७ दिनमै आँखाको ज्योती बढाउने तथा अन्य विभिन्न रोगहरुबाट छुट्कारा पाउने उपाय
एजेन्सी – आयुर्वेदमा त्रिफलाले धेरै रोगहरुको राम्रो उपचार गर्दछ । यो ३ वटा औषधिबाट बन्दछ । हर्रो, बर्रो र अमलाको मिश्रणले बनेको धुलोलाई नै त्रिफला भन्दछन् । मानिसलाई विभिन्न रोगबाट मुक्ति दिलाउने एउटा प्राकृतिक औषधि हो ।
यस्को बारेमा मानिसलाई जानकारी हुनु जरुरी छ । यो एक प्रकारको एन्टिबायोटिक हो । त्रिफला तपाईले जडिबुटिको पसलमा सजिलै पाउन सक्नुहुन्छ । तपाइँले यसको प्रयोग कसरी र कति मात्रामा गर्ने भन्ने कुराबारे ज्ञान हुनु नितान्त आवश्यक छ । भर्खरै भएको खोजअनुसन्धानबाट त्रिफलाको प्रयोगले क्यान्सरको सेल नबढ्ने कुरालाई पत्ता लगाइएको छ । त्रिफलाको नियमित प्रयोगले छालासम्बन्धि रोग ,मूत्र रोग र टाउको सम्बन्धि रोगहरुलाई जरादेखि हटाउन मद्धत गर्दछ ।
त्रिफलाको फाईदा:
१) त्रिफलाको पानीले कुल्ला गर्नाले टन्सिल्सबाट आराम मिल्दछ ।
२) नियमित रुपमा त्रिफला खानाले आँखाको ज्योति बढ्दछ ।
३) महमा त्रिफलाको धुलो मिसाएर खानाले छालासम्बन्धि रोगहरु निको हुन्छ ।
४) कब्जीयतबाट छुट्कारा पाउनको लागि २ चम्चा ईसबगोल (आईसक्रिम बनाउन प्रयोग हुने बिरुवा ) त्रिफलाको धुलोमा मिसाएर मन्तातो पानीमा राखेर खानुहोस् । त्यसैगरि ५ ग्राम त्रिफलाको धुलोलाई मन्तातो पानी वा तातो दुधमा हालेर सुत्नुभन्दा अगाडि पिउनसक्नुहुन्छ । यस्ले कब्जीयतबाट आराम दिलाउँछ ।
५) अपचको समस्याबाट छुट्कारा पाउन पनि ५ ग्राम त्रिफला खानुहोस् ।
६) त्रिफलाको धुलोलाई पानीमा हालेर आँखा पखाल्नाले आँखासम्बन्धि समस्या हट्दछ । मोतिबिन्दु , आँखाको जलन, आँखाको दोष हटाउन र लामो समयसम्म आँखाको ज्योती बढाउनको लागि १० ग्राम घीउमा १ चम्चा त्रिफलाको धुलो र ५ ग्राम महलाई मिसाएर खानुहोस् ।
७) मोटोपन घटाउन त्रिफला धेरै फाईदाजनक छ । मन्तातो पानीमा त्रिफला र मह मिसाएर पिउनाले बोसो घट्दछ ।
८) त्रिफलाको धुलो पानीमा हालेर कुल्ला गर्नाले मुखको घाउ निको हुन्छ ।
९) त्रिफला एन्टिसेप्टिक हुने भएकोले घाउलाई चाडैं निको पार्न मद्धत पुग्दछ ।
१०) प्रत्येक बिहान ५–५ ग्राम त्रिफलाको धुलो खानाले छालाको रोग (दाद), चिलाउने रोगबाट छुट्कारा मिल्दछ ।
नोट: उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न पत्र-पत्रिकाहरु र अनलाइनबाट साभार गरिएको हो । यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सक वा बिशेसज्ञको सल्लाह लिनुहोला ।