै पहुचवाला पैसावाला थिए गत वर्ष पनि झेलि गर्दै पैसा र पावर हुनेहरुको नाम निष्कियो भित्तामा सुचना टासिएको थियो कसैले घुस लिने दिने गरेमा कडा कारबाहि हुनेछ त्यो त भित्ताको पोष्टरमा सिमित रह्यो नियम एकातिर कार्यन्वयन एकातिर कठै नेपालको नियम कानुन कति जानेका होलान धाजली गर्न सोझा साझा जनताको अाखाँमा छारो हाल्न कसले सक्ने यस्ता छलकपट गर्नेहरुलाई के नियम के कानुन पहुचवालाले नै जानुन जनताले केहि बुझ्दैनन् ।

अाखाँले देखियो खुलामखुला घुस खाएर नाम निकाल्दिएरै छाडे प्रतिशप्रधा गर्ने हरु निरास मात्र भईरहे पावर नभए पनि अाशा मरेको थिएन एक दिन पक्कै नाम निकालेर छाडने दृढ विश्वासको साथ कडा मेहनत गरेको थिए पटक पटक दिदा असफल भईयो हमेशा हरेश नखाई असफललाई सफलताको प्रतिक मान्दै अगाडी बढिरहे, यो चोटी सरकारी अधिकृतमा नाम फ्याट्टै निष्किएछ अहो! बधाईको अोईरो जताततै बाट अाईरहेको थियो जवान केटा फ्याट्ट अधिकृतमा नाम निस्कदा स्वभाविक सान त छदै थियो मेरो खुट्टा भुईमा थिएन परिवारका सदस्यहरु खुसि सबै जनाले हाईहाई गर्दै थिए ईज्जत,प्रतिष्ठा भन्ने कुरा कहाँ सजिलै पाउन सकिन्छ र! मेहनतको फल स्वादिलो अनुभव हुदै थियो ।अझै जोस जागर अाउदै थियो यो त जिवन सफलताको एउटा सुरुवात मात्र थियो ।

जिवनमा गर्नु पर्ने प्रगति धेरै थियो कोसिस जारी थियो , मेहनत गरेको थिई नाम निस्केछ सबै खुसि हुदा पनि श्रीमती चाँहि जहिल्यै जे कुरा गर्दा पनि मुख बिगार्थी र आँखा तर्दै ठुस्किन्थी, त्यहि भएर अाज खानखान बाहिर जाअोैँ प्यारी भने सरकारी अधिकृतमा नाम निस्केको खुसियालीमा बाहिर खानखान जाने भने पछि अाज उनको अनुहारमा पारदर्शि चम्किलो तृप्त चमक अायो मैले हेरि रहे ..अच्चम लागि रह्यो र मनमा खुल्दुली लाग्यो अाज उनि यस्तो खुसि सपना झै लागेको थियो तर त्यो सपना थिएन उनि मेरो सामु हसिलो मुहारमा टक्क उभिएकी थिईन ।

छिटो कपडा लगाउ भनेर म र छोरा हिड्योै्
उनि पनि उत्साहित हुदै हस भन्छिन् यसलाई बाहिर घुमाउन नलगेर पो ठुस्केर बस्दि रैछ मनमनै सोच्छु एक्कासी उनको हसिलो मुहार देख्न पाउदा अाफुलाई एक भाग्यमानी पुरुष सम्झन्छु अतृप्त खुसि पैदा हुदा भित्र भित्र गदगद हुन्छ उनको लवाई खवाई र मिलेको जिउडालमा म अाफुत स्वत लोभिन्थे तर अरु लोभिनेहरु पनि कम थिएनन् सिनेमाको हिरो देखि उधोगपतिका छोराहरु भुतुक्क हुदै मरिहत्य गर्दै फेसबुकमा म्यासेज गर्थे गिफ्ट लिन बोलाउनेहरु हातको अोैला भाचेर गन्न नसकिने थिए ।

लफाङ्गाहरु अर्काको श्रीमती जिस्क्याउन पल्केका वजियाहरु सामाजिक सञ्जालको दुरुपयोग गर्दै पटक पटक समस्या केहि छ भने भन्नु है तुरुन्तै सहयोग गर्छोै।मात्र एक वचन काफी छ तिम्रो लागि मुटु दिन तयार छु पैसाको खोला बगाई दिन्छु भन्ने हरु धेरै थिए बैङ्कको खाता नम्बर दिए खातामा हालिदिन्छु भनेर खुब मर्न खोज्थे यो उनको लोभलाग्ने जिउडाल र पहिरनको कमाल थियो तर उनि कहिल्यै लोभलालच मा लिप्त भएर बसिनन् बोैद्दिक दृष्टिले पनि उनि सालिन स्वभाव, ईज्जतदारी,खान्दानी, कुलघरानकी थिईन।उनले केहि पनि कुरा झुट बोल्दिनथिन् हरेक साना साना कुरा पनि वताउथिन सेयर गर्थिन त्यसैले त हाम्रो संम्बन्ध लोभलाग्दो प्रगाढ थियो

उनको सामुन्य हुदा म अाफै भुतुक्क हुन्थे,
मिठो मुस्कान नसालु हेराई असाध्यै राम्री‘हसिलो मुहार , मृगनयन’ रुपवान ,चट्ट मिलेको शरिर,हल्का लुकेको कम्मर, उठेको छात्ती, उनलाई हेर्दा त्यसै त्यसै मन फुरुङ्ग भएर अाउथ्यो र चङ्गा झै उडि रहन्थ्यो उचाईमा पुग्थ्यो र उनलाई नै चुमिरहन्थ्यो कल्पकल्पित मन कहिल्यै ठेगानमा हुदैन्थ्यो ।

हामी होटल एभरेष्टमा पुग्योै टेवल नम्बर दश धेरै प्रेम जोडीहरुको उपस्थित भएको देखिन्थ्यो सबै अाफ्नो संसारमा हराइरहेको दृष्य देख्न र अनुभव गर्न पाईन्थ्यो हरेक प्रेम जोडीहरु रमाईलो गर्दै हासिरहेका हुन्थे त कति को मुस्कान हराएको अाखाँहरु रसाईरहेको दृष्य यि नयनहरुले कैद गर्दै थियो जे होस प्रेमजोडी र पारिवारिक एकताले होटललाई सुगन्धित बनाईरहेको थियो हुन सक्छ यो जिवनभरिको मेल र केहि विछोड पनि हुन सक्छ तर पक्कै पनि यो भेटघाट र खानपान सबैको लागि विशेष खालको सजिलै अनुमान लगाउन सकिन्थ्यो।

यो अनोैठो किसिमको बाक्लो भिडमा धेरै दृष्यहरु यस्ता थिए जो दृष्य प्रेमजोडीका लागि अविस्मरणिय क्षण, डाह लाग्दो, च्वास्स मन छुने, रोमान्चित,उश्रृङखल, केहि परिवारिक जमघट त केहि प्रेमजोडीहरुको उपस्थित देखिन्थ्यो।सबै जना भलाकुसारीमा ब्यस्त देखिन्थे ।

परिवारिक जमघट सामान्य देखिन्थ्यो साना नानी,बाबुहरु अाफ्ना अभिभावक संग रमाईरहेका हुन्थे भने केहि जोडीहरु दुख ब्यक्त गर्दै ठुलाठुला स्वरमा चिच्याईरहेका हुन्थे यसले सजिलै महशुस गराउथ्यो् केहि जोडीको अन्तिम भेट यहि हुन सक्छ यो एउटा मिलन र विछोड गराउने स्थानको रुपमा माध्यम बनिरहेको थियो त्यसैले त सबैको लागि यो समय अतृप्त सम्झना बनेर जिवनको अप्रिय क्षण जसले जिवनभर घचघच्याईरहने, पोलिरहने,सम्झना र स्मरण दिलाईरहने क्षण बन्दै थियो ।

अाउने जाने को भिड बाक्लिदै थियो वातावरण अति रमाईलो,शान्त र सुन्दर थियो म्युजिकको तालसुरमा वलेका वतिहरुले यसको शोभा झनै बढाएको थियो उपस्थित सबै जोडी र परिवारहरुको लागि उत्तम,अकल्पनिय र विशेष स्वतस्फुर्त प्रकृतीप्रेमी जोडीहरुलाई मानवनिर्मित कलाहरुले अाकर्षण गराउँदै भरपुर मनोरञ्जन दिदै थियो।

म भने अार्टिफिसियल कलाहरु नियाल्दै थिए होटल एभरेष्ट ब्यबस्थापन लाई मनमनै सोच्दै थिए चाहने हो भने विदेशी स्टारहोटलको सुविधा खोज्न टाढा जानुपर्ने रहेनछ म ति कला र दृष्यहरु देखेर तिनछक,मुर्छा परिरहेको थिए ।

एकै छिनमा स्मार्ट वेटर सानका साथ अायो दाई,दिदि के लिनुहुन्छ?पढेलेखेको केटा उनिहरुले पनि स्टार होटलमा काम पाउदा अलिकति घमण्ड त जोडीने नै भयो त्यसैले तडकभडक अलि बढि नै हुदोरहेछ, उसले म तिर नहेरि मुन्टो दिदि भए तिर बटारी रह्यो ।उफफफ.. मेन्यू मलाई दिन पनि सक्थ्यो तर दिदि भन्दै उनको छेउमा थमाईदियो ।उनि मेन्यू हेर्दै बाबा के खाने? सोध्दै थिईन,मैले भने हेर न के खाने अाज तिम्रो च्वाईस मा म राजी छु अडर गर उनि चुप बसिन ।

फेरि उसले सोध्यो दिदि के लिनु हुन्छ? सिधा अाखाँ जुधाएर सोध्छ मलाई कस्तो असह्य हुन्छ उठेर हिडदिम लाग्छ फेरी के लाचारीपन देखाउनु बल्ल कति बर्ष पछि श्रीमतीसंग रेष्टुरेन्टमा खाना खान अाएको चुप बसिरहे केटाहरु केटी देख्नासाथ सान झार्छन् भने केही केटी आफ्नो अगाडि केटा देखेपछि मस्किन थाल्छन् यहाँ त्यहि उक्ति दोह्रोरिरहेको थियो म नदेखेझै गर्दै थिए ।

दिदि भन्छ, भाउजु भनेको भए के जान्थ्यो मनमनै सोच्छु? मलाई दाई भन्न सक्नेले मेरो श्रीमतीलाई किन दिदि भन्नु यसलाई एकान्तमा लगेर सम्झाई दिउ कि जस्तो लाग्दै थियो फेरी कोमल मनले सोचे होस कठोर हुनु हुदैन अाखिर सम्मान गरेरै बोलाएको छ तर केटा अलि साईड मार्ने जान्ने सुन्ने बन्न खोज्दै थियो रिस त उठेको थियो के लफडा गर्नु भनेर छाडदिए ।

उनले मेन्यू हेर्दा सम्म उसले फाईदा लुटिरह्यो,
उनका खुल्ला अाधा छोपिएको वक्षस्थल देखि कम्मरहुदै पैताला सम्म गिद्देनजर लगाएरै छाड्यो् के भन्न खोज्दै थिए तर विचमै रोकिए सायद रिसको सिमा नाघेर हुन सक्छ भन्न खोजेको कुरा बाहिर निकाल्न गाह्रो भयो ।

म मुर्छा पर्दै वेटर तिर ध्यान दिदै थिए
कहाँको लफाङ्गो के थाहाँ यसलाई विवहा गरेको भए पो महशुस हुन्थ्यो ! अरुले अाफ्नो श्रीमतीलाई नजर लगाई दिदा भित्र भित्रै जलेको पिडा कस्तो हुन्छ भनेर यसले विवहा गरेपछि थाहाँ पाउने छ । उसको गिद्देनजरको हेराईले मेरो मन अमिलो भै रह्यो ! सबैलाई सुन्दरी श्रीमती चाहिन्छ तर सुन्दरी श्रीमती पाए पछिको पिडा उनिहरुको श्रीमानहरुले पक्कै भोगेका होलान।

धेरैले नजर लगाउछन जिब्रो पडकाउछन,थुक निल्छन जोगाउन हम्य पर्ने रहेछ। हुन त पृथकढङ्गले सोचेर कहाँ साध्य हुन्छर? तर अरुको नजर लाग्दा अथाह पिडा भने पक्कै हुन्छ धेरै जना जोडीहरु भित्र भित्र पिल्सिएर बसेका हुन्छन बाहिर खुलामखुला बताउन नसकेपनि दुखाई एउटै हुन्छ ।

हुनत उसले दिदि भनिसकेको थियो मैले अलि जोड संका गरेकी झै लाग्यो जे भए पनि अाफ्नो श्रीमतीलाई जो कसैले झ्वाट् हेर्दियो भने अथाह पिडा हुन्थ्यो झनक्क रिस उठेर अाउ्थ्यो मिल्ने भए त्यसका अाखाँमा मोतिविन्दु लगाईदिन्थे तर मैले यति सोच्न नपाउदै उसले मेरो श्रीमतीको अङ्गअङ्गमा केन्द्रित तेज अाखाँले स्पर्स गर्ने भ्याउछ,उनलाई मतलब छैन मोबाईलमा ब्यस्त हुन्छिन यसको फाईदा वेटरले लुटेेको पत्तो हुन्न मलाई खान खान भन्दा पनि यहाँ बाट कति बेला बाहिर जाअोैँ जस्तो लागि सकेको हुन्छ अाफैलाई पछुत्तो लाग्छ बेकारमा खाना खान यहाँ अाईएछ ।

अहो! कति ढिला गरेको होला ? उनलाई वास्ता छैन मलाई भने छटपटी लागि सक्यो,बल्ल मुन्टियो वेटर कति ढिला गरेको भाई भन्न मन थियो तर भन्न सकिन खाना राखिदियो टेवलमा उनलाई फेरी लाईन मारेर गयो अब भन्ने रिस थाम्न नसक्ने गरि उठ्यो ।

कुन दिनको दशाले यस्तो रेष्टुरेन्टमा अाईएछ्
प्वाक्कै हान्दिम जस्तो लागेर अाउ्थ्यो,भि्त्र भित्र मन चसक्क चिमाटी हाल्थ्यो मोैन हुन्थे छोराले बाबा भन्दा झसक्क झस्किन्थे उनले थाहा पाईन कि उनि तिर हेर्थे तर उनि फेसबुकमा ब्यस्थ हुन्थिन धन्य भगवान उनले थाहाँ पाईनन् ।

वेलावेला मोैका छोपेर खाना सोध्ने निहुमा वेटर अाउथ्यो मैले एकै चोटी भने हामीलाई सबै फुल भयो केहि पर्दैन नम्र स्वरमा भने त्यस पछि पनि च्याउदै उनिलाई हेर्दै थियो कस्तो वदमास केटा जोडले भन्न मन थियो तर यत्रो भिडमा किर्तिमान नै रहला भन्ने डर विना प्रमाण मेरो श्रीमतीलाइ लुकिलुकि हेर्यो कसरी भन्नु होस भन्ने अाट गरिन अबेला भईसकेकोले घर फर्कन तयार हुदै थियोैँ ।

अगि सम्म कसैलाई मतलब थिएन जब रोड अायो सबैलाई गन्तब्यमा पुग्न हतार हुन्छ जति हतार गरेपनि बाटो जाम थियो अगाडी पछाडी हेर्दै म गाडी सार्दै थिए मोटरसाईकल हरु बाफरे कति हतार भएको हो खुलेका सडक जाम बनाउने मोटरसाईकल रहेछ अलिकति खाली देख्नुहुन्न लगेर जाकी हाल्छन । सबैको रफ्तार तेज हुन्छ कोही अडीन सक्दैन यति ब्यस्त सडकमा नियम अनुसार हिड्ने भए पक्कै पनि सबैको लागि शुलभ हुने थियो तर यहाँ सबैलाई उछिन्ने प्रवृतीले गाजेको छ नियम पालना नगर्नाले अाफ्नै कारण घण्टोै घण्टा जाममा फस्ने गर्छन ।

विचरा ट्राफिकहरु ले के गरुन विश्वमा कस्ता कस्ता अटोमेटिक प्रवृधी छन हाम्रो नेपालमा ट्राफिकहरु हात हल्लाएर जेब्राक्रस गराउछन कति त नियम मिचेर बाटोको ट्राफिकलाई नै हान्दिएर भाग्छन उनिहरुले कता तिर गरुन यता खुलाए उत्ता जाम धुवा धुलोको कुरा छाडोै सेता कपडा खैरो देखिन्थे एकै छिनको जेब्राक्रसिङको रमित हेर्दा मन खिन्न भएर अायो प्रत्यक वर्ष करोडोैको टेण्डर हाल्छन तर बिग्रिएको जेब्राक्रसिङको बत्ति सम्म बनाउदैनन् धिकार छ अाफ्नो देशको श्रोतसाधन उपयोग गरे मात्र पनि कति ब्यबस्थित र सम्पन्न हुन्थ्यो होला यति सोच्दा सम्म जाम पातलो भईसकेको थियो ।

बल्ल हामी बानेश्वरबाट कोटेश्वर तर्फ हान्निदै थियोैँ जाम बल्ल खुलेको झोकमा गाडीको एक्सीलेटर भ्याए सम्म दबाए प्रति घण्टा एकसय बिसको स्पिडमा दबाए त्यहि बेला विपरित दिशाबाट अाएको मोटरसाईकल मेरो गाडीमा अाएर सिधा ठोकियो र शरिर क्षतविच्छेद भयो म यस्तो अात्तिए ठुलो स्वरमा कराएछु झसङ्ग भएर ब्युझिए, ज्यान कापीरह्यो कस्तो सपना देखेछु चिरचिर पसिना अाईरहेको थियो घडी हेरे सात बजिसकेछ ।

छोरा रुदै थियो ममी विस्कुट खाने चाउचाउ ल्याई दिने भए स्कुल जान्छु नत्र जादिन छोराको गनगन सकिएको थिएन उत्ता अामा पनि दोहोरी खेल्दै थिईन तेरो बाबा लाई भन मैले भन्दा सुने नसुने झै गर्नुहुन्छ जा अाफै भन छोरा:बाबा मलाई जुता चाहियो अाज जुता ल्याईदिनु नत्र भोलि देखि स्कुल जादिन यता छोराको धम्की उत्ता अामाको कचकच ग्यास छैन,रासनको पैसा अाज नदिए भोलिदेखि रासन बन्द गरिदिन्छु भनेको छ, घरवेटीको कोठा भाडा चार दिन नाघिसक्यो एकै चोटी कथा सुनाएर गईन ।

यि साहुजीहरु पनि कहिल्यै ग्राहकको समस्या बुझ्दैनन् अाखिर ग्राहक भनेको भगवान भन्ने कुरा विर्सिदिन्छन लुट्न पाए सबै खुसि भनेको बेला कहाँ बाट हुन्छ तलब अाएपछि त दिई हाल्छु नि भन्ने योजना हुन्छ तर घरवेटी रासन साहुले बुझिदिएपो झन छोराको बोर्डिङको त सकिदै सकिन्न हामी जस्तो सामान्य कर्मचारीलाई काठमाण्डोैमा डेरा बसेर पढ्न, परिवार पाल्न छोरा,छोरी पढाउन साह्रै कठिन हुदो रहेछ ।

घरवेटीको कचकच कति सुन्ने पैसा तिरेर बस्दा पनि सुख छैन न अाफन्ताहरु भेटघाट गर्न अाउन पाएका छन अाउनु भन्दा नअाउनु जाती ईज्जत नै फाल्दिन्छन कहि कतै नयाँ अनुहार देखे भने त दिउसैँ जलेर मरु झै गर्छन अाफन्ता भन्दा पनि सुख छैन न भाडाको सहि रेट छ मनलाग्दो तरिकाले लुटेका छन ठग्नु ठगेका छन तर कसलाई सुनाउने यो अावाज घरवेटीले सुने पो राहत मिल्थ्यो जे होस काठमाण्डोैमा पैसाको खेति राम्रै छ घरहुने हरुलाई ।

कहिले त लाग्छ भ्याली बाहिरका मान्छेहरु नहुने हो भने यिनीहरु सुकुम्वासी भएर बस्थे होला भोकभोकै मर्थे होलान जस्तो लाग्छ बाख्रा पाल्ने कुखुरा पाल्ने जस्तो कोठा हुन्छ न कतै सफा छ तर भाडा सुन्दा रिगटा लागेर अाउछ भ्याली बाहिर तिव्र विकास हुने हो भने मनलाग्दो भाडा असुलेको भरमा जिवन जिउनेहरुले वल्ल थाहा पाउथे ।

उनिहरुको मात्र पैसा सम्झिन्छन गाठेँ हाम्रो त कागज तुरुन्त छाप्न मिल्ने जस्तो गर्छन दायाँ बायाँ केहि सोच्दैनन् दयाँ माया भन्ने त पट्कै छैन चाहियो भने पछि चाहियो,चाहियो कस्तो निति होला यसो जनतालाई मान्यहुने निति
बनाई दिए हुने हो नि बेला बखत सरकारी कर्मचारी अाउदा घरवेटीहरु यो छोराको यो छोरीको कोठा भन्दै ठिक्क पार्छन अाखाँ अगाडी कर छल्न सिपालु छन तर यताँ बहालवाला लाई भने देखि सहदैनन्। अाधा महिना देखि भाडाको जोहो गर्नु पर्छ नत्र कोठा छाड्न अादेश दिन्छन ।

मनमा अनेक कुरा खेल्दै थियो यसो भान्छा तिर अाखाँ लगाए भान्छामा सुनसान रित्तो थियो ढिला पनि भईसकेकोले म अफिस हिडे..दिन भरि काम गरे तर मन भने घरका समस्या तिरै दोैडिरह्यो केहि अपेक्षा थिएन ।अति मिलनसार अफिसको साथी लाई भन्नु पर्यो परेको वेला सहयोग गर्छ भनेर जितेर भने साथी साह्रै अपठ्यारो पर्यो पाचँ हजार जति मिलाई दिनु पर्यो!

उसले हुन्न भन्न सकेन,दिन्छु भन्न पनि सकेन
समस्या मेरो भन्दा उसको जटिल रहेछ उसको त झन श्रीमती डेलिभरिको लागी हस्पिटल राखेको छ कमजोरी छिन उस्तै परे ब्लड किन्नु पर्छ उसले समस्या झन थुपारिदियो अझ बरु ब्लडको ब्यबस्था मिलाउन मलाई नै जिम्मा दियो ।

हुन पनि हो! ज्यान भन्दा ठुलो छोराको स्कुल हैन म उसको ब्लडको लागि ब्लड कता कसरि मिलाउने भनेर सोच्दै अफिसबाट लखतरन परेर फर्किदै थिए,थकाई अनि भोक ज्यान फतक्कै गलेको थियो ढिला पनि भईसकेको थियो ।

विहना खान नखाँई हिडेको पनि वास्ता भएन श्रीमतीको अादेश छिट्टै घर अाउनु ग्यास सकिएको छ तेल छैन, रासन छैन, एकै चोटी भनेको थिईन ढिला भएकोले फेरि फोन गरिन
हैन कस्तो केटा हो झन छिटो अाउनु भन्या हैन धम्क्याउदै फोन राखिन म झल्यास भए ।

एक छिन सोचि यो अाईमाई को जात कति पटपट लट्टे पढ्केझै पढ्किन सकेका होलान, सोचेर साध्य छैन, यिनिहरु संग बहस गर्नु भन्दा चुप बस्न जाती मन मनै यहि सोचेर बसिरहे उनि कुन बेला थाक्ने हो र कराउन मथ्थर हुने हो। हुन पनि हो छोराको स्कुल फि,कोठा भाडा, रासन पानीको जिम्मा सबै उनको छ यो पनि सोच्न भ्याउछु।

अहो! घरमा रासन छैन फेरि सोच्न थाले कसलाई भनोै अाज रासन नलगे कोठामा बास हुन्न हिड्दै थिए ।

एउटा पसले दाई बाटोमा भेटे पहिले म उसैको मा रासन खाने गर्थे घरवेटीको कचकच सहन नसकेर कोठा सरे उत्ता भन्दा यत्ता झन चुईया किचकिचे घरवेटी भेटे,विचरा त्यो दाईले त मलाई पहिले पनि दुई चार महिना पर्खेर लिनु हुन्थ्यो हुदा पहिले नै दिने गर्थे जे होस उसले विर्सिएको रहेनछ् ।

कत्ता बस्छोै भाई? पसले दाईले सोध्नु भयो ।

पाटनढोका बस्छु दाई, बुढाले रासन दिन्छनकी भनेर कुरा निकाले पहिले दाईको मा सामान मिलाएर दिनु हुन्थ्यो तर अहिले साह्रै महगो पर्छ
पसले दाई पनि उसको प्रशंसाले मख्ख पर्दै थिए, बुढा खुब दयालु सम्झिदा होलान अाफुलाई यि पनि महा चुईया थिए तर कारोवारमा ढिलो चाडो हुदा साह्रै असल ब्यापारी हुन कहिल्यै किचकिच गरेनन् यो चन्चल मनले जसलाइ पनि खोट लगाएरै छाड्थ्यो् राम्रा नराम्रा पक्ष हरेक कुराको हुन्छ यतिन्जेल सम्म बुढा पनि मच्किदै हिडीरहेका थिए ।

ब्यापारी त हुन नभए के भो त भाई फेरि पनि मिलाएर दिई हाल्छु नी ! मेरो मा अाउनुस भाई भाईको ईमान्दारीता लाई मैले पनि विर्सेको छैन, बुढाले मलाई पनि मख्ख बनाउन खोजे म पनि अाफ्नो प्रसंशा गर्दा खुसि नहुने कुरै भएन ।

समस्याले पिरलेको वेलामा कुरा मिल्ला जस्तो भयो तर मेरो कोठा टाढा छ दाई कसरी? म संग साधन छैन मैले यति भन्न नपाउदै बुढाले धत् भाइ के चिन्ता गर्छोै मेरो पुरानो ग्राहक पो हो त म जसरी पनि पठाई दिन्छु कल गरे पुग्छ भाई पैसा भनेको मिलाएर दिदा हुन्छ बरु भन के के सामान पठाई दिउ?बुढाले फसाउलान झै डर नै लाग्यो तै पनि अाफुलाई रासन चाहिएको छ जसरी पनि लग्नु थियो ।नत्र श्रीमतीको धम्कि र घुर्कीले रातभर निन्द्रा पर्दैनथ्यो् ।

अहो! के खोज्छस कानाँ अाखाँ वाह! जे होस भाग्यले यि वुढालाई भेटेर अाजको रासन टर्यो

हुन त यि वुढा पनि कम्ताको छैनन् पहिले नलगेको सामानको शुद्द जोडेर हिसाब गर्थे जे होस गएको कुरा छाडदिउ पैसाको लागि वुढा खासै किचकिच गर्देनथे । ठुलो गुण लगाए यि पसले बुढाले ! लामो सास फेरे अनि सोचे अब छोराको फि र कोठाभाडा बुझाउन पाए केहि दिन अारामले निदाउन सकिन्थ्यो होला तर कसरी तिर्ने भन्ने बारेमा उपाए थिएन ।

अावश्यक सामान सोधे र वुढाले गोजिवाट कपिको पाना च्यातेर टिपे अहिल्यै सामान पठाईदिन्छु मेरो कामदार संग जानुस अर्को चोटि देखि सजिलो हुन्छ कल गर्नुस सामान म पठाई दिउला भने, मैले नम्र हुदै हस् दाई भने

संगै सामान लिएर गएको थिए कोठा पुग्दा झिमिक्क अध्यारो भएको थियो श्रीमती र छोरा सुतिसकेछन । अाफैले खाना बनाए र खानखान बोलाए छोरा उठ्यो श्रीमती रिसले चुर भएर सुतेकी रैछन के उठ्थिन धेरै पटक बोलाए अह! उठने सुरसार देखिन ।

हे भगवान! किन बुझ्दैनन श्रीमतीहरुले कुरा ठुलै स्वरमा भनेछु ।

श्रीमती जुरुक्क उठेर के बुझ्न पर्यो अोैकात छैन अाफ्नो अनि बुझेन रे अब के बुझ्ने उल्टो सातो खाईन केहि भन्न अाट गरिन ..

रासन लिएर अाएको ढिला भयो झुकेर भने नल्याएको भए पनि भईहाल्थ्यो नि दुई छाक भोकै बाचेका थियोै श्रीमती यति भनि फेरी सुतिन ।

खाना खाउ भनेर लगेर दिए नापिदै थिईन भोकले खान कर लाग्यो जे होस खाना खाईन र ढिला भईसकेको ले सुत्न गयोैँ, रासन को समस्या थिएन जे होस भगवानले सोचेको पुरा गरे नत्र अाज के के हुन्थ्यो मन अलि हल्का भयो ।

निन्द्रा लागेन जाडो जाडो थियो पुस माघको महिना अघि सम्म वास्त भएन जाडो गर्मिको अब मन अलि हल्का भएकोले जाडो भयो अलि टासिएर सुत्न खोजे यसो अङ्गालो मारेको काम छैन भनेर श्रीमतीले हात फुत्त फालिदिईन मैले जिसस्क्याउदै भने राती के काम हुनु त
फेरी राखे हात अह! फेरी त्यस्तै के भयो मैले सोधे,उनी सिधै भुईमा विछ्योैना हालेर सुतिन ।

मन असाध्यै अमिलो भयो दुख लाग्यो ।घरको समस्याले गर्दा अाफ्नै श्रीमती शत्रु हुदै अाकी थिईन। हरे शिव ! यो कस्तो जमाना हो पैसा पैसा जताततै पैसा पैसाले मात्र खुसिराख्न सकिने कस्तो भोैतिकवादि सोच होला अाखिर यहाँ चोखो मायाको कुनै तुक रहेन ।यतिन्जेल सम्म उनि मन्द निन्द्रामा परिसकेकी थिईन ।

श्रीमतीलाई खुसि राख्न भनि यत्रो गरे हुदा हुदा विछ्योैना अोछ्यान नै टाढा बनाईन म कोल्टे फेर्दै उता फर्के यता फर्के अह! पटक पटक निदाउन कोसिस गरे तर निदाउन सकिन मनमा अनेक तर्कनाहरु अायो ।अाखिर अोछ्यान नै किन छुट्याउनु परेको रहस्य पक्का पनि लुकेको छ ।

सधै विश्वास गर्ने श्रीमती माथी अाज संका गर्न बाध्य भए,अाश्चर्य लागेर अायो रातरात यसरी श्रीमतीको वानीवेहोरा परिवर्तन हुदा बाह्य वातावरणमा बगेको चीसो सिरेटोसँगै मेरो मनको गहिराईमा पनि सिरेटो चल्न थाल्यो, जिज्ञासाले मन भरियो,अब मेरो मिसन पनि सत्यतथ्य के हो पत्ता लगाउनमा केन्द्रित रह्यो् ।

धेरै दिन पछि अाज उनको शरिर के स्पर्स मात्र गर्ने खोजेथे खै कुन्नी मैले उनको भावना बुझिनकी के हो? एकाएक अलग्गीएर सुतिन उनको लागी यो सामान्य थियो होला तर मैले यसलाई असामान्य तरिकाले लिए अाफ्नो कमजोरी अोैल्याउन खोजे अह! सकिन गल्ति मेरो हुन सक्छ तर अाज मैले मेरो जिम्मेवार पुरा गरेको थिए ढिलै भए पनि रासनको ब्यबस्था गरेको थिए खै किन कुन्नी के मा चित्त दुखाईन रिसाएर बाज्दै अोछ्यान अलग गरिन एउटा श्रीमानको लागि यो भन्दा पिडा के होला मन खल्लो भईरह्यो।

मैले के गल्ति गरेछु कुन्नी अाफुमा त्यो गल्ती भेटाउन सकिन अनि मन मनै सोचे म मा धैर्यता थिएन तर अाज धैर्यवान हुन कोसिस गरे पहिले एउटा घटना सुनेको थिइ श्रीमानद्दारा श्रीमतीको बलत्कार अाज अलि जबरजस्ती गरेको भए मेरो लागी यो घटना दोह्रोरिने थियो उनि रिसले चुर थिईन तर विना कारण यस्तो पनि हुदो रहेछ म फेरि कोल्टे फेर्छु मन जलेको छ भित्र भित्र पोलिरहेको छ उनमा अाएको यस्तो परिवर्तित ब्यबहारले मेरो मन मष्तिस्क खलबल भएको थियो अाखाँ झिम्मिक नपारी रात वित्यो मिरमिरे भयो अनि उठ्ने सुरसार गरि टाउको दुखेको थियो ।अनिदो अनि निन्द्रा दुबैको संयोग मिलेको थियो त्यो भन्दा बढि पिडा थपिएको थियो ।

मन भारी बनाउदै उठे खानखाने कुराको सुरसार थिएन म अफिस जान तयार भए उनि अाईन तर उनिले खानाको विषयमा कुरा गरिनन् मैले सोधे सन्चो भएन की किन अध्यारो अनुहार?

‘उनको जवाफ उज्यालो हुने अब खोज्नु नी मेरो अनुहार कालो,अध्यारो भयो हैन अब ..

‘अच्चम्म लाग्छ यहाँ राम्रो कुरा गर्दा पनि नराम्रो सुन्छन श्रीमतीहरु सबैको यस्तो होला कि? मेरो मात्र !प्रश्न अाफुले अाफैलाई गर्छु तर त्यसको उत्तर म भित्र भेटाउन सक्दिन ।

कल्पना गर्छु अतित सम्झिन्छु हुन त हो लभ गरियो फेरि परिवारिक हिसावले दुनिया हसाएर विवहा गरियो यत्रो वर्ष राम्रो संम्बन्ध भयो एका एक उनमा अाएको परिवर्तनको भाव मैल अलिकति पनि बुझ्न सकिन, कोसिस गर्दै थिए।

हत्तारमा कपडा लगाएर चिन्ता गर्दै मनमा कुरा खेलाउदै हिड्छु हिड्ने वेला एउटा धम्किपुर्ण जवाफ अाउछ अाज घरवेटीले अन्तिम दिन भनेको छ विचार गर्नु यसपछि उनि नबोली कोठातिर जान्छिन म सरासर अफिस जान्छु दैनिकी गर्छु दिन भरि मनमा तर्क वितर्कहरु उब्जिन्छन एक पछि अर्को गर्दै भित्र भित्रै ति सबै प्रश्नहरुको हत्या गर्छु ।

अाखिर ति प्रश्नहरु जन्मिएर पनि समाधान हुने थिएन त्यसैले एक पछि अर्को प्रश्न जन्मिन दिईन तनाव त अवश्य हुन्थ्यो तर सामान्य हुने कोसिस गर्दै थिए अफिस सकेर साथीकहाँ भन्न जानु पर्यो भनेर हिडे

चिया खान मन लागेको थियो फेरि श्रीमतीको कल अाएपछि होसवास नै उड्यो मनमा कुरा खेल्न थाल्यो अफिसले पैसा दिएको छैन भन्न पनि सकेको छैन,दिनु पनि कसरी पेस्कि लिई सकेको छु उल्टै तिर्नु छ हामी कर्मचारीलाई भन्न सजिलो तलब दिएको छैन दुई महिना पहिल्यै पेस्कि लगेर भान्छा गरेको याद नै हुन्न।

फेरि श्रीमतीको कडा जवाफको याद अाउछ घरमा चुलो बाल्न नसक्ने श्रीमानसंग के अाशा गर्ने चुरिफुरी गर्दै घुर्क्याउछिन भोली देखि म जान्छु काममा कति सजिलै प्याच्च बोल्छिन ।

ल ल जाउ त्यसो भए भन्न त मन थियो तर भन्न सकिन मनमनै सोचिरहे यो श्रीमतीले किन पिरालो दिएकी होली गल्ति अाफ्नै छ के बोल्नु चुप बसिरहे,

अफिसमा कुरा राख्न पाएको भए समस्या समाधान हुन्थ्यो होला तर पहिल्यै भान्छा गरेको भएर हिम्मत गर्ने सकिन समस्या सुनाउन खोजे तर बोली फुटेन ।

अब नभनेर सुख थिएन, तर गएको महिना पेस्कि लिएको थिए त्यो पनि तिरिसकेको थिएन भन्ने पनि कसरी? जय श्रीराम कस्तो दशा अाईलाग्यो टाउको मा हात राखेर बाहिर निस्कन्छु ।

अफिसको पैसा पनि अाउने महिना र यो महिनाको जम्मा गरेर तिर्न पाए सकि हाल्थ्यो तर त्यता तिरेर के गर्ने छोराको बोर्डिङको फि पनि तिर्न बाकी छ ।

छोराको फि नतिर्दा स्कुल बाट निकालि दिन्छन
यता कोठा भाडा नतिरोैँ घरवेटीको वार्निङ अाउछ ।उत्ता रासन को नतिरे पेट भोको हुन्छ

हरे! शिव यो के दशा लागेको हो न भोक न तिर्खा छोराको अामाको कहानीले काफि भईसकेको थियो फेरि छोराको माग के के हो ?

छेउमा अाएर भन्छ मिठो स्वरमा बाबा सन्चो भएन हजुरलाई किन हजुर हिजो अाजा बोल्नु हुन्न?

छोराको प्रश्न सकिन नपाई अामा सनक्क भएर त पनि त्यहि गतिको त होलानी छोराले कुरा बुझे पो वाक्क न बक्क भएर छोरो मोैन हुन्छ ।

सबै मोैन हुदा अाफैलाई नियास्रो लाग्छ र बाबु तिमीलाई के चाहियो रे? यति भन्न नपाई छोरो अहिल्यै ल्याईदिने जस्तै गरि लेख्ने हो भने एक पना भरि नअट्ने अाश्यकता बाबु सामु खुसि हुदै टक्रयाउछ ।

विहानको घटना एक एक याद अाउछ भोको पेट भएपनि हिम्मत गर्दै भन्छु साथी घरवेटीले अाज अन्तिम दिन भनेका छन अाज घरवेटीको भाडा तिर्न नसके बेईजतिपुर्ण तरिकाले निकाल्छन ।मन समालेर भने मुटु ढुकढुक गर्दै थियो यदि उसले टार्यो भने अब अन्तिम केहि थिएन कोठा छाड्नुको विकल्प थिएन।कोठा छाड्न पनि कहाँ सजिलो थियो र अर्को पाउन गाह्रो थियो चुक्ता नगरे सम्म जान दिने स्थिती थिएन ।

हिम्मत गरेर भने,हुनत कहिल्यै कारोवार गरेको थिएन ।मनले जितेर भने साथी मेरो समस्या अाज घरभाडा नदिए हामीलाई घोक्रेठ्याक लगाउने वाचा गरेका छन अरे!घरवेटीले अाज दिनमा अाएर धम्कि दिएर गए रे ! श्रीमतीले खबर गरेकी थिईन त्यो सुनेर मेरो होसवास नै हरायो अाज खाना पनि खान मन लागेन चिन्ता परेको छ साथी,

मैले यति भन्दा उसको अाखाँ रसाए तर म कठोर भईरहे उसले केहि नबोली दशहजार रुपैया हातमा थमाई दियो तर किन उसका अाखाँ रसाए म अच्चमित चकित भए मेरो दुखमा म कठोर छु तर उसका रसाएका अाखाँहरु मेरा अाखाँ वरिपरि घुम्दै थियो केटा मान्छे यति कोमल भएको पहिलो पटक देख्दै थिए ।

मेरो सारा समस्या समाधान भयो ।पैसाको कुरा रहेछ मानवता भन्दा माथी यहाँ अार्थिक कारोवार रहेछ हिजो सम्म धम्कि दिने घरवेटी नम्र स्वाभावमा बोल्छन उत्ता पसले पनि मख्ख सर के के समान लग्नु हुन्छ लग्नुस भन्छ।वाह! के देख्दै छु एउटा रहस्य पत्ता लाग्छ हिजो पैसा नतिर्दा सम्म राती सुत्ने बेलामा पनि ढोका ढकढक हान्ने घरवेटीले अाज सर भन्छन । यो पैसा भन्ने चिज यस्तो ज्यानमारा रहेछ सबै तिरोतारो गरे वचेको दुईटा हजार श्रीमतीको हातमा थमाईदिए ।

पैसा देखे पछि महादेवको पनि तिन नेत्र हुन्छ भन्ने उखान टुक्का त्यसै बनेको हैन रहेछ अाफैले अनुभव गर्दै थिए केहि दिनको लागि उनि खुसि त भईन तर त्यो खुसि लामो समय सम्म टिक्न सकेन तर ब्यबहार भने उस्तै थियो लगभग श्रीमान श्रीमतीको अस्तित्व हराउदै गईरहेको थियो भलाकुसारी पातलो हुदै थियो ।

उनलाई एक पटक अतित मा लग्ने कोसिस गरे
हेर! सानु तिम्रो लागि अामा बाबुको माया लत्याएर हिडे अामाबाबुले शहर नजाउ यहि बस दुख हुन्छ भनेर पटक पटक सम्झाउनु भएको थियो तर हामीले बाबामामुको कुरा टेरेनोै तिम्रो खुसिको लागि परिवार बाट टाढा भए अाज परिवार पनि श्रीमती साथमा लिएर गयो भनि टाढा भएका छन यो सबै हाम्रो खुसिको लागि उनिहरुको मन दुखाएरै हामी अाफै टाढा भएका थियो‌ै अहिले परिवार संग त्यति राम्रो मेलमिलाप पनि छैन हामीले नै गल्ति गरेका होैँ उनिहरुले भनेको नमान्दा यति सम्मको दुख पाएका होैँ ।

यति भनि नसक्दा उनि खाउला झै गरि अाखाँ तर्दै अब नजिक हुन मलाई कथा सुनाउनु पर्दैन् भन्दै जुरुक्क उठेर कुरा नसुनी फन्किदै गईन म हेरेको हेरैँ भए निरास भए पेट पोलिरह्यो ।अाफुलाई नै अात्माग्लानी भईरह्यो ।

पहिले त्यस्तो माया र सहयोग सदभाव राख्ने मेरी श्रीमतीको यो बानीले मलाई शिथील बनायो पटक पटक यस्ता ब्यबहार दोह्रोरि रहदा असह्य भयो साह्रै रिस उठ्यो घर विग्रिसकेको महशुस भयो सन्चो छैन भनेर अफिसमा कल गरे टाउको दुखेकोले सुतिरहे । जोस जागर ईच्छा चाहना मर्दै गयो मलाई उनले अस्तित्वहिन बनाएरै छाडीन सम्झाउने कोसिस जारी थियो ।

छोरा स्कुल गईसकेको थियो म कोठामा सुतिरहे श्रीमती कत्ता गईन पत्तो भएन केहि छिन पछि गुणगुण अावज अायो निदाएझै गरिरहे उनिसंग केटा मान्छे सरासर भित्र अायो पहिलो नजरमा उसलाई मैले देखे तर उसले वास्ता गरेन म निदाएझै गरे पछि श्रीमती अाईन इशाराले उसलाई बाहिर बोलाईन र उनि भित्र अाईन उनलाई त्यो हेक्का भएन म निदाको थिइन भन्ने कुरा ।

मेरो चिरचिर पसिना अाएको थियो म भित्र भित्र जलिरहेको थिए जसको लागि यति गरे मरिहत्य गरे उसले मलाई जलाईरहदा अब मलाई पुगिसकेको थियो उनि अब बाटो मोड्दै थिईन उनको ब्यबहारले पहिल्यै देखाएको थियो तर म लठ्ठुले बुझ्न सकिन रहस्य सबै एकै चोटीमा बुझियो ।

मेरो श्रीमतीलाई मेरो वास्ता थिएन उनि अाफ्नै दुनियामा हराउ्दै थिईन ।

ज्यान दुखेर लामोसमय अोछ्यानमा पल्टिरहन सकिन उठे हातमुख धोए,उनि मोवाईलमा ब्यस्त थिईन हातका अोैलाहरुले मोवाईलमा खुब संग कुखुराले चाहरा खाएझै टपटप टप्काउदै थिईन।

हिम्मत गरे अगि अाउने को केटा थियो मेरो प्रश्नले उनको अनुहारमा रङ्ग बदलियो उनि नम्र भईन अातिएझै गरिन रिस उठेकोले मैले अाज पहिलो पटक ठुलो स्वर गरे उनि मोैन भईन ।

सायद केहि अाभाष भयो उनि मेरो प्रश्नको तरङ्ग ले छटपटि गर्न लागिन थर उत्तर दिन सकिनन्।

मैले झोकमा भने कुन नाठो लिएर अाकी सानो स्वरमा भाई हो भनिन् हातबाट मोवाईल थुते उनि जोडले कराईन खोस्न खोजिन तर सकिनन मैले उनको दुबैहात समातेर मोबाईल हेरे उसले भाई भनेको केटा संग त अश्लिल फोटोहरु थिए त्यतिकै मा कल अायो मैले उठाए भोलम बढाए र एक हातले हात समाउलै अर्को हातले मुख थुनिदिए उसले एकोहोरो बोलिरह्यो
तिम्रो बुढाले थाहा पायोकी के हो हाम्रो सम्बन्धको बारेमा उ पनि डराउदैँ अात्तिएको स्वरमा बोल्दै थियो फोनबाटै थाहा पायो भने भाग्नु पर्छ यति सुने पछि छाडीदिए ।मोवाईल
झटारो फाल्दिए ।

मन क्षतविच्छेद भयो टुक्राटुक्रा भयो अन्धकार जिवनको सुरु भयो केहि उपाए थिएन उनलाई रोक्न खोज्नु मेरो मुर्खता थियो स्वतन्त्र जिवनको बाटो छाडिदिए भोलिपल्ट अफिस गए वेलुका संका उपसंका गर्दै अाए अाउदा सामानहरु सबै लथालिङ्ग स्थितीमा थियो उनि वाटो मोडेर अर्कै वाटो लागिछन खोज्ने प्रयास गरे कहिल्यै भेटाउन सकिन सायद उनि पहिले भन्दा खुसिको जिवन जिउदै होलिन।

हो उनलाई मैले विर्सिन त सकिन तर उनको घटिया कर्तुत ब्यबहारले म पहाड को टुप्पो बाट तल खसेको महशुस भएको छ घाईते भएको छु यस वेला अाखाँहरु रसाएर टिलपिल भएका थिए मन उकुसमुकस,सकस भएको थियो बोल्न वाक्य फुट्दैन्थ्यो हर प्रयासले सास टेकाउन सकेको मा गर्व थियो। तर कठोर हुनु थियो कायर हैन ।

एक कान दोकान मैदान भन्ने उक्ति जस्तै हल्ला सबै तिर फैलियो सबैले कारण सोधीरहे उत्तर दिने ठाउ थिएन सबैले महशुस गरे सोझोपनको फाईदा श्रीमतीले लिईन टाप दिईन धेरैको तर्क यस्तै अाउथ्यो भुल्न खोज्थे तर झन याद अाईरहन्थ्यो..

अफिस जाने अाउने यस्तै दैनिकी थियो छोराको पलपल याद अाउ्थ्यो तर खै जति याद गर्दा पनि उसलाइ कहिल्यै भेट्न सकिन लाग्थ्यो कुनै दिन बाबा भन्दै अाउछ,तर कहिल्यै अाएन..

दिक्क लाग्दो उजाड जिवन जिउदै थिए न भोक न तिर्खा जिवनसंग हारेको मान्छे कुनै उदेश्य थिएन उमंग थिएन मात्र जबरजस्ती जिउनु थियो विना उदेश्य वाच्न झनै कठिन हुने अाभाष हुदै थियो जिवनको परिक्षाको नतिजाले माथी उठ्ने छाटकाट देखाउदैनथ्यो् तर पनि जिउनुमा केहि नयाँ अनुभब लागेर अायो अाफुलाई समाल्न खोजे तर खै एकोहोरो बगिरहे ..

साह्रै एकलोपनले सताई रह्यो किताव पढ्न खोजे तर पढ्न पन लागेन अक्षर पढे तर भाव पट्कै बुझिन फेसबुक खोले केहि म्यासेजहरु अाएको थियो सबैले सहानुभुती दिनु भएको रहेछ रिप्लेदिन सकिन तर मनदेखि धन्यवाद दिए ।

पुरानो साथी को फेसबुकमा रिक्वइष्ट अायो साथै म्यासेज पनि धेरै वर्ष अगाडी स्कुल पढेको थियोैँ उनि राम्रो विधार्थी थिईन म्यासेज हाई मात्र भनेर अायो सुरुमा त चिन्न हम्मे पर्यो प्रोफाईल हेरि चिनेको साथी भएकोले सहजै कनफम बटन दबाए ।साथी हामी पहिले नै थियोैँ तर अाज फेरी फेसबुकमा संयोगले भेट भयो।

के छ हालखबर उनको जिज्ञासा स्वभाविक थियो लामो समयको अन्तरालपछि भेट हुदा खुसि त लाग्ने नै भयो तर उनले मेरो बारेमा मात्र नभएर परिवारको बारेमा जान्न चाहिन के छ विवहा गरेछोै बालबच्चा कति भए यस्तै प्रश्नको अोईरो अाईरह्यो ।

सामान्य हुदै भने हालखबर ठिकै छ परिवारलाइ राम्रै छ यो सरासर गलत भन्दै थिए कसरी भनु मेरो श्रीमती अर्कै संग पोईला गईन भनेर केटी मान्छे न हुन केटाकै गल्ति देखाउने हुन त्यसैले यो सब भन्न जरुर ठानिन् ।

मैले उसलाइ प्रतिप्रश्न गरे तिम्रो के छ जमानामा विवहा गरेको नानीहरु बाबुहरु ठुला भईसकेछन वेलैमा प्रगति गरेछोैँ उनको मुख नै बन्द हुने गरि भने नानी बाबु हुदैमा कहाँ प्रगति भन्न मिल्थ्यो र तर भन्दिए ।

“उनि यसपछि भावुक भईन केहि लेख्न अाट गरिनन्

“फेरी मैले के भयो उत्तर हरायो त उनि अनलाइनमा थिईन तर बोलिनन् ।

‘मैले सरी भन्दै वाई भन्न खोज्दै थिए उनले एउटा ईमोज पठाईन तर त्यो अाखाँ रसाएको थियो ।

म अलि झसंग भए के भयो माफ गर मैले गल्ति प्रश्न गरेकी?

उनले धेरै समय पछि एउटा लामो म्यासेज गरिन साथी म त एक्लो छु कसरी भनु म संग एक छोरा दुई छोरी छन त्यो सबै मेरो जिम्मेवारमा छन मेरो दावित्व थपिएको छ तिमिले मलाई हरेक प्रश्न तेर्साउने छोै थाहाँ छ मलाइ त्यसैले तिमिलाई भन्न बाध्य भए जब मेरो अामा बाबुले राम्रो कुलघरान खान्दानी भनेर म सोह्र वर्ष पुग्न नपाई अामाकै अाफन्तले ल्याएको प्रस्तावलाई कसरी ईन्कार गरु,मैले कोसिस गरेको हु अामा बाबुलाई अहिले विवहा गर्दिन भनेर तर मेरो ईच्छा नहुदा पनि म विवहा गर्न बाध्य भए ।

मलाई म भन्दा दश वर्ष म्याचुर्ड केटा खोजि दिएछन मैले हुन्न भनेर कति पुकारे भगवान सम्झे तर मेरो पुकार न अामाबाबुले सुने न त भगवानले सुने कस्तो कर्म म बाध्य भए हेर्दै गुण्डा जस्तो देखिने मेरो बाबाको उमेर बराबरको केटा संग मिलेमतोमा मलाई जबरजस्ती विवहा बन्धनमा बाधि दिए अर्थात फसाईदिए ।

रहर विना पनि बाध्य भए के गर्नु छोरीको कर्म अाफुलाई छोरी भएर जन्मेको मा पछुतो लागेको थियो म मेरा अामा बाबुको पृथकवादि सोचलाई घृणा गर्छु जान जानी छोरी लाई बलत्कारीको सिकार बनाए ।

शाररिक रुपमा नै म कमजोरी थिए सानै देखि दुख पाएको केटी मलाई त्यस्तो गुण्डा संग विवहा गर्दिदा अलकति पनि सोचेनन् मेरा अामा बाबुले, हो मैले उसको माया पाए जब सम्म म कुमारी थिए उसले मलाई माया देखायो र अाफ्नो पासोमा पार्यो मायाको नाटक गर्यो।

भर्खरै महिनावारी भएर पर सरेको केहि दिन मात्र भएको थियो कमजोरी कै कारण म पेट दुख्ने रोग बाट ग्रसित थिए जे भए पनि म अाफ्नो बाबा अामाले विश्वासले दिएको केटाबाट माया स्नेह चाहन्थे मलाई यौन संग डर थियो। माया र योैन मलाई बिल्कुलै भिन्न लाग्थ्यो कहिल्यै उस्तै लागेनन् । हो, प्रेम र यौन दुवै मानवजीवनमा अपरिहार्य छन् । यी दुवै बिना संसार चल्दैन भन्नेहरु पनि कम छैनन। यौन बिनाको प्रेममा मानिसहरु कतिको सन्तुष्ट हुन्छन् कुन्नी, तर प्रेम बिनाको यौन भने निकै पीडादायक हुने अनुभव मैले गर्दै थिए ।

मेरो लागि प्रेम बिनाको यौन त एक किसिमको बलात्कार नै हो जस्तो लाग्दै थियो, तैपनि कतिपयले यौनलाई नै प्रेम भन्ने गर्छन् । विवाहले यौनलाई वैधानिक बनाइदिने गर्छ, चाहे त्यहाँ प्रेम होस् या नहोस् । त्यसैले त अधिकांश महिलाहरु विवाह पश्चात वैधानिकरुपमै बलात्कृत हुन्छन् त्यो पनि अाफ्नै श्रीमान बाट बलत्कारी शैलिमा,श्रीमतीको चाहना विपरित यौन सम्बन्ध राख्दा कानुनले पनि त्यस यौन सम्बन्धलार्ई बलात्कार मानेको छ ।

जहाँ माया हुदैन,म दाबाका साथ भन्छु कैयौं श्रीमतीहरु श्रीमानबाटै बलात्कृत हुन्छन्, तर बोल्ने साहस जुटाउन सक्दैनन् । मलाई पनि बलात्कार गरियो । वैधानिकरुपमै मेरा श्रीमानले वैधानिक श्रीमती हुनुको नाताले यौन सम्बन्ध राखे, मेरो चाहना विपरित । मलाई बलात्कार गरियो यसकारणले भन्दैछु किन भने त्यो यौनमा प्रेम कहीँ कतै थिएन कहिल्यै महशुस गरिन ।

हो मेरो अामाबाबुको कारण उ संग मेरो विवाह भयो, उ मेरा वैधानिक श्रीमान भए । विवाह हुँदैमा त्यहाँ प्रेम हुन्छ भन्ने नै कहां छ र ? विवाह र प्रेम फरक विषय हुन् । जसलाई प्रेम गरिन्छ उसैसँग विवाह होस् भन्ने चाहना राखिन्छ, तर चाहना सधैं पूरा नभइदिन सक्छ ।

कतिपय अवस्थामा जसलाई प्रेम गरिँदैन उसैसँग विवाह भइ दिन्छ । मेरो अवस्थामा पनि त्यस्तै भयो । जसलाई मैले प्रेम गरिन उसैसँग विवाह भयो । अनि विवाहको पहिलो रात त्यो पुरुष मेरो श्रीमान हो भनेर सम्झौता गर्न त सके तर प्रेम सम्झौता प्रेम होइन र हुन पनि सक्दैन र कहिल्यै हुदैन। समाजको अगाडि मेरो निधारमा लगाइदिएको रातो टीका सिन्दुर गलामा झुन्ड्याइदिएको माला मंगलसुत्रको आडमा श्रीमान नामको पुरुषले विवाहको पहिलो रात नै मलाई बलात्कार गर्यो ।

जब मैले मेरो कुमारित्व सर्वोश्व विश्वासमा सुम्पिए त्यो लामो समय टिक्न सकेन म अभागी भनोै अथवा भाग्यमानी पहिलो पटकमा नै गर्ववती भएछु यति कमजोर थिए विहान उठ्न सक्दैनथे नउठेर पनि सुख्ख थिएन ज्यान थिग्रिन गाह्रो हुन्थ्यो हरेक रात युद्द हार्नु पर्थ्यो कति रात म वेहोस भए तर उसले मेरो भावना कहिल्यै बुझेन म उसलाई भन्दा पनि मेरा पापी अामा बाबुलाई श्राप दिन्छु कुसंस्कारवादि परम्पराले गर्दा अाज म जस्ता हजारोै छोरीहरु हरेक रात बलत्कारको सिकार भएर मर्दै बाच्दै गरेका छन ।

महिनावारी नभईकन विवहा गर्दा पुन्य पाउने पापी कथित समाजले मानवत्वको भावना बुझेकै छैन ति भावनामा बहकिने हरु सबै बलत्कारी हुन जानजान अाफ्नो मुना जस्ती छोरीलाई अाफ्नै उमेरको केटा खोज्दिने कति सम्मको पापी बाबुअामा, खासमा मलाई त्यस्ता अामाबाबुको कोखबाट जन्मनु नै पछुतो लाग्दै थियो ।

मेरो मनले यहि सोच्दै थियो धर्मको नाममा अाफ्ना सन्तानको बलिदिन पछि नहट्ने पातकी समाज ले के धर्म कमाउला के पुन्य कमाउला अाफ्नो सन्तान भन्दा कथित देविदेवता ढुङ्गालाई भगवान मान्ने मानसिक सन्तुलन बिग्रेका अामाबाबु हरुलाइ धेरै पुन्य कमाउनु पर्दैन यस्तो पाप नगर त्यहि काफि छ भन्न मन लागेको थियो ।

तर के गर्ने कुन बेला श्रीमान नामको पुरुष आउला र मलाई क्षतविक्षत पार्ला भनि पर्खेर बसेको हुन्छु मेरो हरेक रात डरै डरमा बित्न थालेको थियो सपनामा पनि त्यहि श्रीमान नामको गुण्डाले लुछिरहेको देख्थे एकासी कराउथे तर विपनामा पनि उसले लुछ्न सुरु गरेको हुनथ्यो।

म पटक पटक चिच्याउथे उसले मेरो मुख थुनि दिन्थ्यो फेरी पनि म वेहोस हुन्थे ब्युझिदा म घाईते अबस्थामा हुन्थे उ भने सन्तुष्ट भएर अान्नदले घुरिरहेको हुन्थ्यो त्यो देखेर मेरो अाखाँ बाट बलिन्द्र धारा बगिरहन्थे म हलचल गर्न हिडडुल गर्न सक्दैनथे म पिडीत थिए मेरो कथा कसैले सुन्नेवाला थिएन ।

मलाई त्यहाँबाट भाग्न मन हुन्छ तर थोरै पनि हलचल गर्न सक्दिन साँच्चै सिन्दुर र पोतेमा धेरै तागत पो हुने रैछ । मलाई चारैतिरबाट बाँधिएको महसुस हुन्छ । मेरो प्रतिक्षाको घडी पनि समाप्त हुन्छ, श्रीमानको आगमन हुन्छ कोठामा र व्यवहार देखेर उ मलाई आफ्नो श्रीमान् जस्तो फिटिक्कै लाग्दैन, उ मात्र बलत्कारी पुरुष जस्तो लाग्छ जुन मैले फिल्ममा देखेको थिए तर त्यो मेरो वास्तविक जिवनमा भोग्दै थिए यो फिल्मी नभएर सत्यता थियो ।

जति नम्र हुदा पनि सासुले कहिल्यै के भयो बुहारी भनेर सोधेनन् तर काम सकियो कि सकिएन जसरी पनि यति काम गरेर सक्नु भनेर धम्कि दिदै छोरा सुमसुम्याउन जानुहुन्थ्यो उनको छोरा मेरो महासय श्रीमानले कहिल्यै सहयोग गर्न जानेन् उसलाई रातको पर्खाई मात्र हुनथ्यो पेटमा बच्चा हुदा पनि पछाडी दाउरा घास बोकेर हिड्नु पर्थ्यो पेट ठुलै भईसकेकोले हिडन् गाह्रो हुन्थ्यो जति गाह्रो भएपनि मुर्छा पर्दै हिड्नु पर्ने बाध्यता थियो ।

सुत्केरी बेथाले च्यापी रह्यो कसैले वास्ता गरेनन्
पापीहरु लाई के थाहाँ बच्चापाउन उनिहरुले सोच्दथे अालोे माटोमा मकै छरे पछि उम्रिन्छ पेटमा बच्चा भएपछि जन्मिन्छ त्यति मात्र थाहा थियो हस्पिटलको नाम पनि सुनेका थिएनन् होला कसरी जानु ।

सुत्केरी हुन नसकेर धेरै अामाहरुले अकालमा उपचार नपाएर ज्यान गुमाउदा पनि त्यो अलाछिनी केटि रैछ भनेर कुरा काटेको कयोै पटक सुने मलाई यि मान्छे हैनन् दानव हुन जस्तो लाग्थ्यो

जे होस मैले ज्यान त गुमाउनु परेन बच्चा जन्माए तर छोरा चाहिने समाजमा छोरी जन्मियो म उनिहरुको लागि मरे सरह भए छोरा नजन्माउनुमा मेरो गल्ति ठहर गरे तर मलाई गर्व थियो छोरी हुनुमा यो छोरीलाइ म सफल छोरी बनाउछु मेरो अामा झै बलत्कारीको सिकार हुन दिन्न भन्ने अठोटका साथ अगाडी बढ्दै थिए ।

चाहना पट्कै नहुदा पनि म बाध्य थिए सुत्केरी भएको मैना दिन नहुद‌ै मेरो दैत्य श्रीमान फेरी त्यस्तै हर्कत गर्न थाल्यो वर्ष दिन नहुदै फेरी गर्व अायो अब त छोरा हुन्छ भनेर सबै मख्ख थिए तर कदापी तिनिहरुको ईच्छा पुरा भएन मेरो चाहना छोरा होस भन्ने पट्कै थिएन किनकी म कलिलो मुनामै क्षतविक्षेत भएर लुटिदै अाईरहेको थिए मलाई छोरा मान्छे देखि घृणा लागेर अाउथ्यो ।

सत्र अठार वर्षमा दुई नानीको अामा भईसकेको थिए मेरा चाहना ईच्छा सम्पती ति नानीहरु हुर्काउने,बढाउने,पढाउने यतिमा सिमित थियो ।सम्पुर्ण जिवन नानीहरुमा समर्पित थियो तिनिहरुको ब्यबहारले मलाइ डर लाग्दै थियो मेरा नानीहरु पनि बलत्कार हुने हुन की भन्ने डरले मन सधै चिसो भई राख्थ्यो ।

नचाहदा नचाहदै त्यो गुण्डारुपी श्रीमानको सिकार भए फेरी पनि गर्ववती भए तर यो पटक उनिहरुको ईच्छा अनुरुप छोरा जन्मियो म अलिकति पनि खुसि भईन तर मायाँ त अाफ्नो रगत नलाग्ने कुरा भएन बिस एकाईस वर्षमा तिन बच्चाको अामा बनि तर माया के हो केहि अनुभव गर्न पाईन ।

जे मैले नचाहेको त्यहि हुदै थियो जब छोरा भयो उनिहरु खुसिले गदगद भए तर बच्चाको माया गरे पनि बच्चाको अामालाई पोसिलो खानेकुरा दिनुपर्छ भनेर कहिल्यै बुझेनन् उनिहरुलाई मेरो श्रीमान जस्तै हट्टाकट्टा बलियो मर्द छोरा चाहिएको थियो सायद हेर्दा मेरो छोरो मोटो थियो तर बलियो कसरी होस सुत्केरी अबस्थामा टन्न खान त दिएनन् ।

अरु प्रोटीन पोसिलो खानाको के कुरा गरोैँ एउटा छोराले पुगेको थिएन अझै चाहिएको थियो तर म अब कठोर हुदै अाएको थिई अब तिनीहरुको हर्कतले मलाई कालि बनाउदै थियो।म कालिको रुप धारणा गर्न बाध्य हुदै थिए ।अब मलाई त्यो गुण्डाको सन्तान संग डर लाग्न छाडीसकेको थियो ।

धेरै पटक बारम्बार झुकिरहे तर कसैले मेरो भावना बुझेनन जब म अलि टाढिदै बस्न थाले उ म प्रति कहिल्यै अाकर्षित भएन किनकी म अब उसको लागि पत्रु भएको थिई उसलाई म जस्तो बच्चाकी अामा घिन लाग्ने भईसकेको थियो ।

सधै लोकल रक्सी धोकेर अाउने मेरा मुना जस्ता नानीहरुलाई हात पात गर्ने धम्की दिने अत्याचार गर्ने बलत्कारी श्रीमानसंग बदला त लिन थियो तर समय अनुकुल थिएन ।

हरेक दिन उसको ब्यबहार घृणित हुन्थ्यो थुक्क भनेर मुखैमा थुक्दा पनि रिस हराउदैनथ्यो तर मैले यति राम्रो गर्दा त यस्तो हर्कत गर्छन भोलि तलमाथी भयो भने मेरा छोरीहरुको विजोग हुन्छ भनेर सोचे र जिल्ला प्रहरी कार्यलय गएर सुटुक्क निवेदन दिए मलाई त्यो पापिष्ट समाजमा एकरत्ति बस्न मन थिएन त्यसैले अन्तिम निर्णय गरेर म बलत्कारीबाट तिन बच्चा सहित छुट्टै बस्न थाले विगत दुईबर्ष देखि म श्रीमान बाट टाढा भएर बसेको छु ।

उनल यति भनिरहदा म छागाँबाट खसे जस्तो भए सपना जस्तो लाग्यो तर ब्यक्तिको भोगाई वास्तविक जिवन यस्तो कल्पना गर्न पनि नसकिने थियो।

अनि मैले फेरी प्रश्न गर्न सकिन उनले सोधिन के भयो खै त रिप्ले?

उनि पहिला भन्दा फरक तरिकाले कुरा गर्दै थिईन सायद मृत्यु जितेकी महिला भएर होला उनको शाहस जोस फरक थियो साच्चिकै हो समयले मान्छेलाई चट्टान बनाएर छाड्ने रहेछ अहिले उनले मर्द छोरा ले गर्न नसक्ने दावित्व बहन गर्दै अाकी रैछन मलाई पनि उनको जोस जागर र शाहसले केहि फरक बन्न मदत गर्यो पात्र विपरीत भए पनि कथा लगभग उस्तै थियो

उनले मेरो बारेमा सोधिन मैले पहिल्यै भनेको छु माथी हेर तिमीलाई सोध्नु अगाडी मेरो बारेमा बताएको छु ।

उनले तिम्रो चाहि के भएछ म पढ्छु भन्दै थिईन मैले ईमान्दारीका साथ निर्धक्क भएर भन्न सके म तिम्रो जस्तो बलत्कारी श्रीमान होईन तर मेरो श्रीमती चाहि तिम्रो श्रीमान जस्तै बलत्कारी हो किनकी उनले मलाई कहिल्यै बुझ्ने कोसिस गरिनन् जसरी तिम्रो श्रीमानले तिमीलाई बुझेन ।

मैले भने तिमी केटा दोषी देख्छोै होला म सहजै स्विकार गर्छु तर मेरो नजरमा मेरो विषयलाई लिएर केटी निर्दोश कसरी भनु तिमीलाई केटाले कहिल्यै निको नहुने चोट दियो मलाई मेरो श्रीमती जिवनभर निको नहुने चोट दिएर गईन। अब तिम्रो भनाई के छ? प्रश्न सहित एउटा खुसि भएको ईमोज ठेलिदिए ।

हामी वार्तालापको अन्तिम निष्कर्षमा अाइसकेका थियोै उनले पनि विगतलाइ बिर्सिएर नयाँ जिवनको सुरुवात गर्ने वाचा गर्दै थिईन ।

हैन अब! त बुढि भयोैँ होला नी? प्रश्न गर्न नपाउदै उनले प्रतिउत्तर दिईन मायाँमा कुनै बुढो तन्नेरी हुन्न फेरि पनि बुढी तन्नेरीको कुरा कसैले उठाउछ भने त्यसमा स्वार्थ छ माया हुनै सक्दैन ।

मैले केहि जवाफ फर्काउने अाट गरिन उनकै कुरामा सहमत गरे वास्ताबमा उनको कुरा सहि थियो टु द पोईन्ट उत्तर पाए पछि हारेको महशुस लाग्थ्यो तर हार्नुमा कुनै नोैलो विषय थिएन मेरो लागि म पटक पटक जिवनसंग हारेको मान्छे त्यसैले समान्य कुरामा हार्नुमा मलाई सामान्य लागेर अाउथ्यो ।

मैले प्रसंङग मोडे अब के छ त नयाँ जिवनको योजना ? जिवन सधै नयाँ हो हरेक चोट संग नयाँ अनुभव गर्दै अाएको छु केहि भाबुक भईन

हेरोै भने जस्तो माया गर्ने पाईयो भने छिट्टै हुन्छ अनि तिमी नी? म के भनु एक्लो मान्छे मायाविना बाचेको मान्छे केहि योजना छैन मलाई बुझ्ने पाए भने म पनि नयाँ जिवनको सुरुवात गर्छु ।

विचार त एउटै रहेछ हाम्रो उनले यति भन्दा म अलि इमोसनल भएर भने विचार मिल्ने होईन विचार गर्ने होकी ईमोजको साथ एउटा पानको पात ठेलेर पठाई दिए ।

उनको जवाफ भेटेर कुरा गरोैला अनि नयाँ जिवनको सुरुवात गरोैला भन्दै उनि विदाभएर गईन म उनको प्रतिक्षामा बसिरहे……

Image Credit: FoxNews

प्रकाशित : आइतबार, माघ ०२, २०७३२१:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जङ्ग बहादुर जन्मेलान् !