कथा: फेसबुकमा भेटिएकी मंगलग्रहकी सुन्दरी

 -रमेश पाण्डे,सुनसरी

फेसबुकमा साथीहरूका स्ट्याट्स हेरीरहेको थिए।त्यसैबखत एउटा फ्रेण्ड रिक्वेस्ट आयो खोलेर हेरे मेरा कुनैपनी साथी या साथीका साथी उ हैन भन्ने संकेत फेसबुकले दिइरहेको थियो।फेरी को हो त उ मलाई सर्च गरेर किन रिक्वेष्ट गरेको होला मनमा खुलदुली मचियो प्रोफाईल खोलेर हेरे उ बिदेसी हो भन्नेकुरा अलग्गै भाषा लिपीमा लेखीएको उस्को नाम हेर्दै पैलै थाहाँ पाउन सकिन्थ्यो।प्रोफाईल खोलेपछी झन क्लियर भयो मैले जानेका जती देस को त पक्कै हैन किनकी उस्ले लेखेको भाषा कुन देसको हो भनेर मैले छुट्याउन सकिन।फोटो ब्लाङ छ,दुई चुल्ठिवाला ब्लाङ फोटोको नक्सा अनुसार सेक्स फिमेल हो भनेर बुझ्नु पर्ने संकेत दिईरहेको थियो उक्त तस्बिरले।गुगलको साहारा लिने बिचार गरे उस्को लेखाईलाई कपि गरेर पेष्ट गरे तर अह कुनैपनि देसको भाषा सँग मेल खाएन म झन चकित परे।

आखिर को हुन त उनि?मात्र नाम लेखिएको छ त्यो पनि कुनभाषा हो थाहाँ छैन न तस्बिर छ न कुनै बिबरण।मैले फेरी कसरी किटानै गरेर “उनि” भन्न सकेको होला “उनि” नभएर “उ” पनि त हुन सक्छ।आजकाल लिङ्ग परीवर्तन गर्न बिसौ लाख खर्च गरेर प्रोफेसनल डक्टर द्वारा घण्टौ लगाएर सर्जरी गरीरहन पर्दैन एक बटम दबाईदिए पुग्छ।पुरूष हुन मन भए मेल स्त्री हुन मन भए फिमेल बटम दबाईदिए प्रोफाईलमा तुरून्तै साङ्केतिक मानब चेहेरा देख्न पाईन्छ,स्त्री भए दुईचुल्ठि वाला पुरूष भए बिन्दास आर्मिकट वाला बिना अनुहारको कालो टाउको।उस्ले पनि यस्तै गरेर मलाई झुक्याउन त खोजेको हैन?एकमन ले भन्छ जे भएपनि मलाई चपाएर निल्ने त हैन होला नि के बिनापत्ताको टेन्सन लिएको होला मैले।
रिक्वेष्ट कन्फर्म गरे,मेरा साथीहरूको लिस्टमा उ पनि थपिइ।म तुरून्तै उस्को मेसेज बक्समा गए र लेखे हाई……
केटा भएको भए कुनै मतलब हुन्थेन बिनातस्बिरको त के तस्बिरवालै भएपनि फ्रोफाईल कोट्याउनु त परको कुरा हप्तौ रिक्वेष्ट पेण्डिङ्नै रहन्थ्यो,केटी हो भन्ने थोरैमात्र संकेत के मिलेको पुरै खोतल्नु पर्ने नजिक हुन खोजिहाल्नु पर्ने प्रकृतिले दिएको बरदानै त होला पुरूषलाई….म किन अछुतो हुन्थे र?
तुरून्तै रिप्ले आयो………..
उही भाषामा जुन उस्को नामलेखिएका अक्षर जस्ता देखिन्छन।
मैले कसरी बुझ्ने उस्को त्यो भाषा जुन गुगलले पनि ट्रान्सलेट गर्न सक्दैेन!
हु आर यू एण्ड ह्ऐर आर यू फर्म?मैले अर्को म्यासेज लेखे।
निकै बेर रिप्ले आएन करीब आधाघण्टा पछी म्यासेन्जरको घण्टी बज्यो उसैको म्यासेज आएको रहेछ खोलेर हेरे….
तिमी पृथ्वीबाट हैन?
नेपालीनै रैछे किन दिमाग चाटेकी होली
मैले रिप्लाई लेखे….
हैन म चन्द्रमा बाट तिमी चै मंगल ग्रहबाट होलिउ हैन?
तुरून्तै रिप्ले आयो….
हो म मंगल ग्रहबाटै हु।
हा-हा-हा-हा-हा-हा मैले लामो हासो सहितको म्यासेज ठेल्दिए।
किन बिश्वास लागेन?म मंगल ग्रह बाट नै हु र म मान्छे नभएर एलियन हु।
फेरी हासो फुत्किन खोज्दै थियो रोके र भने..
मजाक राम्रो गर्दि रहिछौ रमाईलो लाग्यो।ने पाल कुन ठाँऊ हो घर?
मैले भनिहाले नि म पृथ्वी को हैन एलियन हु भनेर किन बिश्वास गर्दैनौ मैले बिश्वास दिलाऊन के गर्नु पर्यो।तिमी ऐले निलो टि-सर्ट अनि कालो सेतो टाटा परेको हाफपईन्ट लगाएर घोप्टो परी पेटमा सिरानी राखेर म सँग च्याट गरी रहेको छौ हो की हैन?म तिमीलाई प्रतक्ष देखिरहेको छु।यति काफी छ बिश्वास दिलाउनको लागी?
मैले एताउता हेरे कोही छैन आफुलाई चिमोटे ऐया..दुखिरहेको छ यस्को मतलब म जागै छु सपनामा छैन फेरी यो कसरी संभब छ?आश्चर्यमा परे र म्यासेस लेखे…..
मलाई बिश्वास लागेन मैले के आधारले तिमिलाई बिश्वास गर्ने कि तिमी मंगल ग्रहको एलियन हौ भनेर?नेपाली भाषालेखि रहेको छौ फेसबुक बाट कुरा गरीरहेको छौ यो कसरी संभब छ झुट नबोल र मेरो दिमाग नचाट।
म झुट बोलेको छैन पृथ्वीमा बस्ने मानब जातिको जस्तो हामी नभएको कुरा गर्दैनौ। नेपाली भाषा मैले तिमी बाटै कपि गरेको र फेसबुक तिम्रो लागी एउटा माध्यम मात्र हो म सँग कनेक्ट हुने।मत न मोवाईल चलाईरहेको छु न फेसबुक नै तिमी मलाई हेर्न चाहन्छौ?
पिके फिलिमको याद आयो अमिर खानले एउटी बेस्याबाट भाषा कपी गरे जस्तो मेरो भाषा फेसबुक बाट कपी गरे भन्दा हासो पनि लाग्यो उस्ले भनेको कुरामा 0.05% पनि बिश्वास छैन लागी रहेछ कसैले मेरोदिमाग राम्रै सँग चाटीरहेछ। त्यहीपनि मैले भने ठिकै छ फोटो पठाउनत हेरौ मंगल ग्रहकी एलियन कस्ति रहिछे।

एक्कासी मोवाईल तातियो स्पिकर बाट पैला जमानामा फिलिप्स रेडियोमा स्टेसन पक्डाउन खोज्दा निस्किने आवाज जस्तो झ्यार्र र झुर्र बिभिन्न खाले अजिब अजिब आवाज निस्कियो।कुनै फिलिममा हिरो र हिरोईन पार्कमा बसिरहेको बेला मेघ गर्जन सहित बिजुलि चम्केको सिन जस्तो मोवाईलमा तरङ्ग हरू देखिए।

यत्तिकैमा मोवाईलमा रंगमंचको पर्दा खुलेजसरी पर्दा खुल्यो जुन देखेर म अचम्बित मात्र भईन मेरो होस हवास नै उड्यो।साच्चै नै म एउटा एलियन सँगनै कुरा गरीरहेको रहेछु उस्ले फोटो मात्र पठाईन म र उ सहित एउटै पर्दामा देखाई दिई र भनी….

अब त बिश्वास भयो होलानि हैन कि अझै बिश्वास छैन?
कोहि मिलगया फिलिममा रितिक रोसनको जादु नामको कालो चिण्डे टाउको भएको हेर्दै कुरूप देखिने बोल्दा पनि सास अड्केर ऐलेमर्ला जस्तो न जनावर न मानबको स्वरूप भएको एलियन देखेको मैले।यो त इण्डियन धार्मिक कथा ॐ नम सिवायमा स्वर्गका राजा इन्द्रको दरवारमा नाच्ने अप्सरा भन्दा पनि सुन्दर कुनै पनि मानब सँग बराबरी गर्न नसक्ने ब्रमाण्ड सुन्दरी छ।फरक यति छ कि उसका दुईओटा टाउका छन। भयो भयो पुरा बिश्वास भयो डरले कापेका ओठ खोल्दै मैले जवाफ फर्काए।

किन डराएको नडराउ म तिमिलाई कुनै नोक्सान हुने काम गर्दिन मलाई साथी जस्तै सोचे हुन्छ तिमी सँग सम्पर्कमा आउनुको मुल कारण म पृथ्वी भ्रमणमा आउदैछु र त्यहाँ मलाई मानबको सहयोग चाहिन सक्छ त्यसैले मैले तिमीलाई रोजे मलाई सहयोग गर्छौ हैन?

मुटु धड्केको आवाज बाहिरै सुनिन थाल्यो यस्तै हो भने केहिक्षणमै रंक्तसंचारै बन्दहोला र आफु पनि त्यही एलियन सँग मंगल ग्रह नै नपुगीएला भन्नन नसक्ने अबस्था आईसक्यो मोवाईलमा हेर्दा यस्तो छ प्रतक्षमा भेटे झन के होला हालत।मन त्यसै आत्तियो कापेकै स्वरमा भने..
तिमी यति दुर दर्सी छौ तिमिलाई किन चाहियो मानब सहयोग फेरी म नाथेले के सहयोग गर्न सकौला र?
तिमीले बस हुन्छ भन बाकी सबै म मिलाउछु।यति सहयोग त गर्छौनी साथी सम्झेर?
ठिकैछ सहयोग गरौला तर यहाँ का मानब खराब छन यहाँ त नयाँ र अनौठो चिज देखे भने कि त छाला काडेर बेचि दिन्छन कि त चिडीया खानामा कोचिदिएर दुनियाँको रमिताको साधन बनाई दिन्छन,झन तिमी त मानब भन्दा बिलकुल फरक छौ कसरी यो भिडबाट आफुलाई बचाउछौ न मनै यसमा सहयोग गर्न सक्छु।
त्यसको चिन्ता नगर तिमीले हुन्छ भन्यौ म प्रसन्न भए,म त्यहाँ आएपछी मानब रूप धारण गर्ने छु तिमी जस्तै बिल्कुल पृथ्वीका मानब जस्तै भएर बस्ने छु।म आउने दिन तिमीलाई खबर गर्ने छु।
उस्ले यतिभने पछी मोवाईल पुनः पहिले को जस्तै भयो झ्यार्र झुर्र उही नबुजिने बिभीन्न आवाजहरू उही बिजुली चम्किए जस्तो तरंग लाईन काटीयो उ अलप भई।

केही समय पछी उसले एउटा mms क्लिप पठाई मैले खोलेर हेरे एउटा बिसाल नदिको किनारा बाट सुरू भएको सडक म आफु उभिएको स्थान सम्म म सहितको त्यो mms क्लिप हेरेर तिनछक परे,अन्तिममा भनिएको थियो यो mms मा देखिएको बाटो हुदै त्यो नदि किनार मा आउनु म त्यही भेटिने छु।

त्यसैलाई आधार मान्दै म नदि किनारमा पुगे तर उ त्यहाँ थिइन निकै बेर भैसक्यो कुरेको न कुनै म्यासेज छ न उनै त्यहाँ छे।म फर्किन खोज्दै थिए आकास बाट एक अण्डाकारको बिशाल ढुङ्गा तिब्र गतिमा नदिको बिच भागलाई लक्षित गरी खस्दैगरेको देखे अचम्मै लाग्यो यो ढुङ्गा कहाँबाट खसेको होला कहि यही त हैन एलियन?

केहि क्षणमै भयानक आवाज सहित त्यो ढुङ्गा नदिको बिचभागमा बजारीयो नदिको पानि ज्वालामुखि जस्तो भएर माथी उठ्यो पानिले गर्दा ढुङ्गा झरेको ठाँउमा केहि देखिएन जब छल्केको पानि पहिलेको अबस्थामा आयो त्यो अगी झरेको ढुङ्गा पानिमा तैरीरहेको मैले देखे कस्तो अचम्म त्यत्रो ठुलो ढुङ्गा पनि नडुबि कसरी पानिमा तैरीएको होला?

म टोलाएर त्यही ढुङ्गालाई हेरीरहेको थिए बिस्तारै त्यो ढुङ्गा कमलको फुल फक्रीए जस्तो फक्रीदै गयो।हेर्दा हेर्दै त्यो ढुङ्गा डुङ्गामा परीणत भयो र त्यस बाट उही म सँग कुरागर्ने दुरूस्तै त्यही एलियन निस्कि म हेरेको हेरै भए।उस्ले त्यस डुङ्गा लाई म भएतिर लिएर आई किनारामा आएपछी उस्ले मलाई हात दिई मैले उस्को हात समाए र डुङ्गा बाट तल तान्न खोजे त्यतिनै बेला मेरो कानमा एउटा ध्वनि गुन्जियो….
(बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस
यि हातले सधै सधै नेपाल लेख्न पाईयोस।।)
ध्वनि सँगै उनि बाट मेरो हात छुट्यो मैले आफुलाई बेडमा पाए बज्दै गरेको ध्वनि मोवाईलमा लगाएको आलाम बजेको रैछ हत्तेरी कस्तो सपना देखेको होला?

प्रकाशित : मङ्गलबार, पुष १२, २०७३००:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

परदेशी श्रीमानको चिठी