पृथ्वीनारायण,पृथ्वी विचार र राष्ट्रिय एकता

दीपकिरण खड्का (लेखक)

`मेरा साना दुखले आर्ज्याको मुलुक होइन,नेपाल ४ जात ३६ बर्णको साझा फूलबारी हो!चेतना भया।´भन्ने उद्गारले राष्ट्र निर्माण गर्दा आइपर्ने दुख,पिडा चानचुने काम नभएकाले पनि कुनै पनि राष्ट्र निर्माणको काम सानो होइन भन्ने कुरालाई बडो सुन्दर ढंगले व्यक्त गरिएको छ, दिब्य उपदेशमा बाइसे चौबीसै जस्ता राज्य अनि बहुपहिचान बोकेका जातजातिलाई एकसुत्रमा बाँध्नु सामन्य मानिसका लागि दिवास्वप्न भन्दा फरक केही हुन सक्दैन तर त्यो काम दुरदर्शि बडामहाराजले सम्भब बनाएर देखाइदिए।

नेपाल बिश्वकै थोरै प्राचीनतम देशमध्यमा पर्छ।हो नेपाल आजको अवस्थामा आइपुग्दा सम्म घटबढ नभएको होइन तर अस्तित्व रहिआएको छ।नेपाल एकीकरणमा बलभद्र,भक्ती,अमरसिंह,बहादुर शाह,भक्ती थापा,बिसे नगर्चि आदिलाई भुल्दा अन्याय हुन्छ।नेपाली इतिहासमा उन्को नाम र उन्को योगदान यो धर्तीमा चन्द्र र सुर्य अंकित झण्डा फहराइ रहेसम्म सधै अजर अमर रहिरहेनेछ।यस्ता युगपुरुष इतिहासको लामो कालखण्डमा युगको आवश्यकताले मात्र जन्माउछ।

नेतामा जुन नेतृत्व क्षमता,निर्णयकारी भुमिका अनि दूरदृस्टीको आवश्यकता हुन्छ त्यो गुणले परिपक्व भएकाले नि उन्को शासनकाल राष्ट्रिय एकीकरणको सुनौलो युग बन्न पुग्यो।साहस,धैर्य र दुरदर्शीताको प्रतिमुर्ति युगनायक पृथ्वीनारायण शाहले गर्दा नै नेपाल एसियाको पहिलो स्वतन्त्र राष्ट्रको रुपमा कहलिएको छ र आकशमा चन्द्र,सुर्य रहेसम्म युगौयुग रहिरहनेछ।

पृथ्वीनारायण शाह नेपाल राष्ट्रका एकीकरणकर्ता र बडामहाराजा मात्र नभई दिब्य उपदेशका स्रस्टा अनि सफल युगद्रस्टा पनि हुन्।त्यस्तै दिब्य उपदेश नामको किताब उपदेश मात्र को कृतिमा सिमित नभई राष्ट्र चलाउने सक्ने विचारको सङ्ग्रह हो जस्लाइ उनैले दिइएका थिए।जसरी कुनै पनि राष्ट्रले आफुअनुकुल रहेका कुनै न कुनै वाद,सिद्धान्त वा विचारको अवलम्बन गरेर एउटा निस्चित बाटो कोरेर बढछन् हो आज नेपालले आफ्नो मार्गचित्रको रुपमा प्रयोग गर्नु पर्ने विचार पृथ्वी विचार हो जुन दिब्य उपदेशबाट लिएको हो।भनिन्छ नि,देश अनुसारको भेष अनि राजा अनुसारका रैती,हो त्यसरी नै नेपालका लागि एकमात्र अनुकुल वा माटो सुहाउँदो विचार भनेकै पृथ्वीविचार हुन्।विचार राम्रो भए राष्ट्रको बागडोर सम्हालेका नेतालाई पनि नेतृत्व गर्न सजिलो हुन्छ अनि जनताको मन जितिरहन्छ।पृथ्वी विचार मात्र एस्तो विचार हुनसक्छ जस्ले तमाम स्वभिमानी र राष्ट्रप्रेमी जनतालाई जगाउन सक्छ।राष्ट्रिय एकता,स्वतन्त्रता,सम्पन्नता र समानता पृथ्वी विचारका चार आधारहरु  हुन्।

पृथ्वीविचार यहि नेपाली माटो र हावापानीले सिन्चित भएकाले पनि मार्क्सवाद,लेनिनवाद ,गान्धीवाद आदि जस्ता बिचारहरु भन्दा पृथ्वीविचार जस्तो नेपाल मौलिकता बोकेको नेपाली मन हरुको नेपाली विचार भएकाले पनि एस्को ल्याकत अरुविचार संग तुलना हुनै सक्दैन किनकी इतिहासको विभिन्न कालखण्डका घटनाक्रमलाई प्रत्यक्ष साक्ष्यत्कार गर्दै समकालीन परिस्थितिमा आइपुगेको छ।

मार्क्सवादी, लेनिनवादी, गान्धीवादी का विचारका बाटोमा लम्कन सक्ने हरु आफुलाइ राष्ट्रवादी ठान्छन तर राष्ट्र र जनतालाई एकसुत्रमा बाध्ने पृथ्वीनारायणलाई किन बैरी मान्छन् ? नेपालको उत्थान र उन्नतिमा मार्क्स,लेनिन,गान्धी ले के गरेका छन्?हाम्रो आजको आवश्यकता येस्ता आयातित विचार होइन बरु यो देशका योद्धाले येहि धर्तिमा अनि यो देश र जनताका लागि सिर्जित पृथ्वीविचार नै हो।धेरै वाद र विचारको प्रयोगशाला भैसकेको नेपाल अब आफ्नै बिचारको गहन अध्ययन,अनुसन्धान र प्रयोगले मात्र पृथ्वीनारायण र पृथ्वी विचारको उचित सम्मान हुन सक्छ।

टाउको काटेर टुपीको पुजा गरेझैं हिजो राष्ट्रिय एकता दिवस खारेज गर्ने र उन्को सालिक तोडने हरु नै आज राष्ट्रियता चर्को भासण गर्दै आफुलाइ आदर्शवादिको रुपमा परिचित गराउदैछन।राष्ट्रको धर्म सस्कृती मास्ने,जातीय अखण्डता भाडने अनि डलरवाद को कोरस गाउनेहरुले पनि बाहिरी आवरणमा आफुलाइ राष्ट्रभक्त देखाउने खेल नखेलेका होइनन्।खोक्रो राष्ट्रप्रेम गरेर राष्ट्रनायकलाई धिक्कानु भनेको आफ्नो बौद्धिकता र बुद्धिमताको कुरो हो।उनी राष्ट्रको भलो चहान्थे भन्ने कुरोमा दुईमत छैन।

हो,नेपाल एकीकरण गर्दा उन्लाइ कतिले बिस्तारवादी पनि नभनेका होइनन्।एदि बिस्तारवाद उन्को बिचार हुन्थ्यो भने उन्ले सायद यो राज्यको नाम गोर्खा राक्थे होला तर तेसो भएन।अर्को कुरो जुन ठाउमा उन्ले आफ्नो अधीनमा लिये तेस ठाँउको धर्म संस्कृति रक्षा गर्दै आफ्नो रिति तिथि जस्ताको तस्तै मान्नु भनी पत्राचार पनि गरेका छन।एस्ता धेरै उदाहरण छन।तर हामिले यो पनि भुल्न हुन्न कि आज जुन धर्तीमा हाम्रो पाइला अडिएको छ तेस्को सम्भब्यता उनैले जुटाइदिए।कृष्टिएन धर्म प्रचार गर्न आयेका पादरीहरुलाइ उनलेे देश निकाला गरे जुन कुरा नपचेपछी ती पादरीहरुले किर्तिपुरमा १२ धार्नी नाक कान काटेको कुरो बताए जब कि त्यहाँको जन्सख्या तेति धार्नी नाक कान पुग्ने नै थियेनन।उपनिवेश र बिस्तारवादको सिकार हुनुपरेका बिश्वका तमाम स्वतन्त्र प्रेमी मानिसलाई सोध्नुस पराधिन हुनुपरेको पिडा।हो,हाम्रो देश अरुको तुलनामा पछि पर्यो होला तर हाम्रा अग्रज पुर्खाले रचेका सालिन इतिहासले हामिलाइ कम्तीमा गर्वसाथ छाती फुलाएर नेपाली भै शिर ठाडो पारी बाच्न त दिएको छ।समय गतिशील छ र त बिस्तारै भएपनी हाम्रो राष्ट्रले प्रगतिको मार्गमा हिड्नेछ।पृथ्वीनारायण शाहका नराम्रा पक्ष नभएका होइनन् तर आज ती नराम्रा कुराको समिक्षा र आलोचना गरेर केही फाइदा छैन बरु हामीलाई एक ठाँउमा राख्न जुन भुमिका उनी लगायतका उनका उत्तराधिकारीले निभाएका छन् त्यो आफैंमा दुर्लभ छ।

अन्ततः स्वाधीन राष्ट्रका स्वाभिमानि जनताको परिचयलाई कायम गर्दै अग्रज पुर्खाको नासो पृथ्वी विचारलाई हामिले सक्दो प्रयोग गर्दै राष्ट्रलाई आर्थिक रुपमा सबल बनायेर स्वाभिमानी नेपाली हुनुको पहिचान दिनु हामी सबै नेपाली जातिको कर्तव्य हो। चेतना भया।

प्रकाशित : शुक्रबार, पुष २९, २०७३१०:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हिमाल,पहाड र तराईको समष्टिगत भूगोलनै नेपालको पहिचान, खोइ चिनेको नेपाल ?