छोरी पिटेर बुहारी तर्साउने सासु

हरि थापा /दोलखा

महिलाले महिलाको हिंसा कि, पुरुषले महिलाको हिंसा?
नारीनारी विच किन त्यस्तो दुर समबन्ध छ?
छोरी र बुहारी, छोरा र छोरी, यो सबै छुट्याउने महिला कि पुरुष?

भाई:- ए दिदि अामाले तिमीलाई किन पिट्न खोजेको ?
दिदि:- खै के था मलाई अामालाई सोध्न अाफै?
भाई:- भन्न भएको चाहि के हो दिदि ?
दिदि:- नकचरो स्वास्नी तह लगाउन सक्दैनस अनि के भयो भन्छस? अाज तेरो स्वास्नी ढिला उठि रे ! तैले केहि भन्दैनस रे त्यहि भएर अामाले बुहारीले सुन्ने गरि अब यस्तो नदोहोरियोस भनेर बुहारीलाई भन्न नसकेर मलाई गाली गर्नु भएको त पनि त्यस्तै छस स्वास्नीलाई कपडा पनि त्यस्तै लगाउन दिन्छस केहि भन्न सक्दैनस स्वास्नीलाई खुब सपोर्ट गर्छस अनि त्यस्तालाई ठिक पार्न सक्दैनस बुहारी भएपछि ठिक ठाउका बस्नु पर्योनी ।
भाई: त पढेलेखेकी ले यस्तो भने पछि अामाले त भन्नु भई हाल्छ नि समझाउन सकिनस् त्यती पनि उल्टै सन्किन्छेस त ?
दिदि: म त सन्किहाल्छु नि तेरै स्वास्नी छ नसन्की बस्नी छ त,अामा हेर्नुस न मलाई यो नकचरो ले यसो भन्छ
अामा: यसले ठिक पार्न सक्दैन भनि घरबाट निक्लेर जाअो भन्दे छोरी

भाई: निधारमा हात लगाएर झोकराएर लामो सास तान्दै उफफफ…

ल हेर्नुस हजुरहरु ससुराली जादा सासु ससुराले ज्वाई साप के हो घरमा अामा बाबु दिदि बहिनीहरुलाई केहि भन्न सक्नुहुन्न के हो किन मेरो छोरी माथी अत्याचार हुदैछ याद गर्नुस है भन्दै ससुराले धम्कि दिन्छन ।

हरे,शिव यो दुई ढुङ्गाको तरुल किन बनाईदै छ पुरुषलाई यो त चाइना र ईण्डीया विचको अयुप्ठ्यारोमा परेेको नेपाल जस्तै हो नेपालले न इण्डीयालाई हात लिन सक्छ नत चाईनालाई यो भुपरिवेष्ठित भएको ले दुबै देशमा अनिवार्य समन्वय,सहकार्य गर्नै पर्ने हुन्छ यसको अलावा कुनै विकल्प हुन सक्दैन ।

एउटा परिवारमा पनि पुरुषले खेल्ने भुमिका समन्वय र सहकार्य यति नै त हो पुरषले अामा बाबु त्यागी हाल्न पनि अाट गर्दैन अर्को कुरा हरेक समस्या एकैचोटी अाउने हुदा मिलाएर जान लाई पनि सक्दैन सबै भार दोष पुरुष लाई नै दिन्छन श्रीमती भन्छिन केहि भन्नु हुन्न तपाई अनि हेपीहाल्छन नी उता ससुराली यता अामा दिदि सबैले गाली मात्र दिन्छन भाई सोच्न थाल्छ।

यस विषयमा महिला विषय जोडेर पुरुषलाई नै कमजोर बनाउने चेष्टा गर्छन यदि पुरुषले त्यो मिलापत्र गराउन सकेन भने पोई तेस्तो भएर भन्ने सम्मको कुरा काट्छन अनि सिधा लगेर जोड्छन पुरुष हिंसा यदि समस्याको समाधान गर्नु परेमा पुरुषले दुईमा एक निछोड निकाल्नै पर्ने हुन्छ कि अामा बाबु र दिदि त्याग्नु कि त श्रीमती!

श्रीमती एउटा भिजन हरेक समय हरेक पलमा साथ लिने दिने र अाबश्यकता हुने भएकाले अबश्यनै श्रीमती त्याग्न सकिन्न श्रीमतीलाई छुटै अथवा अाफु संग लिएर जानै पर्ने हुन्छ यदि साथमा लग्न नसके उसलाई परिवार बाट छुट्याएर राख्नु पर्ने हुन्छ जब छुट्टै बसिन्छ हरेक समस्या अाफैले समाधान गर्नु पर्दा विविध कुराले रोजगार नहुनु पछि को विकल्प विदेश जानै पर्ने हुन्छ ।

समस्याले गर्दा बालबच्चा श्रीमतीको जिम्मा लगाएर विदेश गएको श्रीमानले दुख सुख नभनी अाफ्नो श्रीमती र छोरा छोरीको लागी भोक तिर्खा नभनी काम गरेर समय समय मा खर्च पठाउने अझ र बाकी रकम तिरोतारो गर्नु भनेर विश्वासले पठाउछ तर श्रीमती भने सारा विर्सेर मनोरञ्जन गर्ने श्रीमानले पठाएको पैसा सक्ने फजुल खर्च गर्ने अझ अन्त्यमा श्रीमान अाउने वेलामा बर्षोै बर्ष मेहनत गरेको सम्पती नै लिएर फरार हुने गरेका छन भने यो पुरुष हिंसा होईन?

श्रीमतीको लागी बाबु अामा त्याग्ने छोराले खै न्याय पाएको यस्ता जुन महिला बाट सुरुभएका घटनाहरु धेरै छन त्यो सिधा पुरुष संग गएर जोडीन्छ तर गल्ती के कस्तो भनेर पता लगाउनु भन्दा पुरुष हिंसा भनेर टुङ्ग्याउने प्रवृति छ यसले पुरुषहरुको मनोबलमा असर गर्छ र अझ प्रेरणा पाउछ गरे पनि दोष नगरे पनि दोष भन्ने कुराले पनि थप हिंसा हुन सक्छ।

अामा कुनै अामा सभाको महिला संमबन्धित कार्यक्रममा गएर फर्कदा,ए छोरा बुहारी खै?
काम यो पनि गरेको छैन त्यो पनि के हो चालामाला ठिक छैन नि? भन्न कसरी भन्न कसरी सक्या होलान?
यसको साटो छोरा तैले किन यो काम नगरेको यो गर्नुपर्दैन भनेको भए हुदैन्थ्यो?
जताबाट पनि पुरुषलाई समावेश गरि महिलालाई महिलाले नै अत्याचार गरेका छन त्यसैले महिला द्दारा महिला हिंसा भन्न मिल्छ कि ? कि पुरुष नै जोड्ने हो?

हो केहि पुरुषहरुले श्रीमतीलाई उसको कमजोर पक्ष थाहा पाएर दुख दिन सक्छन यो हरेक समाजमा चल्दै अाएको छ तर केहि यस प्रकारका घटना हुदैमा महिला हिंसा विरुद्दका च्याउसरी संस्था संगठन हरुले गर्दा पनि महिलालाई नै कमजोर बनाउने गरेको छ। अझ महिला दिवस ले के बुझ्न सकिन्छ? कति पय ठाउमा यहि विषयमा यहि एकाईका तहसबहस हुने मारामार हुने सम्म हुन्छ यो एउटा चार्डको रुपमा मनाउने प्रथा भएको छ झण्डा बोकेर कहिं हिंसा समाधान हुन्छ? झण्डा बोक्ने दिन त महिलाहरु बहादुरी हुन्छन अनि घरमा गएपछि किन लुरुका पर्छन त्यो बहादुरी अन्याय हुने ठाउमा देखाउनु नी तर सोझालाई पाए झपार्छन पुरुषहरुले भेटाउने यस्तै कमजोर ब्यबहारका कारण थप प्रेसर दिन सक्छन?

एउटा स्वाभिमानी श्रीमानको अगाडी चुरीफुरी लगाउदै महिला यस्तो अधिकारका कुरा गरेपछि त्यो खसाल्ने प्रवृती सहय् हुन सक्छ ? जुन श्रीमानले कहिल्यै भेदभाव गरेको हुदैन हरेक अधिकार जिम्मेवार अाफ्नो जिवन संगीनी लाई दिदा पनि अब अधिकार महिला अत्याचार हिंसा अझ कार्यक्रमको नारा नै सुनाएपछि त्यो पुरुषको मनमा के कुराले सताउला? समस्या यहि हो झगडाको विउ नै महिला हिंसाको नारा र कार्यक्रम बाट सुरु हुन्छ।

महिला हिंसा विरुद्द भन्ने साथै पुरुषको प्रतिकारमा भन्ने बुझिन्छ यस्ता कार्यक्रमले समस्या समाधान गर्नु भन्दा समस्या उब्जाउने गर्छ यसले त विना शुल्क विज्ञापनको काम गरिरहेको छ यस्ता कार्यक्रम ले पुरुषको मस्तिष्कमा पनि नकरात्मक सन्देश फैलाउछ राम्रै परिवार भएपनि पुरुष विरुद्द भन्ने साथै दातमा ढुङ्गा लागी हाल्छ र भएको समबन्ध पनि बिग्रिन सक्छ खटपट अाउन सक्छ। हैन भने महिला द्दारा महिला हिंसाको अन्त्य भन्ने कार्यक्रम हुनु पर्यो नत्रभने त सिधा चोर हो चोरे पनि चोर नचोरे पनि चोर भन्ने खालको सन्देश जान्छ ।

समानहक हित र अधिकारको कुरा अाएपछि यस्ता संस्था संगठन कार्यक्रम हुन जरुरी छ र?
यदि महिला विरुद्द भएका घटना भए पनि यस्ता संस्था फाईदाको लागी मात्र दोैडीएका छन खै कहाँ अन्त्य गरेका छन
हालसालै काभ्रेको सानो बाङथलीकी लक्ष्मी परियारको हत्या प्रकरणमा एउटी दलित महिलालाई सार्वजनिक स्थलमा बाँधेर मलमूत्र खुवाएर छातीमा लात्ताले हान्ने स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले बोक्सी भन्दै मलमूत्र खुवाएर कुटपिट गरेका थिए । स्थानीय सूर्योदय माविका सामाजिक शिक्षा पढाउने शिक्षक हिरा लामाको नेतृत्वमा मंगलबार स्कूलकै खेलमैदानमा नाम्लोले बाँधेर कुटपिटपछि मलमूत्र खुवाएपछि छातीमा लात्तीले हानेर घाइते बनाइएकी लक्ष्मीको शुक्रबार बिहान मृत्यु भएको थियो ।यस्तो घटना हुदा पनि खै कहाँ छन महिला अधिकारकर्मीहरु अन्य समबन्धित निकायहरु? सोह्र दिने महिला हिंसाका कार्यक्रम चलाउने अतिथीहरु कता हुनुहुन्छ?

महिला हिंसाका संस्थाले बलत्कार रोकिन सक्दैन चोरी डकैती केहि पनि रोक्न सकिन्न भने किन अाबश्यक बलत्कार कुनै पनि अपराधका विषय छानविन गर्ने छुट्टै संस्थाहरु छन महिला प्रहरी,पुरुष प्रहरी अनि महिला हिंसा विरुद्दको संस्थाले महिला कमजोर बनाउनु बाहेक के के उपलब्धी गरेको छ?खै कहाँ कहाँ उद्दार गरेको छ ?

महिला हिंसा कार्यक्रम र संस्थाहरुले भएको समबन्ध विगार्ने हो कि समबन्ध मिलाई दिने हो खै त विगरेको लाई मिलाउने कारबाही गर्ने हो भने किन चुपचाप हो ?

समानहक अधिकारको कुरा अाएसंगै जब कोटा छुट्याईन्छ दलित महिला अपाङ्ग त्यो सबैको लागी अपहेलीत कमजोरिपन देखाउनु हो के अपाङ्ग मान्छेले केहि गरेको छैन ? झमक घिमिरेको कुरा गरोै वा फ्लोरेन्स नाईन्टिङ्गेल को कुरा गरोै एउटा महापुरुषले गर्ने काम भन्दा गहकिला अविस्मरणिय काम गरेका छन अनि त्यस्ता कोटाले उनिहरुलाई कमजोरी महशुस गराउनु भन्दा बाहेक के हुन सक्छ? बरु विशेष भुमिका खेलेर सहयोग राहत दिन सकिन्छ सिधा कोटाले सपाङ्ग लाई पनि अपाङ्ग बनाउने काम गरेको छ ।

जब सम्म सिदान्त र कार्यन्वयन समान हुदैन तब सम्म यस्ता समस्या बढ्ने गर्छ कोटा के को लागी दिने प्रतिशप्रधामा गर्दा के फरक हुन्छ? के त्यसो भए हाल नेपालका कार्यकारीपद उच्च अोहदा समालेका समाननिय पद सभामुख राष्ट्रपती,प्रधानन्यायधीस कोटामा पाएको हो?

अब बुझ्न पर्ने कुरा कहाँ रहेछ विभेद कसले गरेको रहेछ हिंसा ? विचार गरोैँ यदि विभेद हिंसानै भएको हो भने किन कानमा तेल हालेर बस्नुभएको छ ? सबै हक अधिकार महिलाकै हातमा छ पदमा बस्दा अाखा चिम्लेर बस्ने अनि पद बाट बाहिर अाएपछि यो भएन त्यो भएन किन भन्ने?

हजुरहरु जो जो पुरुष पिडित हुनु हुन्छ अाम महिलाहरु जानुस उनिहरुकै ढोका ढकढकाउन
सबै पावर शक्ति महिलाकै हातमा छ तर काम को साटो बहश बढि भएको छ अाफु कार्यकारी प्रमुख हुदा पनि अरु महिलाहरुलाई कमजोर देख्ने र कमजोर बनाउने के यो पुरुष हिंसा हो ?

पुरुषपृत्तात्मक किन भन्ने यसमा महिलापृत्तात्मक भन्न मिल्दैन यहाँ महिलालाइ सिधा होच्याउने कमजोर बनाउने संस्कार छ जब सम्म प्रतिशप्रधाको विकास हुन्न कहिल्यै पनि यो प्रथा हट्नेवाला छैन।

कोटा दिनुको मतलब सबै पुरुषहरु सक्षम छन त? किन दिईयो त कोटा?

यदि ग्रामिन भेगका पुरुषलाई शहरी क्षेत्रको महिला संग प्रतिशप्रधा गराउने हो भने सत प्रतिशत पुरुष पछाडी पर्छन यदि पुरुषलाई पछाडी पार्ने खेल हो भने किन टाउको दुखाउने सिधा प्रतिशप्रधा गराईदिने सिस्टम राख्दा किन हुदैन यसो गर्दा महिला लाई पनि अात्माबल बढ्छ पुरुष हराउनसकेको मा होैसला हुन्छ तर कोटा दिने सिस्टममा मिहेनत नै गर्नु परेन यसको मतलब कोटा दिएर असक्षम ब्यक्ति उत्पादन गरिदै छ भन्ने बुझाउछ?

जनजाती दलित महिला भन्दा ग्रामिन क्षेत्रका बाहुन क्षेत्री पुरषहरु कमजोर छन भने किन सक्षम दलित महिला वा अन्य लाई नै दिनु पर्यो कोटा? शहर र ग्रामीन भनेर दिन सकिन्न ?

“अामाहरुले/महिलाहरुले गर्ने विभेद”

एउटा शिक्षित घर परिवार र समाजमा सुत्केरी हुदा छोरा भयो कि छोरी प्रश्न सिधा उठ्छ?
र यो प्रश्न उठाउने पनि प्नाय महिला नै हुन्छन
महिलालाई नै चासोको विषय बन्छ र एका एक छोरी मात्र हुने हरु अाफै बाट अपहेलित हुदै अात्माग्लानीको साथ कमजोरी महशुस गर्छन र नाम भने पुरुष संग जोडीने यस्ता विषयहरु धेरै छन यदि महिलाले पुरुषलाई केहिहद मात्र सम्झाउन सक्थे भनि यो समस्या नै हुने थिएन ।

यहाँ महिला महिला विचको खाडल छ दुरि छ जब सम्म यो पुरिदैन तब सम्म हिंसात्मक फस्टाउदै जान्छ कोही कसैको बाबाले सोधेका छन किन तेरो श्रीमतीले छोरी जन्माई भनेर? तर याद गर्नुस हरेक दिदि अामाहरुले यो प्रश्न गरेकै हुन्छन? यदि छोरी पाएको उत्तर दिए उनिहरु निरास हुन्छन कारण किन? यहाँ भेदभाव कसले गर्दैछ यो वुझ्नु जरुरी छ हिंसा महिलाले गर्छन तर जोडीन्छ पुरुष संग खै कहाँ भए पुरष हिंसा? हो केहि पुरुषले गल्ती गर्दा नाम जोडीने गर्छ तर हर पुरुष लाई हेर्ने कोण पनि परिवर्तन गर्ने हो की?

जब जम्म महिला र पुरुष विचको नकरात्मक दृष्टि रहन्छ तब सम्म य‍ो समस्या समाधान भन्दा पनि अझ जटिल तर्फ जान्छ हरेक पुरुषलाई अाफ्नै घरको दाई बाबा सम्झिने र ब्यबहार पनि त्यस्तै गर्ने हो भने यो दुरि अझ नजिक हुन सक्छ।

यो कुरा सुत्केरी भईसकेका महिला अामा वर्गले त बुझ्न पर्ने हो तर जतिसुकै अादर्श बुझे पनि यथार्थ मा बुहारीले जबरजस्ती छोरानै जन्माउनु पर्छ भन्ने अामा वर्गहरु कम छैनन् ति अामा वर्गले कहिल्यै त्यो पिडा महशुस गर्न सकेनन्
सन्तानको सुखका निम्ति त्यो पिडा छिट्टै भुल्ने गर्छन र बुहारीले छोरा नै जन्माउनु पर्छ भन्ने संस्कार लाई जलमल गर्ने ति दिदि बहिनी हरु पनि साथ मा साथ दिने गर्छन र भाउजु बुहारीको विपक्षमा बोल्छन।

अाफ्नो पिडा लाई बाड्दै जाने हो भने र हरेक छोरी दिदि बहिनी र अामा एक जुट हुने हो भने यसको समस्या जटिल हुने थिएन छोरा छोरी भन्दा पनि बुहारी र छोरीको भेदभाव गर्ने यो जटिल विषय हो एक पुस्ताले जे भोगेको छ जस्ताको तस्तै अर्को पुस्तामा सार्ने अादरणिय अामा दिदि बहिनीहरुलाई के भन्ने ?

कुनै भोज पाटी कार्यक्रम तिर जादा छोरी बुहारी बराबर हुनु पर्छ भन्ने तर घर अाएपछि बुहारीसंग मात्र झम्टने सासुलाई कसरी बुझाउने ? हामी सधैंभरि श्रीमानले श्रीमतीमाथि अत्याचार गरेको देख्छौं तर, श्रीमतीबाट उत्पीडित श्रीमानको अवस्थाबारे बेखबर बन्छौं हिंसा बनेको कुटपिट गर्ने, दुव्र्यवहार गर्ने, मानमर्दन गर्ने जस्ता शारिरिक मात्र होइन, मानसिक रुपमा गरिने दुव्र्यहार पनि हिंसाकै रुप हो ।

हाम्रो दिमागमा हिंसा जहिले पनि पुरुषले महिलामाथि मात्रै गर्छन् भन्ने कुरा भरिएको छ महिलाले फिटिक्कै गल्ती गर्दैनन्, महिला भनेका सहने मात्र प्राणी हुन् भन्ने बुझाइ छ । तर, हेप्ने र होच्याउने ठाउँ आयो भने महिलाले पनि बाँकी राख्दैनन्, राखेको देखिएको छैन भन्दा पनि फरक पर्दैन । परिमाण धेरथोर मात्र हो सरल तरिकाले बुझ्ने यस्ता टाईटल खोतल्दै जाने हो भने पुरुषबाट हुने हिंसा न्युन भन्दा न्युन हुन्छ हिंसा नै गर्ने पुरुषले त श्रीमतीलाई मात्र गर्दैन जडीया गुण्डा दाजु भाई भए अामा दिदि बहिनी कोहि चिन्दैन ।

” विभेद”
त्यसो भए भेदभाव किन छोरा होस या छोरी त्यो दोष न अामाको हुन्छ न त जन्मने नव जात शिसुको त्यो दोष हो भेदभाव राख्ने कुसंस्कारको टोपिलगाउने त्यो ब्यक्ति नागरीक समाज र अाम राष्ट्रको अझै बढि दोष महिला जसले महिलाकै घोर विरोध र महिला हिसांलाई अझ जटिल विषय बनाएका छन। फलानो को छोरी भयो मेरो छोरा यस्ता च्यालेन्जिङ विषयले पनि महिलाहरुलाई महिलाको शिकार भई निरासको भारी बोकाईरहेका हुन्छन त्यसको दोष सिधा महिला नै जान्छ। तर जोडीने गर्छ पुरुष संग

हरेक अामालाई अथाह पिडा दिएर नोै महिना सम्म अजम्बरी कोमल पोखरी भित्र डुबुल्की खेल्दै उहि सन्तान पात्र मात्र फरक जन्मने हो अाखिरमा अामालाई हुने पिडा त बराबर होनी?
सायद यहाँले समान ब्यबहारले हेर्नु भयो होला अामालाई छोरा हुदा कम पिडा र छोरी हुदा वढि भन्ने कुरा पनि थिएन होला जन्मदाको पिडा संग खुसि जोडिन्छ र अामाले त्यो पिडा छिटै भुल्नुहुन्छ तर जब त्यो मृत्युमा वदलिन्छ त्यो हमेशा अामाले भोग्न सक्नुहुदैन तर जन्मदा छोरा होस वा छोरी भोगाई एउटै हुन्छ भने के मा विविधता?

खाने लगाउने कुरामा दिदिले स्कट को टालो गुत्न हुने श्रीमती ले फुल पाईन्ट लगाउदा अामा किन बुरुक बुरुक उफ्रिन पर्ने पहिला छोरीलाई सम्झाएर बुहारीलाई सम्झाउदा नहुने अनि दिदिले पनि लगाउन दिनुस भन्नुको साटो हो त के हो स्वमत नभाकी अाईमाई यस्ता सम्म भन्न पछि पर्दैनन् जय नारी नारीले नारीको भावना किन नबुझेको कि हरेक नारीले अर्को नारीलाई सोैता देख्छन?

पुरुष पुरुषमा प्रतिशप्रधा भए पनि महिलाले जस्तो कमजोर बनाउने होच्याउने चाहि गर्दैनन अाफु बाट सुरु गर्ने होकी महिला हिंसाको नारा पर्चा भन्दा अादरणीय दिदि बहिनी अामा काकीहरुले बुहारीको सम्मान गर्न जाने एक जुट भए पुरुषबाट हिंसा हुने सम्भावना अति कम छ ।

“त्यसो भए पुरुष हिंसा चाहि भएका छैनन् त?

महिला महिला विशेष गरि अामा दिदि बहिनी काकी बाट सुरु हुन्छ महिला हिंसा बुहारी माथी तर जोडीने अारोप लाग्ने गर्छ तेरो पोई र स्वास्नी भनेर पुरुष संग कति निरासको जिवन विताउनु परेको छ पुरुषले यो कसैले सोचेको छ छैन भने अाज बाटै सोचोै ।

एउटा श्रीमान घर-परिवारको खुसीको लागि अर्काको मुलुकमा पसिना बगाउँछ अाफ्नो सन्तान भनेर घामपानी नभनि परिवार सम्झेर श्रीमानको रगत-पसिनाको कमाइमा रमाउने श्रीमती अर्कैसँग भाग्छे । त्यो अवस्थामा श्रीमानले भोगेको मानसिक पीडाको क्षतिपूर्ति के हुन्छ ? यो पुरुषमाथि गरिएको बेइमानी होइन ?
लोग्नेले श्रीमतीमाथि विश्वास गरेर पैसा पठाउँछ त्यही पैसामा श्रीमती अर्कैसँग खुसी मनाउँछे । बालबच्चाको बिचल्ली हुन्छ । समाजले उल्टै लोग्नेलाई दुत्कार्छ, ‘यस्ती स्वास्नी छ भन्ने थाहा पाउँदा-पाउँदै किन उसैलाई पोसिस् ? धन पनि स्वाहा, श्रीमती पनि गायब, बालबच्चाको विचल्ली । हुन्छ यो हिंसा होईन शाररिक हिंसा भन्दा जटिल हुन्छ मानशिक हिंसा उस्तै परे डिपरेसनले ज्यान पनि जान सक्छ विभेद मत गरोै र पुरुषको टाउकोमा मात्र दोष थुपार्ने काम बन्द गर्ने हो कि !

प्रकाशित : आइतबार, पुष १०, २०७३१७:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कथा: फेसबुकमा भेटिएकी मंगलग्रहकी सुन्दरी