“खुसिले बाकस खोल्दा मृत शरीर देखेपछि”

हरि थापा/दोलखा

देखेको केहि भोगेको कुरालाई कथामा प्रस्तुत गरेको छु ”
अाफ्नो सुनोैलो भविग्यको सपना वोकी विदेश हान्निएका दाजु भाई दिदि बहिनीहरुको कथा साह्रै कहाली लाग्दो छ।नेपालको राजनितीक अस्थिरता लामो जनयुद्दले खोक्रो पारेको देश छाडी एउटा बाटो खोज्दै भोैतारीदै विदेश पुगेर काम नपाई छट्पट्टी हुनुको पिडा कस्तो होला महशुस गर्नै नसकिने अबस्था छ। जनयुद्दमा होमीएका पछि घाईते भएपछि संगठनबाट बाहिरीएर सन्तानलाई सुख दिन विदेश गएको र विदेशको एर्पोटमा नै अलपत्र परि नेपाली दाजु भाईहरुको सहयोगमा एउटा कम्पनीमा काम पाएको र त्यो दुख विर्सिएर केहि महिना पछि नेपालमा परिवार संग मिठो संवाद गरि अब छिटै ऋण तिर्ने अाश्वसन दिई परिवारलाई केहि खुसि बनाउन सफल भएको मेरो प्यारो साथीले सबै साथीहरुलाई बताउदै थियो।

काम गर्दै जादा ति पुराना दुख हरुलाई विर्सदै अब नयाँ जिवनको सुरुवात भएको कुरा अाफ्नो जिवनसाथी र मुटुको टुक्रा पाच बर्षको छोरालाई यो खुसि बाड्दा उसले जनयुद्दका सबै चोटहरु भुल्न थालीसकेको हुन्छ र बुढि अामा संगको संवाद मा अब केहि महिनामा पैसा पठाउने कुरा गरिएको हुन्छ।

जब पहिलो काम गरेको परिश्रम अाउछ त्यो कतै दायाँ बायाँ खर्च नगरि उसले अरु केहि रकम साथीहरु संग लिई नेपाल पठाउछ र एका एक ति बुढि अामा श्रीमती र छोराको खुुसिको सिमा नाघ्छ। उनिहरु पहिल्यै देखि अन्याए सहदै बसेका र अाफ्नो श्रीमान त्यो अन्याए लाई सखाप पार्न जनमुक्तिसेनामा लागेको जनयुद्दमा घाईते भई दुर्भाग्यवस त्यो सपना पुरा नभएर अब विदेश गएपछि अाफ्नो अार्थिक स्थर बढ्ने अरुको दवावमा बस्न नपर्ने कुरा सम्झदै उनको श्रीमती खुसिले उफ्रिन्छिन ।

गाउले हरुलाई यो मन पर्दैन त्यहि त होनी हरेक समाजमा कमजोरी मान्छेहरुलाई थिचो मिचो गरेर बाच्न पल्केका र अरुको दुखमा सन्तुष्ट हुने हरु कहाँ देख्न सक्छन र गरिब कमजोर मान्छहरुको सुख । उसको अामा पनि अब छोरा विदेश भएको र अाफु अरुको दवाबमा अब नबस्ने समाजलाई अाफुले चिनिसकेको अब यस्तो अन्याय सहन नसक्ने कुरा गर्छिन कुरा हावा सरी फैलिन्छ जता ततै हल्ला पिट्छ उसको परिवार खुसि हुन्छन ।

दोश्रो महिना उसले साथीवाट सापटी लिएको पैसा तिर्दै ठिक्क हुन्छ र उसले घरमा परिवारहरुलाई सम्झाउदै अब दुखका दिन गए अर्को महिना पैसा पठाईदिने र घर बनाएर सुखले पाल्ने अाश्वसन दिन्छ अामा श्रीमती र छोराको खुसिको सिमा नाघीसकेको हुन्छ । त्यो खुसी लुकाउन सक्दैनन् अाफ्ना घरमा जासुस स्वरुप अाउने पाउनाहरुलाई छोराको बारेमा सबै वताउछन ।यो समाजले हामीलाई यस्तो दवाएर राख्यो अव बल्ल भाग्य खुलेको कुरा बुढि अामाले ती जासुसी पाउनालाई वताउछिन ।

जासुस गर्दै हिड्ने पाहुनाले त्यो खबर पुरै गाउभरि हल्ला फिजाई दिन्छ तर पनि उनिहरु छोराको अाडमा डराउदैनन् एका एक समाजमा कोही बोल्न छाड्छन कमाएको गरीखाएको देख्न नचाहने हरु अब एकाएक टाढा हुन्छन । अर्मपर्म काम चलाउने हरुले पनि सहयोग गर्दैनन् सबै टाढिन्छन उत्ता छोराको पनि खबर अाउदैन अर्को महिना घर बनाउन पैसा पठाउछु भनेको श्रीमानको बेखवर भए पछि श्रीमती जान्ने बुझ्नेको मा सोध्न जान्छिन ।

अामाले गरेका ती कुराहरुले गर्दा उनिहरुले तेरै सासु जान्ने सुन्ने छ उसैलाई सोध भनेर हप्काएर पठाँउछन उनि फर्किन्छिन र मन थाम्न नसकि अोछ्यानमा गएर कराउछिन रुन्छिन कसले सम्झाउने अामा रोएकोले छोरा पनि रुन्छ अनि उनि रोकिन्छिन छोरालाई सम्झाउदै भन्छिन बाबु किन रोको बाबाले छोरालाई मोवाईल नयाँ कपडा ल्याईदिनु हुन्छ भनेर सम्झाउछिन

छोरा हो ममी भन्दै मख्ख पर्छ दुई महिना वित्छ श्रीमान को खबर केहि अत्तोपत्तो हुदैन उनिहरले केहि बुझेका हुदैनन् समाज टाढीसकेको हुन्छ रुवाबासी भएपछि एक जना महापुरुष भेटिन्छ उ केहि महिना अघि विदेश बाट अाएको हुन्छ

विदेशको दुख यस्तो हुन्छ भन्ने सम्झेर उसले मेनपावर सम्म लगिदिन्छ बुझ्दै जादा अझै वेखवर हुन्छ बल्ल तल्ल मेनपावर भेटे पनि कहाँ सजिलै भन्छन र अहिलेका मेनपावर दुख मात्र दिन जानेका छन केहि दिन को अन्तराल पछि मेनपावरले बल्ल कुरा अगाडी बढाउछ, तपाईको समस्या के भनेर समस्या अस्ति देखि भनेको भन्दै त्यो युवक रिसाउछ मेनपावरले अब ढुक्क हुन सल्लाह दिन्छ केहि समय पछि  फेेरी मेनपावर जादा उसले बिर्सिएको भन्ने कुरा गरेपछि त्यहाँ पनि भनाभन हुन्छ ।

छोराले यो महिना घर बनाउन पैसा पठाउने भनेको कुरा सुनाउदै अामा दुखि हुन्छिन यति बुढि मान्छको मन दुखेको देखेर उसले छोराको बारेमा खबर छिटै पतालगाउने कुरा गर्छ। मेनपावर लाई थाहा भएपनि कुरा सधै लुकाई राख्ने गर्छ उसले पनि अप्ठारो महशुस गरेर होला अन्त्यमा मेन पावर बाट घर फर्किदा घर भरि पनउना देख्छन ।

उनिहरु खुसिले पक्कै छोराको खबर पैसा लिएर अाएको होला भनि दोडीदै जान्छन त्यहाँ सामानहरु देख्छन त्यो खुसी मा अाफुलाई छोराले के पठाईदिएको छ भनि सोद्छन,  एउटाले भन्छ पहिले उसैसंग झगडा गरेकी थिईन उ त्यहाँ छ के के चाहिन्छ हेर्नु भनेर बक्स देखाइ दिन्छ अामा छोरा र श्रीमती रमाउदै बक्स खोल्न जान्छन र बक्स खोल्न समय लाग्छ सबै परिवार खुसि हुन्छन पहिला सानो बक्स खोल्छन त्यसमा छोरा अामा र श्रीमतीको लागी घडी सादा मोवाईल हुन्छ झन खुसि हुन्छन

अनि त्यो खुसिमा अर्को बक्स जुन ठुलै हुन्छ, त्यो खोल्दा अामा छोरा र श्रीमतीका सारा सुख दुखमा परिवर्तन हुन्छ त्यो बक्स भित्र अमुल्य चिज को सट्टा सिङ्गो शरिर हुन्छ त्यो परिवारमा बज्रपात पर्छ सारा सपना टुट्छ छोराको वियोगमा अामा ढलेको अामा कहिल्यै उठ्न सक्नुहुन्न छोरा र श्रीमती वेसाहार जिन्दगी विताउन बाध्य हुन्छन ।

प्रकाशित : मङ्गलबार, पुष ०५, २०७३१४:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काँग्रेसीहरुले ‘ऊ खरानी आयो; फुक्फुक्’ भन्दै सधैँ उडाउँथे, ‘पातेबुङ्गा’ को सङ्घ्या