“पापीले रक्ताम्मे हुँदा पनिे छाडेन आमा”

हरि थापा/दोलखा

मृत्यु कुनै पनि रुपले आउना सक्छ,जीवन पछि मृत्यु अन्तिम सत्य हो, आफ्ना मन बुझाउदै
मृतात्माको चीर शान्तिको कामना तथा शोकसन्तप्त परिवार प्रति हार्दिक समबेदना, कामना

रातको समयामा घरबाट बोलाएर बाहिर लगी सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ। बलात्कारमा सम्लग्नहरुको पहिचान भइसके पनि आरोपीहरु फरार फेरी अर्को घटना बाख्रा हेर्न जादा बालिका बलात्कृत,चर्पी जादा बालिका बलात्कृत,अाफ्नै बाबु बाट बालिका बलात्कृत अभियुक्त फरार यस्ता घटना दिन प्रतिदिन बढ्दै गई रहेको छ तर यी घटना भन्दा फरक एउटा उज्वल भविष्यको कल्पना गर्दै स्कुल बाट फर्किदा बलात्कृत बालिकाको पिडा लाइ कथामा प्रस्तुत गरेको छु

अामाले भन्ने गर्नु हुन्थ्यो यो समाज पापी छ छोरी यहाँ कसैले कसैलाई दया गर्दैनन मायाँ भन्ने कुरा दानवरुपी मान्छेहरुमा हट्दै गईसक्यो मान्छेहरु अरुको दुखमा रमाउन थाली सके स्वार्थले भरिएको मानवरुप भएपनि ब्यबहार दृष्टिकोण सोचाई सबै राक्षसका जस्ता छन रितिरिवाज र धर्म त्यागी सके तर पनि के का पछि लागेका छन ।यहाँ सोझा साझा सधै यस्तै हो यति सहन नसके भोली भोक भोकै मरिन्छ जे भए पनि बाच्नका लागि यि नक्कली ठेकेदारहरुको सेवा गरि राख्ने हो हामीलाई त उनिहरुले माखाँ सम्झिन्छन ।

अामाले यति भनि नसक्दा मेरा मन चिसो भएर मन मुटु ढक्क फुलेको थियो प्रतिप्रश्न गर्न सकिन भित्र देखि के भन्न खोज्दै थिए तर मुख सुकेकोले भन्न सकिन अामाका ति चम्किलो अनुहार फुस्रो भएको थियो र सन्तान प्रतिको उत्तरदावित्वले गर्दा यी यावत कुरा सहन बाध्य भन्ने कुरा अामाको चम्किलो अनुहारमा अाएको पारदर्शि,टिलपील रसहरुले भरिएको निर्दोश नयनहरुले देखाउदै थियो।कमजोरहरुको विडम्वना यहि त हो हुनेखानेको अगाडी जे भने पनि हस भन्दै लुरुक्क परिहाल्ने गल्तिलाई गल्ति भनेर मुख खोल्न नसक्ने चाकडीगरेर कहिल्यै खुसि बनाउन नसकिने कुरा अामाले भन्दै हुनु हुन्थ्यो।

विदामा म अामा संगै जान खोज्थे तर कहिल्यै मलाई लगेर जानुभएन सायद,अामा मलाई ति मुखिया अाफुलाई अगुवा सम्झनेहरुको गिद्दे नजर अाफ्नो मुटुका टुक्रा भर्खरै पलाउन लागेको कलिला मुना माथि नपरोस नत्र भोलीदेखि मलाई झै नोकरनी बनाई सधै दवाई रहने छन यस बाट टाढा राखेर अाफ्नो छोरी पढाएर ठुलो मान्छे बनाएर ति मुखियाहरुको हिसाब चुक्त गर्न चाहनु हुन्थ्यो सन्तान को सुखको निम्ति अाफु जस्तो पिडा सहन सक्ने मेरो एक मात्र महान अामा हुन।

सधै छोरीको उज्वल भविष्यको निम्ति अाफुलाई ज्युउदै मारी सन्तानको सुख भन्दै दोैडीरहने पवित्र मन भएकी मेरी अामा चाडै त्यो उत्पीडन बाट उम्कन चाहन्थिन त्यसैले छोरीलाई पनि स्कुलबाट अाउदा सरासर घराअाएस ति मुखियाका छोरा संग नबोलेस है छोरी भन्नु हुन्थ्यो म मन मस्तिस्कले सम्झने गर्थे अामाले मेरो लागि यि मुखियाहरुको गाली गलैजा अपमाण सहनु भएको छ भनेर सोच्ने गर्थे अामाको हरेक शब्दको पछाडी रहस्य लुकेको थाहा पाउ्थे तर अामाले कहिल्यै ब्यक्त गर्न सक्नु भएन उहाँको एउटा मात्र चाहना छोरी ठुलो मान्छे बनाउन अातुर हुनुहुन्थ्यो र छिट्टै हिसाब चुक्ता गर्न चाहनु हुन्थ्यो।

अाइताबार को दिन म स्कुलको ब्याग बोकेर  पढेका कुरा सम्झँदै भाईसङ्ग खेल्दै रम्दै र मेरो मामूले बनाएको मिठो खाजा कल्पदै घर फर्कदै थिएँ हिँड्दा हिँड्दै बिच बाटोमा कसैले मलाई बाटो छेक्यो र एकासी मलाई तानेर लग्यो उस्को मुठ्ठीमा मेरो नाडी बानेर लग्यो सपना हो कि जपना हो म अन्योल मा परे र चिच्चाउन थाले  हे आमा मैले मेरो हात फुत्काउन सकिन भागेर तिमीसम्म आउन सकिन ,मआत्तिए आमा ..घिसारेर लग्यो पछारेर लग्यो त्यो ढुङ्गाको बाटो काँडाको झाडीभित्र मलाई लतारेर लग्यो मेरो लुगाहरु च्यातीदियो मलाई ओछ्याएर मलाईनै टोकीरह्यो म कत्ति रूँदा पनि रक्ताम्मे हुँदा पनि उस्ले छोडेन आमा त्यो खोलालाइ थाहा छ  त्यो ढूङ्गालाइ थाहा छ त्यो रुखलाइ पनि थाहा छ इन्ले सुनेका छन् म कराएको इन्ले देखेका छन् म डराएको  इनैले देखेका छन् मैले जिन्दगी गुमाएको हे मेरी आमा , तिम्रा सपना अधूरै रहे,मेरा चाहना अपुरै रहे म फेरी आउने छु आमा त्यही घरमा त्यही आँगनमा बरु अर्को जन्मपनि मलाई तिम्लेनै जन्माउनु है त्यो बेला मलाई छोरी हैन छोरा बनाएर जन्माउनु

सायद अामा तिमी म संग भए जसरी पनि अाफु मरेर मलाई बचाउ थियोैँ ।यो मेरो कलिला हात ले जति तिथारे पनि मैले हात खोल्न सकिन अामा।यी पापीले अाफ्नो स्वार्थ पुरा गरे मलाई लुटे तर यी समाजका जान्ने बुझ्ने हरुले अपराधी लाई निर्दोश बनाए गल्ति मेरै देखाए सायद म ठुलि हुन्थि र बलतकारी लाई मैले बदला लिन्थे भनि बल्ल कानुनका कुरा अपराधको मुद्दाहरु अदलात पुग्थ्यो होला तर म त गरीब टुहुरी केटि मेरो विषयमा कस्ले बोलिदिने  मेरी अामा अनपढ अशिक्षित त्यसैले त यो समाजले हामीलाई जे गरेपनि हुन्छ भन्ने सोचेको भएर।यीनै समाजमा हुर्केका तिनै भलादमी गाउको मुखिया उनैका छोरा कसले लगाउने कानुन कठै मेरो अामा दोषी तिमी छैनोै अामा दोषी म हु जुन अशिक्षित अनपढ अामाको कोख बाट मैले धर्ति टेक्नु पुगे यो नै मेरो गल्ति हो।

अामा तिमीले त मलाई जन्मायोै हुर्कायोै तर तिमीले मलाई माया दियोै मात्र माया तर मलाई यहि जान्ने बुझ्ने समाजले विभिन्न उपनाम दियो म सानो छदा मेरो बाबा वित्नु भएकोले जहिल्यै तिनै समाजका जान्ने सुन्ने भन्ने हरुको मुख बाट सुन्थे यसले सानैमा बाउ टोकी तर मेरो बाबालाई महिना दिन सम्म जोरो अाउदा समेत लोकल भाले र बोका काट्दै मासुका प्यास मेट्ने हरु गरीबीलाई अझै थित्चे र तिरर्सकार  गर्ने लाज पचेका पाजीहरु कसरी भन्न सक्थेउ बाउ टोकी भनेर सायद यिनै जान्ने बुझ्ने र मुखिया नभएका भए सायद मेराे बाबा बाच्नु हुन्थ्यो ।

यदि मेरो बाबा भएको भए मेरी अामालाई केहि न्याय हुन्थ्यो ।यिनैको स्वार्थले मेरो बाबा लुटिनु भयो र म लुटिए।अब मेरो भाई तिमीले अामाको ख्याल राख गरीब छोै अरुको दास बनेर नबस है र सत्य तथ्य कामको लागी सदैब अगाडी बढ यि समाजका कुरीति हरुलाई सक्छोै  भने जरा देखिनै उखेलेर फाल है तर ती सामन्ती भ्रष्ट समाजले तिमिलाई बुजेर पनि नबुजेझै गर्नेछ र बहुलाबादको नाम नदेला भन्न सकिन्न सधै अन्याए परेका हरुको लागी.लडी राख है र एउटा पुरुष प्रति  को अाक्रोश लाई केहि मलम लगाई देउ

म मान्छु  सबै पुरुष हाम्रो समाजका अगुवा र मुखिया  सामन्ती सोचका हुन्नन ।दोषी पुरै हामी र हाम्रो समाज हो  केहि परिवर्तनको लागी कलम किताब लिएर हिड्दा भोलीको पर्दाफास हुने डरले  मलाई कोपिला मै चुडेर फाले त्यसैले त अाज पनि थुप्रै बलतकार  हिसां र अपमान खेपी राखेका छन। र त लुटि राखेका छन। कठै त अझ मलाई यि योग्य जुन सरकारको मापदण्ड पुरा गरी देश र जनताको निम्ती भनेर कसम खाने यी सरकारी अधिकृतहरु कति दिन सम्म कानुन लुकाउन खोज्छोै ?

सोचेक‍ थिए जनताका प्रहरीहरुमा त केहि फरक सोच होला ठान्थे तर गलत मै रहेछु केहि पर्दा पुलिसलाई खबर गर्छु भनेर कत्रो छाती बनाउथे तर म गलत रहेछु बिचरा भन्न मन लाग्छ ती पुलिस दाईहरुलाई लोकल रक्सी र लोकल कुखुराको सिटान मा सरकारी बर्दिको बदनाम गर्दै अाफुलाई बेच्नेहरु अन्याय अत्याचार र देश धनजनको संरक्षण गर्छु भनेको कसम लोकल रक्सी र भालेमा मिलाउदै म प्रति भएको अन्याय लुकाउन खोज्ने मेरी अनपढ अामालाई धमक्याएर अन्याय लुकाउन खोज्ने पुलिस दाई सत्यको जित हुन्छ भन्ने बिर्सनु भएछ त निलम्मवित हुनु भएछ।

धन्न मेरो भाई अामालाई जिल्ला प्रशासन सम्म पुर्याउन मदत गरेछोै त मलाई बलतकार गरेको  पुष्टि भएछ। मेरी अामाले बल्ल चिनिन अाफ्नो समाज कती अन्यायमा वाचेको रहेछ भनेर म तिमि मात्र हैन अामा यस्ता कुसमाजको विचमा धेरै अामा र छोरीहरु अन्याय सहेर बसेका छन कसैको डर र धम्किमा यो समाज चलिरहेको छ अामा तिम्री छोरी हुन्थी भने यि समाजका भ्रष्ट कुविचार र सामन्तिहरुको बदला लिएर छाड्थी तर सकिन अामा मेरा हात पाखुरा सानै थिए प्रतिकार गर्न सकिन ती उ गिद्दहरुलाई मैले सायद प्रतिकार गरेको भए म माथि यो समाजको अोैला उठ्थ्यो र यति बेला म जेल भित्र झन पिडा सहदै बसेको हुन्थे ।

अझ मलाई दोषी बनाई पिडा दिई अोैषधिको नाममा नुन खुर्सानि मलम भनि लगाउने काम हुन्थ्यो। हामी न त कानुन पैसामा किन्न सक्थ्योै न त कानुन बुझेका मान्छे हाम्रा थिए। एकोहोर मुखिया र अन्यायी र सामन्त सोच भएकाहरुको अघि पछि लाग्ने मेरो समाज अझै पनि चाकडी छाडेनोै भने तिनै मुखिया भनोैदाका छोराको सिकार प्रत्यक बालिका र नारीहरु  हुनेछन यिनीहरुलाई राम्ररी थाहा थियो हामी लाई अन्याय गरेको कुरा त्यसैले मेरो तडक भडक अनि मेरो कला देखेर नै भोली यसले पर्दाफास गर्छे भनेर मलाई कोपिलामा नै  चुडेर फाले ।

अाफ्नो छोरी चेलिको इज्जत नगर्ने समाज भोली तिमिले सिकाएको फैलाएको यस्तै विकृती विसंगतीले तिम्रा छोरी बलतकारी हुदा बल्ल थाहा हुनेछ।त्यो बेला तिम्रा नाबालक छोरी दोषी सावित हुनेछन। र त्यो दिन अपराधीलाई दैवले पनि माफि दिने छैन र हरेक पापको बदला त्यहि दिन चुक्ता हुनेछ माफ गर है अामा तिम्रो सपना त पुरा गर्न सकिन मैले तर त्यो दिन मन सितल शान्त हुनेछ  त्यो दिन तिनिहरुलाई बिचरा नभन है अामा …

 

प्रकाशित : आइतबार, मङि्सर २६, २०७३१७:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भुन्टीको प्रेम