युवा पिढिको नयाँ जोस जागर र उमंग लिएर जिवनका असिमित सपना पुरा गर्न नयाँ ठाउँ नयाँ सोच विचार योजना लिएर नयाँ परिवेशको यात्रा गर्दै थिए जति सुकै अथाह पिडा भएपनि हरेक मान्छेले अाफ्नो दुख लुकाएर दुनियालाई मुस्कान दिन खोज्छ त्यस मध्य म पनि त्यस्तै एक असफल यात्री हु ।
काडमाण्डोैँको यात्रा,डेरा गरेर बस्नुको पिडा कष्ट विरक्त लाग्ने काठमाण्डोै हेर्दा जता ततै झिलीमिली छन खुसि देखिन्छन तर त्यहाँ भित्रको पिडा बाहिरी मान्छेले कहिल्यै महशुस गर्न सक्दैन काठमाणडोैमा टिक्न त्यति सजिलो पनि थिएन रोजगार नहुदा काठमाण्डोै मा अाफ्न्तहरुले चिन्दैनथे् चिने पनि अाफ्नै तिर टासो लाग्ला भन्ने डरले नचिने झै गर्दा रहेछन त्यो त्यहाको माहोल नै त्यस्तो बनेको रहेछ, हुनत डेरामा बसेका सबै घरवेटिको कचकचले काबुक भएका होलान त्यसैले यहाँ चिन्नेले भन्दा नचिने जस्तो गर्नेले जित्ने रहेछ त्यसैले त म भन्छु अाफ्न्त नचिन्ने,विर्साउने काठमाण्डोै शहर ।
एउटा सानो कोठा भित्र बस्दा पनि सास थुनिएला जस्तो लाग्ने कोठाको भाडा पाचँ हजार रुपयाँ त्यसैले प्राय जसो साथी साथी मिलेर बस्दा रहेछन जब मैले शहर गएर पढ्ने सपना अामालाई सुनाएको थि अामले अाफ्नो मुटुको टुक्रा अाफु बाट टाढिदै छ भनेर हुन्न भन्न नसकी न्यानो स्पर्स गर्दै अाखाँ रसीला बनाउनु भएको थियो अनुहारमा अाएको फिकापनले प्राणभन्दा प्यारो छोरा छुटिदै छ भन्ने कुरा सजिलै अन्दाज लगाउन सकिन्थ्यो ।
हरेक अामा बाबु अाफ्नो सन्तान अाफु भन्दा माथी उठेको हेर्न चाहन्छन संसारमा एक मात्र मान्छे हुन कहिल्यै अाफुभन्दा अाफ्नो सन्तान तल होस भनेर सोच्दैनन् अाफु जति सुकै दुख पाए पनि सन्तानले सुख पाअोस भन्ने एक महान सृष्टिकर्ता हुन अामा र बाबा
हरेक बाबा अामाले छोरा अाफुबाट टाढा नजाअोस अाफ्नै वरिपरि होस भन्ने सोचाई हुन्छ मेरो अामाको पनि चाहना त्यो भन्दा फरक थिएन तर पनि बाध्यता छोराको चाहना ईच्छालाई कदापी रोक्ने कोसिस गर्नु भएन छोरा शहर गएर पढ्नु उहाँहरुको लागि खुसिको खबर थियो मान सम्मान अनि शहरमा पढेेको छोराले राम्रो जागिर पाउछ भन्ने अामाहरुको अाशा हो त्यसैले छोराको खुसिको लागी मन दह्रो बनाउदै नाई भन्न सकनुभएन ।
जब शहर पढ्न जाने निश्चित भयो त्यस पछि को समय सुन्य हुदै विदा हुदा अाउ है बाबु भन्नु हुन्थ्यो यो एउटा उहाँको प्रेरणा र मायाको अाभाष थियो जब शहर गएर पढ्ने कुराको निछोड भयो त्यो रात निदाउन सकिन त्यस रातमा म विश्व घुमेर बसिरहे यति धेरै सपना बनाए यो नभए त्यो त्यो नभए यो धेरै विकल्प थियो शिक्षक बन्ने चाहना थिएन नत्र भने वि.एड सम्मको पढाई त त्यहि त्रिभुवन उच्च मा.वि मा अाफ्नै घर नजिक हुन्थ्यो ।
सबैले एउटै विषय पढेपछि रोजगार पाउन गाह्रो हुन्छ भन्ने हिसाबले बाठो भएर म्यानेजमेन्ट पढ्ने विचार गरेको त्यसपछि कुनै राष्ट्र बैङ्क हल्लाउने सम्मको सपना नबनेको हैन त्यो रात सपना एक पछि अर्को हुदै सपना देख्दा देख्दै विहानी भयो मैले अाफुलाई अनिदो महशुस गरिन ज्यान फुर्तिलो थियो लता कपडा चाहिने सामान सबै अघिल्लो रात प्याक गरिसकेको थियो सबेरै मैले घर छाडे विहानी पखको सिरसिरे बतास चलेको थियो चिसो मोैसम त्यो भन्दा चिसो मेरो मन भएको थियो पहिलो दिन घर छाड्दै थिए अाफैलाई कता कता म परदेश नै लागेछु जस्तो भयो कसैको मुख हेरि सक्नु थिएन अध्यारो अनुहार म फटाफट मेरो सपनाको शहर काठमाण्डोै हान्निए बाटो भरि सपना देख्दै हिडे ति सपना एका एक डरमा परिनत हुदै थिए हिजो सम्म अामाको साहाराले अाउने त्यो शाहस हट्दै कमजोर हुदै थियो “जब माज्छे परिवारवाट छुटिन्छ अाफैले अाफुलाई कमजोर महशुस गर्छ” ।
अरनिको सुपरएक्सप्रेस हर्न बजाउदै हुईकिदै अायो र छेउमा अाएर ब्रेक लगायो उज्यालो अनुहारको गुरुजी ले सुपरएक्सप्रेस मजाले हुईक्याउदा रहेछन डर पनि लाग्यो विश्वास पनि भयो एक दशक भैसकेछ उसले यो पेसा अगालेको अहों रामचन्द्र काफ्लेको गित ले साथ दिदै थियो उकालिमा पनि हजुर मोटर जादो रैछ कथाले मागेअनुसार को गित विष्मात अनि हर्ष दुबै एकै साथ सुपरएक्सप्रेसको गति भन्दा मेरो सपनाको गति अझ बेगमा थियो त्यतिकै निरासपनि सुरुहुदै थियो एक्लो महशुस गर्दै थिए अनि जति यात्राको गति संग अगाडि बढ्थे घरका एक एक यादहरु अाउदैँ थियो ।
मलाई बेकार लाग्न लागिसकेको थियो एक्लोपनले छुदै थियो बल्ल साझापख काठमाण्डोै पुगे थकित महशुस भयो अनि अामाले पल्लाघरे कालेदाईको मा बस्नु भन्नु भएको थियो
फोन गर्न खोज्दा त मलाई लिन अाईसकेछन अामाले पहिलेनै खबर गर्दिनु भएको रहेछ अब के गर्छस त काम गर्दै पढ्छु भने मैले शहरमा काम गर्दै पढ्छन भन्ने सुनेको थिए त्यसैले सजिलो उत्तर यहि नै थियो अनि त्यो रात जति थकित भए पनि म निदाउन सकिन अघिल्लो रात सपनामा वित्यो अाजको रात निरासमा वित्दै थियो त्यो काठमाण्डोै मैले सोचे भन्दा फरक रहेछ ।
मेरो सपनाको शहर काठमाण्डोैमा पुग्नसाथ रोजगार दिने लाईन हुन्छन जस्तो लागेको थियो तर यहाँ काम खोज्दा पनि पाउन नसकिने साह्रै सङघर्स गर्न पर्ने कुरा कालेदाईले भने पछि म छागाँबाट खसेजस्तो भए अनि डाडाँ पारि भक्ते बा को नाति पनि काम गर्दै पढ्छ रे त मलाई भेटाईदिनु भने दाईले मुन्टो हल्लाउदै हस भन्ने संकेत गर्नु भयो मेरो सपनाको काठमाण्डोैमा सहयोग,एकले अर्कोको सम्मान,दुखमा साथ, अन्यायलाई न्याए दिने,बेरोजगारलाई रोजगार दिने,राम्रा राम्रा मान्छे बस्ने ठाउँ होला भन्ने सोचेको थिए तर यहाँ विलकुल फरक भईदियो
सोचेको उल्टो चल्दै थियो जे भए पनि टिक्नको लागि केहि त गर्नै पर्यो कलेज भर्ना गरेपछि केहि दिन झन पिडा महशुस भयो पछुतो पनि लाग्यो बरु नजिककै कलेज पढेको भए ढुक्कै हुन्थ्यो अामाले पकाको खाना नपचेर मलाई मेरो सोचले अाफैलाई एक्लो बनायो अनि अामाले भनेको कुरा याद अाई रहयो अन्तत मैले जिते अामाले हार्नु भयो त्यसैले त अाज म यो झिलिमिली शहरमा अन्धकार अर्थहीन जिवन जिउदै छु ।
एउटा बल्ल तल्ल पाएको जागीर पाच दिनको लागि घरमा गएको थिए अाउदा अर्को मान्छे राखिसकेछ त्यस पछि त झनै डामाडोल जागीर होस नहोस महिनाको एक गते रासन विल, कोठाभाडा, र कलेजको फी जसरी जहाँ बाट ल्याएर पनि भर्नै पर्ने जागीर हुदा अाउथ्यो सबैको हिसाब दियो सकिहाल्थ्यो तर जब जागिरनै छैन भने कहाँ गुहार मागु यो एक्लो सहरमा कसैले कसैलाई चिन्दैनन् ।
काले दाई मजदुर गर्छन अाफुलाई खर्च गरेर बचेको घरमा पठाउनु हुन्छ उनको घरमा पनि खाना लगाउन कठिन थियो एक महिनाको रुम भाडा त दाईले तिर्नु भयो तर अर्को महिना त मेरो पालो के गरोैं जागिर ले अाफैलाई खाने भो जस्तो लाग्यो वाकदिक बनायो शिथिल बनायो तर यो काठमाण्डोैमा जागिर पाईएन ।
त्यतिकै खाएर बस्नु भन्दा घरमा अामालाई सघाउन पाएको भए अामाको माया अनि अाशिर्रबाद पाईन्थ्यो तर यहाँ सबैको गाली बाहेक केहि पाईएन घरवेटिको कचकच रासनवाला साहुको ठाडो बोलीले मेरा तन मन र सारा सपना अोईलाई सकेको थियो , दिन दिनको तनावले कलेज जानु नजानु एउटै भईसकेको थियो मलाई काठमाण्डोै गरिवहरुको जेल लाग्न थालीसकेको थियो मलाई मेरो घर शहर लाग्न थाल्यो शहर मलाई जेल जस्तो लाग्न थाल्यो पाईला पाईलामा पैसा चाहिने काठमाण्डोै यो शासकहरु बस्ने ठाउँ रहेछ जस्तो लाग्यो ।
म अन्योलमा परे र अन्त्यमा ऋण गरेर घर फर्कने निधो गरे छोरो शहरबाट घर फर्किनु अामा बाबुको लागी खुसिको खबर हो तर कमाउन गएको छोरा ऋण लागेर फर्किनु दुर्भाग्यपुर्ण कुरा हो तर पनि हार नमानी भन्नुपर्ने थियो वास्तविक कुरा जतिनै बढाईचढाई गरेपनि यथार्थ प्रष्ट देखिन्थ्यो त्यसैले मैले सरसरती साचो बताए शहरको कथा सुनाए कथा सुने पछि भावुक हुदै भन्नु भयो अब त्यहि नजिकैको कलेज पढ् अझै त समय छ भन्नु भयो मैले हुन्छ भन्न सकिन फेरि हुन्छ भनेर पल्लाघरे कालेदाईको ऋण कसले तिर्छ जति सक्दो छिटो मलाई ऋण तिर्नु थियो तर कलेज पढेको भरमा त्यो ऋण तिरीनेवाला थिएन ।
मलाई पढ्नु भन्दा जागिर चाहिएको थियो त्यो ऋणले मलाई रातमा कहिल्यै निन्द्रा पर्दैनथ्यो यदि निदाई हाले भनि जति वेलापनि पल्लाघरे कालेदाईको ऋण फर्चोट भएको देख्थे र ब्युझिहाल्थे झस्किरहन्थे जति पोले पनि यो ऋण तिर्न सक्ने क्षमता म मा थिएन अब विकल्प फेरी शहरकै सुनेको थिए विदेश मा काम कमप्युटर बाट काम हुन्छ अलि अच्चम लाग्थ्यो अब विदेशको भुत्त चढ्न थाल्यो जिवनको एक मात्र विकल्प यहि थियो “विदेश”
फेरि हिम्मत गरे जसरी पनि विदेश गएर कमाएर ऋण तिर्ने अठोट गरे अनि मेनपावर धाउन थाले मेनपावर धाउदा धाउदा वाक्क अाफै एजेन्ट भईएला भन्ने सम्मको सोच अाउथ्यो विहान देखि बेलुका सम्म जागिरनै जस्तो भईसकेको थियो तर काम भने जस्ताको तस्तै एजेन्टले अाज भोली भन्दा कति महिना बित्यो ऋणमाथी ऋण झन लोड थपिदै थियो
संजोगले खाडीमा कामदारको माग अाएकोले भोली इन्टरभ्यु छ भन्ने थाहा पाउन साथ भोलीपल्ट ठेगाना पत्ता लगाउदै मेन पावर पुगेर बल्ल पक्का भयो तर भिषा कहिले अाउछ भन्ने कुनै ग्यारेन्टी थिएन अाशा मरेको थिएन तर सोचे भन्दा छिटो केहि दिनमै भिषा अायो मन फुरुङ्ग भयो छुट्टै खुसि ठुलै युद्द जिते जस्तो महशुस भयो एजेन्टलको ठाडो बोली पैसा लिएर अाउनु भन्ने खबर पाएपछि म तयार भए पाच महिना अघि फाईनान्स बाट झिकेको पैसा अर्को महिना त ब्याज साँवा नै बुझाउने भाका थियो थर भिषा अाई सकेकोले अब ऋण तिर्छु भन्ने पक्का थियो ।
सबै काम सकेर भेटघाटको लागि घर गए र खबर सुनाए बाबा अामा भावुक हुन भयो छोरा विदेशिदै छ भनेर बेलुका खाना खाएर अामा बाबा सुत्न जानु भयो म पनि मेरो कोठा तर्फ लागे त्यो रात पनि पहिले काठमाण्डोै पढ्न जादा रात भरि कल्पना सपनामा डुबेर सुत्न सकिन त्यस्तै भयो अाजको यो रात भोली सबेरै जानु थियो तर पट्टकै निन्द्रा परेन रात कल्पना र सपना गरेर वित्यो यो रात मेरो लागि बिर्सन नसक्ने छाप भयो ति अोईलिएका सपना बसन्तको पालुवा झै पलाउदै थियो बिहान सबेरै उठेर नृत्यकर्म गरेर विदावादी भई तिन बर्षको लागि खाडी हानिदै थिए मनमा चिसो डर त्रास र दुखको बतास चलेको थियो यो बतासको वेग अाफ्नै ढुकढुकिले प्रष्ट्याउदै थियो।
हिडने वेलामा कोहि देखिन सायद सबै मुर्छा परेको थिए होलान र अाफुपनि मुर्छित हुदै बाटो लागे मन कट्टकै खाएको थियो तर अाफुलाई समाल्ने काम गरे र फेरि अाफ्नो गन्तब्यतर्फ अगी बढिरहे एकछिन पछि म झस्के अब म झन एक्लो हुदैछु मेरो देशमा त सहयोग सदभाव गर्नै कोहि हुन्न मनमा अाधी चल्दै थियो अाफ्नो देशमा नचिने जस्तो गर्छन विदेश त के होला मनमा कुरा खेलाउदै हिडिरहे अन्तत म खाडी पुगे यति धेरै डर त्रास कि शब्दमा ब्यक्त गर्न सक्दिन एक दिन एक रातको प्रतिक्षा पछि कम्पनि लिन अायो अलि सास अायो त्यसपछि सिधै कम्पनी लग्यो कम्पनी बाहिर जुन कम्पनी भनेको त्यहि ठुलो अक्षरमा लेखेको थियो जे होस काम जे जस्तो भए पनि कम्पनीमा अाई पुगेको भएर ढुक्क थिए र मन पनि शान्त भएको थियो ।