परदेशी श्रीमानको चिठी

प्यारी,श्रीमती
तिमीले र मैले ठुलो भन्ज्याङ डाडाको देउरालीमा ढुङ्गालाई देवता वनाई देवि देवता साक्षी राखेर कसम खाएको आज एक दशक पूरा भएको छ एकदशक अगाडी आजकै दिन हाम्रो लागि विशेष दिन अबसर र चुनोैती दुबै एकै साथ खडा भएको थियो ।

यो यात्रासम्म आइपुग्दा तिमीमा कुनै खोट देखिन र कोट्याउने कोसिस पनि गरिन् , जब समस्याले गर्दा तिमी संग छुटिएर परदेश जानु पर्ने भयो जब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हामीसंगै पुग्यो कसम मलाई तिमीसंग छुट्न मन थिएन म छिया छिया हुदै अाफ्नो मन लाई टुक्राएर तिम्रो मायालाई लत्ताएर हिडेझै भएको थियो ।

तिमीले नजाउ भनेको भए त्यहि बाट फर्कन मन थियो सायद सक्थे होला तर तिमी मुर्छा परि रह्योै मुर्छा समाधानको उपाए थिएन भन्न सकिनोै र म पनि भक्कानिएर अगाडी बढिरहे विह्वल अबस्थामा नै परदेश अाईपुगे ।

जब प्रदेश अाईसकेर जानकारी गराउदा तिमी पनि शितल भईसकेकी रहेछोै फोनमा कुरा हुदा बर्षोै अघि देखि भेट नभएको जस्तो महशुस गर्दै थिए कुरा हुदै गयो हामी दैनिक रुपमा कुरा गर्ने सक्ने अबस्थामा थिएनोै कामको समयमा मोवाईल चलाउन नपाउने कोठा अाउदा यहाँ र त्यहाको समय फरक हुने हुदा फोनमा भेट्न पनि विदा लिनुपर्ने हुन्थ्यो र कयो‌ैँ पटक त विदा पनि लिएको थिइ ।

जब केहि महिना पछि तिमीलाई कल गरे तिमीमा केहि भिन्नता पाए ब्यबहारीक रुपमा ढाचाँ शैली विलकुल परिवर्तित पाए म चकित भए र सोच्न बाध्य भए अाखिर किन भिन्नता किन एक्कासी मोैसम झै परिवर्तन करेन्टको झट्का लागेझै मुटुको कुनामै लाग्यो र पुर्ण रुपमा शिथिल,विच्छेदित भएको थिए ।

तिमी र मैले गरेका बाचाहरु र देखेका सपनाहरु सपनामै सीमित हुन लागि सकेका थिए त्यो सपनालाई विपनामा परिणत गर्ने ठुलो कोसिस गर्दै थिए तर तिमी ति सपनाका कुरालाई पनि वेवास्था गर्दै थियोैँ जब मैले तिमीबाट पाएको साथ सहयोग र बुझाईले आफूलाई एक भाग्यशाली र तिमीलाई उपहारको रुपमा जितेर ल्याएको चिनोको रुपमा सोचेको थिए जुन चिनो मलाई जति नियाल्दा पनि बैरक लागेर अाउदैन्थ्यो जति हेर्यो उति हेरोै लागि रहन्थ्यो तर म अहिले हेर्न बन्चित थिए बाध्यता र विवसले टाढा बनाएको थियो ।

मलाई तिम्रो व्यवहारमा अाएको परिवर्तनले चिमोटी रहेको थियो मैले त्यो दुखाईको महशुस गर्ने सकेको थिईन दुखेको थियो कहाँ दुख्यो कुनै मेसो पाउन सकिन तिमी मेरो अगाडि मौन बस्न थाल्यौ मलाई तिम्रो शब्दले भन्दा मौनताले बढी चिमोटन थाल्यो र मन टुटेर चङ्गा झै उडिरहेको थियो कुनै यकिन थिएन कहाँ गएर रोकिन्छ बाटो भन्दा बाहिर दोैडिरहेको थियो कहाँ कहिले दुर्घटना हुन्छ त्यो पनि वेवारिस अबस्थामा थियो ।

मलाई थाहा छैन,हामी कसरी जिवन निर्वाह गर्दै थियोै समय कसरी वितिरहेको थियो म अन्जानमा परेको छु यतिका बर्ष संगै बस्दा कहिल्यै त र म भएन हरेक कुरामा सर सल्लाह गरेरनै अगाडी बढि रह्योै तर जब म केहि बर्षको लागि तिमी बाट केहि टाढा मात्र भएको थिइ तिमीमा अाएको परिवर्तनले उथलपुथल बाढी अाईरहेको थियोै यसलाई यो वेग र गतिलाई तिमी बाहेक अरुले रोक्न सक्ने पनि थिएन तिमी अनुभवि थियोैँ रोक्ने कोसिस गरेनोै दुर्दशा यहि भयो र एक्लो महशुस गर्ने बाध्य भए ।

थाहाँ छ मलाई तिमी पट्कै त्यस्तो थिएनोै हरेक कुरा खुलेर गर्थ्योै समझदारी ईज्जतदारी ब्यबहारीक सबै गुनको मिश्रण तिमीमा थियो अबगुन भन्ने पट्कै थिएन सायद मैले तिम्रो केहि भावान बुझिनकी यदि त्यस्तो भए खुलेर कुरा गरेको भए म तिम्रो सारा भावनाको कदर गर्थे सम्मान गर्थे तर तिमीले त गल्ति विना सजाय दिई रहेकी छोै ।

कुनै दिन तिमी एक्लै अाफन्तको मा जादा पनि म तिम्रो स्वागतको लागि तडपिरहेको हुन्थी र अन्तत खोज्दै पुग्थे र किन भन्दै अात्तिएर कराउथे तिमी मलाई एकै पटकमा बुझ्ने गरि भन्थेउ र म तिम्रो हरेक शब्दलाई समर्थन गर्दै अब यस्तो नगर भन्दै अाफ्नो भावना प्रकट गर्थे तिमीले कहिल्यै नाई भन्ने प्रतिवाद पनि गरेनोै अाज त्यहि कुरा सम्झदै सिरानी भिजाउदै छु अाखाँहरु रसाएका छन र नदि झै बगेका छन् ,

म तिमीलाई खुसी राख्न हर प्रयत्न गर्दै थिए तिम्रो भावना को सम्मान गर्थे अाज तिम्रा ईच्छा चाहना पुरा गर्नकै लागि यहाँ छु तिमी बाट टाढा भएको छु उज्यालो भविष्यको सपना देख्दा देख्दै अाज अध्यारो भएको महशुस गर्दै छु ईच्छा र चाहनाले अाज धेरै टाढा पुर्याएको छ सायद तिम्रा ईच्छा पुरा गरेर छाड्ने अठोटको साथ विदेशिएको थिए तिमी नै टाढा भएपछि मेरो ईच्छा के नै छ र म त सधै तिम्रो खुसी चाहने मान्छे अब मेरो लागि के नै रह्यो र !

तिमी बाट टाढा हुनु मेरो कमजोरी हुन सक्छ त्यस पछिका दिनमा म कहिल्यै सफल भइनँ । हुन सक्छ मेरो मायामा केही कमजोरी थियो होला अन्जानमा केहि गल्ति भयो होला तर तिमीले यी सबै कुरा वर्णन गर्ने चेष्टा कहिल्यै गरेनौे त्यो नै सबैभन्दा ठुलो दुर्घटनाको रुपमा खडा भयो यदि तिमीले चित्त नबुझेको कुरा
भन्दिएको भए सटिक समाधान हुन्थ्यो तर तिमीले मेरो कमजोरी देखाउने बाहना मात्र खोज्दै हिड्योैँ र कमजोरी नभेटाए पछि उपाए लगाई अाफै टाढा हुने चाहना जाहेर गरेर फरक वाटो अगाल्न पुग्योै ।

हरेक रात मन मस्तिष्क शिथिल भए अाखाँ रसाउदै गयो तर, तिमीलाई यी सबै कुराको कहिल्यै केही मतलब भएन तिम्रो लागि मबाहेक सबैकुरा मूल्यवान् भयो मेरो लागि भने तिमी एक भयोै तिम्रा लागि धेरै अबसरहरु दिपावलीझै अाए मेरा दिन अन्धकार हुदै गयो चाहना मर्दै गयो मेरा हरेक रहर तिम्रो खुसीका लागि त्यागेको थिए त्यो अनर्थ भयो मेरा सपनाहरू तिम्रो उज्वल भविषयको खोजि गर्दै दोैडिरह्यो र अन्तत तिमीले मेरो भावना कदर नगरी बाटो मोडेर गयोै एकलै छाडेर गयोै कसम तोडेउ सायद अझै सफलता चुम्ने छोै।

पत्र लामो भई सकेछ तिम्रो सम्झनाको लागि कोरेको पत्र पक्का पनि मेरो पत्रले तिमीलाई फरक त पर्दैन होला तैपनि विगतलाई सम्झाउन सक्छ अादर्शमा रमाउने हरुलाई यथार्थ तितो हुन सक्छ सधै अादर्शमा नै बाची राख भन्दै कलम यहि बन्द गर्दछु ।
उहि तिमीलाई माया गर्ने परदेशी श्रीमान

प्रकाशित : बिहिबार, पुष १४, २०७३१४:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन सबलाई प्यारो लाग्छ मरी जाने जिन्दगी यो