उनि सँगको पहिलो डेटिङ्ग

[sharethis-inline-buttons]
Leaderboard Banner
रमेश पाण्डे

अाज अाकाश गड्याङ्ग गुडुङ्ग गरीरहेछ, ठुलैपानि पर्छ क्यार। मेरो ध्यान अचानक कौशीमा बिहान धोएर सुकाएको लुगामा जान्छ,म हत्त पत्त लुगा उठाउन कौशि तिर जान्छु,त्यति बेलासम्म अाकाश रसाउन थालिसकेको छ।सुकायको कपडा हातमा समेट्दै एकफेर बादलले छपक्कै छोपेको अाकाशतिर फर्किएर हेर्छु २/४ थोपा पानीका छिटा ले मेरो चेहेरामा अाई स्पर्स गर्नपुग्छन।अोहो कतिठुलठुलो थोप्ला गरेर पानीअाएको आज निकैठुलै पानीआउनेभयो,छेउमा कोहिनभएपनी मेरो आवाज बाहिरै निस्क्यो यिनै शब्दहरू गुजुल्टियर।

पानिको रफ्तार बढेर छिटा बाट धारा हुदै मुसलधारामा परिणत भयो।मान्छेहरू यता उता सलबलाईरहेका छन कोहि कौशीमा सुकाएका लुगालाई बर्षातको पानिबाट जोगाउनमा ब्यस्त छन।एकहुल केटाकेटी उक्त पानिमा नाङ्गै भुतुङ्गै नाच्दै र उफ्रिदै आनन्द लिईरहेका छन बाहिरको माहोल अति रोमान्चित छ।यहि बिचमा दुईजना केटा र केटी भिज्दै आईरहेको म देखिरहेको छु।ओत लाग्ने ठाँउ उनिहरूको पहिलो प्राथमिकता हो भन्नेकुरा उनिहरूको हाउभाउ र बाहिरको माहोलले प्रष्ट भनिरहेको छ।उनिहरू प्रेमि प्रेमिका हुन भन्नलाई केहि मापदण्ड हरूलाई बिश्लेषण गरे पुग्छ।ति जोडी लुथ्रूक्क भिजिसकेका छन यथा सिघ्र बर्षात छल्ने ओत चाहिएको छ नजिकै एउटा झ्याम्म परेको रूख छ उनिहरूका पाईला त्यसै रूखको छहारी तिर लम्किन्छन।तर पानि यति जोडसँग परेको छ त्यस रूखको छहारीले छेक्ने सक्ने सामर्थ्य शुन्य छ।म यिनै दृष्य एकटकले हेरीरहेछु………………
नानु आज घुम्न पार्क जानुपर्छ है! उनलाई म एउटा निबेदन टक्राउछु। आजहैन कुनै दिन,सधै झै उनको जवाफ थियो यो र आजपनि कुनै परिवर्तन छैन उहि जवाफ उस्तै लवजमा।हामि एकअर्का सँग नजिकिएको या भनौ हामीबिच माँयाको विजारोपण भएको अाठमहिना बितिसकेको रहेछ पत्तै भएन कसरी गए ति दिन।यतिका दिन बितिसकेर पनि हामि दुई राम्रो सँग आधाघण्टा सँगै बस्ने समय निस्कन सकेको थिएन।कस्तो बिडम्वना, तर यहिछोटो समय भएर नै होला सायद हाम्रो मायाँ यतिधेरै गाडा हुनपुग्यो कि एकअर्का बिना बाच्न नसक्ने भइसकेका थियौ।
मेरोकुरा उनले कहिल्यै काटिनन् शिवाय यो घुम्न जाने कुरा ,किनहो कुन्नि उनि डेट जान चाहदिन थिईन समय नभएर हो या ईच्छ्या त्यो मैले बुझ्न सकिरहेको थिइन।मपनि उनलाई योकुरामा त्यति प्रेशर दिन्नथिए।एकदिन त कसो नजुर्ला हाम्रो पनि डेट जाने मिती!मनमा बलियो आत्म बिश्वास भने मरेको थिएन।
उनको र मेरो मिल्ने र भेट्ने समय भनेको मात्र १५ मिनटको थियो।अफिसजादा र अफिसबाट फर्किदा,यो १५ मिनटको समय हाम्रा लागि अमुल्य थियो।त्यहि समयपनि कहिलेकाहि अफिसको कामले हामीबाट खोसिदिन्थ्यो र त्यो दिन पानिबिनाको माछा छट्पटिए जस्तो छट्पटिन हामी बाध्य हुन्थ्यौ।
उनको र मेरो काम गर्ने अफिस अलग भएपनि एउटै कम्प्लेक्स मा भएकोले ट्वाईलेट भने एउटै प्रयोग गर्नु पर्ने हुन्थ्यो।जेन्स र लेडिज ट्वाईलेट अलग थिए तर दुबैले प्रयोग गर्ने धारा भने बाहिर पट्टी एकै थियो र त्यो धाराको एरियानै हाम्रो डेटङ्ग स्पट बनेको थियो। त्यस कम्प्लेक्समा सबै भन्दा बढि बाथ्रूम युजरको फाईल पल्टाउने हो भने पहिलो र दोस्रो हामी हुनमा कसैको तागतले रोक्नेवाला थिएन।
यो संसारमा आज मजति खुसि सायद कोहि छैन होला किनकि अाज म उनीसग छु,र अरू दिन जस्तो सिमित समय पनि छैन अाज को पुरैदिन उनि र म सगै हुनेछौ यो मन त्यसै गदगद छ।उनले आज मलाई समय दिएकि छिन या भनौ समयले मलाई समय दिएको छ,उनलाई पनि मलाईजस्तै आफ्नै आखा अगाडि हेरिरहने इच्छा नभएको त कहाँ हो र!
तिमि केटाहरूलाई जस्तो सजिलो कहाँहुन्छ! हामिलाई कतिगाह्रो हुन्छ घरबाट बाहिर निस्कन,
बेलुका सैयौ प्रश्न बर्सिन्छन त्यस्को जवाफ दिनुपर्छ अफिसमा त्यस्तै उनि अाफ्ना गुनासाहरू सुनाउन थालिन,
म एकटकले केहि नबोलि उनलाई हेरिरहेको छु,आज पहिलो पटक उनलाई नजिकबाट यतिलामो समय सम्म हेर्ने अबसर पाएको थिए र त्यो अबसर म कुनैपनि मुल्यमा चुकाउन चाहन्न थिए।
उनि भन्दै गइन।
घरमा अाज अफिसबाट अलि ढिलो हुन्छ भनेर बहाना बनाएको छु अनि अफिसमा बिरामीको,
यसरि मैले आजको दिन निकाले कसैले थाहापाएर भनिदियो भने कति गालिखानु पर्ने हो थाहा छैन।
नानु मैले गर्दा तिमिलाई अफ्टेरोमा पारे है। मायालु स्वरमा मैले भने।
त्यसो नभन म तिम्रो लागि तिम्रो खुसिको लागि जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्छु यो त के हो र!
मेराकुरामा थप्दै उनले भनेकि थिईन।
कुरा गर्दा गर्दै बाटो काटेको पत्तै भएन हामि पार्कमा पुग्यौ जहा योजनाअनुरूप गएका थियौ।त्यसपछि हामि पार्कको वरिपरिका रमणिय दृष्यहरू अबलोकन गर्न थाल्यौ,आज उनिपनि धेरै खुसि छिन त्यो उनको चेहरामा आएको चमकले जनाउथ्यो। पार्कको बिचभागमा फाउन्टेन थियो त्यस फाउन्टेनले पार्कको सौन्दर्यलाई बेहुलि छै शृङ्गारेको थियो।हामि एकछिन त्यहि बस्यौ। मैले त्यस फाउन्टेन मा भएको पानि मध्ये एकअंजुलि पानी उघाएर उनलाई जिस्कदै छ्यापे,तिम्लाई बदमास भन्दै उनले पनि एकअंजुलि पानि उघायर मलाई छ्याप्न खोजिन म उठेर भागे जस्तो गरे उन्ले लखेटे जस्तो गरेर पर सम्म मेरो पिछा गरिन,त्यस भाग्नु र लखेट्नुमा पनि एककिसिमको माया थियो जुन हृदयबाट निस्किएको थियो।
उनि मेरो नजिक अाइन र भनिन आई लभ यू।
उनले भनेको यो शब्द कुनै नयाँ हैन तर यो क्षण उनको हृदय बाट निस्किएको थियो उनको अन्तर आत्माबाट निस्किएको थियो र त्यो मेरालागी लागी थियो।मैले पनि त्यसको स्वागत आफ्नो हृदय बाटै गरे।
हामि त्यहि  पार्कमा रहेको एउटा चौतारामा गएर बस्यौ दुबै अाज निकै खुशि थियौ। एकअर्कालाई नजिक बाट नियाल्ने अबसर पायका थियौ,एक आपसमा आफ्ना भाबना साटासाट गर्ने अबसर पाएका थियौ र त्यो अबसरको दुबैले भरपुर उपयो गरेका थियौ।उनि मलाई एकोहोरो हेरिरहेकी थिइन मैले पनि उनलाई त्यसैगरि हेरिरहेको थिए।
नानु यसरी किन हेरेको?
हेराहेरको बिचमा मैले एउटा प्रश्न तेर्साए, उनि केहि बोलिनन् आँखाबाट बर्रर आसु झारीन।
मलाई साह्रै असजिलो लाग्यो,
के भयो नानु? उ नको आखामा आएको आसु पुस्दै अर्को प्रश्न थपे,
हाम्रो साथ छुट्छ कि भनेर डर लाग्छ र त्यसै त्यसै रून मन लागेर आउछ मलाई सधै यसरिनै माया गरिराख है तिमि बिना एकपलपनि रहन सक्दिन यो जीवन भर तिम्रो छाया बनेर बस्न चाहन्छु।
धत लाटि के के सोच्दछौ अाफ्नो छायाँ कहिल्यै अाफुबाट टाटा भएर रहन सक्छ र? त्यस्तै तिमिबाट टाढा रहेर म कहिल्यै खुसि रहन सक्दिन।हाम्रो जोडि भगवानले माथिबाटै बनाएर पठाएका हुन कुनैपनि शक्तिले हामिलाई अलग गराउन सक्दैन बुझ्यौ अबदेखि यस्ताकुरा सोचेर चिन्ता नगर्नु पग्लि, मैले उनलाई संझाउने प्रयास गरे।
हामि दुबै चौतारामा बसेका छौ उनि अाफ्नो शिर मेरो काधमा राखेर बसेकि छिन, फेमिलि पार्क भएकाले मानिसहरू आउने क्रम जारि छ आईसकेकाहरू पार्कमा भएको रमणियदृष्य हरू अबलोकन गरिरहेका छन हामि अापसमा माया प्रेमका कुरा गरि आफ्नै दुनियामा हरायका थियौ…………
अचानक दिन कालो मैलो भएर आयो हावा हुरि चल्न थाल्यो,
पानि आउछ जस्तो छ अब के गर्ने?मेरो काधबाट अाफ्नो शिर उठाउदै उनले भनिन।
खै हेरौ आउदैन होला।म सान्त्वना दिन्छु,
नभन्दै पानि पर्न थाल्यो घाम छल्न उन्ले छाता लगेकीथिइन छाता खोलिन त्यसको कुनै औचित्य भएन पानिसगै आएको हावाले छाताका करङ्ग जोड्न नमिल्ने गरि भाचिदियो।अब पानिमै भिज्नु बाहेक अर्को बिकल्प हामीसँग थिएन।आकास गर्जिन्छ आकासको उनि आत्तिएर मलाई अंगालो हाल्न पुगछिन।म पनि उन्लाई आफ्नो अंगालोमा बेर्छु।
बर्षाले आफ्नो गति लिइरहेको छ बसेको ठाउ छपक्कै भिजिसकेछ अब बर्षाद रोकिने कुनै लक्षण छैन,उनि जाडोले कापिरहेकि थिइन उनले लगाएका कपडा पानिले भिजेर ट्रान्सपेरियन्ट भैसकेका थिए उनकै सल तानेर ट्रान्सपेरियन्ट भाग ढाकिदिए।उनका ओठ कापिरहेका थिए पुरैसरिर तलाउमा डुबुल्कि मारेर निस्केजस्तो भएको थियो।उनलाई नियालेर हेर्छु अझ राम्रि देख्छु।अलिअलि गरेको कृतृम मेकप उनको चेहेराबाट पानिले पखाल्दिसकेको छ, उनको नेचुरल चेहेरा बाहिर आएको छ र उनि अझ सुन्दर देखिएकि छिन।
अाकास गर्जिन्छ त्यो गर्जाहटसगै म झसङ्ग हुन्छु कुनै सपनाबाट ब्युझे जस्तो।हातमा समेटेका कपडा हातमै छन पानि रोकिई सकेछ। म त आफ्नै दुनियामा हराएछु। पानिको बिश्ररान्तिसँगै ति जोडि पनि त्यहाँबाट अदृष्य भै सकेका छन।
(रमेश पाण्डे,प्रकाशपुर सुनसरी)
प्रकाशित : मङ्गलबार, पुष ०५, २०७३१३:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जिवनको यात्रा