पोखरामा नाटक ‘एक रुपैयाँ’ मञ्चन एक हजारको टिकट

15282054_1739933646328124_1290659620_nकविता घर्तीमगर
पोखरा : पोखरामा नाटक एक रुपैयाँको मञ्चन हुदैछ । “नाटकको उत्थान हाम्रो अभियान” भन्ने उद्घोषका साथ पञ्चामृत नाट्य समुह पोखराले १७ र १८ गते आफ्नो तेस्रो प्रस्तृतीका रुपमा पोखरा उधोग बाणिज्य संघको सभाहलमा पोखरामा मञ्चन गर्न लागेको हो । नाटक संयोजक परिबर्तनले नाटक एक रुपैयाँमा मनोरञ्जन भन्दा अभिनयलाई प्राथमिकता दिएका बताए । उनले भने “बाध्यताले कसरी मानिसलाई गलत कार्य गर्न उत्पेरित गर्दछ भन्ने कुरा नाटक मार्फत देखाउन खोजका छौँ । गाँउबाट शहर झरेका ४ जना युवती कसरी डान्सबारमा डान्स गरी दैनिक गुजारा गर्न बाध्य हुन्छन् भन्ने कुरालाई नाटक मार्फत पस्कने प्रयास गरेका छौँ”।

15301354_1739933632994792_1466989747_n
नाटकका लेखक तथा निर्देशक कृष्ण उदासीले आफ्नो मनोरञ्जनको लागि लाखौ रुपैयाँ खर्च गर्न सक्ने धनाड्य युवाहरु र आफ्नो अनि परिवारको भविष्य सुन्दर हुने अपेक्षाका साथ पैसाका लागि जे पनि गर्न तयार हुने युवतीको वास्तविक कथाको फ्युजन नाटक एक रुपैयाँ रहेको बताए । उनले केही नयाँ र अधिकांश पुराना कलाकारलाई देख्न पाइने बताउदै नाटकमा मनोरञ्जन कम र अभिनय बढी रहेको जानकारी दिए । यस नाटकमा नबिन शिल्प र शैलीको प्रयोग गरीएको भन्दै बिगतका नाटकमा भएका कमि कमजोरीलाई सुधार्दै अगाडी बढेको बताए ।
कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटक एक रुपैयाँमा दिल प्रसाद गुरुङ, परिवर्तन, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेशबाबु तिमल्सिना, विवश बाबु, निलम तामाङ, ममता कार्कीको अभिनय रहने छ । नाटकको सह–निर्देशन विष्णु प्रसाद गौतमले गरेका छन् भने प्रबन्धकमा उज्वल रेग्मी रहेका छन् । मञ्च व्यवस्थापनको जिम्मा हेमन्त हितेषीले लिएका छन् भने भेषभुषा र श्रृंगारमा दिपकमान उदास र कोरीयोग्राफि निलम तामाङले गर्ने नाटकका सयोजक तथा पञ्चामृत नाट्य समुहका अध्यक्ष परिबर्तनले जानकारी दिए । नाटकको संगित संयोजन दिल गुरुङ्ग र सुजित मान सिंहले गर्ने छन् भने नाटकमा उद्घोषकको जिम्मा बिष्णु बसौलाले लिएका छन् ।

नाटक दिउँसो ३ः३० बजे समान्य सो मञ्चन हुने छ भने शनिबार ११ बजे बिधार्थी सो मञ्चन हुने आयेजकले जानकारी दिएको छ । बिधार्थी सो का लागी टिकट दर रु १०० र अन्य सामान्य सो का लागी रु २००, ५०० र १००० कायम गरीएको बताइएको छ । यस अघि पञ्चामृत नाट्य समुहले गत बैशाखमा नाटक पुलिस र प्यास मञ्चन गरेको थियो भने भदौमा नाटक मौसम हराएको देश सफलता पुर्बक मञ्चन गरीसकेको छ । समुहले छिटै नै पोखरामा अर्को नाटक पनि मञ्चन गर्ने तयारी गरेको जनाएको छ । पञ्चामृत नाट्य समुहले पोखरामा नाटकघर निर्माण गर्ने लक्ष्य पनि राखेको जनाएको छ

प्रकाशित : शनिबार, मङि्सर १८, २०७३१६:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मैले कसरी मानुँ यो संघीयता ?