रासायनिक मल बिनानै स्वस्थ बोटविरुवा बढाउने सरल उपाय

हामी सबै बोटबिरुवा रोपण प्रकृयामा परिचित छौं । तपाइँलाई बोटबिरुवा उम्रिने वा बढ्ने प्रक्रियामा चिन्ता लिनुपर्ने आवश्यकता छैन । मात्र तपाइँले यसको उचित तरिकाले रोपण गरी स्याहारसुसारमा ध्यान दिनु जरुरी छ ।

स्वस्थ बिरुवा कसरी पलाउने ?
यसको लागि तपाइँले सबैभन्दा पहिला सहि प्वाल खन्नुहोस् । त्यसपछि सहि रुपमा मल राखि समयसमयमा आवश्यकता मात्रामा पानी हाल्न नबिसर्नुहोस् ।
तपाइँले विशेष गरी मल हाल्नमा ध्यान दिनु अति आवश्यक छ । राम्रो मल हाल्नाले बिरुवा चाडैं र राम्रो तरिकाले उम्रिन्छ । माटो उच्च स्तरको नभए पनि मलमा भएको पोषण तत्वले बिरुवालाई बाँच्नको लागि मद्धत गर्दछ ।

मल भनेको के हो ?

माटोलाई पोषण तत्व प्रदान गरी विरुवालाई हुर्किन मद्धत गर्ने प्राकृतिक वा रासायनिक पदार्थ नै मल हो । मलमा सामान्यतया नाईट्रोजन, सल्फर र पोटासियम जस्ता तत्व पाईन्छन् ।

बजारमा आजभोली तपाइँले पूर्वमिश्रित माटो किन्न सक्नुहुन्छ । यस्मा मलमा जस्तै विरुवालाई राम्ररी हुर्काउनको लागि आवश्यक पोषक तत्वहरु पाइन्छ । तर यस्ता मलहरु हामीले साचेको जस्तै सस्तो र सुलभ हुदैंन । त्यसैले हामीले विरुवालाई राम्ररी हुर्काउन सक्ने गुण भएको र पोषण तत्व प्रदान गर्ने सस्तो मलको बारेमा सोच्न जरुरी छ । यसको लागि केरा र अण्डाको प्रयोग गरी मल बनाउने जस्तो राम्रो उपाय अरु हुन सक्दैन । आज हामी तपाइँलाई यसै उपायको बारेमा जानकारी दिन्छौं । यसको प्रयोगबाट माटोमा फाईदा हुनुको साथै सकारात्मक प्रभाव पर्दछ ।

बनाउने विधि :
यसलाई बनाउने विधि एकदमै सरल छ । सबैभन्दा पहिला एउटा गहिरो प्वाल खन्नुहोस् । त्यसपछि सबै केरा र अण्डालाई प्वाल भित्र हाल्नुहोस् र केहि भागलाई गाड्नुहोस् । त्यसपछि विरुवालाई रोप्नुहोस् ।
केरा र अण्डा कुहिएर चीनी र पोषण तत्वमा परिणत हुन्छ । जस्लाई माटोले पूरै रुपमा सोसेर विरुवामा सार्दछ । र यसबाट विरुवालाई राम्ररी हुर्कन मद्धत मिल्दछ ।
यस विधिको प्रयोगले तपाइँले सस्तो मल मात्र प्राप्त गर्ने नभई प्राकृतिक रुपमा सजिलै माटोलाई आवश्यक तत्वहरु प्रदान गर्न सक्नुहुन्छ । यस विधिबारे अझ स्पष्ट रुपमा बुझ्नको लागि तलको भिडियो हेर्नुहोस् ।

प्रकाशित : सोमबार, पुष २५, २०७३१६:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फोन उठाएर ‘हेलो’ भन्ने चलन कहाँबाट आयो ?