गुरुङ समुदायले अाज तमु ल्होसार मनाउँदै, बाँदर वर्ग बिदाइ, चरा वर्गको स्वागत

काठमाडौँ, १५ पुस । गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो ।


“तमु संस्कृतिअनुसार चरालाई शान्तिको प्रतीक मानिने भएकाले पुस १५ गते शुक्रबारदेखि शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाइन्छ”– उहाँले भन्नुभयो ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएका क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको अध्यक्ष गुरुङले बताउनुभयो । यस पर्वका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यसअवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत प्रमुख दलका शीर्ष नेताको सहभागिता रहनेछ ।

प्रकाशित : शुक्रबार, पुष १५, २०७३०८:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जान्नुहोस् , एम ( M ) बाट नाम भएका व्यक्ति कस्ता हुन्छन् ।