केरासँगै तातो पानी पिउँदा हुन्छ यस्तो बिश्वाससै गर्न नसकिने यस्ता फाईदाहरु…

एजेन्सी – धेरै शक्ति पाउनको लागि मानिसहरु केरा खान मनपराउंछन् । बिहानको खानासँगै केरा खानाले तपाइँलाई शक्ति मिल्दछ । केरामा पौष्टिक तत्वको रुपमा सूक्रोज, फ्रूक्टोज र ग्लुकोज पाईन्छ । यस पहेंलो फलमा हल्का हरियो रंगको तत्व पाईन्छ ।

जस्लाई स्टार्च र कार्बौहाइड्रेटको सबैभन्दा राम्रो स्रोतको रुपमा मानिन्छ । खानासँगैे केरा खानाले तपाइँलाई चाडैं भोक पनि लाग्दैन । दिनभरी पेट भरेको महशुस हुन्छ । विश्वभरका मानिसहरु आहारको रुपमा धेरैजसो केराको प्रयोग गर्छन् । तपाइँलाई थाहा छ ? बिहान केरा खाईसकेपछि एक कप तातो पानी पिउने बानीले तपाइँको वजन घटाउन मद्धत गर्छ ।
केराले कसरी काम गर्छ ?

केरामा पाईने स्टार्च र कार्बोहाइड्रेटले दिनभरीमा तपाइँको शरीरमा रहने बोसोलाई हटाउन मद्धत गर्छ । जस्ले गर्दा तपाइँको मोटोपन घट्छ । केराले मेटाबोलिज्मलाई बढाउन मद्धत गर्नुको साथै पाचन प्रक्रियालाई राम्रो बनाउँछ । केरामा स्टार्च पाईन्छ, जस्मा ग्लाइसेमिक इंडेक्सको मात्रा धेरै कम हुन्छ । साथै यस्मा भएको फाइबरले तपाइँको कब्जियतको समस्या हटाउन पनि मद्धत गर्छ । केरासँगै तातो पानी पिउनाले पाचन राम्ररी हुन्छ ।

तातो पानी आफैमा प्राकृतिक रुपमा शक्तिवर्धक छ । यस्ले शरीरमा अक्सिजनको मात्रालाई बढाउँछ । केरासँगै तातोपानी पिउनाले तपाइँको स्वास्थ्य राम्रो हुनुको साथै शरीरलाइ आवश्यक शक्ति पनि प्राप्त हुन्छ ।

प्रकाशित : बिहिबार, मङि्सर ३०, २०७३१६:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नाभिका बारेमा यी १० कुरा जानेर तपाइँ ठूलो आश्चर्यमा पर्नुहुनेछ !