जङ्ग बहादुर जन्मेलान् !

दीपकिरण खड्का (लेखक)

स्वाभिमान गुमाएका
ए जिउँदा लाशहरु हो,
कसैको इसारामा गति बढाउने
स्वाधीन राष्ट्रका
ए पराधिनहरु हो,
आज देश दुख्दा किन दुखेनन् तिम्रा मनहरु?
ए राष्ट्रियताको जाली खोस्टा ओढ्नेहरु हो?
आज देश हराउँदा किन डगमगाएनन् तिम्रा पाइलाहरु?
तर मलाई थाहा छ!
तिमीहरु मुक्त ढुङ्गा हौ!
जस्को न आत्मा नै छ न दुख्ने मुटु नै।
तर खबरदार!
हामीलाई निर्धो नसम्झनु नि!
न हाम्रो तिम्रो झैँ परजीवी सोच छ
न कायर दिमाग नै!
बगेको खोलो नफर्केला अनि
नपर्खेला समयले,
सराप्लान् तिमिलाइ आमाको आत्माले,
धिक्कार्लान पू्र्खाको पसिनाले,
अनि धिकार्ला यो सालिन इतिहासले!
त्यसैले,
समय सधैं मेरै हुन्छ भन्ने नसोच्नु,
अर्को जङ्ग बहादुर जन्माउने बिउको बिजन नगर्नु,
होइन भने हामी जागौंला
अनि धर्ती जुर्मुराउला,
अनि जन्मेला अर्को युगको नयाँ जङ्ग बहादुर!!

प्रकाशित : सोमबार, माघ ०३, २०७३२१:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मदन भण्डारीकै अडानले यस्तो राष्ट्रघाती कदम रोकियो…