यस्ता छन्: ‘अण्डाको सेतो’ भागको चमत्कारिक र आश्चर्यजनिक फाईदाहरु…

एजेन्सी – प्रकृति आफैमा सुन्दर र फाईदाजनक छ । मानव जीवन प्रकृतिमा निर्भर रहेको यथार्थलाई कसैले पनि नकार्न सक्दैन । मानव जीवनको लागि प्रकृतिमा पाईने विभिन्न वस्तुहरुको प्रयोग चमत्कारपूर्ण छ । मानिसहरुले बनाएको वस्तुहरु र प्राकृतिक बोटविरुवाहरु मानव जीवनको लागि धेरै नै उपयोगी छ । आज हामी तपाइँलाई अण्डाको प्रयोगबाट हुने फाईदाबारे जानकारी दिन्छौं । अण्डाको सेतो भागमा पौष्टिक तत्व पाईन्छ । जस्ले अनुहारलाई कसिने र राम्रो बनाउँदछ । अण्डाले अनुहारलाई मात्र राम्रो बनाउने नभई हाम्रो छाला , स्वास्थ्य र कपाललाई समेत फाईदा पुर्याउँदछ ।
१) परेला बढाउनको लागि :
सामाग्रीहरु :
१) अण्डाको सेतो भाग
२) ग्लिसरीन
३) जैतुनको तेल
अण्डाको सेतो भाग, ग्लिसरीन र जैतुनको तेलको मिश्रणले प्राकृतिक रुपमा परेलालाई बढाउने काम गर्दछ । यस मिश्रणलाई परेलामा दिनको २–३ पटक लगाउनुहोस् र १ घण्टापछि चिसो पानीले पखाल्नुहोस् । राम्रो परिणामको लागि दिनहुँ यसको प्रयोग गर्नुहोस् ।
२) कपाल झर्ने समस्याको उपचार :
सामाग्रीहरु :
१) अण्डाको सेतो भाग
२) नरिवलको तेल
माथिको दुईवटा सामाग्रीको प्रयोगले तपाइँको कपाल झर्ने समस्यालाई केही मिनेटमै सजिलै समाधान गर्न सकिन्छ । साथै अण्डाले कपालको चांयालाई पनि हटाउन मद्धत गर्दछ । यसको प्रयोगको लागि सबैभन्दा पहिला एउटा अण्डाको सेतो भागलाई ४ चम्चा नरिवलको तेलमा मिसाउनुहोस् । र यसलाई आफ्नो कपालको जरा देखि टुप्पो सम्म लगाउनुहोस् । राम्रो परिणामको लागि नियमित रुपमा प्रयोग गर्नुहोस् ।
३) जवान देखिनको लागि :
सामाग्रीहरु :
१) अण्डाको सेतो भाग
२) मह
३)माटो
माथिको मिश्रणको पेस्ट बनाई अनुहारमा लगाउनुहोस् । नियमित रुपमा प्रयोग गर्नाले तपाइँ जवान देखिन सक्नुहुन्छ ।
४) दाँतलाई सेतो बनाउनको लागि :
सामाग्रीहरु :
२–३ वटा अण्डाको बोक्रा
अण्डाको बोक्रा एउटा प्राकृतिक स्रोत हो । जस्ले क्याल्सियमलाई बलियो बनाउने तथा दाँतलाई स्वस्थ बनाउने काम गर्दछ । अण्डाको बोक्रामा खुईल्याउने गुण पाईन्छ । त्यसैले यसले दागलाई हटाई चमकदार सेतो दाँत बनाउन मद्धत गर्दछ । यस उपायको लागि सबैभन्दा पहिला उसिनेको अण्डाबाट बोक्रालाई छुट्याई सुख्खा हुन दिनुहोस् । त्यसपछि यसलाई फिटेर धुलो बनाउनुहोस् ।  र   ब्रशमा दन्तमन्जनको माथि यस धुलोलाई राखि दाँत माझ्नुहोस् । र नियमित रुपमा प्रयोग गर्नुहोस् ।

प्रकाशित : आइतबार, माघ ०२, २०७३१०:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तौल घटाउन नियमित गोलभेँडाको जुस