बुहारीले ससुराको ओठमा चुम्बन गर्नुपर्ने यो कस्तो अनौठौ संस्कार (भिडियो सहित)

एजेन्सी – बाँच्नुपर्छ के के देख्न र सुन्न पाइन्छ । आजभोलि समाजिक सञ्जालले पनि गर्नु गरेको छ । आजकाल समाजिक सञ्जालमा धेरै पत्यार नलाग्ने कुराहरु पनि निकै भाइरल भइरहेका हुन्छन् । अपराध बढाइरहेको समाजिक सञ्जालले धेरै कुराहरु बारे जानकारी पनि दिने गरेको छ । अहिले चीनको एक अपत्यारिलो कुरा निकै भाइरलको रुपमा फैलिरहेको छ । त्यो हो नयाँ बुहारीले आफ्ना ससुरालाई ओठमा चुम्बन गर्ने संस्कार । हुन चीनमा हुने विवाहका परम्परा पनि निकै रोचक छन् जसको बारेमा सोसल मिडियामा बेला बेलामा खुबै चर्चा हुने गर्दछ । अहिले फेरि चीनको हेमन गाउँको एउटा निकै अनौठो बिहे संस्कारका बारेमा निकै चर्चा भईरहेको छ ।


चीनको एक बिहे समारोहमा देखिएको उक्त दृश्यको भिडियो सोसल मिडियामा अपलोड भएपछि त्यसले निकै चर्चा र विवाद बटुलिरहेको छ । उक्त भिडियोमा एक व्यक्तिले बेहुलीलाई चुम्बन गरिरहेको देखिन्छ । तर बेहुलीलाई चुम्बन गरिरहेको व्यक्ति बेहुला भने होइनन् उनी त बेहुलाको बाउ अर्थात् बेहुलीको ससुरा रहेका छन् । सो भिडियोमा ससुरा बुहारीले लिप किस अर्थात ओठमा चुम्बन गरिरहँदा उपस्थित पाहुनाहरुले ताली बजाएको देखिन्छ ।

समाचारमा जनाईए अनुसार आफ्नो बिहेको समारोह चलिरहेको बेला बेहुलाले आफ्नो बुवा समक्ष एक शर्त राख्छन् । जसमा आफ्नो बेहुली अर्थात् बाउको बुहारीलाई चुम्बन गरेमा १० हजार युआन पाउँछन् । उक्त भिडियोमा ससुरा बुहारीले झण्डै १७ सेकेण्ड सम्म चुम्बन गरेका छन् ।

https://youtu.be/x2okAH2-VOc

एजेन्सीको सहयोगमा

प्रकाशित : शनिबार, पुष २३, २०७३०९:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रासायनिक मल बिनानै स्वस्थ बोटविरुवा बढाउने सरल उपाय