सुलोजा खड्का
नेपालको राजनितिक वृतको अनेकौ एतिहासिक र युगान्तकारी फेरबदलमा अंहम भूमिका निर्वाह गरी सामन्तवाददेखी एकतन्त्रात्मक जहाँनिया राणा शासनसंगै परम्परागत राजतन्त्रलाई चुनौती दिने सामर्थ्य युवा र विधार्थी आन्दोलनले नेपाल आमालाई दिएको छ । कलमको माध्यमबाट इतिहासको कुनै काल खण्डमा शिक्षाको ज्वालाले चैतन्य मार्गदर्शन देखाउने दुस्साहस आजसम्म पनि जिवन्त राख्न सक्छ भन्ने स्पष्ट पार्छ । कुनै समयको अशिक्षित नेपालमा ज्ञानबर्दक स्तम्भको अध्धयन गर्ने प्राज्ञिक प्रतिष्ठान हो , त्रिभुवन विश्वविद्यालय जुन नेपालको पुरानो र पहिलो विश्वविधालय हो ।
विगत केही दिनदेखी काउसोको विषय बनेको स्वतन्त्र विधार्थी युनियनको चुनाव यहि फागुन १४ गते हुने निष्कर्ष भएको छ । २०६५ चैत १४ देखि विभिन्न बाहानाबाजी र विवादको कारण दिशाहिन भएको यो बहस अन्तत निक्र्यौल निस्केको छ ।
युवा ,तरुण तथा विधार्थी संगठनको चर्को तगारोको बहस हुने उमेरको हदबन्दीको पाटोमा स्ववियुले २८ वर्ष उमेर हद किटानी गरेको छ । उमेर हदबन्दी निर्हित मापदण्डको बारेमा विभिन्न दलताका तिनका भातृसंगठनबिच मतान्तर रहदै आएको छ । उमेरको बन्देजकै गफतन्त्र मोफसलका पसलदेखी चियाचमेना र सामाजिक संजालमा चर्काचर्की भएको प्रत्यक्ष छ । त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बैठकबाट आएका भनाइबाट यसको पक्षधर र विपक्षधरबाट कस्तो परिणाम ल्याउने हो,आगामी प्रतिस्पर्धाले मापन गर्ने छ । तसर्थ त्रिविले दिएको अभिव्यक्ती अनुरुप यश मापदण्डले साच्चिकैका अध्ध्यनशिल विधार्थी मात्र भर्ना हुनेछन् , त्रिविलाई चरम राजनितिकरणबाट पन्छाउने अवसर हुन्छ र पटक पटक राजनितीको फरिया समात्न कै लागि बारम्बार अनावश्यक रुपमा भर्ना हुने सज्जन्वृन्दलाई कुण्ठित गर्न सकिन्छ भन्नू असान्दर्भिक दस्तावेजको खुलेआम प्रदर्शन गरिएको छ । यो धुव्रसत्य हो कि उमेरको किटानीले शिक्षण क्षेत्रको गरिमामा आँच पुर्याउने , आफ्नो तिकडम र होहल्ला गर्ने झुण्डलाई दरो झापड हानेको छ र अर्काथरी यहि विधानको लाभांस उठाउनेलाई सित्तैमा पाएको फर्सी सबित हुने निश्चित छ।
तर के शिक्षा क्षेत्र राजनितिको जुवारी खेल्ने मैदान बन्नुमा विधार्थी र युवा संघका भातृसंस्थालाई मात्र दोषारोपण गर्न मिल्ला र ? धेरै टाढा जानै पर्दैन , यहि भएका शिक्षण पेशा अङ्गालेका उच्च शिष्टाचार प्रकट गर्ने महानुभावहरु कसरी उम्किन सक्नु हुन्छ ? अन्तर्राष्ट्रिय मान्यताले स्विकारोक्ती दिन सक्छ परन्तु हाम्रो आन्तरिक राजनितिक जगतको माटोमा सुहाउँदो कदापी हुन सक्दैन ।
पढाईको साटो आजका पिढी राजनितिको लागि लिडेढिपी गर्नुको श्रेयस्करको पात्र हाम्रो शिक्षा प्रणाली जिवनपद्रति अनुसार भु-उपयोगी नहुनु र सैद्धान्तिक जडान हुनु मात्र यस्को प्रमुख कारण हो । नेपालको कुनाकन्दरा , उच्च शिक्षाको दिप नपुगेको कुनाकाप्चाको नेपाली भु-भाग ,गाउँठाउँबाट राजधानीको आवादिमा निरन्तर थपिनु पनि समस्या नै हो । निजि क्षेत्रको पढाइ राजधानिको नाना,खाना,छानामा नै स्वाहा हुदाँ लाखौलाखको पुँजिको लगानी सम्भव छ र ?
हजारहजार र लाखौंलाखलाई जिवन्त पार्ने यो सर्टिफिकेट बिकाउने र टिकाउने संयन्त्र सरकारको शिक्षा नियमावलीमा महत्वको साथ राखियोस , अवस्य विधार्थीको आकर्षक घट्ने छ ।
आधुनिकीकरणको विश्वव्यापी संजालको दायरामा उभिरहदाँ कालोपाटी सेतोपाटी भयो, चकलाई मार्करले र परम्परागत शिक्षालाई प्रविधिको विकासले छोप्यो । उदार अर्थतन्त्रको नाममा निजि शिक्षालयले मनपरी ढङ्गबाट असुल्ने शिक्षाले सर्टिफिकेटको चाङलाई बढावा दिने काम गरेको छ । पुँजिलाई तलतिर खन्याएर माथितिर भविष्य खोज्नुपर्ने जटिलता छ ।
त्रिवि विश्वविधालय र यिनको मातहत अन्तर्गत उच्च शिक्षाका निम्ति रहेका सरकारी कलेज राजनीति र गैरराजनीतिको अखडा बनाइनुको मुख्य कारणहरु के हुन सक्लान् ? पहिलो कारण हाम्रो शिक्षाको संरचना यति धरापमा छ कि यहि शैक्षिक संस्था आफुहरु विज्ञ ठान्ने र आफ्नो विज्ञताको नालायकीपन देखाई राजनितीलाई प्रश्रय दिने खालका छन । नेपालमा दलहरुसम्बद्र भातृसंगठनमा आजको आम युवापुस्ता आश्रीत हुनुको केन्द्रबिन्दु अभाव नै अभावले जकडिको क्रान्तिको उन्माद हो । नेपालीको प्रत्येक घरमा नेतृत्व होइन नेतागण जन्मनुको स्वामित्व हाम्रो शासन व्यवस्थालाई जान्छ । आज यथार्थमा ३ करोड नेपाली जनता पार्टीगत रुपमा विभाजित भएका छन् । हामी जातोमा पिसेको मकैसरी पिल्सेका छौ ।
संभ्रान्त , धनाढ्य , नवधनाढ्यको छोराछोरी निजहरूको युरोप यात्रा हुन्छ भने हामी विपन्न , सरकारी कलेजबाट पक्षपोषण भएकाको एक मात्र गन्तव्य खाडितन्त्र हो ।
हामिले विश्वको वैचारिक संघर्षको हुटहुटिको पृथक पृथक दर्शन , सिद्धान्त र नीतिशास्त्रको परिकल्पना गर्यौ, कुलिनतन्त्रदेखी संघिय लोकतान्त्रिक गणतन्त्रमा मुलुकमा परिमार्जन गर्दा हामी युवा जमात चन्द्रसुर्य अंकित झण्डाभन्दा बहुलवादी दलहरुका चारपाटे रंगीन झण्डामा ताण्डव मच्चाउन पुग्यौ । विभिन्न बहानामा राजनितिमा झण्डागतको मसिया बनाउनु र आन्दोलनको डमी बनाएर विधार्थीलाई होम्याउनु सरहानिय हुन सक्दैन ।
उर्जावान युवा जनशक्तिलाई सदुपयोग नगरी लम्पसार पार्नु , सिंहदरबारको ढोकादेखि सम्पुर्ण निकायमा सिन्डिकेटको शिकार हुनु विधार्थी राजनितिको नङ्गनता होईन ।
भारतका योगगुरु नेपालमा आएर आयुर्वेदको उधोग खोली नेपालको जनशक्तिलाई स्वरोजगार दिने प्रण गर्दा समेत हाम्रो राष्ट्रमा हामीमाथी हैकमवाद जमाउदा हामी निरीह भई खुसीको बिगुल फुक्न बाध्य छौ ।
हाम्रो मुलुकको प्राकृतिक स्रोत, जल र खानिमाथी यो देशको नागरिकको मात्र क्षेत्राधिकार हुन्छ , हाम्रो मौलिक सम्पत्तिमाथी दोहन र अतिक्रमण हुँदा सामान्य लिन विवश छौ । बजेट खर्च गर्न नसकी थन्केर फ्रीज्ड मुद्रा किन युवामा लगानी गर्न नसकेको हो । हो, हामी राजनितिमा फलामको चुम्बक सरह टासिनुको वैज्ञानिक उपचार छैन । सर्वोच्च अदालतले जारी गरेको परमादेशको अवज्ञा नगरि र निर्वाचन समय अवधी मै प्रत्यक्ष , समानुपातिक अथवा मिश्रित प्रणालीबाट नव नेतृत्वको दृष्टान्त हुन जरुरी छ । स्ववियु निर्वाचनको प्रचारबाजिको क्रममा “बाल पेन्टिङ” को निहुँमा नेविसंघकि नेत्री सीता मिजारमाथी भएको सांघातिक आक्रमणको निष्पक्ष छानबिन गरि ,जुनसुकै विधार्थी संगठनले यस्तो निर्मम र अनैतिक किसिमको क्रियाकलापलाई निरुत्साहित गरि आफुनिकट विधार्थीलाई नियमन गरि आफ्नो संगठनको मर्यादाको दायरामा राख्न सक्नुपर्छ ।
त्रिवि लोककल्याणकारी संस्था हो भने हामी युवा वर्गलाई उमेरको हदबन्दीले नियन्त्रण गर्न सकिन्न भन्ने कुरा मनन गर्नु पर्छ । समुन्नत राजनीतिक अस्तित्वमा कुनै बन्देजको डोरी लगाउन हुन्न र स्वयंम निर्वाचनका अभिभारा बोकेका जिम्मेवारी व्यक्तिले विचारविमर्श गरि सर्वोपरी हितमा निर्वाचन सम्पन्न होस । जय नेपाल !!!
लेखक नेपाल तरुण दलमा आबद्ध हुनुहुन्छ ।