ब्यङ्ग्य कविता । छिमेकीको धोती भिर्नेहरु
ए छिमेकीको धोती भिर्नेहरु हो
ए तिनैका टाङ्ग मुनि छिर्नेहरु हो
सुन्दर नेपाल बनाउँछु भन्थ्यौ अस्ति
तराई टुक्र्याएर गर्न लाग्यौ खति ।
हाम्रै रगत पसिनामा आहाल खेल्नेलाई
आमाको बिश्वासमा जाल खेल्नेलाई
खुर्सानी मोलेर आँखामा हाल्दिनु पर्यो
यस्ता घाती शासकलाई फाल्दिनु पर्यो ।
धूर्त छिमेकीले सिमा सार्न सक्छ
कोशीलाई पर्खालले बार्न सक्छ
उस्ले जे गरे नी टुलु टुलु हेरीदिने ?
त्यस्ले हाई गर्दा यता कट्टु छेरीदिने ?
बोलीको थिति र मिती नभएकाहरु हो
कति नाश्तिक संस्कृति नभएकाहरु हो
साधु बनेर आफ्नै ऑगन लगी सक्यो
छिमेकीले दैलोमै आएर हगी सक्यो ।
झगडा गर्दै अझैपनि बसिरहु घर भित्र
आश्चर्यमा छन तिम्रा अरु विदेशी मित्र
किल्ला सार्ने छिमेकीका खुट्टा भाँच्नु पर्छ
उच्च शिर नेपालीभई सदा-सदा बाँच्नु पर्छ ।