फोन उठाएर ‘हेलो’ भन्ने चलन कहाँबाट आयो ?

एजेन्सी – फोन उठाउँदा वा गर्दा सबैभन्दा पहिले उच्चारण गरिने शब्द हो, हेल्लो अथवा हेलो त्यो मोवाइल होस वा ल्याण्डलाइन फोन नै किन नहोस् । अरु कुनै शब्द भनेको भए पनि हुने थियो किन हेलो नै भन्नु परेको होला ? कुरा सामान्य भए पनि निकै रोचक छ । आउनुस आज यो रमाइलो इतिहास बारे जानकारी हासिल गरौँ ।
अक्सफोर्ड इंग्लिश डिक्सनरीका अनुसार ‘हेलो’ शब्द प्राचीन जर्मन शब्द ‘होला’बाट बनेको हो । ‘होला’को अर्थ हुन्छ ‘के छ ?’ प्राचीन समयमा यस शब्दको प्रयोग सामुुद्रिक यात्राको क्रममा जहाजका मान्छेले गर्थे । अंग्रेजी साहित्यका पिता मानिने जोफ्रे चोसरको पालामा यो शब्द हालो भनी उच्चारण गरिन्थ्यो भने शेक्सपियरको पालामा हालू भनिन्थ्यो । पछि यसलाई हालवा, हालूवा, होलो पनि भनियो ।
टेलिफोनका आविष्कारक अलेक्जेन्डर ग्राहम बेलले १८७६ मा आविष्कारको पेटेन्ट राइट लिएका थिए । पहिलोचोटि उनले आफ्नी प्रेमिकालाई फोन गरे । प्रेमिकाको नाम मार्गरेट ह्यालो थियो । उसैलाई बेलले मायालु पारामा ह्यालो भनी बोलाए । टेलिफोन बजारमा आउन थालेपछि मान्छेले ‘कोही हुनुहुन्छ ?’ भन्थे ।
आफ्नो आवाज फोन गरिएको व्यक्तिले सुन्यो कि सुनेन भन्ने पत्ता लगाउन यो प्रश्न गरिन्थ्यो । तर बेललाई यति लामो शब्दावली प्रयोग गरिएको चित्त बुझेको थिएन । उनले प्रिन्टिङ टेलिग्राफ कम्पनीका अध्यक्ष टिबिए स्मिथलाई चिट्ठी लेखेर टेलिफोनमा बोलिने पहिलो शब्द हेलो हुनुपर्ने सुझाव दिए ।
टेलिफोनका आविष्कारकको यो सुझाव लागू गर्ने निर्णय भयो र सबैले हेलो भन्न थाले । आजकल त सबैले फोन उठाउनेबित्तिकै हेलो भन्छन् ।

प्रकाशित : सोमबार, पुष २५, २०७३१७:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पर्व मनाउने कस्तो परम्परा जहाँका विवाहित महिलाहरु ७ जना अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्छन्