भुन्टीको प्रेम

[sharethis-inline-buttons]
Leaderboard Banner
कृष्ण आचार्य

पाना नम्बर १: 

मलाई प्रेमदेखि घृणा छ । जताततै प्रेममा धोका खानेहरु देखिन्छन् । चारैतिर असफल हुनेहरु । कतिपय धोका खाएकाहरुको आँसु मेरै हातले पुछिदिएकी छुँ । आँखाबाट निर्दोष आँसुहरु अनायासै भेल बनेर बगेको धेरैले देखेका छन् । तर, मैले आँसुमा उनीहरुको पीडालाई कहिल्यै मुल्यांकन गर्दिन । किनकि मलाई थाहा छ उनीहरुको कारुणीकता आँसुमा नभएर ह्दयमा लुकेको छ । जुन हेर्न खोजेर देखिदैन । त्यसलाई त महसुस गर्नुपर्छ । जुन मैले गरेकी छुँ । आँसु त पानीको वाफ जस्तै हो ।

पानीलाई जति बढी समय उमाल्यो त्यसले त्यति नै वाफको रुप लिन्छ । उच्च तापक्रममा उम्लिरहको पानीको वाफ भाँडोभरी फैलिएर उडिरहेको देखिन्छ भने न्यून तापक्रममा उम्लिरहेको पानीको सोही अनुपातमा । त्यसैगरी पीडा जति गहिरो हुन्छ आँसु सोहीअनुपातमा बहन्छ । आफन्तबाट चोट पाएकाहरु सुँकसुँक गरेर रुन्छन् भने प्रेममा चोट पाएकाहरु भक्कानीएर । प्रेममा दम बढी हुन्छ, त्यसैले विछोडमा पीडा पनि उत्तिकै । त्यसैले त म उनीहरुको ह्दयरुपी पीडालाई बुझेर प्रेमलाई घृणा गर्छु । हो, म प्रेमदेखि भाग्छु ।

पाना नम्बर २: 

भुन्टे मेरो छिमेकी । सानैदेखि हामीले एसएलसीसम्म सँगै पढेका । आपसमा चल्नु, जिस्कनु, एकअर्कालाई स्पर्श गर्नु हाम्रा लागि सामान्य । तर, समय सधै एक भइनरहँदो रहेछ । समयसँगै उमेर, ईच्छा, आकांक्षा, चाहना, शारीरिक बनोट परिवर्तन हुने । मेरा पनि भए । कलेज जाँदा लगाउने ड्रेसमा पुक्क परेर उस्किएका बक्षस्थल देखिन थाले, कुनै पुरुषले स्पर्श गर्दा काउकुती लाग्न थाल्यो, राम्री देखिन क्रिम, पाउडर, लिबिस्टिक लगाउन थालेँ । हो, म १६ वर्षमा लागेँ । भुन्टेले मलाई भुन्टी भनेर बोलाउँदा लाज लाग्न थाल्यो ।

मलाई भुन्टी भनेकै कारण मैले राखिदिएको भुन्टे नामले उसलाई पुकार्दा समेत मलाई असहज महसुस हुन] भयो । आखिर यो सब किन < मलाई घरिघरी आज्ञा, निर्देशन र दबाब दिइरहने मन यतिबेला शान्त छ । यसको उत्तर ऊ दिन सक्दैन । त्यसैले त बेइमान छ यो मन । उसले मलाई प्रेम प्रस्ताव राखेता पनि म उसलाई प्रेम गर्दैनथेँ । ऊ मलाई छुने, मेरा अंगमा हात लाने, मलाई चुम्न खोज्ने, अंगालो मार्न खोज्ने गथ्र्यो । म उसलाई रोक्थेँ । तर, उसको व्यवहारले कताकता मलाई आनन्द आउथ्यो । काउकुती लाग्थ्यो । तर, त्योभन्दा बढी रमाइलो ।

मनमा डर थियो । सोही डरका कारण मैले आफूलाई सम्हालेर राखेकी थिएँ । चाहन्थेँ कसैगरी उसँग प्रेम नबसोस् । त्यसैले त ऊ मप्रति जति नरम र छाडा हुन्थ्यो म उप्रति उति नै कडा बनिदिन्थेँ । प्रेम गर्नेहरुको पीडा महसुस गरेकी थिएँ । आफै कसरी त्यो चंगलमा फस्न सक्थेँ र

पाना नम्बर ३: 

घरमा म एक्लै छुँ । राति भुन्टे आउँछ । उसलाई फेसबुमा म्यासेज गरेर मैले नै बोलाएकी हुँ । किन बोलाएँ त्यो मलाई नै थाहा छैन । यहाँनिर फेरि मेरो मनले बेइमानी गरेको हुनुपर्छ । म त्यति भने अनुमान लगाउन सक्छु । उसले मलाई बिस्तारै आफूतिर तान्न खोज्छ । मैले बल गरेर उसको प्रयासलाई असफल पार्छु । तर, उसका अगाडि म निरिहँ बन्छु । म गल्छु । उसले मलाई अंगालोमा लिएरै छाड्छ । उसको अंगामो बेरिँदा त्यस्तो आनन्द कहिल्यै महसुस गरेकी थिइन । त्यसैले त मैले छुटिने प्रयास गरिन् । शिर निहुराएर अंगालोमा बेरिइरहेँ । आहा कति आनन्ददायी क्षण‘। उसले ढिला नगरी मेरो ओठमा चुम्बन गर्छ । पहिलोपटक चुम्बनको मिठास । म कसरी बर्णन गरुँ < कसरी ब्याख्या एवं विश्लेषण गरुँ < अहँ म सक्दिन, कत्ति सक्दिन । त्यो मिठासलाई बर्णन गर्ने सायद शब्दै छैनन् । या भएर पनि मैले भेटिन । म कन्फ्युज छु । मनले फेरि मसँग बेइमानी गरेको छ । पहिले मलाई यी सब कुरा गर्नबाट रोक्ने यही मन हो । आज त्यसको आनन्द आफै लिँदैछ । कति छिटो फेरिने यो मन !

पाना नम्बर ४: 

एकदिनको चुम्बनले मैल उसँग प्रेम गर्न थालिसकिछु । हामी नारिहरुको मन निकै कोमल हुने । पहिलोपटक जसले शरीर छुन्छ उसैसँग जीवन बिताउने चाहना जाग्ने । मलाई पनि त्यसै भयो । कुनै दिन भुन्टेले प्रेम प्रस्ताव राख्दा प्रेम देखि डराउने, भाग्न खोज्ने, घृणा गर्ने म कतिछिटो बदलिसकिछु । त्यसपछिका दिनमा हामीले लुकिलुकी चुम्बन गर्न थाल्यौँ । बिस्तारै मैले पनि आफ्ना ओठहरु चलाएर चुम्बनको मजा लिएँ । जतिजति चुम्थेँ उति नै स्वादिलो लाग्थ्यो मलाई उसको ओठ । उसको अंगालोमा बेरिँदा आफूलाई संसारकै सुरक्षित स्थानमा भएको आभाष हुन्थ्यो । उसको हातले स्पर्श गर्दा आनन्दीत हुन्थेँ म । चाहे त्यो स्पर्श मेरो हातमा गरेको होस् या मेरो शरीरको अन्य अंगमा नै किन नहोस् । मैले किन पहिल्यै भुन्टेको प्रेमलाई स्वीकार गरिन < स्वार्थी मनले प्रश्न गरिहाल्यो ।

हिजो अरुको पीडामा रुने मन, आज आफ्नो सन्तुष्टीमा खुसी छ । त्यसैले त म यसलाई स्वार्थी भन्छु । यति मिठो हुँदोरहेछ प्रेम । कति शान्त, कति निश्चल । भिज्नका लागि पानी पर्नु नपर्ने, उड्नका लागि प्याराग्लाइडिंग गर्नु नपर्ने, नशामा डुब्नका लागि रक्सी खानु नपर्ने, मुस्कुराउनका लागि कुनै ठूलै खुसीको खबर सुन्नु नपर्ने, निदाउनका लागि संघर्ष गर्नु नपर्ने, नाच्नका लागि संगीत नचाहिने, हाँस्नका लागि कसैले जिस्काउन या जोक सुन्न नपर्ने । प्रेम गरे आफै पाइदोरहेछ यी सब चीजहरु । प्रेममा सबै कुराको महसुस हुने, अनुभूति गर्न पाइने, कसैले नचलाउँदै आफै कउकुती लाग्ने । कस्तो–कस्तो हुँदोरहेछ यो प्रेम !

पाना नम्बर ५:

सदा झै बाख्रालाई घाँस काट्न घरदेखि ३० मिनेट पर रहेको अर्डहर बारीमा गयौँ । विगत एक महिनादेखि त्यो हाम्रो बेस्ट प्लेस नै बनेको थियो । साझपख घाँस काट्ने निहुँमा हामी त्यहाँ घण्टौ बस्ने गथ्यौँ । कोही नआउने भएकाले पनि होला एकअर्काको अंगालोमा बेरिएर ओठहरु चुम्न त्योभन्दा सुरक्षित ठाउँ अन्य कतै थिएन । आज भुन्टे निकै रोमान्टीक छ । उसले आफ्नो हातले मेरो शरीरको प्रत्येक अंग सुम्सुमाउँछ । बिस्तारै आफ्नो हात मेरो स्तनमा लग्छ । म लाचार बनेर बसिरहन्छु । उसको स्पर्शको आनन्द लिँदै । मैले उसको प्रतिवाद गर्न सक्दिन । एकैछिनमा भुन्टेले मेरो फ्रक खोल्छ । भेस्ट पनि । आफ्नो ओठले निधारदेखि खुट्टासम्म चुम्छ । जतिजति उसको ओठ मेरो शरीरमा सलबलाउँदै जान्छ म मा त्यति नै कम्पन पैदा हुन्छ । जिउ पनि शिरिंग‘ एकैछिनमा दुवैजना मदहोस हुन्छौँ । कतिबेला उसले मलाई नांगो पारिसकेछ मलाई थाहै भएन ।

जतिबेला ऊ मसँग शारीरिक सम्बन्ध राख्न तम्सियो तब म झस्किएँ । उसलाई रोकेँ । ‘केही हुँदैन भुन्टी’, उसले भन्यो । त्यसो त मलाई पनि ईच्छा नभएको कहाँ हो र । दुईचारपटक मोबाइलमा हेरेको चीज आफै अनुभव गर्दा कस्तो हुँदोरहेछ भन्ने लागेकै हो ।

जतिबेला ऊ मसँग शारीरिक सम्बन्ध राख्न तम्सियो तब म झस्किएँ । उसलाई रोकेँ । ‘केही हुँदैन भुन्टी’, उसले भन्यो । तर, बिहे अघि त्यस्तो गर्नु उचित नहुने ठानेर मैले केही गरे पनि मानिन । मान्थेँ पनि कसरी । आफ्नो स्वार्थ लुटेर भोलीदेखि छाड्छ कि भन्ने डर थियो । कैयौँ त्यसरी छाडिएका थिए । जसको पीडा मलाई राम्रो सँग थाहा थियो । महसुस गरेकी थिएँ । ‘तिमीलाई थाहै छ नि भुन्टी म कति माया ग5{‘ भन्ने । फेरि एकदिन हाम्रो बिहे हुने न हो’, ऊ मलाई फकाउँदै थियो । त्यसो त मलाई पनि ईच्छा नभएको कहाँ हो र । दुईचारपटक मोबाइलमा हेरेको चीज आफै अनुभव गर्दा कस्तो हुँदोरहेछ भन्ने लागेकै हो । तर म मा डर थियो । मैले आफूलाई सम्हालेर राखेकी थिएँ । ‘त्यसो भए तिमी, म मेरो प्यास अरु केटीसँग मेटूँ भन्ने चाहन्छौँ ? ’, भुन्टे बोल्यो ।

उसको कुराले म झसँग भएँ । आफूले प्रेम गरेको मान्छे, आफूले जुनी बिताउन चाहेको मान्छे अरुसँग सम्बन्ध बनाएको म कसरी सहन सक्थेँ । लाग्यो कतै उसले मेरो यस्तो व्यवहारले अरुसँग सम्बन्ध बनाउने त होइन । मनले भन्यो, मैले भुन्टेलाई प्रेम गर्छु । हामीमा विश्वास छ । कुनैदिन म उसकै हुन्छु भने उसलाई कसरी दुःखी बनाउन सक्छु । मैले मनको सुनेँ । जसरी उसँग पहिलो चुम्बन गर्दा सुनेकी थिएँ ।

पाना नम्बर ६:

प्लस टू पास गरेपछि भुन्टे काठमाडौँ गयो । मलाई भने घरबाट जाने अनुमति मिलेन । म भुन्टेसँग टाढा भएर बस्नुपर्ने भयो । तर पनि मलाई कुनै संकोच थिएन । किन कि हाम्रो प्रेमलाई दूरीले घटाउन सक्दैनथ्यो । फेरि तीन तीन महिनामा घर आउने बाँचा भुन्टेले जो गरेको थियो । अनि प्रत्येक दिन फोन र च्याटमा कुरा गर्ने पनि । उसले बाँचा गरेअनुरुप हाम्रो फोन र च्याटमा कुरा हुँदैगयो । उसले मप्रति देखाएको प्रेमले आफूलाई भाग्यमानी ठान्थेँ म । साच्ची ऊ मलाई निकै प्रेम गथ्र्यो । सायद मभन्दा पनि बढी । त्यसैले त काठमाडौँ गएको दुई महिनामै मलाई भेट्न आएको थियो । अनि फर्कदा मलाई पनि सँगै लाने जिद्धी गरेको । तर परिस्थिति उसले भने जस्तो मेरो पक्षमा थिएन, न सहज नै थियो । मैले क्याम्पस ज्वइन गसिकेकी थिएँ फेरि हाम्रो परिवार त्यति धनी पनि कहाँ थियो र मलाई काठमाण्डु पढाएर खर्च पुर्याउन सक्ने । उसले मलाई भगाएर लाने प्रस्ताव पनि गरेको थियो । तर मैले नै मानिन । बाबुआमाको विश्वासमाथि घात गर्न चाहिन । त्यसैले ब्याचलर गरेर मात्र बिहे गर्ने कुरा सुनाएँ । ऊ मेरो कुराले निकै निराश भएको थियो ।

पाना नम्बर ७:

ऊ पहिलेजस्तो मसँग फोन र च्याटमा कुरा गर्दैनथ्यो । आफू पढाइमा बढी बिजी भएको बताउँथ्यो । म पनि उसको पढाइमै बढी फोकस गर्थेँ । त्यसैले उसाई डिस्टर्ब गर्न मन लाग्दैनथ्यो । हाम्रो कुराकानी हप्तामा दुई त कहिले एक पटक मात्र हुन थाल्यो । उसँग मलाई दिने समय नभएता पनि साथीहरुसँग दिनहुँ घुम्न जान्थ्यो । प्रत्येक दिन उसलाई घुम्न गएका फोटाहरु ट्याग गरिन्थे । जहाँ मेरो भुन्टे केटीसँग छोइएर बसेको तस्बिर देखिन्थ्यो । तर म उसलाई संखा गर्दैनथेँ । मलाई थाहा थियो, विश्वास थियो भुन्टेले मालाई ह्दयदेखि नै सच्चा प्रेम गर्छ । उसको प्रेम निश्चल, स्वार्थहिन र अमर छ र सधै रहनेछ ।

पाना नम्बर ८:

‘मैले अर्कै केटी पाएँ । तँभन्दा राम्री । मैसँग पढ्ने, मसँग नजिक भएकी’, भुन्टेले फोनमा भन्यो । मलाई भने हाँगाबाट खसेजस्तो भयो । आखिर म जुन कुरादेखि डराउँथे त्यही भयो । जुन कुरा मजस्ता अन्यले भोगेका थिए । मेरो विश्वास, भरोसा सबै चकनाचुर भयो । आखिर भुन्टे पनि स्वार्थी निस्कियो । उसले मसँग, मेरो स्वच्छ ह्यदयसँग नभएर शरीरसँग प्रेम गर्यो ।

पाना नम्बर ९: म मर्न चाहन्छु । मसँग बाँच्नुको कुनै औचित्य छैन । तर, मर्ने हरेक प्रयासहरु असफल भइसकेका छिन्, बाटाहरु बन्द । यसबाहेक केही उपाय छ त मर्ने < म सोच्दै छुँ‘ अहँ, तैलेँ मृत्युको हरेक प्रक्रिया पार गरिसकिस्, अब बाँच्नुबाहेक तँ सँग अर्को कुनै विकल्प नै छैन, मनमा कुराहरु खेल्दै थिए । त्यसो त मृत्यु रोज्नपनि यही मनले सुझाएको थियो । फेरि आत्मसमर्पण गर भन्दैछ । कस्तो यो मन ! घरीघरि फेरिइरहने, बदलिरहने । म भने आज्ञाकारी भएर उसकै निर्देशन पालना गरिरहनुपर्ने । के म उसको दासी हुँ त < पक्कै पनि होइन । मसँग मस्तिष्क छ । मैले उसको निर्देशनमाथि धावा बोल्न सक्छु । त्यसको प्रतिवाद गर्न सक्छु । ममा त्यो स्वतन्त्रता छ । तर, किन म मनको निर्णय, निर्देशन र आज्ञाप्रति यति वफादार छुँ < उसले गरेका हरेक निर्णय मलाई सही लाग्छन्, म मान्न तयार हुन्छु । जसरी कि मैले आफूलाई पूर्णरुपमा उप्रति समर्पित गरेको छुँ । मलाई थाहा छैन, यसरी मनको नियन्त्रणमा चल्ने म मात्र हुँ या अरु पनि छन् । हो, अरु म जस्तै मानव । कसरी चल्छन् उनीहरु < त्यो उनीहरुलाई नै थाहा होला । तर, म मर्न चाहन्छु‘ तीन वर्षपछि डायरी पल्टाउँदा

पाना नम्बर १०:

मृत्युले जीवन प्रक्रियालाई समाप्त पारिदिन्छ । तर मेरो जीवन प्रक्रिया त प्रेमले समाप्त पारेको थियो । त्यसैले म मर्न सकिन । म बाँच्न चाँहे । मेरो परिवारका लागि, यो समाजका लागि, म जस्ता प्रेममा धोका खाएर आफ्नो जीवन तहसनहस पारेका, आफ्नो सपना बिर्सिएका, लक्ष्य बिनाको गन्तब्यमा हिँडिरहेका हरुका लागि । हो, प्रेरणाको श्रोत बनेर । मैले कत्ति हार मानिन । पढाइ सँगसँगै सिर्जनात्मक काममा लाग्न थालेँ, विभिन्न एनजिओ, आइएनजिओले चलाएका तालिमहरु लिन थालेँ । केही, बन्ने, केही गर्ने संकल्प र अठोट बोकेरसामाजिक कार्यमा सक्रिय हुँदै गएँ ।

पाना नम्बर ११:

भुन्टेले छाडेको तीन महिनामा म पूर्णरुपमा उसको याददेखि टाढा भएँ । एउटा एनजिओको सहयोगमा स्थानीयस्तरमा महिला हक, अधिकारका विषयमा काम गर्न थालेँ । आफ्नो जीवन भोगाइलाई युवतीहरुमाझ पस्किएर उनीहरुलाई ती कुरादेखि सचेत बनाउन थालेँ । शरीरको महत्व, भविष्य, लक्ष्य, सपनामा अडिग हुन प्रेरित गर्न गरिरहेँ ।

पाना नम्बर १२:

६ महिनामा मेरो जिम्मेवारी थप भयो । मैले क्षेत्रियबाट जिल्ला स्तरको जिम्मेवारी पाएँ । मेरो ब्यक्तित्व विकास सँग सँगै समाजमा महिलामा सकारात्मक भावना जगाउन म सफल भएँ । प्रेम, शारीरिक सम्बन्ध र धोकाको अर्थ बुझाउन सकेँ । प्रेम गर्नेहरु शरीरसँग नभएर भावनासँग प्रेम गर्छन् भन्ने सिकाउन सकेँ ।

पाना नम्बर १३:

१ वर्षपछि मेरो जिम्मेवारी बढेर मैले पुरै अञ्चल सम्हालनुपर्ने भयो । महिलालाई जीवन र संघर्षका बारे सिकाउँदै गएँ । जसको प्रभाव राष्ट्रियस्तरसम्म पर्यो । मैले महिलालाई ज्ञान मात्र बाँडिन संस्थाकै सहयोगमा उनीहरुलाई सिप मुलक तालिम दिने र रोजगारी उपलब्ध गराइ आत्मनिर्भर बनाउने व्यवस्थासमेत गरेँ । सरकारले मेरो काम र त्यसले महिलाको जीवन शैलीमा पारेको प्रभावको कदर गर्दै राष्ट्रिय पुरस्कारले सम्मान गर्यो ।

पाना नम्बर १४ :

(दुई वर्षपछि) आज म अनाथ बालबालिका, एकल तथा बृद्ध महिलाका लागि काम गर्न थालेकी छुँ । सरकारले मलाई त्यसका लागि भरपुर सहयोग गरेको छ । मेरो अनाथ तथा बृद्धाश्रमको चर्चा देशमा मात्र नभएर विदेशसम्म फैलिएको छ । त्यतिमात्र कहाँ हो म सिएनएन हिरोका लागि छनोटमा समेत परेकी छुँ । उता भुन्टेलाई यसबीचमा धेरै केटीले प्ले गरेर छाडे भन्ने सुनेकी छुँ । एकदिन उसले मलाई सरी भन्दै मसँग बिहे गर्न चाहेको म्यासेज पठाएको थियो । हामीले जस्तो कर्म गर्यो फल त्यस्तै पाउने हो । आज हामी कसैलाई धोका दिन्छौँ भोली कसैले हामीलाई‘ दुई दिनको रमाइलोमा जीवनको महत्व लुकेको छ त रु हामीले त्यो सोच्नैपर्छ । अनि त्यही रमाइलोमा म जसरी अन्जानमा चुकेकाहरुले जीवनदेखि हार खानु हँदैन । केही गरेर देखाउनुपर्छ, हिम्मत हार्नु हुँदैन ।

बाटाहरु बनाउँद जाने हो, अबरोध आए पन्छाउँदै । सफलता हाम्रै अगाडि छ । हो, हाम्रै अगाडि । जसरी मेरो अगाडि‘ एउटा घटनालाई जीवनसँग जोडेर तुलना गर्न मिल्दैन । त्यतिबेला भुन्टेले मलाई छाड्दा मैले जीवनदेखि हार खाएको महसुस गरेकी हुँ म स्वीकार्छु । तर, मलाई आजमात्र मलाई थाहा भयो मैले समयदेखि हार खाएकी रहिछु । जुन समय सधै एकनासको नहुँदो रहेछ । परिवर्तित हुँदोरहेछ । जसरी मन हुन्छ । हिजो समयले मलाई चलाउथ्यो । आज म समयलाई चलाउँछु । मलाई आज पश्चातप छ त एउटै कुराको । त्यो हो, हिजो मैले किन समयलाई चलाउन सकिन भन्ने । त्यसैले त मेरो अभियान समयलाई चलाउन सिकाउने हो । हो, समयले चलाउनेलाई समयलाई चलाउन सिकाउने ।

प्रकाशित : बिहिबार, मङि्सर ३०, २०७३२२:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उनि सँगको पहिलो डेटिङ्ग