पर्व मनाउने कस्तो परम्परा जहाँका विवाहित महिलाहरु ७ जना अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्छन्

एजेन्सी – यो दुनियाँ साह्रै बिचित्रको छ । कतिपय कुराहरु पत्याइ नसक्नुका छन् । कुनै कहानी वा धार्मिक ग्रन्थमा लेखिएको पनि होइन कुनै कल्पना गरेर लेखिएको कथा पनि होइन न त यो नाटक नै हो । संसारमा यस्ता धेरै अनौठा यथार्थहरु छन् । जुन सुन्दैमा नि हामीलाई अचम्म लाग्छ । पत्याउन पनि गाह्रो पर्छ तर यस्ता केही परम्पराहरु छन् जुन सुन्दा नै तीन छक पार्ने खालका छन् ।
हुन त हाम्रो नेपाली समाजमा पनि यस्ता अचम्मका विवाह परम्परा र चाडपर्व मनाउने चलन नभएको होइन तर यहाँ एउटा यस्तो परम्परा छ, जहाँ विवाहित महिलाहरुले पर्व मनाउँदा अपरिचित परपुरुषसँग शारीरिक सम्बन्ध कायम गर्नुपर्दछ । हुन त नेपाली महिलाहरु पनि वर्त बसेर शिव लिङ्गलाई पुज्ने गरेका छन् । आखिर महिलाहरुले त्यसो किन गर्छन् ? कारण पनि निकै रोचक छ ।
कुरा इण्डोनेसियाको हो । त्यहाँको बाली टापुमा हरेक वर्ष पान नामको पर्व मनाइन्छ । उक्त पर्वका बेला महिलाहरुले अपरिचित पुरुषहरुसँग यौन सम्पर्क गर्दछन् । उक्त परम्पराअनुसार अपरिचित व्यक्तिसँग सेक्स गर्नाले महिलाको मनको इच्छा पूरा हुन्छ र निजी जिवन तथा परिवारमा पनि खुसी प्राप्त हुन्छ भन्ने जनवश्विास छ ।
यो पर्व वर्षमा सात पटक मनाइन्छ । नियमअनुसार हरेक पटक महिलाले फरक(फरक अपरिचित पुरुषको खोजी गर्नुपर्छ र सेक्स गर्नुपर्छ । एकपटक यौन सम्पर्क गरेको पुरुषसँग पुनः यौन सम्पर्क गरेमा उनीहरुको मनोकांक्षा पूरा हुँदैन भन्ने गरिएको छ ।


यो परम्पराको पछाडि एउटा किम्बदन्ती छ । इण्डोनेसियाका एक युवा राजाको आफ्नै सौतेनी आमासँग अनैतकि सम्बन्ध थियो । सौतेनी आमासँग सेक्स गर्ने क्रममा उनको हत्या गरियो र उनलाई केमुकुस पर्वतको चुलीमा उनको अन्त्येष्टि गरियो । तत् पश्चात एउटा विश्वास कायम भयो र परम्परा नै बस्यो की जसले पर्वतको शिखरमा गएर सेक्स गर्दछ उसलाइ सौभाग्य प्राप्त हुन्छ ।
त्यसैले पान पर्व पनि सोही पर्वतमा मनाउने गरिएको छ । अपरिचित महिलासँग यौन सम्पर्क गरेबापत महिलालाई पुरुषले झण्डै एक हजार रुपैयाँ बराबरको रकम दिनुपर्ने त्यहाँको नियम रहेको छ । तर यो पर्वमा पछिल्लो समयमा वेश्यावृत्ति मौलाएको अधिकारीहरुको भनाई छ ।

सेक्स माउन्टेनकाे रूपमा परिचित केमुकुस पहाडका बारेमा थप जान्न् यहाँ क्लिक गर्नुस्

प्रकाशित : मङ्गलबार, पुष २६, २०७३११:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एउटा सर्पले अर्को सर्पलाई आहार बनाएको डरलाग्दो दृश्य [ भिडियो ]