उस्ले अाफ्नाे घर संगै जाेडिएकाे सार्वजनिक जग्गामा काठ गाडेर मान्द्रोकाे भित्ताे र परालको छानाे राखेर ठूलै कटेराे बनायो । छिमेकीहरूले कटेराे बनाउनुकाे कारण साेध्दा- यस ठाउँमा गाई नभएकोले गाेबर, गहुँत र दुधकाे अभावमा धार्मिक कार्य गर्न कठिनाइ परेकाे हुनाले अाफूले २ वटा गाई पाल्न लागेकाे बतायो, छिमेकीहरूले केही भनेनन् ।
केही महिनापछि कटेराेमा परालको छानाे हटाएर जस्तापाताकाे छानाे हाल्याे, साेध्दा- पानी चुहिएर गाई भिजेकोले छानाे फेरेको बतायाे, छिमेकीहरू फेरि चुप लागे ।
केही महिनापछि मान्द्रो हटाएर सिमेन्टकाे जाेडाईमा पाकाे ईंटाकाे गाह्रो लगायाे, साेध्दा- चिसाे हावा र स्याँठले गर्दा गाई बिरामी परेकाे कारण देखायो, छिमेकीहरू फेरि पनि चुपचाप लागे ।
केही महिनापछि जस्तापाताकाे छानाे हटाएर कंक्रिटकाे पक्की ढलान गर्याे, साेध्दा- घामले जस्ता तात्दाकाे राप र पानी परेकाे अावाजले गाईलाई असर परेकोले बाध्य भएर ढलान गरेको बतायो, बिचरा छिमेकीहरू यसपटक पनि केही बाेलेनन् ।
केहि महिनापछि त्यहाँ गाई थिएनन्, रंगरोगन गरिएकाे “गाेठ”मा राखिएको नयाँ पलङ्गमा उ अाराम गरिरहेकाे थियोे, छिमेकीहरूले- गाई खै त ? भनेर साेधे, उस्ले सहजरूपमा उत्तर दियो- अाफैंलाई गुजारा गर्न त कठिन हुने काठमाडौंमा गाई पाल्न कहाँ सकिंदाे रहेछ र ? बिचरा छिमेकीहरूले उस्काे कुरामा सहमति जनाए तर सार्वजनिक जग्गा मिचिएकाे पत्तै पाएनन् ।
– मुरारीराज मिश्र,
उमामहेश्वर मार्ग, कुमारीगाल