“फेसबुक “

हरि थापा/दोलखा

विदेश गएको ठुलेले साथीलाई सोधेछ बाह्र घण्टा काम त्यसपछि के गर्ने साह्रै गारो भयो समय विताउन अनि उसले फेसबुक खोल्दियो काम पायो यताउता चहार्न थाल्यो। साथी बढाउन थाल्यो। उसलाई एउटा नयाँ संसारमा प्रवेश गरेको महशुस प्राप्त भो। यस क्रममा उसले थुप्रै साथी आफैँले रिक्वईष्ट पठाएर बनाउन सफल भयो

एकदिन निदाईरहेको वेलामा टङ गरेर नोटिफिकेसन अायो उसलाई पनि कसैले साथी बनाउने अनुरोध पठायो। हतारमा प्रोफाईल हेर्यो एेश्वर्य जस्ति सुन्दरी केटी देख्यो र पहिलो हेराईमा नै भुतुक्क हुदै फोटो ठुलो बनाई बनाई हेर्यो र कनफम गर्यो उसको नाम थियो छुची ।

छुचीले म्यासेज पठाउन थाली। ठुले पनि त्यसको उत्तर पठाउनमा मग्न हुन थाल्यो। यसरी फेसबुक गफ हुन थालेपछि छुची बानी भई। छुचिको लागि ठुले पनि राती सम्म कामको वास्ता नगरी गफिने साथी बन्यो, एउटा आकर्षक आदत बन्यो। उनीहरू अब यस्ता साथी बने जो एकदिन मात्र कुराकानी गर्न नपाए छटपटी गर्ने एक विना अर्को अधुरो हुने खालको भए उनीहरूलाई अब घण्टौँ कुरा गर्दा पनि नअघाउने हुन थाल्यो।

एकदिन उनीहरूबीच म्यासेज ढिला रिप्ले भएकोले छुचीले शंका गरी र पासपोर्ट अाईडी मागी ठुलेले दिएन नदिए पछि छुची जोड संग चिडीन थाली गाली गर्न थाली बढ्ता हुन्छस प्ले ब्वाइ सम्म भनि

ठुले पनि के कम। उसले पनि प्याच्च भन्यो बढ्ता त तिमी नै भाकी हो नि, म हो र! बेकारमा जिद्दी किन गर्नुपर्ने नि अाफै छोै प्ले गर्ल उसले पनि मुखाभरिको जबाफ दियो

यस्तै बाझबाझ झगडा धेरै दिन सम्म हुदै गयो दुवैले एकअर्कालाई भन्नुपर्ने सारा राम्रा नराम्रा सबेै कुरा भने गाली को गाली फिर्ता गरे

अन्तमा केटाले केटीलाई कडा व्यवहार देखाउने पारामा भन्यो भो तेरो अब धेरै बकबास भयो म तलाई ब्लक गरिदिन्छु। मेरो अन्तिम निधो यही हो।
ब्लक भन्नेबित्तिकै छुची मुर्छा परी मनमनै झस्की ऊ एकछिन केही बोलिन अन्तमा उसले गहन हुदै हृदय खोलेर निरास हुदै भनी ए हो !
ठुलेले पनि अमिलो मन पारेर भन्यो – ल है, ब्लक गरेँ है त। वाई फरइभर भनेर

छुचीले विह्वल हुँदै ठुलेलाई अन्तिममा भनी ठुले ! ठीकै छ, मलाई ब्लक गर्ने हो भने गर। ति तिम्रा झुटा कसम रहेछ इट्स अोके भनि तर, तिमीले मलाई फेसबुकबाट ब्लक गरे पनि के भो त तिम्रो मनको फेसबुकबाट ब्लक गर्न सक्छौ ?

प्रकाशित : मङ्गलबार, पुष ०५, २०७३१४:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

“खुसिले बाकस खोल्दा मृत शरीर देखेपछि”