जान्नुुहोस, कस्ता हुन्छन् ‘बी’ ( B ) बाट नाम हुने मानिस

एजेन्सी – बी ( B ) अक्षरबाट नाम शुरु हुने महिला वा पूरुष धेरै संवेदनशील हुन्छन् । सामाजिक क्रियाकलापमा पनि भाग लिन्छन् । यस्ता व्यक्तिहरु बलवान हुन्छन् । यस कारणले गर्दा यस्ता मानिसहरु सेना वा जोखिमपूर्ण काममा संलग्न हुन्छन् । सुन्दर चीजहरु यीनीहरुलाई धेरै मनपर्छ ।
रोमान्सको मामिलामा खुल्ला विचारका हुन्छन् । प्रेमको प्रस्ताव यीनीहरु सजिलै राख्न सक्छन् । तर प्रेममा धोखा पनि धेरै खान्छन् । यीनीहरु आफूले आफूलाई नियन्त्रण गर्न सक्दछन् । यस्ता व्यक्तिको लागि सौन्दर्यता र धन धेरै महत्वपूर्ण हुन्छ । यीनीहरु आफ्नो मनको कुरा खोल्नमा गाह्रो महशुस गर्छन् ।
प्रकृतिप्रेमी हुने भएकाले हरियाली मनपराउँछन् । आफ्नो मेहनतमा विश्वास गर्छन् । यस्ता व्यक्ति प्राय धनी हुन्छन् । यीनीहरुका धेरै साथीहरु हुदैंनन् । तर जति हुन्छन् , धेरै नै विश्वासिलो र घनिष्ठ मित्रहरु हुन्छन् ।

प्रकाशित : शुक्रबार, पुष १५, २०७३१५:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जान्नुुहोस् , कस्ता हुन्छन् ‘के’ (K) नाम भएका व्यक्ति