आज स्वर सम्राट नारायण गोपालको २६ औँ स्मृति दिवस

narayan-gopalकाठमाडौँ, १९ मङ्सिर – आज स्वरसम्राट नारायण गोपालको २६ औं स्मृति दिवस । विभिन्न सांगीतिक कार्यक्रम गर्दै संगीतकर्मीले स्वर सम्राटको स्मरण गरिरहेका छन् ।

नारायणगोपालले झण्डै ५ सय नेपाली गीतमा आफ्नो स्वर दिएका छन् । गायक नारायण गोपालका मलाई नसोध कहाँ दुख्छ घाउ, दुईटा फूल देउरालीमा, जुन फुल मैले रोजेको थिए, एउटा मान्छेको मायाले कति लगायतका गीतहरु अहिले पनि उत्तिकै लोकप्रीय छन् । उनले स्वर तथा संगीत दिएका लोक, झ्याउरे र आधुनिक गीत सबै चर्चित र कालजयी छन् । उनले पहिलो पटक २०१७ सालमा रेडियो नेपालमा गीत रेकर्ड गराएका थिए । ‘पक्षीको पंखमा धर्तीको याद’ बोलको गीत उनको पहिलो रेकर्ड भएको गीत हो ।

स्वर सम्राट नारायण गोपाल सर्वोत्तम संगीतकार, सर्वोत्तम गायक, रत्न रेकर्ड पुरस्कार, गोरखा दक्षिण बाहु चौथो लगायत थुप्रै पुरस्कारबाट सम्मानित भएका छन् ।

बागीना नामक पहिलो सांगितिक पत्रिकाको प्रकाशक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक, सञ्चार मन्त्रालयमा सल्लाहकारसमेत रहेका नारायण गोपालले गीति नाटकको कथा ‘कान्छी मस्याङ’ लेखेका थिए ।

बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट विक्रम सम्वत १९९६ असोज १८ गते काठमाण्डुको किलागलमा जन्मिएका नारायण गोपालको निधन २०४७ साल मंसिर १९ गते राति ९ बजे बीर अस्पतालमा भएको भयो ।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७३१२:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

“पापीले रक्ताम्मे हुँदा पनिे छाडेन आमा”