किन सबलाई प्यारो लाग्छ मरी जाने जिन्दगी यो

     गजल

किन सबलाई प्यारो लाग्छ मरी जाने जिन्दगी यो।
ओइलिएको फूल जस्तै झरी जाने जिन्दगी यो।।

दौडदैछन् सारा यहाँ सुख अनि धनको पछि
कसैमा नि सन्तोष छैन टरी जाने जिन्दगी यो।।

मालिक ठान्छन् आफूलाई महल र सम्पतिको
बाँचुन् जेल दुःख सुख परी जाने जिन्दगी यो।।

भन्नै पर्ने तेरो मेरो आफ्नो अनि पराई पनि
सबै छाडि एकदिन अन्तै सरी जाने जिन्दगी यो।।

स्वाथीै छन् यहाँ किन रिस डाहा सबैलाई
लोभ छ रित्तै आई रित्तै गरी जाने जिन्दगी यो।।

स्रष्टा /रीता लम्साल धादिङ

प्रकाशित : शनिबार, पुष १६, २०७३१८:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लघुकथा : गाईपालन